कैलाली: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताउनुभयो । नेता डा कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव दिनुभयो । “यो अन्तिम विकल्पको सरकार हो । संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छ भनेर धेरै विद्वानहरूले सचेत गराइराखेका छन् । हामीले पनि आफ्नो तर्फबाट यही कुरा भनिराखेका छौँ । अहिलेको सरकारलाई असफल हुने छुट छैन”,उहाँले जोड दिएर भन्नुभयो,“कुनै पनि हालतमा अहिलेको सरकार अगाडि जानुपर्छ । आफ्नो म्यान्डेड पूरा गर्नुपर्छ ।” नेता डा कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो । नेता डा कोइरालाले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै स्थापनाको लक्ष्यअनुसार तत्काल काम अगाडि बढाउनुपर्ने र त्यसमा आफूहरूले कोसिस गरिरहेका बताउनुभयो । यसैगरी उहाँले १ वर्षभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सोअनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबैलाई आह्वान गर्नुभयो ।
मनाङ: हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् । स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन् । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङ भन्नुहुन्छ, “हामी खेती किसानी र पशुपालन गरेर जीविकोपार्जन गर्ने मान्छेलाई समस्या भएको छ । हिउँ नपरेपछि पानी हुँदैन, पानी नभए खेती । खै, के भएर होला १ आजकल समयमा हिउँ पर्न छोड्यो ।”समयमा हिउँ नपर्दा सिँचाइको अभावमा मुख्यगरी किसानलाई समस्या भएको गुरुङको भनाइ छ । “हिउँ परेको भए खेती पनि सप्रिन्थ्यो, त पानी नै पुग्दैन । किसानलाई त प्रकृतिले पनि ठग्न थाल्यो”, उहाँले सुस्केरा हाल्दै भन्नुभयो । केही वर्ष पहिलेसम्म हिउँ परेर यहाँका हिमाल सेताम्मे हुन्थे । पर्याप्त पानी हुँदा किसान ‘मानो रोपी मुरी उब्जाउने’ काममा व्यस्त हुन्थे । अचेल भने न हिमाल सेता छन् न त किसानले सजह रूपमा कृषिकर्म गर्न पाएका छन् । प्रमुख जिल्ला अधिकारी मातृका आचार्य पनि पुस लागिसक्दासमेत हिउँ परेपछि चकित हुनुहुन्छ । हिउँ नपरी चिसो अत्यधिक बढेकाले उहाँलाई प्राकृतिक नियम नै फेरिएजस्तो महसुस भइरहेको छ । “जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण पिउने पानीसमेत जमेका छन् तर हिउँ भने परेको छैन । जसले प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश छन् । अरु मानिस नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्तित छौँ”, आचार्यले भन्नुभयो । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको बताउनुहुन्छ । यसले उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको उहाँको अनुभव छ । “हिउँकै पानीले सिँचाइ हुने यहाँ हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो । प्राकृतिक स्वभाव फेरियो, अब हामीले पो कसरी फेरिने होला रु यस्तो अवस्थासँग कसरी अनुकूलित हुने होला १”, उहाँले गुरुङले जिज्ञासा राख्नुभयो । स्थानीय फुर्वा छिरिङ लामाले पनि यहाँको हावापानीमा परिवर्तन भएको अनुभव गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “यतिबेला हिउँले सेताम्मे भएर घर बाहिर निस्कन वा कामकाज गर्नै सकस हुन्थ्यो । खै १ अचेल त हिउँ नै नपरी चिसो मात्रै बढ्छ । यो त अचम्मै भयो ।”
पर्वत: स्थापना भएको साढे ३ दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो । फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेको बताउनुभयो । उहाँले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाइने बताउनुभयो । अब जिल्लामै अधिकांश रोगको उपचार हुनेगरी अस्पतालको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएपनि ६० शय्या क्षमतामा सञ्चालित अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालन गर्न डा प्रमीला लामिछाने नियुक्त हुनुभएको हो । अब नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । ‘फिजियोथेरापी’ विधिले शरीरका विभिन्न अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले बिरामीका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । डा बाँस्तोलाका अनुसार प्यारालाइसिस, ढाड दुख्ने, घुँडा दुख्ने, गर्धन दुख्ने, काध तथा कुहिना दुख्ने र मुख बाङ्गिएको समस्या भएका बिरामीले सहज रूपमा उपचार पाउने छन् । अस्पतालले पहिलो चरणमा १० शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ । स्वास्थ्य बीमा गरेका विमितलाई स्वास्थ्य बीमा कार्डमार्फत नै सेवा उपलव्ध गराइने भएको छ । जिल्लामा फिजियोथेरापी सेवा नहुँदा यस क्षेत्रका बिरामी पोखरा, काठमाडाँैलगायतका ठाउँमा जान बाध्य थिए । जिल्लाबाटै उक्त सेवा सञ्चालन भए पनि यस क्षेत्रका बिरामीलाई सहज हुने छ ।
