पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

बागलुङ:     नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारहरूको हितमा महत्वपूर्ण निर्णय गरेको छ ।  बिहीबार सपथग्रहण तथा पदस्थापन लगत्तै बसेको उक्त बैठकले ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गर्ने निर्णय गरेको महासंघका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।  अवधारणा र कार्ययोजनासहित उक्त कोषको औपचारिक घोषणा छिट्टै गरिने उहाँले बताउनुभयो । आगामी तीन वर्षभित्रमा उक्त कोषमा रू. १० लाख पुर्याउने लक्ष्य लिइएको छ ।  कोषको संचालन र व्यवस्थापनलाई चुस्त बनाउन छुट्टै कार्यविधि बनाइने सचिव रिजालले बताउनुभयो ।कोषको ब्याज रकमबाट बर्सेनि विभिन्न विधामा उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई लेखनवृत्ति उपलब्ध गराइनेछ ।  महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले श्रमजीवी पत्रकारका हकहितलाई केन्द्रमा राखेर कार्ययोजनासहित अगाडि बढ्ने बताउनुभयो । ‘हामी सिक्छौँ, सिकाउँछौँ’ कार्यक्रमअन्तर्गत आगामी तीन वर्षभित्र पत्रकारका लागि विविध तालिम तथा क्षमता विकासका कार्यक्रम सञचालन गरिने उहाँले बताउनुभयो ।  पत्रकार दुर्घटना बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल र अन्तरक्रिया गरी आवश्यक निचोडमा पुग्ने अध्यक्ष थापाले बताउनुभयो ।  पत्रकारको पेसागत सुरक्षाका अतिरिक्त स्थानीय र स्वरोजगारमूलक संचारमाध्यमको सबलीकरणमा महासंघले सार्थक भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

कञ्चनपुर:    मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनुभएको हो ।  भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए । खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका उनी त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका हुन् ।  भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउनुहुन्छ । राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठाइएन, त्यसपछि ‘स्वीचअफ’ भयो ।  सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ः०० बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताउनुभयो । भ्युटावर हेर्न गएका तारणी सम्पर्कविहीन हुनुभएको छ, फोन गर्न खोज्दै छौँ, स्वीचअफ आइरहेको छ बुढाथोकीलाई उद्यृत गर्दै बताएको पन्तले भन्नुभयो ।  “दाजु सम्पर्कविहीन भएको खबर पाइएपछि घरका चार जना सदस्य मनाङको चामे पुग्यौँ”, विष्णुले भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंकका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गर्यौँ, फेला परेनन्, निराश भएर घर फक्र्यौँ ।” अहिले पन्त परिवारमा तनावको स्थिति छ । “दाजु फर्केर आउने विश्वासमा छौँ,” विष्णुले भन्नुभयो, “दाजु सम्पर्कविहीन भएको ५४ दिन बितिसक्यो, अत्तोपत्तो छैन, फर्केर आउने आश छ, हरेश खाएका छैनौँ ।” केही दिनअघि मात्र मनाङमा दाजु भेटिन्छन् कि भनेर पुनः गएको उल्लेख गर्दै उहाँले नभेटेपछि निराश हुँदै फर्कनुपरेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तारणी हराएको दिनदेखि नै १२ दिनसम्म खोजतलास गरे पनि भेट्टाउन सकेको छैन । तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ । बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले खोजतलास गरे पनि तारणीको अत्तोपत्तो छैन ।   

पोखरा:    पोखरामा धारिलो हतियार देखाएर एक वृद्धाको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले गत मंसिर २३ गते पोखरा महानगरपालिका–३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षीय बेदुनाथ अधिकारीको श्रीमतीलाई कुटपिट गरी उनले लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिका २ काउँशिवपुर घर भई पोखरा १५ रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंङ थापामगर, बागलुङ तमानखोला घर भई पोखरा ६ लेकसाइड बस्ने  ३९ वर्षीय प्रकाश थापा र रोल्पा घर भई पोखरा मालेपाटन बस्ने ३२ वर्षीय गोपाल नेपाली छन् ।  उनीहरुले गत मंसिर २३ गते अधिकारीको घरमा नकाव लगाएर धारिलो हतियार देखाई उनकी श्रीमतीले लगाएको १ थान औंठी, कानका २ वटा रिङ चोरी गरेर फरार भएका थिए ।  लुटपाट गर्न प्रयोग गरिएको धारिलो हतियार । फोटो: कास्की प्रहरी पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा मृत्यु भएका एक महिला र घाइते भएका ४ जनाको पहिचान खुलेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते र एक जनाको मृत्यु भएको हो ।  स्कारपियो दुर्घटना हुँदा मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे बस्ने ७० वर्षीय भिमकुमारी थकालीको घटनास्थलमै मृत्यु भएको स्थानीयले पुष्टि गरेका छन् ।  पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा ५ जना घाइते र एकजनाको मत्यु भएको थियो ।    घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए ।  ‘घान्द्रुकको बतासे डाँडामा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पतालम ल्याइएको छ’, सूचना अधिकारी पाठकले भने, ‘ घाइतेहरुको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।’ कास्की प्रहरीका अनुसार स्कारपियो दुर्घटना हुँदा पोखरा महानगरपालिका–१६ दिप बस्ने २० वर्षीय रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय ज्योति खत्री थकाली घाइते भएका हुन् ।  सोही स्कारपियोमा सवार बागलुङको गलकोट नगरपालिका १ झाँक्रीस्थान बस्ने ७६वर्षीय खिमकुमारी खत्री, अन्दाजी ५० वर्षीय नविना खत्री घाइते भएकी छिन् । घाइते चारै जनाको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।  यस्तै बागलुङको गलकोट नगरपालिका–१ झाक्रीस्थान बस्ने ४० वर्षीय अनिता खत्री सकुशल रहेको प्रहरीले जनाएको छ ।  सवारी चालक स्याङ्जाको भिरकोट नगरपालिका २ डाँडाकोट बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  स्कारपियो चालकले गाडी रोकेर बाटो हेर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी सडकबाट अन्दाजी ६सय मिटर तल खसेको छ ।    यो पनि पढ्नुहोस   फलोअप: घाइते ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल अस्पताल ल्याइयो, १ जनाको मृत्यु   पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटना, घाइते ४ जनाको सिम्रिक एयरबाट उद्धार हुँदै

