पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

काठमाडौँ,  सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ ।   मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पु-याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ । तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश हुनेसम्मको समस्या पर्ने गरेको बताइएको छ ।    हाल नेपालमा गधा, खच्चर र घोडा एक लाख ५० हजारभन्दा बढीको सङ्ख्यामा ढुवानी व्यवसायका लागि प्रयोगमा रहेको सो संस्थाले जनाएको छ । सो संस्थाले ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत डुकुछापमा समस्यामा परेका, घाइते, बूढा भइसकेका खच्चर, गधा तथा घोडाको स्याहार केन्द्र स्थापना गरेको छ । विशेषगरी काठमाडौँ उपत्यकाका इँटा उद्योगमा काम गराउन भित्रिएका गधा, खच्चर तथा घोडा अशक्त, वृद्ध तथा घाइते भएपछि सडकमा छाड्ने गरिएको छ । समस्यामा परेका त्यस्ता जनावरलाई स्याहार केन्द्रमा लगेर पालन गर्ने गरिएका संस्थाका प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो ।    उहाँका अनुसार केन्द्रमा पौष्टिक आहार प्रदान गर्ने तथा उपचार गर्ने गरिएको छ । हाल केन्द्रमा ५० भन्दा बढी समस्यामा परेका गधा, खच्चर र घोडा संरक्षण गरिँदै आएको छ । घोडा, खच्चर, गधा विशेषज्ञ डा. सजना थापाका अनुसार यी जनावरले काम गर्न सकुन्जेल काममा लगाउने र अशक्त, रोगी भएपछि जथाभावी छाड्ने प्रवृत्तिले ती जनावरको बाँच्न पाउने अधिकारको हनन हुने गरेको बताउनुभयो । उहाँले गधा दिवसका अवसरमा यी जनावरले पु-याएको योगदानबारे सचेतना जगाउने, यी जनावरबारे अध्ययन अनुसन्धान गर्न चाहने विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।    अर्का विशेषज्ञ डा. अतिश यादवका अनुसार इँटा व्यवसाय र उच्च हिमाली क्षेत्रको सम्पूर्ण जनजीवनका लागि यातायातको सेवा प्रवाह गर्दै आएका यी जनावरको योगदानलाई सरकारले अध्ययन अनुसन्धान गरी यिनको बाँच्न पाउने अधिकारको सुरक्षा गर्नुपर्ने बताउनुभयो । नेपालबाहेक बेलायत, इजिप्ट, भारत, पाकिस्तानलगायतका अफ्रिकी मुलुकमा ढुवानीको साधनमा प्रयोग हुने यी जनावरको हक–अधिकारका लागि काम हुँदै आएको छ । बेलायतले त अन्य मुलुकमा समस्यामा परेका गधा, खच्चर तथा घोडालाई ल्याएर संरक्षण, हेरचाह गर्ने गरेको सो संस्थाले जनाएको छ ।  गाेरखापत्रबाट साभार  

उतर राई, पोखरा:  प्राज्ञिक विद्यार्थी परिषद नेपाल पोखरा महानगर इकाई समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ३६ युुनिट संकलन भएको छ ।    ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित मजदुर तथा विद्यार्थी दिवसको अवसरमा विन्ध्यवासिनी मन्दिर परिषरमा आयोजना गरेको संयोजक एवम् प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरका अध्यक्ष रविमोहन बरालले जानकारी दिए ।    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राध्यापक हिमराज गिरीले परिषद्का उपाध्यक्ष दिपक रेग्मीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे ।   सो अवसरमा बोल्दै गिरीले परिषदको  विभिन्न उल्लेखनीय कामहरुको प्रसंशा गर्दै शुभकामना व्यक्त गरे । परिषदले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रममार्फत सकरात्मक सन्देश प्रवाह गरेको उनले धारणा राखेका थिए ।    सामाजिक व्यक्तित्व, विद्यार्थीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र गण्डकीको प्राविधिक सहयोग रहेको थियो । परिषदका अध्यक्ष रविमोहन बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दिप्सन गुरुङले गरेका थिए ।

