फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

काठमाडौं:    नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछाने माथि लगाएको निलम्बन फुकुवा गरेको छ । संघले आज एक विज्ञप्ति निकालेर उनिमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो । ”सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउंदछौ। विज्ञप्तिमा भनिएको छ ।  

पोखरा:    पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।    नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा  आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे ।    पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको छ ।    जनकल्याण पोखरा–११ ले माछापुच्छ्रे गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्याे ।   जनकल्याणले पहिलो सेट २५–१५ ले जिते पनि दोस्रो सेट १७–२५ ले गुमाएको थियो । तेस्रो तथा निर्णायक सेटमा सुरुवाती अङ्कमा पछाडी परेको जनकल्याणले उत्कृष्ट पूनरागमन गर्दै माछापुच्छ्रेलाई २६–२४ ले पराजित गर्याे र २ अंक जोड्यो । यता पराजित बनेको माछापुच्छ्रे १ अङ्क प्राप्त गर्याे ।    कुल ९ टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।    उनका अनुसार ९ टिमलाई २ समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’तर्फ माछापुच्छ्रे गाउँपालिका भलिबल संघ, जन कल्याण पोखरा–११, फ्रेन्स युथ क्लब, मादी–११ रहेका छन् । यस्तै समूह‘बी’तर्फ जिभिपि युके लण्डन, अन्नपूर्ण गाउँपालिका भलिबल संघ, माछापुच्छ्रे गुराँसे भूमि घाचोक,शान्तिदेवि युथ क्लब शिशाघाट र माछापुच्छ्रे गाउँपालिका–२ रहेको छ ।    नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको  क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।      राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिकौं: उपसभापति गुरुङ   प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नपर्ने बताए ।      ‘हामी राजनीतिककर्मीहरु पछिल्लो समय अनुशासनविहिन बन्न थालेका छौं । खेलाडीबाट अनुशासन सिक्न जरुरी छ, उपसभापति गुरुङले भने, ‘खेलकुदमा जसरी रेफ्रीले सिठ्ठी बजाएपछि त्यो सिठ्ठीलाई आधार मानेर अनुशासनमा रहेर खेल्छन् तर राजनीतिक खेलाडीहरु बेलगाम भएका छन् । बेलगाम भएका हामीहरुले खेलाडीबाट अनुशासन सिक्न जरुरी छ ।’       उनले वर्तमान राजनीति अनुशासनविहिन भएकै कारण फरक शिराबाट अगाडि बढिरहेको दोहोर्याए । ‘अहिलेको नेपाली राजनीति अनुशासनमा रहेको छैन । खेलाडीबाट अनुशासन सिक्न पर्छ, उनले भने, ‘वर्तमान राजनीति विडम्बना ढङ्गबाट अगाडि बढेको छ । प्रजातन्त्र भनेको लुटतन्त्र, मनपरीतन्त्र जस्तो देखिएको छ, त्यसैले राजनीतिकर्मीहरुले अनुशासन सिक्न जरुरी छ ।’   नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले संघको दशौं स्थापना दिवसको अवसरमा देशको विभिन्न जिल्लाहरुमा प्रतियोगिता आयोजना गरेर स्थापना दिवस मनाइरहेको बताए ।    का​र्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवशमान प्रधानाङ्ग र नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ यस प्रतियोगिताले भलिबल र खेलाडीहरुलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।    कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनको अध्यक्षता, कोषाध्यक्ष एवम् प्रतियोगिता संयोजक लामा अमृत गुरुङको स्वागत र सचिव प्रितम गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।   

काठमाडौं:    सरकारले आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १०औँ राष्ट्रिय खेलकुद समयमै गरिने बताउनुभएको हो । उहाँले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागितामा पनि जोड दिने बताउनुभयो । साथै राष्ट्रपति पौडेलले विद्यालय स्तरमा खेलको विकास गरिनुका साथै खेलकुदको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिईने बताउनुभयो । 