पोखरा:  गण्डकी प्रदेशका ११ वटै जिल्लामा पौष ९ गते सम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा बिहिबार आयोजित विभिन्न खेल संघका पदाधिकारीहरुको बैठकमा परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी गराएका हुन् ।  १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा सदस्य सचिब शर्माले उक्त जानकारी दिंदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने जनाएका हुन् । “१० औं राष्ट्रिय खेलकुदको निर्देशिका अन्तिम निर्माणको तयारीमा छ” सदस्य सचिब शर्माले भने–“पौष ९ गते सम्म आ–आफ्ना जिल्ला खेलकुद विकास समितिमार्फत दर्ताका लागि हामीले आह्वान गरेका छौं ।” उनले थपे–“दर्ता नभएका खेलाडीहरु आगामी चैत्र २३ देखि ३० गते सम्म कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् ।” यसै गरी दर्ता र नविकरण नभएका खेल संघहरुलाई यहि पौष २० गते सम्म नविकरण र दर्ताका लागि आह्वान गरेको छ । चैत २० गते सम्म दर्ता र नविकरण नर्गने खेल संघहरुलाई दर्ता रद्ध गर्ने जनाउँदै बैठकमा सदस्य सचिब शर्माले दर्ता खारेज हुने खेल संघहरुलाई लेटर प्याड र छाप प्रयोगमा समेत रोक लगाइने बताए । खेल संघका पदाधिकारीहरुको छलफलमा १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि खेल सामाग्रीहरुको समुचित वितरण, खेल प्रशिक्षकहरुको नियुक्ति, खेल मैदानहरुको सुधारलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।  उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्राप्त गरेको शाखलाई गुम्न नदिन परिषदले योजनावद्ध रुपमा आफ्ना कार्यक्रमहरु तय गर्नुपर्ने सुझाव समेत दिए । छलफलमा दशौै राष्ट्रिय खेलकुदको छनौट कार्यक्रम गाउँपािलका तहहरुमा गर्न सुझाव दिंदै प्रदेशका सबै जिल्ला र पालिकाहरुमा अपनत्व हुने गरी अघि बढाउन समेत सहभागिहरुले जोड दिएका छन् ।  जसका कारण सबै पालिकाहरुले समेत खेलकुदको विकासमा साझेदारी गर्ने अवसर संगै सुमदायमा खेलकुदलाई जोड्न समेत छनौट कार्यक्रम अझै प्रभावकारी हुने उनीहरुको जोड थियो । १९ औं एसियाली खेलकुदमा नेपालको झण्डा अन्तर्राष्ट्रिय ऐरिनामा फहराउन सफल खेल प्याराग्लाइडिङलाई समेत १० औं राष्ट्रिय खेलकुदमा समावेश गर्न समेत उनीहरुले जोड दिएका छन् भने हरेक जिल्लामा सबै खेलका रेफ्रिहरुको उत्पादन हुनुपर्ने विषयलाई समेत गम्भिरता पूर्वक उठाए  । सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले  ११ वटै जिल्लामा खेल संघहरुको विस्तार गर्दै पालिकास्तरमा समेत खेलका गतिविधि बढाउन खेल संघहरुलाई आग्रह गरे । त्यस्तै कार्यकारी सदस्य दिल बहादुर गुरुङले १० औं राष्ट्रिय खेलकुदमा प्राप्त शाखलाई जोगाउन सबै खेलसंघहरुले ध्यान केन्द्रित गर्न आग्रह गर्दै खेल संघहरुको समस्या समाधान गर्न परिषद संधै तयार रहेको उल्लेख गरे । त्यस्तै परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले खेलको विकासका लागि पालिकास्तरमा बाटनै संघहरुले ध्यान दिनुपर्ने जनाए ।