उत्तर राई, पोखरा:   युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ ।   आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।  उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए ।   उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो ।   संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी एवं सम्पूर्ण पोखरेलीलाई सहभागितको लागि अनुरोध गरे । त्यस्तै, सोमबार साइकल र्यालीको समेत आयोजना गरिने उनले बताए ।   पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त र्याली​ घेछेलिङ गुम्बा दीपहुँदै, सुुखवति गुम्बादेखि अनदुँस्थित शान्ति स्तुपासम्म हुने र्याली संयोजक रवि उदासले बताए ।  बुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।     

काठमाण्डौंः विवाद र चर्चाका पर्याय बनेका केशव स्थापितले काठमाण्डौंमा एक सयवटा गफ गर्ने ठाउँ बनाइदिने प्रतिबद्धता जनाएका छन् ।    नेकपा एमालेबाट काठमाण्डौं महानगरमा मेयरका प्रत्यासी रहेका स्थापितले राजधानीमा युवा गफिने, जीवनका कथा हाल्ने स्थानको अभाव भएको भन्दै उक्त योजना सुनाएका हुन् ।    सञ्चारकर्मीसँगको भेटघाटमा स्थापितले भने, ‘अहिलेका युवावर्गलाई राजधानीमा पार्क र भेटघाट गर्ने स्थानको अभाव छ, उनीहरुलाई सार्वजनिक स्थलको अभाव छ ।’   यससँगै स्थापितले ‘घरघरमा स्वास्थ्य नारी कार्यक्रम’, ‘ट्राफिक व्यवस्थापन’ र ‘फोहोर व्यवस्थापन’लगायतका योजनासमेत सुनाएका छन् । 

पोखराः नेपाल मुक्ति जातिय उत्पीडित समाजका केन्द्रीय सदस्य किसान सुनारले स्थानीय तहको निर्वाचनमा समाजको साथ नेकपा एमालेलाई रहेको बताएका छन् ।    एमाले पोखरा १५ ले वडामा रहेका दलित तथा बिपन्न वर्गलाई निर्वाचनमा समेट्न तथा मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सुनारले उक्त धारणा राखेका हुन् ।     कार्यक्रममा केन्द्रिय सदस्य किसान सुनारले जसले एउटा व्यक्तिलाई पाउदेखि शिरसम्म चप्पल जुत्ता र लुगा सिलाइदिएर लाज ढाकी सुरक्षित बनाउने काम गर्यो उही व्यक्तिलाई यो समाजले दलितको सँज्ञा दिएको आरोप लगाए। उनले नाङ्गै खुट्टा हिँड्नेलाई चप्पल बनाएर अथवा मानिसको लाज छोप्नलाई कपडा सिलाइदिएर दलित नभएको भन्दै मानिसको सोचमा परिवर्तन आउनुपर्नेमा जोड दिए।   दलित भएकै कारण अपहेलित गर्ने कार्य भइरहेको उल्लेख गर्दै उहिलेदेखि नै दलितलाई समय अनुसार व्याख्या गर्ने गरिएको उनले आरोप लगाए। समाजले समानरुपले स्विकार्न नसकेपनि दलितको भोट भने चल्ने गरेको बताउँदै फेरी यहि समाजले समानताको हिसाबले हेर्न नसकेको गुनासो पोखे। उनले भने – “हाम्रो आक्रोश र गुनासो यहि हो, हामीलाई समाजले समान नजरले हेरोस्।“ उनले यस प्रथाको अन्त्यका लागि नेकपा एमालेलाई भोट दिन भेलामा उपस्थितलाई आग्रह गरे।   यस्तै अध्यक्षका उम्मेदवार तोरण बानियाँले भोली आफूहरु निर्वाचित भएको खण्डमा पाँच जनाले मात्रै योजनाहरु पूरा गर्न नसक्ने भन्दै सबैको सहमती, सहकार्य र सहअस्तित्वको खाँचो पर्ने बताए।    उनले वडा नं –१५ एउटा परिवार भएको बताउँदै परिवारमा एक जना सदस्य पनि असन्तुष्ट रहेको खण्डमा त्यो परिवार राम्रोसँग चल्न नसक्ने भन्दै यहाँका सबै जातजाती, बिभिन्न धर्ममा आस्था राख्ने व्यक्तिहरु लगायत सबै वडावासीको साझा र सभ्य नागरिक बस्ने वडा बनाउन चाहेको बताए ।

