गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको  छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएको आयोगले जनाएको छ । यस्तै, साथै विभिन्न सञ्चारमाध्यमबाट समेत यस्ता विषयमा जानकारी भएकोमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता जारी भइसकेको छ । सो आचारसंहितामा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने व्यवस्था छ । निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गर्न नपाइने व्यवस्था छ । आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगको ठहर छ । निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध गरे वा गर्न लगाएको अवस्थामा त्यस्तो गर्ने वा गराउने जस्ता कार्य नगर्नका लागि सम्बन्धित सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ । 

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।   धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी छ ।   दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेका छन् । एक जना न्यूजील्याण्डका नागरिक छन् ।   पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।   सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो ।   घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।   घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ ।

पोखरा: ‘स्वास्थ्य र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित स्थापित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लबको प्रवास शाखालाई स्वागत तथा सम्मान गरेको छ ।   शनिबार पोखरामा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष एमबी आस्था मगरले खादा र सम्मानपत्रले स्वागत तथा सम्मान गरे । सो अवसरमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष गुरुङले खेलकुद विकासमा सहारा युकेले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा पनि खेलको विकासमा सँगै हातेमालो गरेर अघि बढ्ने भनाइ राखे ।   कार्यक्रममा तमु धिं युकेका अध्यक्ष कमल गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलाडीहरू असहज नहोस् भन्ने उद्देश्यले सहकार्यलाई थप मजबुत बनाइने बताए । उनले युकेमा बसोबासदेखि लिएर खेलाडीहरूलाई घुमाउने गरेको स्मरण गर्दै विगतका समयमा पनि तमु धिं युकेले मञ्चले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास दिलाए । उनले नेपाली खेलाडीलाई खेल्ने अवसर सिर्जना गर्न हातेमालो गर्दै अघि बढ्ने वातावरण तयार गरिने उल्लेख गरे ।   सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा युकेका उपाध्यक्ष पिताम्बर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङलगायतले खेलकुद क्षेत्रको समग्र विकासका लागि सहकार्य र सहयोगलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।  

धादिङ:  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो ।   तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।   दुर्घटनास्थलबाट सबै घाइतेको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।   जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

पोखरा:    आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् ।   पोखरा महानगरपालिका वडा नं. २१ कृष्तीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै आचार्यले विकासको गति तीव्र र गुणस्तरीय बनाउन कानुनी अड्चन हटाउनु तथा आवश्यक नयाँ नीति र कानुन निर्माण गर्नु पहिलो प्राथमिकता भएको उल्लेख गरे । उनले त्यसका लागि संसदमा प्रभावकारी भूमिका र जोडदार पहल आवश्यक भएको बताए ।   उम्मेदवार आचार्यले मतदाताको मत र जनआदेशलाई सम्मान गर्दै संसदमा जनताको शिर ठाडो पार्ने गरी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।   उनले निर्वाचित भएपछि पनि निरन्तर जनतासँग सम्पर्कमा रहने, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, बजेट समयमै कार्यान्वयन गराउने तथा शिक्षा, स्वास्थ्य र रोजगारी सुधारका लागि प्रभावकारी नीति निर्माणमा सक्रिय रहने बताए ।   त्यसैगरी, उनले स्थानीय तह र वडा स्तरका आवश्यकता र समस्यालाई नीति निर्माणमा समेट्दै जनमैत्री कानुन निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।   उम्मेदवार आचार्यले पोखरा–२१ सहित दक्षिणी पोखरा क्षेत्रलाई पर्यापर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित “ग्रीन हिल हाई होप टुरिज्म डेस्टिनेसन” अवधारणालाई अघि बढाउने योजना रहेको जानकारी दिए । स्थानीय सुझावलाई प्राथमिकतामा राखेर पर्यटन, पूर्वाधार र रोजगारीका अवसर विस्तार गर्ने आचार्यले प्रतिबद्धता व्यक्त गरे ।   मतदाता भेटघाट कार्यक्रममा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी ‘प्यासी’, केन्द्रीय सदस्य प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रीय सदस्य भीम कार्की, अनेम संघकी केन्द्रीय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, निर्वाचन क्षेत्र उपसंयोजक बलराम आचार्य, सचिव झपट रानाभाट लगायत प्रदेश, जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको एमाले पोखरा–२१ का अध्यक्ष राजेन्द्र थापाले जानकारी दिए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सकिएको हो ।   महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जलजला गाउँपालिका पर्वतले जितेको छ ।   शनिबार सम्पन्न फाइनल खेलमा जलजला गाउँपालिका पर्वतले अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई ६५–६१ स्कोरले पराजित गरेको हो ।   विजेता जलजला पर्वतले १ लाख ६६ हजार ६ सय ६६, उपविजेता अन्नपूर्ण म्याग्दीले १ लाख ११ हजार १ सय ११ र तृतीय भएको मादी गाउँपालिकाले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महोत्सवको अवसरमा आयोजित प्रथम राष्ट्रव्यापी घोडा दौड प्रतियोगितामा निर्धारित दुरी ११ मिनेट २३ सेकेण्डमा पुरा गर्दै विवेक पुन प्रथम भए ।     अमित गुरुङले ११ मिनेट ४७ सेकेण्डमा दुरी पुरा गर्दै द्धितीय, अमृत तामाङले ११ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै तृतीय,विनोद पुन थापाले १२ मिनेट १ सेकेण्डमा दुरी पार गर्दै चौथो, हितमान गुरुङले १२ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै पाँचौं, कृष्णले १२ मिनेट ३१ सेकेण्डमा दुरी पार गर्दै छैठौं र टाईगर थकालीले १२ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै सातौं भए ।   घोडा दौड प्रतियोगितामा प्रथमले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित ​प्रमाणपत्र प्राप्त गरे ।   घोडा दौड प्रतियोगितामा पोखरा, घान्द्रुक, उरी, घोरेपानी लगायतका ४५ जनाले घोडासहित सहभागिता जनाएका थिए ।     यस्तै २० जनाको सहभागिता रहेको घान्द्रुक चक्रिय पदमार्ग दौड प्रतियोगितामा पुस्कल पौडेलले ३२ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै प्रथम हुँदै १६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे ।   कृष्ण परियारले ३४ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै उपविजेता हुँदै ७ हजार ४ सय ४४ र सन्तोष परियारले ३५ मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै तृतीय हुँदै ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।   यस्तै महिला रस्सकस्सी प्रतियोगितामा मुसुबा आमा समूह तल्लो गाउँ प्रथम हुँदै ११ हजार १ सय ११ र उपविजेता भएको उरी आमा समूह घान्द्रुकले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।   यस्तै पुरुष रस्साकस्सीतर्फ माझगाउँ विजेता हुँदै ११ हजार १ सय ११ र उपविजेता भएको हुदले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।   यस्तै छेलो प्रतियोगितामा स्याङ्जाका दुजिक थापा मगर विजेता बन्दै १६ हजार ६ सय ६६ र पर्वतका युवराज गुरुङ उपविजेता बन्दै ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे ।   पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।   घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो ।   त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो ।   प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी तथा तमु धिं एशोसियसन युकेका उपाध्यक्ष कमल कोने गुरूङ, सहारा क्लब युकेका सल्लाहकार कृष्ण गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, सुटिङ संघ गण्डकीका महासचिब पुरन कुँवरलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।   गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, महासचिब राजेन्द्र पहाडी, कोषाध्यक्ष शान्त सिंह बस्नेत, जिल्ला ह्याण्डबल संघ कास्कीका अध्यष चित्र बहादुर थापा, बागलुङका अध्यक्ष उमेशराज भण्डारीलगायतको सहभागिता रहेको थियो ।   सो प्रतियोगिता आसन्न दशौं राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियागिताका रुपमा आयोजना गरिएको थियो । 

पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जितेको छ ।   फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघलाई १–० गोल अन्तरले पराजित ग¥यो ।   खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो ।    विजेता टोलीले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र हात पा¥यो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ८ महिला क्लबहरूको सहभागिता रहेको थियो ।   पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र अधिकारीले महिला फुटबलको प्रवद्र्धन, नयाँ खेल प्रतिभाको पहिचान र स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।   महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

पोखरामा सम्पन्न २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ ।   पोखरा रंगशालामा आज भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले उपाधि जितेको हो ।    यो उपाधिसँगै सहारा क्लब दोस्रो पटक च्याम्पियन बनेको छ । यसअघि सहारा क्लबले २०७० सालमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।    २५ औं संस्करणको उपाधि दिलाउन सहाराका मुकुन्द कुमार निउरेले खेलको २५ औं मिनेटमा र टाय डानियल बडारुले ७३ औं मिनेटमा गोल गरे ।    तर, जावलाखेलले भने पाएको मौका सदुपयोग गर्न नसक्दा उपाधि जित्ने लक्ष्य पुरा गर्न सकेन । जावलाखेल १४ वर्षअघि पनि फाइनलमै स्तब्ध बनेको थियो ।    यसपटकको उपाधि विजेता सहारा क्लबले  नगद  १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको जावलाखेलले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   प्रतियोगिताबाट उदीयमान खेलाडीको उपाधिसँगै सर्वाेत्कृष्ट खेलाडीका रुपमा सहाका क्लबका मुकुन्द कुमार निउरे नगद २५ हजार रुपैयाँ र टेल्जीको स्कुटरसहित पुरस्कृत बने ।   यस्तै प्रतियोगिताबाट सर्वाधिक गोलकर्ताका रुपमा प्लानिङ ब्वाइजका पापा इबोइकेबे, उत्कृष्ट गोलरक्षकका रुपमा सहारा क्लबका गोलरक्षक टिकेन्द्र थापा, उत्कृष्ट डिफेण्डरका रुपमा सोही टिमकै टाय डानियल बडारु, उत्कृष्ट मिडफिल्डरका जावलाखेलका बोउबाकार सिसोको, उत्कृष्ट स्ट्राइकरका रुपमा सोही टिमका धर्बेन्द्र कुँवर घोषित हुँदै जनही ट्रफिसहित नगद रु २५ हजार प्राप्त गरेका थिए ।     मोफसलकै प्रतिष्ठित आहा! रारा पोखरा गोल्डकपको २५ औं सस्करण गत माघ २७ गतेदेखि पोखरा रंगशालामा सञ्चालनमा रहेको थियो ।   आहा! रारा पोखरा गोल्डकपको उपाधि सबैभन्दा बढि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले जितेको छ । यी दुवै टिमले अहिलेसम्म ६÷६ पटक उपाधि जितेको छ ।