पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

बागलुङ:    नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् ।    बागलुङका दुर्गम भेगका विद्यालयभन्दा जिल्ला सदरमुकाममै रहेको रुद्रेपिपल माध्यमिक विद्यालय, विद्यामन्दिर माध्यामिक विद्यालय र कालिका कन्या माध्यामिक विद्यालयमै पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थी संस्कार गौतमले बताउनुभयो ।     अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको रुद्रैपिपल कक्षा १० मा अध्ययनरत विद्यार्थी योजना थापा मगरले बताउनुभयो । उहाँले करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा समस्या भएको भन्दै अहिले सरकारले पाठ्यपुस्तक समयमै व्यवस्थापन गर्न नसक्दा बालबालिका ठूलो समस्यामा परेको बताउनुभयो ।   जिल्ला सदरमुकामै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दु दुःखद भएको रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले बताउनुभयो । उहाँले जिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइनसकेको भन्दै दुर्गमका गाउँमा झनै पुग्न नसक्ने बताउनुभयो ।   “सदरमुकामका ठूला विद्यालय रुद्रेपिपल, विद्यामन्दिर र कालिका कन्या माध्यमिक विद्यालयमा विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आएका छैनन्, हामीलाई पठनपाठनमा समस्या देखिएको छ”, प्रधानध्यापक श्रेष्ठले भन्नुभयो, “सरकारको लापरबाहीकै कारण हो या अन्य कुनै कारण हो यति बेलासम्म पनि विद्यार्थीका हातहातमा पुस्तक पुग्न सकेका छैनन्, जति सक्दो छिटो पाठ्यपुस्तक पुर्याउन आवश्यक देखिन्छ ।”   जिल्लामा पाठ्यपुस्तक ल्याउनका लागि पुस्तक व्यवसायीलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएको समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । “आंशिक रुपमा पाठ्यपुस्तक आएको छ, हामीले पुस्तक व्यवसायीलाई समयमै पाठ्यपुस्तक ल्याउनका लागि अनुरोध गरेका थियौँ”, प्रमुख उपाध्यायले भन्नुभयो, “अब केही समयमै सबै विद्यालयमा पाठ्यपुस्तक पुग्ने छन्, हामी विश्वस्त छौँ ।” बागलुङमा सामुदायिक ५१४ र संस्थागत ५९ गरी ५७३ विद्यालय छन् । संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने आंशिकरुपमा पाठ्यपुस्तक पाएका छन् ।   

पोखरा:    जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल सम्पन्न भएका छन् ।    रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको मंगलबारको खेलमा भिमाद युथ क्लबले  रन्जन स्मृति युथ क्लब भिमादलाई ३–२ गोल अन्तरले पराजित गर्याे । भिमादका लागि लोकेश थापाले दुई र अभिषेक राईले एक गोल गर्दै जित दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काए ।    शहिद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्याे । शहिद स्मृतिको तर्फबाट आशिष थापा, सुजन तामाङ र सन्दीप गुरुङले गोल गरे ।  मेरो नेपाल लागि सौरभ कार्की र सरोज सुनारले गोल गरेपनि जित पर्याप्त हुन सकेन् । त्यसैगरी अर्को खेलमा  विजयपुर एफसीमाथि भण्डारढीकको आर्दश क्लबले २–० गोलको नजिता निकाल्यो । जितका लागि विकास परियारले दुवै गोल गरेका थिए ।    काउरे बयरघारी स्याङजालाई मसिना एफसीले ४–० फराकिलो गोल अन्तरले पराजित गर्यो । विजय श्रेष्ठले दुई, क्षितिज जिटीले एक र विश्व थापाले एक गोल गरेका थिए ।    केआईईसी एम १२ ले खाल्टे गैरीगाँउलाई १०–० गोलले पराजित गरेको छ । सरोज तितुङले डबल ह्याट्रिक गरे । त्यस्तै विकास गुरुङले २, मनोज गुरुङ र मीन गुरुङले एक एक गोल गरेका थिए ।  हाम्रो एफसीलाई जनएकता युवा क्लब हरियोले ४–० को नजिता निकाल्दै अर्को चरणमा प्रवेश गर्याे । जनएकताका लागि आशिष कार्कीले २, सन्देश देवकोटाले १ र समुन्द्र सुवेदीले एक थपेका थिए ।   विजयपुर एफसीले मसिना मेनचेष्टर फुडजोनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजेताले १ लाख ११ हजार, उपविजेताले ६१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ठ खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने जनएकता युवा क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकारी दिए । फाईनल जेठ १४ गते हुने छ ।   