विष्णु थकाली कामले काम सिकाउँछ भनेझैँ घरको तला थपेपछि करेसाबारीमा घाम लागेन । घाम नलागेपछि करेसाबारीमा लगाएको तरकारी फल्न सकेन । छतमा पहिलेदेखि नै केही गमलामा धनियाँ, प्याज, छ्यापी रोप्थेँ । पछि फूलको सट्टा तरकारी रोप्न सुरु गरेँ । राम्रो भएपछि बढाउँदै लगेँ । ५० प्रतिशतभन्दा बढी स्वच्छ तरकारी आफ्नै कौसीखेतीबाट प्राप्त भयो । यो अनुभव पाठकलाई पनि बाँड्न चाहन्छु । केवल मन र समय दिए, उन्नत जातका बीउ र मल जोहो गर्न सके कौसी वा छतमा पनि तरकारी फलाउन सकिन्छ । समय पनि रमाइलोसँग बित्छ ।    प्रायःजसो घरमा चार/पाँच जनासम्मको परिवार हुन्छ । ५० देखि ६० वटा गमलामा १० किसिमका तरकारी लगाउने हो भने पाँच जनाको परिवारका लागि ५० प्रतिशत ताजा तरकारी प्राप्त गर्न सकिन्छ । अझ ध्यान दिएर घुम्तीबाली लगाउने हो भने पूरै माग पनि आपूर्ति हुन सक्छ । वसन्त ऋतुको समयमा वर्षे तरकारीको बीउबिजन राखिन्छ । तसर्थ कौसीखेतीका लागि गर्नुपर्ने केही चरणबारे उल्लेख गर्छु ।   ठाउँको छनोट– तरकारी लगाउनुअघि ठाउँको छनोट गर्न आवश्यक छ । हामी छत, कौसी, आँगन कहाँ तरकारी खेती गर्दै छौँ, त्यसअनुसार तरकारी लगाउने भाँडा र तरकारीको छनोट गर्नुपर्छ । छतमा गर्नु हुन्छ भने पानीट्याङ्कीको विपरीत दिशा रोजेर घाम लाग्ने र हावा चल्ने ठाउँ हुनु आवश्यक छ । गमला वा भाँडा राख्दा घरको पर्खालमा पर्ने गरी राख्नु पर्छ, जसले घरको सन्तुलन बनाई राख्छ ।   भाँडाको छनोट– बिरुवा र ठाउँअनुसार भाँडाको छनोट गर्नुपर्छ । बोटबिरुवाको जराको गहिराइअनुसार भाँडा ठूलो वा सानो छनोट गर्नुपर्छ । छत वा कौसीमा खेती गर्दा हल्का खालको भाँडा तयार गर्नुपर्छ । छत वा कौसीमा अनावश्यक भार पार्नु हुँदैन । माटोको शुद्धीकरण– सर्वप्रथम माटोमा भएका अनावश्यक झारपात र रोगलाई नष्ट पार्नका लागि माटोको शुद्धीकरण गर्दा राम्रो हुन्छ । यसका लागि माटोमा भएका डल्ला राम्रोसँग फोरेर अलिअलि पानी छर्केर पारदर्शी प्लास्टिकले हावा नछिर्ने गरी छोपेर कम्तीमा २४ घण्टा पारिलो घाममा पातलो गरी सुकाउनु पर्छ ।    बिरुवामा पानी धेरै भएमा कुहिने र थोरै भएमा सुक्खा हुने डर हुन्छ । त्यसैले बिरुवा रोपिसकेपछि दिनहुँ वा दिन बिराएर हजारीको सहायताले वा हातले छर्केर जोड नपर्ने गरी हल्कासँग पानी राख्नुपर्छ । यसो गर्दा माटो सारो हुँदैन, पानी पनि बगेर जाँदैन ।    माटोको तयारी– नेपाल भूकम्पको उच्च जोखिम क्षेत्रभित्र पर्छ । तसर्थ कौसी वा छतलाई अनावश्यक भार दिनु हुँदैन । हलुका बनाउनका लागि माटोमा राम्रोसँग सुकेका पातपतिङ्गर, भुस वा कोकोपिट आदि मिसाउनु पर्छ । यसरी मिश्रण गर्दा दुई भाग माटो, एक भाग मल, एक भाग कोकोपिट राखी राम्रोसँग मिश्रण गरी खेती गर्न राम्रो हुन्छ ।    माटो भर्ने तरिका– गमला वा प्लास्टिकको भाँडामा माटो भर्नुअघि बढी भएको पानी निकास दिनका लागि माटोमा एक वा दुईवटा प्वाल बनाउन जरुरी छ । माटो बगेर जान नपाओस् भनी प्वाल बनाइसकेपछि प्वालको वरिपरि ढुङ्गा राख्नुपर्छ । तीन इन्च वा गमलाको उचाइ हेरी आधाजति सादा माटो राख्ने । त्यसपछि मल, कोकोपिट मिश्रण गरेको माटो नभरिने गरी राख्ने वा दुई इन्चजति खाली हुने गरी माटो भर्नुपर्छ ।बालीको छनोट– कौसीखेती गर्दा हामीले तरकारी बालीको छनोटमा विशेष ध्यान पु¥याउनु पर्छ । बाली छनोट गर्दा लामो समयसम्म टिपेर खान मिल्ने, छिटो फल्ने बाली रोप्नुपर्छ । जस्तै– साग, गोलभेँडा, भन्टा, बोडी, रामतोरिया, सिमी, प्याज, धनियाँ आदि ।    बिरुवा रोप्ने तरिका– हामीले बिरुवा रोप्दा त्यति ध्यान दिँदैनौँ । दुई÷तीन दिनमै मरेर जान सक्छ । माटो भरिसकेपछि बिरुवा रोप्दा पूरा जरा गाड्नु हुँदैन । बिरुवा पहिले माटोमा गाडिएको जति नै गाडेर रोप्नुपर्छ । त्योभन्दा बढी गाडेमा माथिको डाँठ कलिलो हुने हुँदा कुहेर मर्ने डर हुन्छ । पानी दिने तरिका– बिरुवामा पानी धेरै भएमा कुहिने र थोरै भएमा सुक्खा हुने डर हुन्छ । त्यसैले बिरुवा रोपिसकेपछि दिनहुँ वा दिन बिराएर हजारीको सहायताले वा हातले छर्केर जोड नपर्ने गरी हल्कासँग पानी राख्नुपर्छ । यसो गर्दा माटो सारो हुँदैन, पानी पनि बगेर जाँदैन ।    फल टिप्ने तरिका– ठूलो फल्छ भनी धेरै समय राख्ने र जथाभावी निमोठ्दा बाली बिग्रने सम्भावना बढी हुन्छ । त्यसैले फल फल्न सुरु गरेपछि दुई वा तीन दिनको फरकमा वा आवश्यकता हेरी कैँचीको माध्यमबाट टिप्दा राम्रो हुन्छ ।   यसरी सानो प्रयास, समय र विधि मिलाएर तरकारी बाली लागाउन सके कौसीखेतीले आवश्यक तरकारी उत्पादन गरी स्वस्थ जीवनयापन गर्न सहयोग पुग्छ । हरियाली बढेर सहरी वातावरणमा समेत सुधार हुन्छ । हरियो खुर्सानी, हरियो प्याजसमेत हाम्रो देशमा आयात हुने गरेको छ । सबै तरकारीको आयात घटाउन नसके पनि कम्तीमा खुर्सानी र प्याजमा आत्मनिर्भर हुन कौसीखेती गर्न सकिन्छ । यसका लागि सबै मिली खुर्सानी र प्याज मात्र रोप्न सुरु गरौँ ।   आत्मनिर्भर बनौँ । स्वच्छ तरकारी खाऔँ । स्वस्थ रहौँ ।  कोरोना सङ्क्रमण नियन्त्रण गर्न बन्दाबन्दी भयो । यो बेला समय बिताउने माध्यमका रूपमा पनि कौसीखेती गर्ने चलन बढ्यो । यो ज्यादै सराहनीय पक्ष हो तर कौसीखेतीलाई व्यवस्थित गर्न सम्बन्धित निकायले प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ तथा कौसीखेती गर्ने होडमा दुर्घटना हुनबाट बचाउन पनि ध्यान दिनुपर्छ ।  गाेरखापत्रबाट साभार

