काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

बलेवा:  बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ ।     समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उहाँले जानकारी दिनुभयो । मेलाको सबै तयारी पूरा भएको छ ।   मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ ।    त्यस्तै, पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रव खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, विद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।    कालीका कप पुरुष भलिबल खेलमा प्रथम हुने टिमलाई रु तीन लाख, दोस्रो हुनेलाई रु एक लाख ५० हजार, तेस्रो हुनेलाई रु ७० हजार र सान्त्वना रु २० हजार  नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, दोस्रो हुनेलाई रु एक लाख र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार दिनेछ ।    यस्तै, छेलोतर्फ प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु सात हजार पाँच सय नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत सातादेखिनै रमाइलो मेला र स्टलमा व्यवसाय सञ्चालन भइरहेको छ । चैतेदसैँैमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङ्ला, मान्द्रोलगायतका सामग्री ल्याइन्छन् । त्यस्तै दारको ठेका, फलामबाट बनेका विभिन्न घरेलु हतियारसमेत बिक्री गर्न ल्याउने गरिन्छ । 

स्याङ्जा: लोक सेवा आयोगमा देशमै पहिलो स्थानमा रहेको स्याङ्जामा पछिल्लो जनगणनामा २८.६४ प्रतिशत नागरिक बेरोजगार देखिएका छन् ।    २०७८ को जनगणनामा दुई लाख ५३ हजार २४ जनसङ्ख्या रहेको यहाँ जनगणनाको समयमा १० वर्ष पुगेकाले १२ महिनासम्म कुनै पनि काम नगरेको जनसङ्ख्या जिल्लामा ठुलो देखिएको हो । जनगणना समय अघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४७३ जना बेरोजगार रहेका हुन् ।    काम गर्न सक्ने दुई लाख १६ हजार ७८९ भए पनि २६ हजार ९०८ जनाले तीन महिना कम र तीन महिना भन्दा बढी अर्थात् छ महिना भन्दा कम २७ हजार ९९४ जनाले कुनै न कुनै काम गरेका छन् । छ महिना भन्दा बढी आर्थिक काम गर्नेको सङ्ख्या ८९ हजार ४ सय १४ जना रहेको छ ।   काम गर्न सक्ने मध्ये कै २९.५ प्रतिशत अर्थात् ६३ हजार ८ सय ६५ जना आर्थिक रूपमा बेरोजगार रहेको गणनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । काममा संलग्न हुनसक्ने उमेर भए पनि एक हजार ९२५ जनाले कामको श्रोत नखुलाएकोतथ्याङकमा मा उल्लेख गरिएको छ । यहाँ एक लाख दुइ हजार ७८६ जनाले मात्रै प्रायः सक्रियता पूर्वक काम गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सक्रिय सङ्ख्या ४८ हजार २ सय १३ जनाले कहिले काँही काममा सक्रियता देखाउने गरेको तथ्याङ्कमा सार्वजनिक गरिएको छ ।   जनगणनाको समयमा आर्थिक क्रियाकलापको पेसागत रूपमा सबै भन्दा धेरै कृषिजन्य उत्पादनमा ६४.७ प्रतिशत जनसङ्ख्या आबद्ध रहेका छ । त्यस्तै प्राथमिक पेसा कामदारमा १४.६, सेवा तथा बस्तुमा बिक्रीमा ४.३, व्यवस्थापनमा ४.१ र पेसाविद्मा चार प्रतिशत सहित केही सङ्ख्या शिल्पकला तथा कारखाना यन्त्र पेसामा आबद्ध रहेका छन् ।

दमौली:  तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९÷८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।    मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिनुभयो । सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन् । त्यसमध्ये १९ पुरुष, पाँच महिला र चार बालबालिका छन् । यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएको छ ।    गत आव २०७८÷७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिका गरी ४९ जनाको मृत्यु भएको थियो । कार्यालयले सात महिनाकै अवधिमा सवारी साधनलाई कारबाही गरेर रु दुई करोड नौ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । प्रहरीले २६ हजार सात सय सवारी साधनलाई कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको हो ।   कारबाहीमा पर्नेमध्ये दुई पाङ्ग्रे सवारी साधनको सङ्ख्या बढेको छ । नौ हजार पाँच सय ४४ मोटरसाइकल तथा स्कुटर, पाँच हजार एक सय ४५ ट्रक, टिपर, पाँच हजार नौ सय २९ कार, जिप, एक हजार दुई सय १९ ट्याक्टर र चार हजार छ सय ५८ यात्रुवाहक बस र दुई सय पाँच अन्य सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।    आर्थिक वर्ष ०७७÷७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०७६÷७७ मा ४४ र आव ०७५÷७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।    जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको विष्ट बताउनुहुन्छ । उहाँले भन्नुभयो, “तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । युवाले जथाभावी सवारी हाँक्ने गरेकाले यो सङ्ख्या अत्यधिक छ ।”   सडकको भौगोलिक वनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । दुर्घटना कम गराउन प्रहरीले विद्यालय, क्याम्पसमा पुगेर पनि अभियान सञ्चालन गरिरहको छ ।    जिल्लामा बढीजसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् ।