कास्की:  माछापुच्छ्रे गाउँपालिका ८ का नवनिर्वाचित वडाध्यक्ष राम गुरुङले पदभार ग्रहण गरेसँगै आफ्ना कार्य योजना अघि सारेका छन् । उनले सोमबार पदभार ग्रहण गर्दै सबैभन्दा पहिले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वडाबाटै प्रदान गर्ने निर्णय गरेका हुन्।    सामाजिक सुरक्षा अन्तर्गतको ज्येष्ठ नागरिक भत्ता यसअघि मुक्तिनाथ वैंक हेम्जा शाखा मार्फत प्रदान गरिदै आइएको थियो ।      वृद्धाहरुलाई आवतजावतमा समस्या र झन्झटलाई मध्यनजर गर्दै वडाबाटै प्रदान गर्ने व्यवस्था मिलाउने अध्यक्ष गुरुङले दोहोर्याए । ‘वृद्ध, वृद्धाहरु चर्काे टन्टलापुर घाममा हेम्जाको मुक्तिनाथ शाखामा लाइन बसेको देखेपछि दुख लाग्यो, उनले भने, ‘त्यसैले सबैभन्दा पहिला यही वडाबाटै भत्ता प्रदान गर्ने पहिलो बैठकबाट निर्णय गरेका छौ । अब उहाँहरु भत्ताको लागि घाममा लाइन बस्नुपर्ने छैन ।’   अध्यक्ष गुरुङले आफुले गरेका प्रतिवद्धताहरुलाई शतप्रतिशत कार्यान्वयन गर्ने बताउदै नागरिकलाई सर्वसुलभ र नागरिकमैत्री सेवा प्रवाह गर्ने बताए । ‘हाम्रो वडाबासीले अब सिंहदरबार घरघरमा आएको महसुस गर्नुहुनेछ, उनले भने, ‘हामीले स्थानीय नागरिकलाई सहज रुपमा वडाबाट पाउने सबै सेवाहरु उपलब्ध गराउनेछौं । हामी जुनसुकै पार्टीबाट निर्वाचित भएपनि अब नागरिकको सेवक हौं । हामी उहाँहरुकै काममा समर्पित हुनेछौं ।’   स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेका कृष्ण दवाडीसँग हार व्यहोरेका गुरुङले यसपटक दवाडीलाई  १ सय ३० मतले पराजित गरेका थिए ।  नवनिर्वाचित अध्यक्ष गुरुङ युवा पर्यटन व्यवसायी समेत हुन् ।  

बाजुरा, बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आएपनि विद्यार्थी भने पाठ्यपुस्तकको पर्खाइमै बसेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चानमा आएका भए पनि समयमै किताब नआइपुगेकोले विद्यार्थीहरु पर्खाइमा बसेका हुन् ।   यो वर्ष भर्ना भएका विद्यार्थीहरुलाई इन्टरनेटको सहायताले ह्वाइट बाेर्डमा लेखेर पढाइ गर्न बाध्य छन् ।   बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ धुरालसैन माविका प्राधानाध्यापक महासिंह थापाले भन्नुभयो, “नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरुलाई भर्ना त लियौ तर अहिलेसम्म पाठ्यपुस्तक आइनपुग्दा पढाउन समस्या भएको छ ।’’   उहाँले भन्नुभयो, “भर्ना भएसँगै विद्यार्थीहरु नियमित कक्षामा आउने गरेका छन् तर विद्यालयमा किताब छैन किताब नहेर कसरी पढाउने अन्येलमा छौँ ।’’   उहाँले कक्षा एक, दुई, तीन, पाँच र आठ कक्षासम्म त पुराना किताबले पढाउने गरेको बताउनुभयो । चार, सात, नौ कक्षाको पाठ्यक्रम नयाँ भएकोले सो कक्षाका विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको प्राधानाध्यापक थापाले बताउनुभयो ।   यसैगरी, छेडेदह गाउँपालिकाको ७ मा रहेको सरस्वती आधारभूत विद्यालयमा पनि पाठ्यपुस्तक नुहुँदा त्यहाँ पनि विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको शिक्षक मनोज नेपालीले बताउनुभयो ।   उहाँले भन्नुभयो, “केही वर्ष कोरोनाका कारण पढाइ भएन अहिले कोरोनाको कहर छैन । यो वर्ष विद्यार्थीहरुलाई नियमितरुपमा पढाइ गर्नुपर्छ भन्ने योजनामा थियौ तर अहिलेसम्म किताब नआइपुगेकोले बनाएको योजना पनि सफल नहोला जस्तो छ ।’’   पछिल्लो समयमा अधिकांश विद्यार्थीहरु पढाइमा निकै कमजोर छन् । शिक्षक नेपालीले भन्नुभयो, “विद्यार्थीहरु पढाइमा कमजोर हुनुको मुख्य कारण कोरोनाको कहरले विद्यालय बन्द हुनु कहिले विद्यालयमा  शिक्षकको कमी हुनु र समयमै पाठ्पुस्तक नपाइनुले विद्यार्थीको पढाइ कमजोर भएको हो ।’’   दुई, तीन वर्ष कोरोनाको चपेटामा परेर पढाइमा कमजोर भइयो अब त कोरोनाको कहरबाट मुक्त भयौँ । नियमित विद्यालयमा गएर पढाइ गर्नुपर्यो भनेर भर्ना भएँ, अहिलेसम्म किताब आएका छैन । यो वर्षमा पनि पढाइ निकै बिग्रिने डर भयो धुरालसैन माविका कक्षा सातमा अध्ययनरत छात्र पदम नेपालीले बताउनुभयो ।   पाठ्यपुस्तक नबदलिएको कक्षाका लागि त पुरानै किताबले पढाइ गरेका छौ । बदलिएको कक्षाका लागि भने इन्टरनेटको सहायताले पढाइ गर्नुभन्दा अर्को विकल्प छैन ।  

