काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

गण्डकी:    कवि सरुभक्त र तीर्थ श्रेष्ठ शनिबार एकै मञ्चमा झुल्किनुभयो । पोखरामा जन्मेहुर्केका कविद्वयलाई नेपाली लेखक सङ्घ, गण्डकीले मञ्चस्थ गराएको हो । ‘दौँतरी’ नाम दिइएको कार्यक्रममा सुरुभक्त र तीर्थले आफ्ना चर्चित कविता सुनाउनुभयो । सरुभक्तले ‘सपनाले सिसौको बोटमा आत्महत्या गर्दैछ’, ‘चट्टानहरु’, ‘एक किलो अक्षर’, ‘बम खसेको पहाड’ बाटलगायत कविता सुनाउनुभयो । तीर्थले ‘हिउँमा लेखिएका नामहरु’, ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’, ‘मातेको बेला’आदि प्रस्तुत गर्नुभयो । सरुभक्तले तीर्थको कविता ‘आमा’ वाचन गर्नुभयो । तीर्थले सुरुभक्तको ‘कसरी नाम दिउँ म तिमीलाई’ सुनाउनुभयो । कविता पाठसँगै दुवैले सिर्जन–कर्मका अन्तरकुन्तर पनि खोल्नुभयो । विगततिर फर्किएर आफ्नै कविताका रचना गर्भ कोट्याए । उमेरले चार वर्षले तलमाथि भए पनि सुरुभक्त र तीर्थ पोखराका साहित्यिक दौँतरी हुनुहुन्छ । विसं २०१२ सरुभक्त र २०१६ तीर्थको जन्म वर्ष हो । उहाँहरुको मित्रता भने ४५ वर्ष लामो छ । विसं २०३५ देखि तीर्थ र आफूबीच सङ्गत सुरु भएको सरुभक्तले बताउनुभयो । ‘हिउँमा लेखिएका नामहरु’ कविता सुनाउँदै कवि तीर्थले सो कवितालाई सरुभक्तसँगको सम्बन्धको ‘स्मारक’का रुपमा अथ्र्याउनुभयो । सरभक्तले पनि तीर्थको उक्त कवितालाई आफूहरुबीचको मित्रताको निशानीका रुपमा लिनुभयो । सरुभक्तसँगै विसं २०५५ तिर पञ्चासे–भञ्ज्याङ पुगेर फर्केपछि तीर्थले उक्त कविता लेख्नुभएको थियो ।  “पञ्चासेबाट फर्किँदा हिउँले बाटो सेताम्मे भएको थियो, गाउँलेले टेक्न दिएको लौरोले हिउँमा सुरुभक्तको नाम लेखेँ”, तीर्थले भन्नुभयो, “त्यो यात्राले कविता जन्मायो, कविता लेख्नै मलाई छ महिना लाग्यो ।” कवि तीर्थको उक्त कवितालाई छोटो तर शक्तिशाली मानिन्छ । साहित्यिक मञ्चमा उहाँले सुनाइरहने कवितामा पर्छ- ‘हिउँमा लेखिएका नामहरु’ । हिउँमा रमाउँदै पञ्चासेबाट फर्कँदाको तस्बिर अझै पनि आफूसँग सुरक्षित रहेको सुरुभक्तले बताउनुभयो । संरक्षण कविता आन्दोलनताका आफूसँगै तीर्थ, विक्रम गुरुङ र अनिल रञ्चितकार पञ्चासे पुगेको उहाँले सम्झनुभयो । सुरुभक्तले तीर्थसँगको मित्रताबारे पोखराबाहिर पनि चर्चा हुने गरेको बताउनुभयो । “कुनै विषयमा सहमति–असहमति हुनु बेग्लै कुरा भयो, नत्र हामीबीच जहिल्यै निःस्वार्थ र हार्दिक सम्बन्ध छ”, उहाँले भन्नुभयो । कवि तीर्थले सुरुभक्तसँग भेट भएपछि जीवनमा धेरै कुरा भेटिएको बताउनुभयो । पोखरेली युवा सांस्कृतिक परिवारलाई आकार दिनेदेखि कैँयन साहित्यिक अभियान र सिर्जनात्मक काममा आफूहरु सँगसँगै रहेको उहाँले उल्लेख गर्नुभयो । पोखरेली वाङ्मयिक जगतमा सरुभक्त र तीर्थ पर्यायवाची जस्तै हुनुहुन्छ । दुवै पोखरामा रहेर पनि राष्ट्रियस्तरमा छवि उठाएका प्रतिभा हुनुहुन्छ । दुई घण्टा बढी चलेको कार्यक्रमको सहजीकरण सङ्घका अध्यक्ष डा ईश्वरमणि अधिकारीले गर्नुभएको थियो ।  ‘दौँतरी’ शृङ्खलाको शुभारम्भ दुई प्रसिद्ध कविबाट गर्न पाउँदा गौरवको अनुभूति भएको अध्यक्ष अधिकारीले बताउनुभयो । ‘दौँतरी’को आउँदो भागमा दुई मुक्तककारलाई प्रस्तुत गर्ने सङ्घको तयारी छ । “वर्षमा दुई वटा शृङ्खला चलाउने सोचिरहेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।  RSS