बागलुङ: नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ ।    सिकार खेल्नको लागि विदेशी पर्यटकहरू हेलिकप्टरमार्फत सिकार ब्लकमा पुगेका हुन् । यस वर्षको दोस्रो याममा १२ नाउर र नौ झारलको सिकार हुनेछन् ।   बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीले पेशेवर विदेशी सिकारीलाई आरक्षमा सिकार गराउने भएका हुन् । यस वर्षको दोस्रो याम (फागुन–वैशाख) को लागि सात कम्पनीबाट आठ देशका सिकारीहरूले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो ।   नेपाल वाईल्ड लाइफ एडभेन्चर, सफारी आउट्फिटरस काठमाडौंबाट युएसएका सिकारीले फागुनेमा १ नाउर र १ झारल, श्री हिमालयन वाईल्डफाईफ आउटफिटर्स काठमाडौंबाट युएसएका सिकारीले बार्सेमा १ नाउरको सिकार हुनेछन् । यस्तै, श्री ट्याक्स एन ट्रेल्स प्रा.लि. काठमाडौंबाट क्यानडाका सिकारीले घुस्तुङमा १ नाउर र १ झारलको सिकार गर्ने छन् । श्री ग्लोबल सफारिज नेपाल प्रा.लि. काठमाडौंबाट हंगेरीका सिकारीले गुस्तुङ (रुकुम पूर्व)मा १ नाउर र १ झारल तथा फ्रान्सका सिकारीले सुनदह (रुकुम पूर्व)मा १ नाउर र १ झारलको सिकार गर्ने अनुमति पाएका छन् ।    श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौंबाट पोर्चुगलका सिकारीले सुनदहमा १ नाउर, श्री नेपाल ट्राभल एक्पेडिसन प्रा.लि. ललितपुरबाट पोल्याडका सिकारीले दोगाडीमा १ नाउर, रसियन सिकारीले दोगाडीमा १ नाउर र घुस्तुङमा १ झारल, स्पेनिस सिकारीले वार्सेमा १ नाउर र गुस्तुङमा १ झारल र श्री हिमालयन सिफारिस प्रा.लि. काठमाडौंबाट तीन जना अमेरिकाका सिकारीहरूले सिकार गर्ने भएका छन् । उनीहरूले दोगाडीमा १ नाउर र सेङमा १ झारल, सेङमा १ नाउर र सुनदहमा १ झारल, दोगाडीमा १ नाउर र गुस्तुङमा १ झारलको सिकार गर्ने अधिकृत कँडेलले बताउनुभयो ।    सिकार गर्न दुई जना सिकारीहरू ढोरपाटन आइपुगेको अधिकृत कँडेलले बताउनुभयो । श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौँ कम्पनीबाट सुनदहमा १ वटा नाउरको सिकारको लागि पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाईल्डलाईफ आउटफिटर्स, स्युचाटार काठमाडौंबाट बार्सेमा १ नाउरको सिकारको लागि युएसएका चाल्र्स हेरोल्ड वेकल आरक्ष आइपुगेको बताउनुभयो । अन्य सिकारीहरू आउने क्रम जारी छ ।    विभागले अघिल्लो (फागुन) महिना सिकारका लागि पेशेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आव्हान गरेको थियो । यस पटक सिकारीहरूले एउटा नाउरको पाँच लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि तीन लाख १० हजार रुपियाँ राजश्व तिरेको अधिकृत कँडेलले जानकारी दिनुभयो ।    अघिल्लो (पहिलो) याम (असोज–मङ्सिर) मा एउटा नाउरको २० लाख पाँच हजार र झारलको ६ लाख रुपियाँ राजश्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको मात्र सिकार भएको थियो ।   सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथ प्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।   आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।   बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो सिकार आरक्ष फैलिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा सिकार गराउने गर्छ । वि.सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।  

