बाजुरा: जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।
काठमाडौं: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताएका छन् । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउ सिक्लेसमा शुरु भएको संस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकनका क्रममा उनले सम्झौता अनुसार निर्माण व्यवसायीले काम गर्नु पर्ने आवश्यकता औल्याए । विकास निर्माणमा ढिला सुस्ति र गुणस्तर नहुना जनतामा नैरास्यता पैदा हुदै गएको बताउँदै उनले योजना सम्पन्न गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताए । संस्कृतिक ग्रामको योजनाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने प्रमुख पौडेलको भनाई थियो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन पुर्वाधार एवम् पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत कूल ३ करोड सात लाख ८३ हजार १८५ को लागतमा मुक्तिनाथ प्राकृतिक जेभीले निर्माणको जिम्मा लिएको हो । नेपाल सरकारको ७० प्रतिशत र मादी गाउँपालिकाको ३० प्रतिशतको साझेदारीमा निर्माण गरिने संस्कृतिक ग्राम अन्तर्गत ६४ वटा सिसि टिभि जडान, नमुना घर, पुरै गाउँलाई समेटेर विद्युत लाईन विस्तार, नयाँ सिडी बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष देवीजंङ्ग गुरुङले जानकारी दिए । सम्झौता अनुसार ५०० मध्ये २४० विद्युतपोल प्रयोग भएको छ भने नयाँ सिडी बाटोको काम करिव सम्पन्न हुने अवस्थामा पुगेपनि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्तरोन्नती गरिने सिडी बाटो, डष्विन, सुचना बोर्ड राख्ने काम नभएको उनको भनाई छ । आगन्तुक पाहुना एवम् स्थानीय व्यवसायिको सुरक्षाका लागि गाउँभरी सिसि टिभि जडान गरिएका छन्, वडा कार्यालयमा राखिएको मनिटरमा सवै गतिविधि रेकर्ड गर्ने हुँदा सुरक्षामा सुविधा पुगेको बताउँदै उहाँले भन्नुभयो,संस्कृति ग्राम योजना सम्पन्न भएसंगै आन्तरिक एवम् बाह्रय पर्यटकको आकर्षण बढने विश्वास छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकार सहितको स्थलगत अनुगमनमा पुगेको टोलीलाई गाउँपालिकाका सवइन्जिनियर राजु ढकालले योजना अन्तर्गत भएगरेको गतिविधिबारे जानकारी गराएका थिए । निर्माण व्यवसायी ओम गौचनका अनुसार डिपिआर अनुसारको काम गर्न अप्ठेरो परेको गुनासो गरे । लोकल ढुङ्गा प्रयोग गरेर पदमार्गको स्तरोन्नती गर्ने भएपनि उक्त स्थानमा उपयुक्त ढुङ्गा नरहेको सम्झौतामा ५०० विद्युत पोल रहेपनि २४० वटा पोलले पुरै गाउलाई पुगेको उनको भनाई छ । शुरुमा नापजाँच हुँदा करिब ४० प्रतिशत काम सम्पन्न भई केही रकम भुक्तानी समेत लिएको बताउँदै उनले भने, ‘पछिल्लो समय निर्माण कार्य अन्तिम चरणमा पुगेछ ।’ पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । संस्कृतिक ग्राम योजना सम्पन्न भएसंगै थप आकर्षण बढ्ने विश्वास छ । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको यो मनोरम गाउँ अन्नपूर्ण दोश्रो र लमजुङ लगायतका हिमश्रृखलाको काँखमा अवस्थित छ ।
पोखरामा चर्चित गायक गायिकाको लाइभ कन्सर्ट हुदैछ । पोखराको लेकसाइडमा रहेको प्याराडिसोमा बर्तिका एम राई र युगल गुरुङले लाइभ कन्सर्ट हुन लागेको हो । शनिबार साँझ हुने कार्यक्रममा बर्तिका एम राई र युगल गुरुङ छुटाछुट्टै प्रस्तुती दिनेछन् । गायक युगलले ’यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, कुरा’ लगायत गीत गाउने छन् भने गायिका बर्तिकाले ’तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत गीत गाएर मनोरञ्जन दिने छिन् । युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन् । बर्तिकालाई नेपाली संगीतमा दैनिकीहरुको सरल रुपमा प्रस्तुत गर्ने गर्दछिन् । उनले गीत लेख्ने, संगीत सिर्जना गर्ने र गाउँने काम गछिन् । उनीहरु दुबैका गित चर्चित रहेको र नयाँ पिडिमा उनीहरु प्रख्यात रहेको प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । प्याराडिसोमा दैनिक लाइभ म्युजीक, खेलकुदको लाइभ ठुलो एलइडिमा देखाउदै आएको छ ।
पोखराको अमरसिंहमा हुने १३ औं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकस्थित होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरको रुपमा सहकार्य गर्ने भएको छ । युनाइटेड क्लबको आयोजनामा यही पुषको २५ देखि माघको ७ गतेसम्म आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको हो । महोत्सवको आयोजक युनाइटेड क्लब र होटल टास्क इन्टरनेश्नलका प्रतिनिधिबिच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता गरे । सम्झौता पत्रमा हस्ताक्षर गर्दै होटल टास्क इन्टरनेश्नलका सञ्चालक मीन गुरुङले होटल टास्क इन्टरनेश्नलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महोत्सवमा सहकार्य गर्न लागेको बताए । युनाइटेड क्लबले पोखरामा रहेर पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी बढाइरहदा होटल