बागलुङ:    बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएको हो । शुक्रबार दिउँसोदेखि सुत्केरी व्यथा लागेर लामो समयसम्म सुत्केरी हुन नसकेपछि पुनलाई पोखरा पु¥याइएको हो । शनिबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँगको समन्वयमा हेलिकोप्टरमार्फत पोखरा पु¥याइएको र हाल पुनको उपचार भइरहेको गलकोट नगर अस्पतालका डा राजेश पौडेलले जानकारी दिनुभयो ।   दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी स्वास्थ्य मन्त्रालयको कार्यविधिअनुसार उहाँको उद्धार गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । पुनको रिघा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि गलकोट नगर अस्पताल सिफारिस गरिएको थियो । अवस्था थप जटिल बनेपछि आकस्मिकरूपमा उपचारका लागि पोखरा पठाइएको र अहिले पुनको शल्यक्रिया गरी बच्चा जन्माएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

पोखरा:    फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाका २ वटा ट्रिपर पोखरा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ ।  फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका खतिवडाको २ वटा जेसिवि र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।  पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । थापाका अनुसार खतिवडा महानगरको पटके कारबाहीमा परिसकेका व्यक्ति हुन् । उनले लामो समय देखी फेवातालको सिमसार क्षेत्र पुर्नका लागि प्रति रोपनी पाँच लाख रुपियाँमा लिने गरेको पाइएको छ । सिमसार क्षेत्र पुर्नका लागि उनले रातको समयमा काम गर्ने गरेका छन् ।

पोखरा:    नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराउनुभएको छ ।      संसदीय दलका तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादीले समर्थन फिर्ता लिएसँगै वर्तमान गण्डकी प्रदेश सरकार अल्पमतमा परेको भन्दै कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराउनुभएको हो । एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले शुक्रबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । निर्वाचनका समयमा राजनीतिक दलहरूबीच भएको तालमेल तथा त्यसपछि बनेको सरकारमा भएको समीकरण बदलीएको छ । नयाँ गठबन्धन निर्माण भएसँगै देशको राजनीति पुनः सही ‘लिक’ मा प्रवेश गरेको दलका नेता पाण्डेको दाबी छ । अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि न्यून रहेको अवस्थामा वर्तमान सरकारले आर्थिक दायित्व सिर्जना गर्न, कर्मचारी नियुक्ति, सरुवा–बढुवा लगायतको काम गर्नु न्याय सङ्गत नहुने उहाँले बताउनुभयो । अब सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गर्दै नेता पाण्डेले गठबन्धनका दलबीच छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