पोखरा:     पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो ।  नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा हुने क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।  पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने क्लबस्तरीय भलिबल प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गराईने प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।  ‘नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गर्दै छौं’, संयोजक गुरुङले भने, ‘प्रतियोगितामा सहभागिता जनाउन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३ जना खेलाडी मात्र सहभागिता हुन पाउनेछ ।’ प्रतियोगिता संयोजक गुरुङले भलिबल प्रतियोगिताको उद्घाटन समारोहको दिन निशुल्क प्रवेश रहेपनि जेठ ३ गतेदेखि टिकट शुल्क निर्धारण गरेको छ । प्रतियोगिताको दोस्रो दिन १ सय, सेमिफाइनलमा १ सय ५० र फाइनल खेलमा २ सय रुपैयाँ टिकट रहेको छ ।  नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले गण्डकीका प्रदेशका ९ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिताका विधाहरु सञ्चालन गर्दै आएको बताए ।  ‘नेपाल लोकतान्त्रीक खेलकुद संघले गण्डकी प्रदेशको ९ जिल्लामा विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छ’, अध्यक्ष शेरचनले भने, ‘खेलकुदका विभिन्न विधाहरु मध्ये कास्कीमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।’

पोखरा:    पोखरामा जेठ १७ देखि १९ गतेसम्म प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता हुने भएको छ ।  पोखरामा रहेको युुनाईटेड किङ्स क्लबको आयोजनामा जेठ १७ देखि १९ गतेसम्म भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने लागेको हो ।  पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने प्रथम खुल्ला भेन्ट्रान्स भलिबल प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।  उनका अनुसार खुल्ला भेन्ट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन् । 

पोखरा:    टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा १८ लाख बढी रकम बचत भएको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गर्दै माघ १ देखि ६ गतेसम्म सञ्चालन गरेको भलिबल प्रतियोगितामा १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।  चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आम्दानी मध्ये १ करोड ३ लाख ५१ हजार ३ सय ९७ रुपैयाँ खर्च हुँदा १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको अध्यक्ष शर्माले बताए ।  उनका अनुसार सुश्री मिडिया काठमाडौंबाट १५ लाख, मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ४ लाख ९२ हजार ५ सय, प्रदेश खेलकुद परिषद् गण्डकीबाट ५ लाख ७५ हजार, टिकट बिक्रीबाट २२ लाख २२ हजार २ सय २२ र विभिन्न व्यक्ति, संघ संस्थाबाट ५४ लाख १४ हजार १ सय ३९ रुपैयाँ आम्दानी भएको छ ।  यस्तै खर्चतर्फ सहभागी टिम व्यवस्थापनमा ३१ लाख ४२ हजार ९सय ७५, पुरस्कार तथा प्रोत्साहन खर्चमा १९ लाख २४ हजार ४ सय ४०, खेलाडी पोशाक तथा सोभिनियर ट्रायाकसुट÷आयोजक ९ लाख १५ हजार ४ सय २१, प्रतियोगिता समारोह व्यवस्थापन खर्च ११ लाख ४६ हजार ३ सय १२ र अस्थायी प्याराफिट मञ्च, साउण्ड सिस्टम ८ लाख ४९ हजार १ सय ७२, प्रचारप्रसार विज्ञापन खर्च ५ लाख ५२ हजार ४ सय ९१ लगायतमा खर्च भएको आयोजकले जनाएको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना माघ १ देखि ६ गतेसम्मा सञ्चालन भएको भलिबल प्रतियोगितामा महिलातर्फ एक विदेशी क्लबसहित ६ र पुरुषतर्फ एक विदेशी क्लबसहित ६ टिमको सहभागिता रहेको थियो ।  महिलातर्फ सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गर्न सफल हुँदा न्यू डायमण्ड महिला भलिबल टिम उपविजेता भएको थियो । यस्तै पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेको थियो भने, गण्डकी प्रदेश उपविजेता भएको थियो ।  टाइगर ग्रुप अफ पोखरा नेपालले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक सेवाको क्षेत्र, शिक्षा एवं खेलकुद अभियानमा खर्च गर्ने अध्यक्ष शर्माले बताए ।  उनले प्रतियोगितालाई व्यवस्थित एवं खेलाडी र खेलको विकाश गर्न छुट्टै अक्षय कोष स्थापना गर्ने लक्ष्यसमेत अगाडि बढाएको बताए । 

