पोखरा: पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र गण्डकी बोर्डिङ स्कुल विजयी भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदरल्यान्डले हिमालयन मावि र गण्डकीले कास्की मोडनाइजलाई पराजित गरेका हुन् । पहिलो खेलमा हिमालयनले दिएको १३० रनको विजयी लक्ष्य मदरल्यान्डले १६ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । मदरल्यान्डका लागि किरण पौडेलले अविजित ५८ रन बनाए । प्रज्वल बानियाले २७ रनको योगदान दिए । बलिङमा हिमालयनका सफल थापा र नसिर भण्डारीले १–१ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । हिमालयनका अभिषेक थापाले ३२ र राजकुमार क्षेत्रीले २१ रनको योगदान दिए । बलिङमा मदरल्यान्डका सन्दीप विकले ४ विकेट लिए । सन्दीप प्लेयर अफ द म्याच चुनिए । शुक्रबार नै भएको दोस्रो खेलमा गण्डकीले कास्की मोडनाइजमाथि ९ विकेटको सहज जित निकालेको हो । कास्की मोडनाइजले दिएको ८५ रनको सामान्य लक्ष्य गण्डकीले १० ओभर ३ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । गण्डकीका रजत पौडेल १३ र मनोज भण्डारी २८ रनमा अविजित रहे । दिवस पौडेल २२ रनमा आउट भए । मोडनाइजका सोहेल कुँवरले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्की मोडनाइज १७ ओभर १ बलमा ८४ रनमा समेटिएको थियो । कास्की मोडनाइजका लागि सोहेल कुँवरले ५६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा गण्डकीका समीर पौडेलले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका समीरले १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिए । उनी प्लेयर अफ द म्याच चुनिए । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागि छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा: बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत १ गतेदेखि ३ गतेसम्म आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले चैत १ गते आयोजना गरिएको साइकल ¥याली, २ गते र ३ गते आयोजना गरिएको गल्फ प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । चैत २ गते नै पोखरामा वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मेयर धनराज आचार्यले छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् भने नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् । प्रधानले अहिलेको संकटको समयमा पनि एनसेल, बीवाईडीसहित अन्य निजी क्षेत्रका संस्थाले देखाएको उदारताको प्रशंसा गर्दै त्यसले नै कार्यक्रम सफल बनाउन आफूहरुले ऊर्जा थपिएको बताएका थिए । उनले वार्षिकरुपमा पोखरामा नै गल्फ प्रतियोगिता र अन्य कार्यक्रम आयोजना गर्ने मनसाय रहेको पनि बताए । पोखराका मेयर धनराज आचार्यले बाह्रखरी गल्फले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्ने बताउँदै यस कार्यक्रमलाई महानगरपालिकाको क्यालेन्डरमा राख्नुपर्नेमा जोड दिए । “बाह्रखरी गल्फ र पोखरा महानगरपालिकालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम सँगसँगै हुने देखिएको छ । पर्यटनको प्रवर्धन खेलको माध्यमबाट गर्न सकिने कुरो हो,” मेयर आचार्यले भने, “खेलमध्येको पनि अझ परिस्कृत खेल गल्फबाट पर्यटनको प्रवर्धन हुने र यसले दिने आर्थिक सर्कुलेसन सबै ठाउँमा पुग्छ । यसको माध्यमबाट हाम्रो सहरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पूर्याउन महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ । यो खेललाई हामीले हाम्रो क्यालेन्डरमा समावेश गर्न सक्यौँ भने सबैका लागि राम्रो बन्नेछ । यसका लागि हामीले गर्न पर्ने स्थानीय व्यवस्थापनमा महानगर तयार छ ।” त्यसैगरी गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै वार्षिक क्यालेन्डर बनाएर पोखरामै आगामी वर्षमा पनि प्रतियोगिता गर्न आग्रह गरेका थिए । उनले गण्डकी प्रदेशमा भएका सम्भावना र अवसरका बारेमा पनि विदेशी राजदूत र विकास साझेदार संस्थालाई जानकारी गराउने अवसर बाह्रखरीले जुटाइदिएको भन्दै खुसी व्यक्त गरे । त्यसैगरी गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले शुभकामना व्यक्त गर्दै पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुना रहेको उल्लेख गर्दै त्यहाँ केही पूर्वाधारको अभाव भएको हुनाले स्थानीय सरकार र व्यवसायीले ध्यान दिनुपर्ने बताए । उनले सात वर्षदेखि गल्फलाई निरन्तरता दिएको भन्दै बाह्रखरीलाई धन्यवाद व्यक्त गरेका थिए । “पोखरामा रहेको गल्फ कोर्स विश्वकै नमुनामध्येको पर्छ तर पूर्वाधारमा केही ध्यान पु¥याउनुपर्नेछ,” उनले भने, “एकजना गल्फर खेल्न बाहिर निस्किएपछि तीनवटा कोर्समा खेल्न मन पराउँछ त्यसैले यसको विकासका लागि मुस्ताङमा रहेको कोर्सलाई पनि सँगसँगै अघि बढाउनुपर्छ ।” उनले कुनै पनि कार्यक्रम आयोजना गर्नु आफैंमा महत्त्वपूर्ण काम भए पनि निरन्तरता दिन सक्नु झनै राम्रो भएको बताए । गोकर्ण गल्फ क्लबका निर्देशक तथा नेपाल गल्फ एसोसियसनका महासचिव दीपक आचार्यले राज्यको अर्थतन्त्र र गल्फ क्षेत्रलाई चलायमान बनाउन बाह्रखरीले कार्य गरिरहेको आभार व्यक्त गरे । “गत वर्ष पनि मैले भनेको थिएँ, धेरै चिजहरुको सुरुआत नेपालमा हुन्छन् तर, त्यसको निरन्तरता हुँदैनन्,” आचार्यले भने, “तर, बाह्रखरी मिडियाले २०१८ बाट यो गल्फलाई निरन्तरतामात्र नभई कसरी थप उर्जा दिन सकिन्छ भन्दै वर्षैपिच्छे यसलाई सुधार गरि राज्यलाई कसरी योगदान दिन सकिन्छ भनेर गरेको प्रयास म नेपाल गल्फ संघको पनि महासचिव भएको नाताले बाह्रखरीलाई धेरै धेरै बधाई दिन चाहन्छु । यसपाली पनि बाह्रखरीले गल्फ एन्ड वियोन्ड भनेर राज्यको अर्थतन्त्रलाई र गल्फ क्षेत्रलाई चलायमान बनाउन उहाँहरु तल्लिन हुनुहुन्छ । यसको लागि हामी आभारी छौँ ।” युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसीले बाह्रखरी गल्फ पोखरामा हुनु गर्वको कुरा भएको बताए । “बाह्रखरी गल्फको नाम नै परिचित बनिसकेको छ । यो प्रतियोगितालाई पोखराको क्यालेन्डरमा समावेश गर्न सकिए यसले हाम्रो क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन अझ सहयोग गर्ने छ,” उनले भने, “यस प्रकारको कार्यक्रममा हामीलाई पनि सहयोगी बनाउनुभएको बाह्रखरीलाई धेरै धेरै धन्यवाद । बाह्रखरी यहाँ हुन पोखराको गर्वको कुरा हो । यसलाई पोखरामै गराउने प्रयास जारी नै राख्नेछौँ । यसका लागि सम्पूर्णमा साथ र सहयोगको आग्रह गर्दछु ।” पोखरा पयर्टन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमै स्थापित भइसकेकाले बाह्रखरी गल्फ पयर्टन प्रवर्धनका लागि महत्वपूर्ण हुने बताए । “पोखरा पर्यटन परिषदको अनुरोधलाई स्वीकार गरेर यो भव्य कार्यक्रम आयोजना गर्न लाग्नुभएकोमा बाह्रखरी मिडियालाई धन्यवाद,” श्रेष्ठले भने, “प्रकृतिको सालिनतासँगै खेलिने गल्फको नेपालजस्तो भु–बनोट भएको देशमा धेरै सम्भावना छ । गल्फले पोखरामा पयर्टन भित्र्याउने ठूलो सम्भावना बोकेको छ । अन्तर्राष्ट्रिय स्तरमै ब्रान्डको रुपमा स्थापित भइसकेको प्रतियोगिता बाह्रखरी गल्फ पर्यटन प्रवर्धनका लागि अत्यत्नै महत्वपूर्ण छ ।” विकाश तथा सुशासन विज्ञ रमेश अधिकारीले बाह्रखरी गल्फ एन्ड वियोन्डबाट गण्डकी प्रदेश र यहाँका स्थानीय तहले फाइदा लिन सक्ने बताए । “बाह्रखरी गल्फको सहयोगीको रुपमा सँगै यात्रा गर्न पाउँदा निकै खुसी छु । यसपटक गल्फ एन्ड बियोन्डबाट गण्डकी प्रदेश र यहाँका स्थानीय क्षेत्रले धेरै फाइदा लिन सक्नेछन् भन्ने आशा लिएको छु । बाह्रखरीलाई कार्यक्रमको सफलताको सुभकामना व्यक्त गर्न चाहन्छु,” अधिकारीले भने । हिमालयन गल्फ कोर्सका अध्यक्ष किरण केसीले पोखरामा प्रशस्तै सम्भावना रहेको भए पनि पूर्वाधारमा अझै जोड दिनुपर्ने