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर–१६ मा सत्ता गठबन्धनले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । पोखरा–१६ का द्वीप, पुरानो मनिपाल कलेज, मातृशिशु अस्पताल, मध्यमपथ लगायतका क्षेत्रमा घरदैलो गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरुले ती क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।   उनीहरुले पर्यटकीय क्षेत्रहरु महेन्द्रगुफा, चमेरेगुफा, कालीलेक, ढिँकीडाँडा, अर्मलाकोटलगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने बाचासमेत गरेका छन् ।   घरदैलो गर्दै वडाध्यक्षका उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले भने,‘हामीलाई विश्वास गरेर भोट दिनूस् । हामी तपाईंहरुको खानेपानीको समस्याबाट मुक्त गर्छौं । पर्यटन प्रवद्र्धन गरेर घरघरमा रोजगारी सिर्जना गर्छौं ।’ उनले परम्परागत कृषि प्रणालीबाट गुजारा मात्र हुने स्थितिको अन्त्य गर्न कृषिमा आधुनिककरण गरेर व्यवसायीकता भित्राउन पहल गर्ने प्रतिबद्धता जनाएको गठबन्धनका तर्फबाट खुल्ला सदस्यका उम्मेदवार निर्मल आचार्यले जानकारी दिए । पोखरा–१६ मा कांग्रेस, माओवादीलगायतका दलहरुले गठबन्धन गरेका छन् । जस अनुसार वडाध्यक्षमा कांग्रेसका अमृत शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा माओवादीका निर्मला आचार्य र कांग्रेसका मीनबहादुर गुरुङ, महिला सदस्यमा माओवादीकी भगवती भट्टराई र दलित महिला सदस्य कांग्रेसकी ओममाया नेपाली उम्मेदवार बनेका छन् ।  