तनहुँ:    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ ।  दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले विसं २०६७ मा पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।  सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । जनतालाई सहजरुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताउनुभयो ।  अस्पतालले श्वासप्रश्वासको विशेषज्ञ सेवा सुरुआत गरेको छ । पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ स्मृति दिवसको अवसर पारेर अस्पतालले विशेषज्ञ चिकित्सकबाट श्वासप्रश्वासको उपचार सेवा सुरु गरेको हो । हालसम्म जनरल अस्पतालका रुपमा सेवा दिँदै आएको र यस केन्द्रको मुख्य उद्देश्यबमोजिम श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । अस्पतालमा श्वासप्रश्वास सेवाका लागि श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङलाई नियुक्त गरिएको छ ।  “अस्पताल स्थापनाको मुख्य उद्देश्य श्वासप्रश्वाससम्बन्धी उपचारका लागि हो, हालसम्म जनरल सेवामात्रै दिइँदै आएकामा अब श्वासप्रश्वासको उपचार सेवा सुरु भएको छ”, डा श्रेष्ठले भन्नुभयो । श्वासप्रश्वास सेवाका लागि अस्पतालमा एक विशेषज्ञसहित तीन चिकित्सक, तीन स्टाफ नर्स र एक जनस्वास्थ्य निरीक्षकको व्यवस्था गरिएको छ ।  उपचार केन्द्रमा श्वासप्रश्वास सेवाका लागि फोक्सो जाँच गर्ने उपकरण उपलब्ध छ भने बाँकी आवश्यक उपकरण विस्तारै थप गर्दै लैजाने कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । “भएका उपकरणमार्फत सेवा दिने र बाँकी उपकरण विस्तारै थप्दै जाने नीति छ”, श्रेष्ठले भन्नुभयो ।  अस्पतालमा दैनिक दुई सय ५० भन्दाबढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । अस्पतालमा नै श्वासप्रश्वास उपचार सेवा सुरु भएपछि यस भेगका सर्वसाधारणले अन्यत्र जिल्ला गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।  उपचार केन्द्रले विभिन्न रोगका उपचार सेवा थप गर्दै गइरहेको छ । केही समय अगाडि मात्रै उपचार केन्द्रमा थाइराइड परीक्षण सेवा सुरु भएको थियो । केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताइन्छ । केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नी लगायतको शल्यक्रिया सेवा दिइरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभुषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आउनुभएको छ ।  केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सजिलो भएको छ । अस्पतालमा तीन जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्स–रे सेवा, माइनर शल्यक्रियालगायतका सेवा दिइरहेको छ ।   पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने गरेका छन् । 

काठमाडौं:   गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।  सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरेको छ । जसअनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ ।  सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ । यसैगरी, मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्यूठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।       जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रजिअ, धनकुटाकी लीलाकुमारी केसी (पाण्डे) लाई पाँचथरको सप्रजिअ, दोलखाका प्रजिअ शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रजिअ, रामेछापका प्रजिअ शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रजिअमा सरुवा गरिएको छ ।  यसैगरी, जिल्ला प्रशासन कार्यालय लमजुङका प्रजिअ वसन्तराज पुरीलाई सहायक प्रजिअ दोलखा, पर्वतका प्रजिअ चित्राङ्गत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रजिअ र प्यूठानका प्रजिअ वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रजिअमा सरुवा गरिएको छ ।  गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रजिअहरु क्रमशः कृष्णचन्द्र पौडेल, मुकेशकुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्यूठान, धनुषा र धनकुटाको सहायक प्रजिअ बनाई पठाएको जनाएको छ ।

पोखरा:   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेका बताएका छन् ।  प्रदेश लोक सेवा आयोग गण्डकीको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले यस्तो धारणा राखेका हुन् ।  ‘लोकसेवा आयोगमा जनताले विश्वास गरेका छन्, लोक सेवा र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ, गुरुङले भने, ‘अहिले अन्य क्षेत्र भन्दा लोक सेवा आयोगमा जनताले बढी विश्वास गरेका छन्, लोक सेवाले राम्रो काम गर्दै आएको छ ।’ उनले संघीयतालाई कार्यान्वयन गर्न संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आवश्यक रहेको समेत बताए ।  ‘संघीयताप्रति केहीले विश्वास नभएको अभिव्यक्त गर्न थालेका छन्, संघीयता आवश्यक छ भनेर विश्वास दिलाउन संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ, उनले भने, ‘संघले प्रदेश र स्थानीय तहलाई अधिकार नदिनु संघीयता विपरित हो ।’ प्रदेश प्रमुख गुरुङले संघले प्रदेश सरकारलाई अपाङ्ग बनाउँदा जनताले चाहे अनुसार काम गर्न नसकेको समेत बताए ।  यस्तै कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लोक सेवाले निष्पक्ष कर्मचारी निर्माण गर्न सफल भएको बताए ।  ‘लोकसेवामा राजनीतिको प्रभाव हुन्छ भन्ने नकारात्मक सन्देश आमजनतामा हुन सक्छ, अधिकारीले भने, ‘लोक सेवा राजनीतिक भागबन्दामा चल्दैन, निष्पक्ष तरिकाले लोक सेवा आयोग चलिरहेको छ ।’ गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले लोकसेवामा अहिले आर्कषण घटेको भन्दै चिन्ता व्यक्त गरे ।  ‘लोक सेवाको तथ्याङ्क अनुसार महिलाको भन्दा पुरुषको तथ्याङ्कमा घटेको छ, समर्गमा महिलाको बढेपनि पुरुषको घटेको छ, गुरुङले भने, ‘वैदेशिक यात्रा र अन्य क्षेत्रमा आर्कषण बढेर जाँदा लोक सेवामा युवाहरुको आर्कषण घट्न थालेको छ ।’ उनले पछिल्लो समय आशा लाग्दो तथ्याङ्क नभएकाले यसमा अनुसन्धान गर्न आवश्यक रहेको कुलपति गुरुङले धारणा राखे ।  प्रदेश लोकसेवा आयोग गण्डकीको दोर्सो वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, उच्च अदालत पोखराका न्यायधिस इन्द्रराज आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायतले बोलेका थिए ।  कार्यक्रममा प्रदेश लोक सेवा आयोग गण्डकीमा कार्यरत कम्प्युटर अधिकृत लक्ष्मीप्रसाद पोखरेललाई नगदसहित सम्मान गरेको थियो । 