बताए । उनले ९० को दशकमा जस्तै पर्यटक आकर्षकका लागि विभिन्न कार्यक्रम ल्याउन जरुरी रहेको बताए । उनले कोर्सलाई जोगाएर राख्न महंगो भएता पनि आफूहरुले त्यो काम गर्न सकेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय र प्रदेश सरकारले पूर्वाधारमा ध्यान दिए अझ अघि बढ्न सकिने बताए । एनसेल कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले विगत पाँच वर्षदेखि बाह्रखरीसँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, “पाँच वर्षदेखि बाह्रखरी गल्फसँग जोडिन पाएकोमा खुसी छौँ, आगामी दिनमा पनि निरन्तरता दिने कोसिस अवश्य गर्नेछौँ ।” साइमेक्स नेपाल (बीवाईडी)का प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अघिल्लोपटक आयोजना भएको प्रतियोगिताबाटै आफूहरु पनि यो कार्यक्रममा जोडिन पाए हुन्थ्यो भन्ने लागेको बताउँदै अहिले यस कर्पोरेट गल्फसँग जोडिदा खुसी लागेको बताइन् । “हामी पनि ग्रीन इनर्जीमा काम गरिरहेका छौँ,” उनले भनिन्, “पोखरालाई ग्रीन सिटीका लागि अघि बढाउने प्रयास हामी सबैले गरौँ । यसले टुरिजमका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।” युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष निरन केसीले सफलताको शुभकामना व्यक्त गर्दै आफूहरु पनि जोडिएर कार्यक्रम गर्न लागेको जानकारी गराएका थिए । उनले युवा उद्यमीसँग युवा नेतृत्वको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताएका थिए । कार्यक्रममा बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापाले पोखराले दिएको मायाले नै दोहो¥याएर कार्यक्रम गर्न लागिएको बताएका थिए । उनले आगामी दिनमा पनि पोखरामै कार्यक्रम गर्न सकेमा पर्यटन प्रवर्धन गर्न सकिने बताए ।
काठमाडौं: नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध ५-० फराकिलो जित दर्ता गरेको छ । खेलको सुरुवाती समयमा खेलमा आफ्नो पकड बनाउन नसकेको नेपालले त्यसपछि भने लगातार आक्रमण बुन्यो । इराकले बल राख्ने बित्तिकै हाइ–प्रेस गर्दै नेपालले इराकलाई सहजै बल राख्न दिएको थिएन । सातौं मिनेटमा नेपाल गोल गर्नको निकै नजिक पुगेर चुक्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गरेको प्रहार पोस्टको बाहिरपट्टि लागेर बाहिरियो । नवौं मिनेटमा रेखाको पासमा अमिषा कार्कीको प्रहार ब्लक हुन पुग्यो । ११औं मिनेटमा साम्बाको फ्रि-किक प्रहार पोस्टमाथि बाट बाहिरियो । १४औं मिनेटमा साम्बाले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले आफ्नै हाफबाट खेलेको पासमा आफ्नो तिव्र गतिको प्रयोग गर्दै उनले सुन्दर फिनिशका साथ नेपाललाई खेलमा अग्रता दिलाएकी हुन् । १६औं मिनेटमा साम्बाले नै नेपालको दोस्रो गोल गरिन् । इराकी डिफेन्डर दिरिन मुल्लाबाकरबाट बक्स भित्र नै बल खोसेर उनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । १९औं मिनेटमा रेखाले गोल गर्ने राम्रो अवसर खेरा फालिन् । उनको प्रहार गोलरक्षक जाहरा अल सदेइले बचाइन् । २१औं मिनेटमा प्रिती राईले साम्बाको पासमा गरेको प्रहार पनि अल सदेइले बचाइन् । २६औं मिनेटमा अनिता बस्नेतले कर्नरबाट पोस्टमा प्रहार गरिन् । पहिलो खेलमा उनले सिधै कर्नरबाट गोल गरेकी थिइन् । रिबाउन्डमा साम्बाले पोस्टभन्दा माथि प्रहार गरिन् । २८औं मिनेटमा अनिता बस्नेतले बक्सको दायाँ भागबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । ३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडर मार्फत गोल गर्दै उनले नेपालको अग्रता पनि तीन गोलको बनाइन् । ४४औं मिनेटमा उनले अर्को गोल थपिन् । रेखाको पासमा उनले गरेको पहिलो प्रहार अल सदेइले बचाएपनि दोस्रो पटकमा गोल गर्दै उनले खेलमा व्यक्तिगत चौथो गोल गरिन् । ४८औं मिनेटमा अमिषा कार्कीको प्रहार अल सदेइले बचाइन् । ६०औं मिनेटमा