चितवन: चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बन्नुभएको बताउनुभयो । विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिनुभएका रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आउनुभएको हो । उहाँ स्नातकोत्तर तह (एमएड) उत्र्तीण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बन्नुभएको छ । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपिएल०को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट सङ्घका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिनुभएको हो । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन भन्ने कामना पनि गर्नुभयो । “यो सम्पूर्ण नेपालीको जित हो, नेपाली क्रिकेटको जित हो, प्रतियोगितामार्फत तपाईंहरुको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन ग¥यो, कठोर चुनौतीको सामना गर्दै जित हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आगामी दिनमा अझ ठूला सफलता हासिल गर्नका लागि म शुभकामना दिन्छु ।” आफू प्रधानमन्त्री भएपछि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिसम्बन्धी पहिलो निर्णय गरेको उल्लेख गर्र्दै उहाँले यसका लागि बोलपत्र आह्वान भइसकेको बताउनुभयो । उहाँले नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने बताउनुभयो । त्यस अवसरमा नेपाल क्रिकेट सङ्घ र खेल व्यवस्थापकहरुले नेपालमा विदेशी खेलाडी ल्याउन र खेल क्षेत्रमा विदेशी लगानी वा सहयोग ल्याउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका राम्रा खेलाडीको श्रम स्वीकृतिसम्बन्धी झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभयो । जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी भएको प्रतिक्रिया दिनुभयो ।
पोखरा: कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि सुरु पोखरा हुँदै सिक्लेस–कपुचे–कोरी–क्होलासोँथर–याङ्जाकोटबाट पुनः पोखरासम्मको पदमार्ग प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिक्लेसमा आयोजित अन्तर्क्रियाका सहभागीले सिक्लेसको मौलिकता गुम्न दिन नहुनेमा जोड दिएका हुन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले सिक्लेसको संस्कार र संस्कृति यहाँको मौलिकता भएको बताउनुभयो । मौलिकतालाई जोगाउँदै पर्यटकीय विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घका गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले यो क्षेत्र गुुरुङहरूको ऐतिहासिक स्थल भएको बताउँदै यहाँ प्राचीनकालदेखिका संस्कार र संस्कृति रहेको बताउनुभयो । सिक्लेसलगायतका गुरुङ गाउँहरू समेटेर यहाँबाट कपुुचे, कोरी, क्होलासोँथर समेटेर गुरुङ सम्पदा पदमार्ग विकास गर्न खोजिएको उहाँले बताउनुभयो । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले क्होलासोँथरबाट गुुरुङ समुदायका व्यक्ति पहिलोपटक बसाइ सरेर आएको स्थल सिक्लेस भएको बताउँदै यहाँको मौलिकतालाई पर्यटकीय रूपमा उपयोग गर्न काम गरिरहेको उल्लेख गर्नुभयो । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुुरुङले बढ्दो बस्ती विकाससँगै देशका विभिन्न पदमार्ग छोटिँदै गएको अवस्थामा गुुरुङ सम्पदा पदमार्ग एउटा महत्त्वपूर्ण विकल्प हुने धारणा राख्नुभयो । सिक्लेसमा शान्ति प्रक्रियाको सुरुआत भएको गन्तव्यका रूपमा शान्ति स्तम्भ बनाइएको छ । यहाँस्थित ‘इको म्युजियम’लगायत धेरै पर्यटकीयस्थल छन् । आगामी पुस १३ गतेसम्म हुने पदमार्ग प्रवर्द्धन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका र गुरुङ पर्यटन व्यवसायी सङ्घले सहयोग गरेका छन् ।
काठमाडौं: आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू १ हजार १ सय र चाँदी प्रतितोला रू ३० ले बढेको छ । गत शुक्रबार प्रतितोला रू १ लाख ४८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू ज्ञ लाख ४९ हजार ट सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला रू १ हजार ७ सय ९० मा कारोबार हुनेछ ।