पोखरा:    पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइभ वाई फाइभ बास्केटबलको पहिलो क्वाटरमा पिप्लेले १८–१२ को स्कोर निकालेको थियो । दोस्रो क्वाटरमा ३०–९, तेस्रो क्वाटरमा १६–१० र अन्तिम क्वाटरमा २५–१२ को स्कोर निकालेको हो ।   उपाधिसँगै पिप्लेले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केबिएले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पिप्लेका पुस्कल छन्त्याल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । उनले ट्रफी हात पारे । यस्तै केबिएका विपुल गुरुङले सर्वाधिक स्कोररको ट्रफी हात पारे । उनले खेलभर कुल १३ स्कोर गरे ।   २८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको थियो । शनिबार नै फाइनल खेल हुने भनिएपनि वर्षाका करण खेल आइतबार भएको हो ।  फाइनल खेलको समापनमा बोल्दै खेलकुद परिषद गण्डकीका उपाध्यक्ष तथा गण्डकी बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले आगामी वर्षदेखि प्रदेशले प्रतियोगितालाई साथ दिने प्रतिबद्धता व्यक्त गरे ।  बास्केटबल पनि लोकप्रिक खेल मध्येकै एक रहेको र यसको प्रतियोगिताहरु हुँदै आइपनि अझ चर्चामा ल्याउन आवश्यक रहेको उनले सुनाए ।  क्लबका अध्यक्ष आनन्द तझ्याले युवा खेलाडी लक्षित गरेर यु–२३ बास्केटबलको आयोजना गरेको बताए । प्रतियोगितालाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले अब महेन्द्रपुल युथ क्लब पुनः जागरण भएको र हरेक वर्ष विभिन्न खेल गतिविधिको आयोजना गर्ने बताए । 

पोखरा:      ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजा जिल्लामा १० दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको ब्यवस्थापनमा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले शुभारम्भ गरेका छन् ।  सो अवसरमा बोल्दै सदस्य सचिव शर्माले खेल्छ गण्डकी कार्यक्रम जनजनमा खेलकुद कार्यक्रमको पहुँचका लागि परिषदको महत्वकाँक्षी योजना मध्येको एक कार्यक्रम रहेको जनाउँदै गण्डकीमा महिला क्रिकेटका लागि उर्वर भूमी समेत रहेकोले कार्यक्रम मार्फत अझै उर्जावान खेलाडीहरु उत्पादन हुनेमा परिषद विश्वस्त रहेको बताए ।  परिषदले प्रदेशको खेलकुद विकासका लागि अभियान नै चलाएको बताउँदै उनले खेल संघहरुलाई संस्थागत सुधार संगै जवाफदेहिता पारदर्शितालाई मुख्य आधार बनाएको उल्लेख गरे । उनले भने–“संघहरुले गर्ने व्यवहार, कार्यक्षमतामा सुधार, पारदर्शी बनाउँदै अघि बढनु आजको आवश्यक्ता हो ।” खेलाडीहरु मैदानमा मात्रै नभई समाज रुपान्तरणका लागि समेत आफूलाई स्थापित गर्दै अघि बढ्नुपर्ने औंल्याए ।  प्रदेश खेलकुद परिषद खेलाडीहरुको हितका लागि संधै चिन्तित रहेको जनाउँदै खेलाडीको समस्याका बारेमा राजनितिक दलका नेताहरुले खेलकुदमा विश्वासको वातावरण जगाउनु पर्ने सदस्य सचिब शर्माले बताए । खेल्छ गण्डकीमार्फत नयाँ खेलाडीहरुको खोजी गर्दै उनीहरुलाई आफ्नो क्षमता अनुसार खेलकुदको मार्गमा अग्रसर गराउँदै खेल संस्कृतिको विकास गराउनु कार्यक्रमको अर्को ध्येय रहेको उनको भनाई थियो ।  खेलकुद क्षेत्र लैङ्गिक विभेद नभएको एक मात्र क्षेत्र रहेको जनाउँदै यो अभियानलाई समाजको तल्लो तह सम्म लैजानु पर्ने सबैको दायित्व रहेको सदस्य सचिब शर्माले बताए । खेल्छ गण्डकी मार्फत यो वर्ष सम्पूर्ण कार्यक्रम महिलातर्फ केन्द्रित गरिएको जनाउँदै समाजमा पछि परेका वर्गहरुलाई समेटन कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले जनाए ।  कार्यक्रममा आफ्ना भनाई राख्दै राष्ट्रिय यू–१९ टिमका प्रमुख प्रशिक्षक प्रशिक्षक जगत बहादुर टमाटाले प्रदेश खेलकुद परिषदले खेल्छ गण्डकी कार्यक्रममार्फत महत्वपूर्ण कार्यक्रम अघि सारेकोमा खुसी व्यक्त गर्दै यसले यूवा खेलाडी उत्पादनमा भूमिका खेल्ने बताए । उनले भने–“यो कार्यक्रम महत्वपूर्ण हुनेछ । प्रदेश खेलकुद परिषदले नेपाली महिला क्रिकेट विकासका लागि अघि सारेको यो कार्यक्रम सर्हानिय छ ।’ प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको १० दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति स्याङजाका सचिव रत्न गुरुङले समेत आफ्नो भनाई राखेका थिए ।  प्रशिक्षण कार्यक्रममा विभिन्न ६ जिल्लाका ३५ जनाको सहभागिता रहेको छ । उनीहरुलाई राष्ट्रिय यू–१९ टिमका प्रमुख प्रशिक्षक जगत बहादुर टमाटा, प्रादेशिक क्रिकेट गण्डकीका मुख्य प्रशिक्षक रिजन प्रजु र महिला टोलिका प्रशिक्षक  गोवीन्द प्रधानले प्रशिक्षण दिनेछन् । प्रदेश क्रीकेट संघ गण्डकीका कोषाध्यक्ष तथा स्थानीय कार्यक्रम संयोजक दिवाकर थापाले खेलाडीहरुको टेक्निकल अनेलिस्टको रुपमा प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्न छन।