पोखरा:    माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले ५ नं वडाको पूर्वाधारतर्फ समीबगरदेखि हाइड्रोपावरसम्मको सडक स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।    उनले वडा नं. ५ र ८ जोड्नको लागि उपयुक्त ठाउँमा मोटरेबल पुल बनाउन पहल गर्ने, वडाको माध्यमिक तहको विद्यालयलाई विशेष जोड दिने र हाल सञ्चालनमा रहेका बाँकी योजनाको काम गर्ने  र शिक्षा, स्वास्थ र रोजगारमा विशेष ध्यान दिने बताए ।    आज माछापुच्छ्रे ५ रिभानमा भएको घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् । उपाध्यक्ष  पदका उम्मेदवार सीता तिवारी अधिकारीले महिलालाई प्राथामिकतामा राखेर काम गर्ने बताइन् ।  विभिन्न स्थानमा भएका घरदैलोमा केन्द्रीय पोलिटब्युरो सदस्य तथा पूर्व संविधान सभा सदस्य सीता गिरी ओलीले नेकपा एमालेले मात्र स्पष्ट र देश विकासको निति लिएको हुनाले देश समृद्व बनाउन एमालेकै नेतृत्व हुनुपर्नेमा जोड दिइन् ।   जसका लागि सात सूर्यमा सात छाप लगाई एमालेका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेकी छिन् ।    आज गाउँपालिकाका ईदीखोला, नयाँपुल, अनन्ते ठाँटी हुँदै रिभान गाउँ, हुम्दी, डाडाँगाउँ, लाम्पाटा, मोहोरिया लगायतका ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न भने भोलि माछापुच्छ्रे ९ मा घरदैलो गरिने चुनाव प्रचार प्रसार समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।  

भक्तपुर:  आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।   भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।   छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।