पोखराको शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसमा जिल्लास्थित विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरु भेला भई शैक्षिक बहसमा जुटेका छन् ।    क्याम्पसले आयोजना गरेको ‘शैक्षिक गुणस्तर सुधार तथा उन्नयन’ विषयक अन्तरक्रियाका प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय इकाई कास्कीका अध्यक्ष नारायणप्रसाद सुवेदीले शैक्षिक बहसमा चलाइएको छलफल प्रभावकारी हुने बताए ।    ‘शैक्षिक उन्नयनमा लाग्ने प्रबुद्ध वर्गसँग एकै थलोमा भेट भएको छ’ प्रमुख अतिथि सुवेदीले भने ‘अन्तरक्रियाबाट आउने निष्कर्षबाट आगामी दिनमा शैक्षिक उन्नयनप्रति आशावादी छु ।’ सुवेदीले शिक्षाको गुणस्तर सुधार्न र समायानुकुल ज्ञानमा वृद्धि गर्न विद्यालयले व्यावहारिक र समयसापेक्ष अध्यापन विधि प्रयोग गर्न सुझाए ।   हाल मुलुकमा अन्य क्षेत्रभन्दा शैक्षिक क्षेत्रमा ड्रपआउटको समस्या देखिएको हुँदा विद्यालय र सम्बन्धित निकाय दुबैले हातेमाले गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।    विद्यालय र शिक्षकहरुले दिएको योगदान अमूल्य रहेको चर्चा गर्दै पौडेलले आगामी दिनमा शिक्षाको गुणस्तर र उन्नयनमा इकाईकातर्फबाट गर्नुपर्ने सहयोगबारे अवगत गराउन ध्यानाकर्षण गरे ।    ‘क्याम्पस परिवारले महत्वपूर्ण विषयमा छलफल चलाएको छ’ पौडेलले भने ‘क्याम्पस परिवार र उपस्थित सम्पूर्ण शिक्षाप्रेमीमा हार्दिक धन्यवाद ।’   अन्तरक्रियामा उपस्थित सहभागीले क्याम्पसले आयोजना गरेको कार्यक्रममार्फत जिल्लाभरका शिक्षकबीच भेटघाटमात्र नभई शैक्षिक समस्या र मुद्दाबारे विमर्श गर्ने अवसर प्राप्त भएको उल्लेख गरे ।    ‘हामीबीच शैक्षिक छलफल त भयो नै’ रतन पाण्डे माविका प्रअ डिल्लीराम बरालले भने ‘शिक्षा विकासका प्रमुखज्यूलाई हाम्रा समस्या सुनाउने अवसर पनि प्राप्त भयो ।’   शैक्षिक उन्नयनकै विषयमा बोल्दै माछापुच्छ्रे मावि, भुर्जुङखोलाका प्रअ सन्तोष आचार्यले समसामयिक विषयमा अध्यापन गराउने शैली पुरानो भएको भन्दै शिक्षण विधिमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताए ।    उनले भने, ‘विद्यार्थीलाई सिकाउनुपूर्व स्वयं शिक्षकहरुले सिक्न जरुरी छ, अबको सिकाउने शैली र तरिका हिजोको भन्दा फरक भएको छ ।’   त्यस्तै, पछिल्लो समयमा कक्षा ११ देखि प्रायः विद्यालयमा ‘ड्रपआउट’ मुख्य समस्याकारुमा देखिएको अन्तरक्रियामा सहभागीहरुले जनाए । विद्यार्थी पलायन रोक्न विद्यालयको नभई राज्यकै नीतिमा परिवर्तन गर्नुपर्ने सहभागीको सामुहिक स्वर छ ।    क्याम्पसका सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचन विशेष अतिथि रहेको अन्तरक्रियामा ५५ जना सहभागिता रहेको छ । क्याम्पस प्रमुख शिशुकला पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण प्राध्यापक महेन्द्र रिमालले गरेका छन् । 