पोखरा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात देशभित्रै छापिने उल्लेख गर्नुभएको छ । मन्त्री गुरुङले राहदानीलगायतका सरकारी कागजात देशभित्रै छाप्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । वराह माध्यमिक विद्यालय माछापुच्छे ६, कास्कीमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय सुरक्षा र खर्च कटौतीका लागि पनि यसो गर्नु जरुरी रहेको औँल्याउनुभयो । “धेरैजसो सरकारी कागजात र परिचयपत्र विदेशमा छापिने गरेका छन् । अबको एक वर्षभित्रै पासपोर्ट ९राहदानी० नेपालमै छाप्छौँ,” उहाँले भन्नुभयो, “नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छौं ।” उहाँले देशमा अराजकता, अस्तव्यस्तता बढ्दै जाँदा त्यसलाई रोक्न दुई ठुला दल मिल्नुपरेको बताउनुभयो । सरकार गठन भएको ५ महिनामा देखिने गरी ठुलो परिवर्तन नभएको भए पनि समस्या पहिचान गरी समृद्धिको यात्रा थालिएको उहाँको भनाइ छ । “देश भित्रभित्रै मक्किएको, अर्थतन्त्र कमजोर बनेको अवस्था थियो । अराजकतावादी, उग्र वामपन्थी र विदेशी हस्तक्षेपबाट देशलाई असफल हुनबाट बचाउन एमाले र कांग्रेस मिलेका हुन्,” उहाँले भन्नुभयो । देशमा प्रमुख राजनीतिक दलहरूले ठुला ठुला आन्दोलन, क्रान्तिहरूको सफल नेतृत्व गरेको स्मरण गर्दै उहाँले आर्थिक, सामाजिक रूपान्तरण गर्दै समाजवादतर्फको यात्रा अब जरुरी भएको औंल्याउनुभयो । सरकारले काम गरिरहेको भए पनि सन्तुष्ट हुने अवस्था नभएको जनाउँदै उहाँले बाँकी अवधिमा देखिने गरी केही काम हुने दाबी गर्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ३० प्रतिशत हाराहारीको विकास बजेटको पनि आधा मात्र खर्च हुने परिपाटी रहेको जनाउँदै यसलाई नबदली जनअपेक्षा पूरा नहुने प्रस्ट पार्नुभयो । “ऐन, कानुन, नीतिहरू बदल्दै अघि बढ्नु पर्छ । राजा महेन्द्रको पालाका ऐन, कानुनबाट गणतन्त्रको विकास र समृद्धि सम्भव छैन,” मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङले सञ्चार मन्त्रालय देशभर गुणस्तरीय इन्टरनेट, नेपाल टेलिभिजन र रेडियो नेपालको पहुँच पु¥याउन लागिपरेकोसमेत जनाउनुभयो । पहिले लहडका भरमा विद्यालयहरू खोलिँदा अहिले अनेक समस्या आएको उहाँको भनाइ छ । “अध्ययन नगरी, पछि आउन सक्ने बसाइँसराइबारे नसोची स्कुल खोलिए, अहिले पूर्वाधार छन्, विद्यार्थी छैनन्,” उहाँले थप्नुभयो, “अब सरकारी विद्यालयहरूले पनि स्कुल बसको सुविधा र छात्रावास सुरु गर्नु पर्छ । हरेक गाउँमा स्कुल चल्ने अवस्था नहुँदा छात्रावास र बस अनिवार्य हुँदै गएको छ ।” नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारसहित सबैजसो क्षेत्रमा समस्या रहेको औँल्याउँदै उहाँले ती समस्या सुल्झाउँदै विकास र प्रगतिको पथ पहिल्याउन लागिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा आमूल परिवर्तन गर्नैपर्ने छ । अब शिक्षित बेरोजगार उत्पादन गर्ने होइन, सिप भएको, क्षमतावान र प्रतिस्पर्धी जनशक्ति तयार गर्न लाग्नु पर्छ ।” २०२४ सालमा स्थापना भएको वराह माविले कक्षा ११–१२ मा भेटेरिनरी अध्यापन गराउने गरेको छ । विद्यालयका अध्यक्ष आशमान रोकाले ग्रामीण क्षेत्रका विद्यालयलाई टिकाउन सरकार र अभिभावकको बलियो साथ चाहिनेमा जोड दिनुभयो । यहाँ सञ्चालित भेटेरिनरी शिक्षालयको रजत महोत्सवसमेत शनिबारै सुरुवात गरिएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सम्पन्न पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ छोम्रोङ बास्केटबल समूह च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा रामघाटलाई ६५–४८ को अंकसहित पराजित गर्दै छोम्रोङ च्याम्पियन बनेको हो । च्याम्पियन बनेको छोम्रोङले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको रामघाटले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । पुरुषतर्फ छोम्रोङका बल्कु पुन एमभिपी घोषित हुँदै पुरस्कृत भए । यस्तै सोही टिमकै नुकेश जुग्जाली बेस्ट अफेन्सिभको अवार्डबाट पुरस्कृत भए । रामघाटका सुजन महर्जन उदीयमान खेलाडी र सोही टिमकै आशिष बस्नेत बेस्ट डिफेन्सिभका रुपमा पुरस्कृत बने । यसैगरी महिलातार्फ स्पोर्टस् ग्राण्डी काठमाडौंलाई ३४–२३ अंकसहित पराजित गर्दै ताङतिङले उपाधि जित्यो । उपाधि जितेको ताङतिङलाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेता बनेको काठमाडौंले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । विधागततर्फ ताङतिङका गरिशा सिलवाल एमभिपी खेलाडीका रुपमा पुरस्कृत बनिन् । यस्तै सोही टिमकै सोनी वाइबा बेस्ट डिफेन्सिभ घोषित भइन् । यसैगरी काठमाडौंकी सुहाना मल्ल उदीयमान खेलाडी र रिन्छेन मोक्तान बेस्ट अफेन्सिभका रुपमा पुरस्कृत भइन् । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, पत्रकार राजबहादुर गुरुङ, पुरस्कारदाताहरु, लगायतले पुरस्कार वितरण गरेका थिए । चैंपरे लेम भाइखलक घान्द्रुकको आयोजनामा गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा पुरुषतर्फ कुल १७ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।