पोखरा महानगरपालिकाको समन्वयमा कोइका र युएनडिपीको सहयोगमा पोखरा महानगरपालिका १५ को ६० विपन्न परिवारलाई फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण गरिएको छ ।    पोखरा महानगरपालिका भित्रका १ सय ३६ वटा टोलमा दिने योजना  अन्तर्गत आज पोखरा १५ को ६० विपन्न परिवारलाई २/२ थान डस्टबिन प्रदान गरेको हो ।   उक्त तालिमको उद्घाटन पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले गरे  उनले सो अवसरमा बोल्दै फोहोरलाई मोहोरमा बदल्ने तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे ।   उनले फोहोर व्यवस्थापनमा स्थानीयले पनि तदारुपता देखाउनुपर्ने बताउदै उक्त तालिम व्यवहारमुखी भएको धारणा राखेका थिए ।     सो कार्यक्रममा वडाध्यक्ष बानियाँसँगै कार्यपालिका सदस्य मन्दिरा परियार लगायत करिब १ सय जना स्थानीयहरुको सहभागिता रहको थियो ।   युएनडिपीले अघि सारेको उक्त योजना  अन्तर्गत भोलि वडा १२ मा पनि तालिमसहित डस्टबिन प्रदान गर्नेछ ।   

पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर बन्दीपुर केबुलकारले सहकार्य गर्ने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बन्दीपुर केबुलकारले सह प्रायोजकमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब पोखराका पदाधिकारी र बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड बीच पोखरा महोत्सव सफल बनाउन सहकार्य गर्ने गरी सहमति भएको छ ।  सम्झौता पत्रमा हस्ताक्षर गर्दै बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका भाइस प्रेसिडेन्ट किरण पोखरेलले पर्यटकीय गन्तब्य बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा अग्रणी पोखराको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा सहकार्य गरी सामाजिक रुपमा जोडिन पाउदा खुसी लागेको बताए । महोत्सवमा सहकार्य मात्र नभइ ब्यवसायीक प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउदै पोखरेलले पोखरा महोत्सवमा आउने दर्शकले टिकटको आधारमा बन्दीपुर केबुलकारमा विशेष छुट पाउने समेत बताए ।  पोखरेलका अनुसार पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबुलकार चढ्न जाने कुनैपनि ब्यक्तिले बन्दीपुर केबुलकारमा २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभईन रेष्टुरेण्टमा १५ प्रतिशत छुट पाउनेछन । बन्दीपुर केबुलकारको टिकट प्रति ब्यक्ति पाँच सय रहेको र उक्त रकममा २५ प्रतिशत छुट हुनुका साथै स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट दिने पोखरेलले बताउदै आगामी दिनमा समेत युनाईटेड क्लब संग सहकार्य गर्दै पोखरा महोत्सवको प्रायोजकलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा वोल्दै क्लबका अध्यक्ष लोक बहादुर थापाले जनस्तरबाट निर्माण सम्पन्न भइ सञ्चालनमा आएको बन्दीपुर केबुलकार लिमिटेड संग सहकार्य गरी अगाडी वढ्न पाउदा खुसी ब्यक्त गरे ।  उक्त अवसरमा बन्दीपुर केबुलकार कम्पनीको होल्डिङ कम्पनी आरकेडी ग्रुपका प्रमोटर तथा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पञ्चासे केबुलकारका प्रेसिडेन्ट चिन्तामणी शर्मा, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहेको थियो । महोत्सवको मिति नजिकिदै गर्दा महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुको सहयोग आउने क्रम जारी रहेको र अन्य तयारीहरु समेत तीब्र रुपमा अगाडी वढिरहेको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।    पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको पहिलो खेलमा रामघाट टिम ए’ले लामाचौर स्पोर्टसलाई ५५–२६ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।    यस्तै दोस्रो खेलमा ताङतिङले गलेश्वरलाई ४३–२८ ले पराजित ग¥यो । तेस्रो खेलमा अन्नपूर्ण म्याग्दीले टिम एएमआइसिआईलाई ३८–३२ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।    यस्तै महिलातर्फको पहिलो खेलमा अन्नपूर्ण कास्कीले मर्दीखोलालाई ३५–१२ ले पराजित गर्याे । दोस्रो खेलमा ताङतिङले टिम पिएनसीलाई ६३–१७ ले पराजित ग¥यो ।    पुरुषतर्फको क्वाटरफाइनल खेल र महिलातर्फको सेमिफाइनल खेल शुक्रबार सञ्चालन हुनेछ ।   कार्यक्रम संयोजक गुरुङका अनुसार खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।   गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए  ।   यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।   संयोजक गुरुङका अनुसार  पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।  

लमजुङ:     सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ ।  उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उहाँले आज उद्घाटन गर्नुभएको हो ।        गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो ।  भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् ।