फेवातालको सिमसार क्षेत्र पुर्ने वाईयूके कन्स्ट्रक्सनको ट्रिपर महानगर प्रहरीको नियन्त्रणमा

पाेखरा | चैत ११, २०७९

फेवातालको सिमसार क्षेत्र पुर्ने वाईयूके कन्स्ट्रक्सनको ट्रिपर महानगर प्रहरीको नियन्त्रणमा

पोखरा:    फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाका २ वटा ट्रिपर पोखरा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ । 


फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका खतिवडाको २ वटा जेसिवि र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । 


पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । थापाका अनुसार खतिवडा महानगरको पटके कारबाहीमा परिसकेका व्यक्ति हुन् ।


उनले लामो समय देखी फेवातालको सिमसार क्षेत्र पुर्नका लागि प्रति रोपनी पाँच लाख रुपियाँमा लिने गरेको पाइएको छ । सिमसार क्षेत्र पुर्नका लागि उनले रातको समयमा काम गर्ने गरेका छन् ।

झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...

थप पढ्नुहोस्

काठमाडौँ:  नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ ।   अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ...

थप पढ्नुहोस्