टास्क इन्टरनेश्नललेसमेत आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने गरी महोत्सवमा सहकार्य गर्न लागेको हो । होटल टास्कले तीनवटा आउटलेट लेकाली चुलो घर, लेकाली कफी घर, लेकाली सेकुवा एण्ड सुकुटी घर र लेकाली सिटी भ्यूरेष्टुरेन्ट एण्ड बारबाट आफ्नो सेवा प्रवाह गर्दै आइरहेको र त्यसमा हाल लेकाली सेकुवा एण्ड सुकुटी घरबाट अधिकतम खुद्रा मुल्य (एमआरपी) मुल्यमा बियर विक्री गर्दै आइरहेको छ । बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवसाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढिरहेको सञ्चालक गुरुङले बताए । लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर (अधिकतम खुद्रा मुल्य) एमआरपीमा ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ । नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सामाजिक कामकै लागि आयोजना भएको बताउदै होटल टास्क इन्टरनेश्नल जस्तै सहयोग मनहरुको साथ र सहयोगबाट महोत्सव १३ औं संस्करणसम्म आइपुगेको बताए । महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा महिलातर्फ टिम ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने भएका छन् । पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको पहिलो सेमिफाइनल खेलमा स्पोर्टस् काठमाडौंले अन्नपूर्ण कास्कीलाई ४३–१० को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो खेलमा टिम ताङतिङले एएमआइसीआइलाई ४२–९ को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा स्पोर्टस् काठमाडौंसँगको भेट पक्का गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार शनिबार उपाधिका लागि भिड्नेछन् । यस्तै पुरुषतर्फ भने सेमिफाइनल समिकरण पुरा भएको छ । पुरुषतर्फको पहिलो क्वाटरफाइनल खेलमा रामघाट टिम ‘ए’ले ताङतिङलाई ५४–४७ को अङ्कले पराजित गर्याे । यस्तै दोस्रो खेलमा मर्दीखोलाले नदीपुरलाई ६१–५० अङ्कले पराजित गर्याे। यस्तै तेस्रो क्वाटरफाइनल खेलमा बेगाले अन्नपूर्ण म्याग्दीलाई ६८–५२ अङ्कले पराजित गर्याे। चौथो क्वाटरफाइनल खेलमा छोम्रोङले क्याङलाई ५३–४५ अङ्कले हरायाे । शनिबार बिहान पुरुषतर्फको दुई सेमिफाइनलसहित महिला/पुरुषको फाइनल खेल सञ्चालन हुने संयोजक गुरुङले बताए । खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ गर्दै उनले जीवनउपयोगी शिक्षा प्रति ध्यान दिनुपर्ने उल्लेख गरे । “योजना बनाइरहदा शिक्षामा सुधारलाई अप्नाउदै नयाँ ढंगबाट योजना तर्जुमा गर्नुपर्छ । जीवन उपयोगी शिक्षा प्र्रति ध्यान दिनुपर्छ । नैतिक शिक्षाको खडेरी छ, त्यस तर्फ हाम्रा योजना अगाडि बढ्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेकोले स्थानीय तहले पनि समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए । स्थानीय तहले अपनत्व लिएर शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने आवश्यक्तालाई उनले औंल्याएका छन् । संस्कृति, रहनसहन, भाषा भेषभुषालाई आत्मसात गर्दै विद्यार्थीलाई संस्कारी बनाउने शिक्षामा जोड दिन उनको निर्देशन छ । प्राविधिक र जीविकोपार्जन गर्ने खालको शिक्षालाई जोड दिए नेपालमा नै सम्भावना अधिक रहेको तर्क उनको छ । मन्त्री थापाले प्रदेश सरकारले ल्याएको अभिभावक शिक्षा, सिक्दै कमाउँदै जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन र परम्परागत भन्दा नयाँ योजना तर्जुमा गर्न स्थानीय तहबाट आएका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले योजना निर्माणमा पछाडि नपरियोस् भन्ने उद्देश्यस्वरुप कार्याशाला कार्यक्रम राखिएको जानकारी गराए । उनले यही जेनवरी भित्र नै स्थानीय तहको शिक्षा योजना निर्माण गर्नुपर्ने भएकाले त्यसको तयारी स्वरुप नै उक्त कार्यक्रम गरिएको उल्लेख गरे । कार्यशालबाट शिक्षा योजना निर्माणले गति लिने अपेक्षा उनले गरेका छन् । शिक्षा विकास निर्देशनालय पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले प्रदेश सरकारले बनाएको शिक्षा नीति २०७८ लाई टेकेर शिक्षा योजना निर्माण गर्नुपर्ने बताए । उनी विद्यार्थीको सीप, क्षमता र दक्षता उजागर गर्न उक्त शिक्षा योजना सहायक सिद्ध हुनेमा विश्वस्त छन् । समर्पित शिक्षक, जिज्ञासुु विधार्थी र सन्तुष्ट अभिभावक शिक्षा योजना आजको आवश्यकता रहेको भनाई उनको छ । कार्यक्रममा लमजुङ र पर्वत जिल्लाका शिक्षा अधिकृतहरुको सहभागिता छ ।
दाङ: दाङमा आज भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । बस चालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
काठमाडौं: एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बङ्गालदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन । साथै सुमैया अख्तरले १० रन जोडिन । नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बङ्गलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक÷एक विकेट लिए ।