ढोरपाटन:   डेढ दशक अगाडि बुर्तिबाङ बजार सडकले जोडियो । सडकले जोडिएपछि बुर्तिबाङसँगै पश्चिम बागलुङको मुहार फेरियो तर बसपार्क अभावमा अहिलेसम्म यो क्षेत्रले सास्ती भोग्दै आएको छ । मध्यपहाडी लोकमार्ग छेउमै पर्ने यो बजार देशकै दश नमूना सहरमा पर्छ । सरकारले नमूना सहर निर्माण गर्न थालेको वर्षौं बितिसक्दा पनि बुर्तिबाङ बजारमा एउटा गतिलो बसपार्क बन्न सकेको थिएन । यही वर्षदेखि बुर्तिबाङ बजार नजिकै खप्तरीबाङमा बसपार्क निर्माण सुरु भएको छ । बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधन सडकमै पार्किङ गर्नुपर्ने स्थिति छ । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भुजी र तमानको सङ्गमस्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले पनि साँघुरो बसपार्क छ । जहाँ १०÷१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । चालकले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्छ । अझ व्यवसायीले सडक पेटीमै सामान राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ ।    नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा जग्गा खरिद गरी बसपार्क निर्माण थालेपछि बजार क्षेत्रमा यातायात व्यवस्थापन सहज हुने अपेक्षा लिइएको छ । विसं २०६८ देखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाइ गर्दा बसपार्क निर्माण हुन सकेको थिएन । विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माण सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्स्ट्रक्सन एण्ड मरचेन्टाइजर प्रालिले पाएको छ । कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको अधिकारीको भनाई छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको भुजीखोला किनारमा तटबन्धन गरी बसपार्क निर्माण थालिएको उहाँले बताउनुभयो । विसं २०७५ सालमा छ रोपनी जग्गा खरिद गरेको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले बसपार्क बनाउन थालिएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो । निर्माण कम्पनीले अहिले टर्मिनल भवन निर्माण गरिरहेको भन्दै यहाँ बन्ने बसपार्कमा ३० जीप, २० बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उहाँको भनाइ छ । टर्मिनल भवन तीन तलाको हुनेछ । बसपार्क  दुई करोड २६ लाख ४० हजार चार सय ३१ मा बन्नेछ । बसपार्क निर्माण भएपछि बुर्तिबाङ बजारको सौन्दर्यमा थप टेवा पुग्ने स्थानीय तुलबहादुर क्षेत्रीले बताउनुभयो । “बुर्तिबाङ बजार निकै साँघुरो छ, साँघुरो भए पनि सुन्दर छ, तर यहाँको सुन्दरतालाई अव्यवस्थित व्यवस्थापनले कुरुप बनेको छ, न सडक सफा छ, अहिले भएको बसपार्कको हालत निकै खराब छ”, क्षेत्रीले भन्नुभयो, “गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिँड्ने अब खप्तरीबाङ बसपार्क बन्यो भने बजार क्षेत्र अहिलेको जस्तो अस्तव्यस्त हुने छैन ।” सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार रहेको बुर्तिबाङ बजारमा दैनिक सयौँ आन्तरिक पर्यटक आउछन् । वडाअध्यक्ष बानबहादुर छन्त्यालले पछिल्लो समय बजार क्षेत्रमा अव्यवस्थित पार्किले गर्दा विभिन्न समस्या उत्पन्न हुने गरेको भन्दै अब बजार व्यवस्थापनमा सहज हुने बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताउनुहुन्छ । “मानिस र सवारी साधानको चाप बढेपछि यहाँ बसपार्कको आवश्यकता परेको हो”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “ अब धेरै समय समस्या खेप्नुपर्ने छैन, असारसम्म काम सक्ने भन्ने छ, बसपार्क सञ्चालनमा आयो भने बजारको सौन्दर्यकरणमा पनि परिवर्तन आउने छ ।” लोकमार्ग कालोपत्रे भएपछि बुर्तिबाङ बजारमा यातायातको चाप बढेको हो । अहिले मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाबाट किनमेल गर्ने मुख्य बजार बुर्तिबाङ बनेको छ । यहाँबाट हरेक दिन दजनौँ गाडीहरु देशका ठूला सहर काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँ र पश्मिच बागलुङका ग्रामीण क्षेत्रमा पुग्ने गर्छन् । नयाँ बसपार्क सञ्चालनमा आएपछि बुर्तिबाङ बजारस्थित पुरानो बसपार्क विभिन्न कार्यक्रमका लागि प्रयोग हुनेछ । RSS