पोखरा:  सामुदायिक वन उपभोक्ता महासंघ मादी गाउँपालिकाको दोश्रो अधिवेशनले सिर्जना अर्याल पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।  पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा बृहस्पिति सापकोटा, सचिव विजयराज अधिकारी,कोषाध्यक्षमा कृष्णकुमारी सुवेदी आचार्य र सदस्यहरुमा मिनाकुमारी अधिकारी,लक्ष्मी अधिकारी,धनकुमारी पट्यानी,अप्सरा देवकोटा,राम पौडेल र खडक बहादुर आले निर्वाचित हुनु भएको छ ।      त्यसै गरि अधिवेशनले गण्डकी प्रदेश प्रतिनिधिमा हिमलाल आचार्य, विष्णुप्रसाद गौतम, रामचन्द्र अधिकारी, बुद्धिसागर सापकोटा, गोमा गुरुङ, कमला सापकोटा, शान्ति रानाभाट र वुद्धिमाया बराल सापकोटा र वम बहादुर क्षेत्री, इन्द्रबहादुर खत्री, हरिप्रसाद सापकोटा, विष्णुकुमारी पौडेल, शान्ति सापकोटा र पवित्रा गौतमलाई जिल्ला प्रतिनिधि चयन गरेको छ ।  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवम् कास्की समन्वय समितिका उपप्रमुख सरिता कुमालले अधिवेशनको शुभारम्भ गर्दै महिला नेतृत्व विकासमा सामुदायिक वन वरदान सावित बनेको विचार व्यक्त गर्नुभयो । महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले नेपाल सगरमाथा र बुद्ध जन्मभूमिसंगै पछिल्लो समय सामुदायिक वनको देशको रुपमा विश्वसामु परिचित हुन सफल भएको उल्लेख गर्नुभयो । महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले कानूनी अडचनका कारण सामुदायिक वन समूहमा काठ कुहिने र विदेशबाट खरवौ मुल्य वरावरको काठ आयात हुँदा मुलुकमा हरित रोजगार सिर्जना हुन नसकेको बताउनुभयो । मादी गाउँपालिका वडा नं. १२ का वडाअध्यक्ष कृष्णराज दाहालले वन समुह र पालिकाको सहकार्यमा वनलाई आयआर्जनको माध्येम बनाउनुको विकल्प नभएको बताउँदै वन तथा वातावरण क्षेत्रको विकासमा पालिकाको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्थानीय महासंघका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सचिव सिर्जना पौडेल लगायतले मानव वन्यजन्तुद्धन्द व्यवस्थापनमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा सामूहिक धारणा राख्नु भएको थियो ।   

पोखरा:  गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा आगामी चैत १५ गते (बुधबार)  सार्वजनिक विदा दिने निर्णय गरेको छ ।    आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयानुसार सार्वजनिक विदा दिइएको हो ।    प्रदेश राजपत्रमासमेत उल्लेख भएको सो विदाका दिन प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।    हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ ।   

नवलपुर​:   नवलपुरको विनयी त्रिवेणीगाउँपालिकाको सर्दीमा आज (शनिबार) बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ ।   विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा ९ वटा बम फेला परेको हो ।   बारीमा गाडिएको अवस्थामा बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले खेल्ने क्रममा बम देखेपछि खबर गरेको र हेर्न जाँदा बम  भेटिएको थियाे ।   प्रहरीका अनुसार याे बम शक्तिशाली मानिन्छ ।

काठमाडौं:  आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो ।    यसदिन सेन्सेटिभ इन्डेक्स समेत ५.०१ अंकले घट्दै ३५६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २६ अङ्कमाथिले घटेको बजारमा आज १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ ।    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घट्न पुगेको छ ।

 पोखरा:  पोखरामा फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रम हुने भएको छ। नयाँ बर्षको अबसर पारेर वाउ इभेन्ट्सको आयोजना एवम् वाउ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा चैत्र ३० गते कन्टेष्ट तथा फेसन सो गर्न लागेको फेसन सो कार्यक्रमका संयोजक रबिन गरुङले जानकारी दिए। फेसन प्रति लगाव हुनेहरुको प्रतिभा प्रष्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको गुरुङले बताए। उनका अनुसार फेसन सो कार्यक्रम समाजमा समस्यामा परेका आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सहयोग पुग्ने उदेश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम पश्चात् वाउ स्कुलले १० जना महिलालाई निशुल्क फेसन डिजाइन अध्यन गराउने पनि गरुङले बताए । फरक खालको थिममा पोखरामा नै पहिलोपटक हुन् लागेको फेसन सो कार्यक्रममा फेसन डिजाइनमा अध्यनरत डिजाइनरहरु काठमाडौं, पोखरा, धरान, इटहरी, बाग्लुङ लगायतबाट ९० जना फेसन बिधार्थी बीच डिजाइनर प्रधिस्पर्धा हुनेछ। फेसन सो कार्यक्रममा डिजाइनर प्रतियोगिता बिधामास् डिजाइनर अफ द इयर पोखरा, काठमाडौं, धरान, इटहरी, बाग्लुङ लगायतको बिधामा अवार्ड प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए । कार्यक्रममा सोको विभिन्न कन्सेप्ट अनुसार फ्ल्यास ब्याग, फ्युचर स्ट्रिक, बाइडल, स्पिरिङ्ग, समर र एथोनिक थिममा १८ जना मोडलहरुलाई प्रस्तुत गरिने फेसन सो कार्यक्रमका कोरियो ग्राफर जयन्ती मोक्तानले जानकारी गराइन। यस्ता खालका फेसन सोस्ले मोडल एवम् डिजाइनरको बिकासलाई पनि सहयोग पुग्ने र भोलीका दिनमा उनीहरुलाई अगाडी बढ्न आत्मविश्वासमा सकारात्मक भुमिका खेल्ने भएकाले आफुहरुले कार्यक्रमको आयोजना गरेको मोक्तानले बताइन् ।