पोखरा:    पिप्ले बास्केटबल क्लब र केबिए सेतो पोखरामा जारी यु–२३ खुल्ला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।  महेन्द्रपुल युथ क्लबको आयोजनामा पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा पिप्ले बास्केटबलले पर्वतलाई ६६–५१ को स्कोटरले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।  दोस्रो सेमिफाइनल खेलमा केबिए सेतोले अर्चलबोटलाई ५३–४५ को स्कोरमा हराउदै फाइनलमा पिप्लेको भेट पक्का गरेको हो ।  बैशाख २८ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टीमको सहभागीता रहेको थियो । सनिबार नै भएको क्वाटरफाइनलमा पिप्ले बास्केटबलले आयोजक महेन्द्रपुल क्लबलाई ६९–५६ स्कोरमा हराउँदै सेमीफाइनल प्रवेश गरेको थियो । यस्तै केबिए बास्केटबलले मर्दीखोलालाई ६६–५१ को स्कोरमा हराउँदै सेमीफाइनलमा पुगेको थियो ।  दुई दिन हुने प्रतियोगिताको फाइनल खेल भने वर्षाका कारण रोकिएको छ । खेल रोकिएसँगै आयोजकले आइतबार विहान फाइनल खेल गराउने भएको हो ।  महेन्द्रपुल क्लबको इतिहास निकै गर्विलो रहेको छ । २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितादेखि २०४० सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासम्म निरन्तर सहभागी सँगै खेल सामग्रीहरु समेत सहयोग गरेको थियो । २०३८ सालमा काठमाडौंमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा यस क्लबका अधिकांश खेलाडी सहभागी भएका थिए । त्यो क्रम लगातार तेस्रो संस्करणसम्म चलेको थियो बिचमा क्लब निस्क्रीय रहेको अध्यक्ष आनन्द तझ्याले बताए ।  महेन्द्रपुल क्लबको स्थापना हुँदा पोखरामा अन्य क्लबको स्थापना भइसकेको थिएन । उक्त क्लबको स्थापनापश्चात अन्य क्लबको स्थापना भएको थियो । सोही क्लबले विधिवत रुपमा २०६३ सालमा दर्ता भएको हो ।  प्रतियोगिता संयोजक सेजोल जोजिजुले युथ क्लब भएकाले ग्रासरुट स्तरबाट जानका लागि पहिलो प्रतियोगिता नै उमेर समूहको गराएको बताए । फाइभ वाई फाइभको आधारमा खेलाइएको प्रतियोगिताको बिजेताले ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले नगद २५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा हाइस्कोरर र मस्ट भ्यालुएवल प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक जोजीजुले जानकारी दिए ।