काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मे...

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।  

बागमती:    हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको रु ४ करोड ५७ लाखको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो ।  प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनःनिर्माण गरिएको सो सुरुङमार्ग आज औपचारिक रुपमा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको छ ।  हस्तान्तरण लगत्तै सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने उपमहानगरका प्रमुख मिनाकुमारी लामाले जानकारी दिनुभयो । सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो ।  सुरुङमार्ग अवलोकनका लागि आउने नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १ सय २०, विद्यार्थीलाई प्रतिव्यक्ति रु २० र ५ वर्षमुनीका बालबालिका, जेष्ठनागरिक र आपाङता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ ।  पुनःनिर्माण गरिएको उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेहरुका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो ।  मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो ।  सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारी साधनहरु सञ्चालन हुँदै आएको थियो ।जिर्ण भएको सो सुरुङमार्गको गत २०७९ साल वैशाख १९ गते जिर्णोद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । सुरुङमार्ग पुनःनिर्माण भएपनि त्यसको सञ्चालन कसले गर्ने भने अन्यौलताका कारण लामो समयदेखि बन्द थियो ।  उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिनुभयो । कुल एक सय ९८ मिटर लम्बाई उक्त सुरुङमार्ग पुनःनिर्माण पश्चात दुई सय २५ मिटरको पुगेको जनाएको छ । 

तेह्रथुम:     तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ ।म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिनुभयो ।         सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।  निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो ।तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फे को भनाइ छ ।         पुल जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः ‘सोइल टेष्ट’ गरेर ‘रिडिजाइन’ गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको सांसद सीता गुरुङले बताउनुभयो ।  गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा पुरानै डिजाइनमा पुल बनाउने सहमति भएपछि निर्माण कार्यले निरन्तरता पाएको उहाँको भनाइ छ ।  सबै पक्षको सहयोग रहे आउने असारसम्ममा पुल निर्माणको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीका साइड इञ्चार्ज विजय लामिछानेले बताउनुभयो ।  पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाको सदरमुकाम सबैभन्दा छोटो दूरीमा जोडिने छन् ।  पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङबाट १९ किलोमिटरको दूरी रहेको तमोर नदीमाथिको उक्त पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाका नागरिकलाई आवातजावतमा सहज हुने  म्याङलुङ–२ का विश्वराज तुम्बाहाङफेले बताउनुभयो ।  पाँचथरको कुम्मायक गाउँपालिकाका भुल्के, खाल्ले, स्यावरुम्बालगायतका गाउँबाट करिब आठ घण्टाको पैदलयात्रा गरी हप्तैपिच्छे पिठ्यूँमा बोकेर कृषिउपज तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटियामा बिक्री गर्न ल्याउनुपर्ने बाध्यता छ ।      पुल निर्माण भएपछि म्याङलुङदेखि लुमुघाट हुँदै तमोर करिडोर भएर छोटो दूरीमै सुनसरीको धरान र प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तेह्रथुमबाट पूर्वी तराईसँगको दूरी घटाउने भएकाले पनि उक्त मोटरेबल पुल निर्माणले महत्व राख्ने जनाइएको छ  ।

पोखरा: पर्यटनको राजधानी पोखरामा भोलिदेखि नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुँदैछ ।   पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रालिले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा महोत्सवको आयोजना गरेका हुन् ।   फेवाफाँटमा (भोलि) ९ देखि–१७ गतेसम्म महोत्सव सञ्चालन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।   उनका अनुसार महोत्सवमा नेपालसहित १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरुले भाग लिने छन् । १७ वटा हट एयर बेलुन पोखराको आकाशमा उड्नेछन् ।   महोत्सव पामे क्षेत्रको लौरूकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिनेछन् ।   बिहान ६ देखि ९ बजेसम्म ब्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने उनले बताए ।   साँझ ४ देखि ६ बजेसम्म विभ्निन देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुनको उडान भर्ने छन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा सांगीतिक कार्यक्रम हुनेछन् ।   महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फूड स्टल, मेला र विभिन्न खेल समेत हुनेछन् ।   महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन क्रूज, बेली नृत्य लगायत स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने छन् ।   महोत्सवमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य आयोजकको छ ।   करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । हट एयर बेलुनमा सामान्यतः ४० मिनेटको लामो उडान हुने गर्छ ।    २४–२६ डिसेम्बरसम्म विभिन्न व्याण्डसहितको प्रस्तुति हुनेछ भने २७ देखि ३१ डिसेम्बरसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ ।   सन् २०२५ को पहिलो दिन १ जनवरीमा सांगीतिक कार्यक्रम प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ । 

पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिइने सम्बन्धि सूचना जारी गरेपछि चौतर्फी विरोध भएको छ ।    महानगरपालिकाले यसअघि सहिदका सन्तालाई एमबिबिएस पढाउन हरेक विद्यार्थीलाई हरेक वर्ष १० लाख विनियोजन गर्दै आएको थियो ।    उक्त रकम जनआन्दोलनका पहिलो सहिद भिमसेन दाहालका छोरालाई उपलब्ध भएको थियो । सोही क्रममा उक्त रकम मणिपालको खाताला गएको देखेपनि महालेखाले बेरुजु देखाएको थियो ।    त्यसपछि कार्यविधि संशोधन गर्दा सहिदका छोराछोरीसँगै जनप्रतिनिधि र कर्मचारीका सन्तानले पाउने व्यवस्था थपेको थियो ।    सोही व्यवस्थालाई टेकेर महानगरको छात्रवृत्ति समितिको २ पुसको बैठकले कर्मचारी र जनप्रतिनिधिका एमबिबिएस पढ्ने छोराछोरीको विवरण पेस गर्न सूचना निकाल्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम ४ पुसमा सूचना निकालेको थियो ।    अहिले उक्त कार्यको विरोध हुन सुरु भएको छ ।   के भन्छन्, जनप्रतिनिधि​ ?   ‘शिक्षा र अवसर सबैका लागि समान हुनुपर्छ । डाक्टर पढ्ने सुविधा केवल जनप्रतिनिधि र सरकारी कर्मचारीहरूको छोरा–छोरीको लागि सीमित गरिएको छ भने, यसले समानताको सिद्धान्तको ठाडो उल्लङ्घन गर्न सक्छ ।, पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘यस किसिमको नीतिले समाजमा असमानता र अन्यायको भावना सिर्जना गर्न सक्छ जसले महानगरपालिकाको छवि र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्छ ।’   उनले समानताको सिद्धान्तको उल्लंघन गर्न नहुने भन्दै भनेका छन्, ‘यदि यस्तो नीति जारी रहन्छ भने, जनतामा अविश्वास र असन्तोष फैलिन सक्छ, जसले शासकीय निकायसँगको सम्बन्धमा समस्या उत्पन्न गर्न सक्छ । यस्ता निर्णयहरूले समाजमा विभाजनको वातावरण सिर्जना गर्न सक्छ ।   तसर्थ, यस निर्णयलाई पुन: विचार गरी, सबैका लागि समान अवसर सुनिश्चित गर्ने नीति लागू गर्न आवश्यक छ । यसले समाजमा विश्वास र समर्पणको वातावरण सिर्जना गर्नेछ र शिक्षा प्रणालीमा समावेशीपन र न्यायको सिद्धान्तलाई प्रोत्साहन दिनेछ । समान अवसर र न्यायको आधारमा बनाइएका नीतिहरूले केवल सरकारको छवि सुधार गर्छ तर, सबै नागरिकका लागि समृद्धि र समान अवसरको सुनिश्चितता पनि गर्दछ ।’  

रसुवा:    उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले  परीक्षण उत्पादन सफल भएको छ  । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको  छ ।             उक्त विद्युत् गृहमा जडित ३३÷३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिनुभयो ।  ३ वटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो । सो आयोजना कूल लागत रु १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ ।  सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।                      रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा रु ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ ।  रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर ४ हजार १ सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।   चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो ।  यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा  सो आयोजना निर्माण सम्पन्न भएको हो ।

काठमाडौँ:  नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ ।   म्याग्दी हाइड्रोले प्रतिसेयर रु एक सयका दरले ४७ लाख ४५ हजार कित्ता बापत रु ४७ करोड ४५ लाख बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।   सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।   सम्झौताको अवधि छ महिनाको हुने कोषले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।   गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का पारेको हो ।   यो स्पर्धाका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कार पाउने छन् ।   गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो ।   यसैबीच, चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ र एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आ–आफ्ना टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।    आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’मा उनीहरूले जित आफ्नो पक्षमा पर्ने टिप्पणी गरे ।   प्रतियोगितामा झापा–११ फुटबल क्लबसहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सहलेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

दाङ: तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ ।   सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् । आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गर्नुभएको हो ।   उहाँहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि प्रस्तुत गर्नुभएको थियो ।   पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि रु तीन अर्ब, ४२ करोड २८ लाख लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डिपीआर प्रस्तुत गरिएको हो । सात सय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा भएको छ ।