धनगढी: धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ ।
काठमाण्डौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय होम सेन्टरमा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो । तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गर्नुभएको छ । यसैबीच कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।
कञ्चनपुर: सडक दुर्घटना बढ्दै जान थालेपछि यहाँ प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक ¥याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ । “मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढदै गएका छन्”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भन्नुभयो, “मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सडक लेन अनुशासन पालना गराउन, हेल्मेटको प्रयोग गरी मोटरसाइकल तोकिएको सीमित गतिमा चलाउनका लागि चालकलाई सचेतना दिने कार्यमा जुटेका छौँ ।” तीव्रगतिले जीउधनको क्षति हुने भएकले यसबारे चालकलाई सचेत पार्नका लागि प्रहरीलाई भीडभाड हुने क्षेत्र र सम्भावित दुर्घटना हुने क्षेत्रमा परिचालनसमेत गरिएको छ । “तनाव र अस्वस्थता भएका बेला पनि दुर्घटना हुने निकै सम्भावना रहन्छ”, प्रहरी निरीक्षक सिंहले भन्नुभयो, “यस्तो अवस्थामा सवारीसाधन चलाउनु नै बेस हुन्छ, यसका लागि पनि सचेत पार्ने काम भइरहेको छ ।” सवारीसाधन चलाउँदा ओभरटेक नगर्ने र दूरी कायम गरी सवारीसाधन चलाउनका लागि समेत प्रहरी चालकलाई सम्झाउने बुझाउने कार्यमा संलग्न भएका छन् । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नचढाउने, सवारीसाधन चलाउँदा सिट बेल्ट अनिर्वायरूपमा चालकले बाँध्ने, सवारीसाधनमा यात्रुलाई झुन्ड्याएर नचढाउनेलगायत कार्य रोक्नका लागि प्रहरीले कार्य अगाडि बढाएको छ । सवारीसाधन चलाउनुभन्दा अगाडि सवारीको अवस्थाबारे अनिवार्यरूपमा जाँच गर्ने र मोटरसाइकल चलाउँदा आवश्यक कागजातका साथै हेल्मेट लगाएर मात्र चलाउने कार्य गर्नुपर्ने कुरा चालकलाई प्रहरीले सडकमै बताउने गरेको छ । झलारी–पिपलाडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्रप्रसाद भण्डारी ट्राफिक नियमको पालना गरे सम्भावित दुर्घटनाबाट बच्न सकिने बताउनुहुन्छ । प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यलाई निरन्तररूपमा जारी राख्ने जनाएको छ । ट्राफिक नियमको उल्लङ्घन गर्दै अटेरी गरेर सवारीसाधन चलाउनेलाई नियमानुसार कारबाही गरी जरिवाना तिराउने कार्यलाई समेत तदारुकताका साथ अगाडि बढाइएको छ । सवारी चालकले मादक पदार्थ सेवन गरे÷नगरेकोबारे र द्रुतगतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीमाथि कडाइ गर्ने कार्य गरिरहेको छ ।
पोखरा: पोखरा महानगरपालिका १३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् । पोखरा १३ अमलाचौरस्थित अमरज्योती आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर पोशाक सहयोग गरेका हुन् । विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै युवा नेता लामाले विद्यार्थीहरुको प्रोत्साहानका लागि सहयोग गरेको बताए । ‘गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहान हुन्छ भन्ने हेतुले डे«स दिएको हुँ, उनले भने, ‘यसको साथसाथै सामुदायिक स्कुलमा पनि विद्यार्थीहरुको अकर्षण बढ्छ भन्ने अभिप्राय हो ।’ यसैगरी विद्यालयका प्रध्यानाध्याक विमल बरालले लामाको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सकरात्मक सन्देश प्रवाभ भएको बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुे उदाहरणीय कार्य रहेको बरालले बताएका थिए । निवर्तमान वडाध्यक्ष लामाले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरु समेत सम्पन्न गरिसकेका छन् । उनले वडाको शिक्षामा एकरुपता ल्याउनका लागि पाठ्यक्रम (लेसन प्लान) बनाएका थिए । भने सामुदायिक विद्यालयमा बस समेत खरिद गरेका थिए । यसैगरी भद्रकाली माविमा पक्की भवन समेत निर्माण गरेका थिए । उनले यसअघि पनि वडा भित्रका नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका थिए ।