प्रितीले बक्सको छेउबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । ६८औं मिनेटमा प्रितीकै फ्रि–किकले पोस्टको दिशा लिन सकेन । ८०औं मिनेटमा साम्बाले पाँचौं गोल गरिन् । प्रितीको थ्रु–पासमा साम्बाले खेलमा रन बनाउँदै उनले इराकी गोलकिपरलाई बिट गर्दै खेलमा नेपालको र व्यक्तिगत पाँचौं गोल गरिन् । पहिलो हाफमा सावित्रा भण्डारी ‘साम्बा’ ले चार गरी कुल पाँच गोल गरेसँगै आफ्नो अन्तराष्ट्रिय करियरमा ४४ खेलमा ५० गोल पुर्याएकी छन् । नेपालको समूहमा २ खेलमा ६ अंक भएको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४–१ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ । प्यालेस्टाइनले आज आफ्नो दोस्रो खेलमा सिरिया विरुद्ध खेल्नेछ । पहिलो खेलमा प्यालेस्टाइनले इराक माथि ३–० को जित निकालेको थियो । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।
काठमाडौं: क्यानडा–११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा–११ ले सिरिज आफ्नो पक्षमा पारेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक बनाए । किर्तनले ७९ बलमा ६ चौकासहित ५८ रनको योगदान दिए । यससँगै क्यानडाले ३ खेलको सिरिज २/१ ले आफ्नो पक्षमा पारेको छ । क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो । दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले आक्रामक सुरुवात दिलाएका थिए । उनले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रन जोडे । अर्का ओपनर सृमन्थ विजयरत्ने ११ बलमा १० रन जोड्दै पाँचौ ओभरमा पेभेलियन फर्केका थिए । नवौं ओभरमा जोन्सन आउट हुँदा टोलीको स्कोर ५८ रन थियो । दुवै साहब आलमको बलमा विकेटकिपर अर्जुन कुमालबाट स्टम्पिङ आउट भएका थिए । दिलप्रित बज्वा ११ रन र हर्ष ठाकर २ रनमा आउट हुँदा क्यानडा केहि समस्यामा परेको थियो । तर अर्को एण्डमा निकलस किर्तनले इनिङ सम्हाले । निखिल दत्त ३५ बलमा १४ रन जोड्दै आउट भए । त्यसपछि नवनित धलिवल र किर्तनले बलियो साझेदारी गर्दै जितनजिक पुर्याए । छैटौं विकेटका लागि यी दुईले ६७ रनको साझेदारी गरे । धलिवल ४३ बलमा ४ चौकासहित ३२ रन जोड्दै आउट भए । नेपालका लागि साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १(१ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोडेको थियो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन् । पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो । ब्याटरहरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् । ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए । लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे । २१ औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए । उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे । २४ औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए । उनले २८ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । उनी आउट हुँदा नेपाल ८७-४ को स्थितिमा थियो । राशीदले खान २५ बलमा १९ रन जोडे । सुजन थपलियाले किर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए । बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए । लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए । अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए । नेपालले आजको खेलका लागि टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् । आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा आएका छन् ।क्यानडा(११ ले टोलीमा दुई परिवर्तन गरेको शह । दिलप्रित बज्वा र कलीम साना टोलीमा आएका छन् । क्यानडाका लागि कलीम साना नेपाल भ्रमणमा पहिलो पटक खेल्न लागेका हुन् ।