काठमाडौं:   प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले तत्काल सौन्दर्य प्रतियोगिता 'ब्युटी पेजेन्ट' गर्न नदिन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र ब्युटि पेजेन्टलगायतका मनोरञ्जनात्मक प्रतिस्पर्धा संचालन गर्न दिन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।   ‘विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिताहरु र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर, जात, योग्यतामा आधारित कुनैपनि प्रकारका सौन्दर्यता सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र संचालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार गृह मन्त्रालयलाई निर्देश गर्दछ’ निर्णयमा भनिएको छ । ब्युटी पेजेन्टको नाममा एक युवतीमाथि बलात्कारको आरोप लागेपछि समितिले गम्भीर ध्यानाकर्षण जनाउँदै यस्तो निर्णय गरेको हो।   समितिले यौन हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारको घटना भएको थाहा पाएर पनि सम्बन्धित निकायमा उजुरी नदिने, उजुरी दिन दुरुत्साहन गर्ने, पीडकलाई लुकाउने, संरक्षण दिने व्यक्ति पनि अपराधका मतियार भएको ठहर  गरेको छ ।  मतियारले घटना घटाउनका लागि वा घटना भइसकेपछि पीडितलाई न्याय नदिन, वा न्यायको पहुँचमा बाधा अड्चन पुर्याउन सहयोग गर्ने भएकाले यस्ता मतियारलाई प्रचलित कानून बमोजिम कानूनी कारवाहीको दायरामा ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।          महिला हिंसा विरुद्धका उजुरी तथा मुद्दाहरूलाई उच्च प्राथमिकता दिई द्रुतमार्ग मार्फत् शीघ्र न्याय प्राप्ति हुने अवस्था सृजना गर्न, पीडितलाई संरक्षण एवं मनोपरामर्श उपलब्ध गराउन पनि समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देश गरेको छ ।

कास्कीः अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विष्णुबहादुर केसीले आज सपथ एवं पदभार ग्रहण गरेका छन् ।    पदभारलगत्तै बसेको पहिलो बैठकबाट अध्यक्ष केसीले पालिकावासीलाई स्वास्थ्य बीमाको सेवा दिने बताएका छन् । बैठकको निर्णयानुसार आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न ६ हजार ४०६ धरपरिवारलाई बीमा गराइनेछ ।    जसअनुसार बीमा शूल्क रहेको ३५ सय रुपैयाँमा पालिकाले पचास प्रतिशत व्यहोर्ने निर्णय गरिएको केसीले जानकारी दिएका छन् ।    त्यस्तै, उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँपालिकाभित्र रहेका अपांग र असहायहरुको सामाजिक सुरक्षामा योजना अनुरुप स्वास्थ्य परीक्षण र अपांगता परिचयपत्र उपलब्ध गराउने निर्णय भएको उल्लेख गरिन् । त्यस्तै, स्वास्थ्य   परीक्षण र परिचयपत्र वितरण सम्बन्धित वडाको टोलटोलमा पुगेर उपलब्ध गराउने अधिकारीले बताएकी छिन् ।    अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् । 

पछिल्लो समय स्थानीय निर्वाचनको मत परिणामसँगै चर्चामा आएको विषय हो सुस्मिता रेग्मीको भिडियो र त्यसपछि उनलाई न्याय दिन उठेको आवाज ।    यही विषयले आज संसदमा पनि चर्चा पाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।   आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।   सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।   केही वर्ष पहिले एक युवतीलाई मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्न माग गरिएको छ ।  

पोखरा:  पोखरा महानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।  एमालेका विष्णुप्रसाद बरालले १ हजार ९ सय ९२ मत प्राप्त गर्दै निर्वाचित भए ।   उनले निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमोद पराजुलीलाई ७ सय २५ मतान्तरले पराजित गरेका थिए । कांग्रेसका पराजुलीले कुल १ हजार ६७ बटुले ।  

काठमाडौँ, २ जेठ। गृहमन्त्री बालकृष्ण खाणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा भएको भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।    गृहमन्त्री खाणले प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई सुरक्षा प्रबन्धका लागि धन्यवाद व्यक्त गर्नुभएको हो।    त्यस्तै उहाँले परराष्ट्र सचिव भरतराज पौडेल र लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा राष्ट्रसेवक कर्मचारीले गरेको चुस्तदुरुस्त व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।    छिमेकी मुलुकका प्रधानमन्त्री र आफ्नै प्रधानमन्त्री आउँदा गरिएको सुरक्षा प्रबन्ध र व्यवस्थापन प्रशंशायोग्य रहेको गृहमन्त्री खाणले बताउनुभयो। यसले लुम्बिनीप्रति हेर्ने भारतीय र प्रधानमन्त्रीको नजर सकारात्मक भएको उहाँको भनाइ छ। गृहमन्त्री खाणको रुपन्देही गृह जिल्ला र लुम्बिनी निर्वाचन क्षेत्र हो।