रोल्पा: गृह मन्त्रालयले यही जेठ ४ गते कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानविन गर्न समिति गठन गरेको छ । कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । मन्त्रालयले उक्त घटना कसरी घटेको हो र सो सम्बन्धमा के कसो भएको हो भनी स्थलगतरुपमा अध्ययन, अनुसन्धान र छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देश गरेको छ । समितिको प्रतिवेदन पश्चात घटनाको सत्यतथ्य उजागर हुने र भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अबलम्बन गरिने मन्त्रालयले जनाएको छ ।
बागलुङ: एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आएल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका–६ स्थित लङ्गाउका दुई युवालाई आर्थिक सहयोग गरेका हुन् । युवा अवस्थामा आँखा गुमाएका ४२ वर्षीय खीमबहादुर थापा र ३४ वर्षीय अम्बरबहादुर थापालाई हाल आएल्यान्डमा रहेका अशोक मगर ‘प्रेम’ को पहलमा सङ्कलन भएको रु ९० हजार ८२१ सहयोग हस्तान्तरण गरिएको छ । बागलुङ समाज आल्यारण्डमा आबद्ध व्यक्ति र रोजगारीका लागि सोही स्थानमा रहेको जिल्लावासीबाट रकम सङ्कलन गरिएको थियो । आर्थिक अवस्था कमजोर रहेका ती दृष्टिविहिनलाई सानी आमा र बुवाले हेरचाह गर्दै आएका छन् । चौध जनाको परिवार भएको र अर्थोपार्जन न्यून भएकाले उनीहरुलाई रेखदेख गर्न समस्या हुँदै आएको छ । बिहानदेखि बुलेकासम्म उनीहरुको रेखदेख, स्यारसुसार गर्नमै समय लाग्ने भएको र एक जनाको कमाइबाट मात्र ठूलो परिवारको पालनपोषण गर्नुपर्ने बाध्यता भएको सानी आमा डिलकुमारी थापाले बताउनुभयो । बाइस वर्षको उमेरदेखि दुवैले आँखाको ज्योति गुमाएका थिए । रकम हस्तान्तरण गर्दै नेत्र ज्योति सङ्घका जिल्लाअध्यक्ष भरत पुरीले युवा अवस्थामा दृष्टिविहीन भए पनि परिवारसगै विदेशमा रहेका नेपालीको सहयोगबाट जीवनयापनमा केही सहज भएको बताउनुभयो ।
पोखराः पोखरा महानगरपालिकाबाट एकमात्र महिला वडाध्यक्षमा निर्वाचित राधिका शाही योगीले पदभारसँगै ३ जनपक्षीय निर्णय गरेकी छिन् । अध्यक्ष योगिले सो वडामा स्थायी बसोबास गर्ने निम्न आय भएका ,अशक्त ,अपाङ्ग र पिछडिएका बर्गलाइ हिमालय आखा अस्पताल सङ्गको सहकार्यमा मोतियाबिन्दुको निशुल्क उपचार गर्ने, वडामा स्थायी बसोबास गरी शहरी स्वास्थ केन्द्रबाट नियमित सेवा लिइरहेका गर्भवती महिलाहरुको लागि पोषण प्याकेजको ब्यबस्थापन गर्ने र वडा कार्यालयको सेवा थप प्रभाबकारी बनाउन सहायता कक्ष निर्माण गर्ने तीन निर्णय गरिएकाे बताइन् । उनले निर्बाचन दौरानमा गरिएका बाचा हर तरहले पूरा गर्दै पुर्ण भौतिक पुर्बाधार सहितको समृद्ध वडाको निर्माण एकमात्रै अर्जुन दृस्टी रहेको बताइन। उनले आफ्नो समुहलाइ बिजयी गराउन सहयोग गर्ने सम्पुर्णमा आभार ब्यक्त गर्दै बिना पुर्बाग्रह बिकासका काम अगाडि बढाउने प्रतिबद्धतासमेत ब्यक्त गरिन् ।
पोखराः प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय (सिटिइभिटी ) ले म्यादि प्रहरीलाई निशुल्क सीपमूलक तालिम दिने भएको छ । स्थानीय तहको निर्वाचन २०७९ मा म्यादी प्रहरी भई सुरक्षा प्रदान गरेका म्यादी प्रहरीको माग अनुसार पहिलो चरणमा विभिन्न क्षेत्रमा सीपमुलक तालिम दिईने भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय (सिटिइभिटी )ले जारी गरेको सुचना अनुसार पहिलो चरणमा किचन सहयोगी, वेटर, हाउस किपिङ, ईलेक्ट्रिसियन, प्लम्बर र हाउस पेन्टरको तालिम सञ्चालन गरिने छ । उक्त तालिम आगामी २० गतेदेखि सुरु गरिने बताइएको छ । सो तालिम २७ दिनसम्म चल्नेछ ।
कास्की: ‘२५ के’ फाउण्डेशनले भाेली (शनिबार) रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको रत्तदान कार्यक्रम पोखरा ८ सिमलचौरस्थित क्याफे दि २५’ को प्रांगणमा गरिने संयोजक सुमन क्षेत्रीले जानकारी दिए । उनका अनुसार विहान साढे सात बजेदेखि रक्तदान सुरु हुनेछ । संयोजक क्षेत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत युवाहरुले जिम्मेवारी वहन गर्नुपर्ने बताउदै रक्तदान आयोजना गरिएको जानकारी दिए । कुनै एक रक्त युनिटले कसैको जिवन बाँच्न सक्ने भन्दै सबैमा रक्तदानको लागि फाउण्डेशनले आह्वान गरेको छ ।