पोखरा: ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो । लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा लामागाउँ गुम्बाका सन्तोष गुरुङ घोषित भए । उनलाई सर्वाेत्कृष्ट खेलाडीको ट्रफिसहित नगद रु १० हजार प्रदान गरेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । गुरुङका अनुसार सोही टिमकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बने । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा एलसी ब्रदर्शका अजित गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा एट टु नाइन एफसीका मनिल गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै धुव्र घिमिरे ट्रफि र जनही नगद ८ हजारसहित पुरस्कृत भए । प्रतियोगिताबाट अनुशासित टिमका रुपमा एन टु क्याफे टुंडिखेलको टिम नगद रु १० हजारसहित ट्रफिद्वारा पुरस्कृत बन्यो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहन कुमार थापा, क्लबका सल्लाहकारहरु, क्लबका अध्यक्ष तथा आर्थिक सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए । गत १ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको थियो ।
काठमाडौं: साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ । समूह बीअन्तर्गत यस खेल नेपाली समय अनुसार साँझ ७:४५ मा साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो । उता इराक भने फ्नो पहिलो खेलमा प्यालेस्टाइनसँग ३-० ले पराजित रहेको थियो । आजै समूह बी को अर्को खेलमा सिरिया प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र प्यालेस्टाइन दुवै आज विजयी भए एक खेल बाँकी छँदै सेमिफाइनल पुग्नेछन् । नेपालले समूहको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । समूह ए बाट साविक विजेता जोर्डन र लेवनान लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । बुधबार भएको खेलमा जोर्डनले ग्वामलाई ३-० र लेवनानले साउदी अरेबियालाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अब शुक्रबार लेवनान र जोर्डनबीच हुने खेलले समूह ‘ए’ को शीर्ष स्थानमा रहने टिमको टुङ्गो लाग्नेछ ।
पोखरा: पोखरामा प्रथम संस्करणको पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । बि–बग इभेन्टको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हिमालयन मावि र गण्डकी बोर्डिङ स्कुलले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हिमालयन माविले बालमन्दिर माविमाथि सहज जित निकालेको हो । हिमालयनले बालमन्दिर माविलाई ११६ रनले पराजित गरेको हो । हिमालयनले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको बालमन्दिर १२ ओभर ५ बलमा ६२ रनमै समेटिएको हो । बालमन्दिरका मनिल अर्यालले सर्वाधिक १५ रन जोडे । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा हिमालयनका सफल थापाल एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेको सफलले १८ रन खर्चेर ६ विकेट लिए । नविन भण्डारीले २ विकेट लिए । यसअघि पहिला ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । हिमालयनका लागि अभिषेक थापामगरले सर्वाधिक ४८ रनको योगदान दिए । सफल थापाले ३१ रन जोडे । बलिङमा बालमन्दिरका सुमन अधिकारी र सौगात लामिछानेले २–२ विकेट लिए । दोस्रो खेलमा गण्डकी बोर्डिङ स्कुलले छोरेपाटन माध्यमिक विद्यालयलाई ९ विकेटले पराजित गरेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा छोरेपाटनले दिएको ३३ रनको सामान्य लक्ष्य गण्डकीले ४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो । गण्डकीका लागि मनोज भण्डारीले सर्वाधिक १५ रन र रजत पौडेलले १० रन बनाए । छोरेपाटनका सदिर्श पौडेलले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको छोरेपाटन मावि १२ ओभर ३ बलमा ३२ रनमा समेटिएको थियो । छोरेपाटनलाई सस्तोमा समेट्न गण्डकीका आरोग्य भण्डारी र रजत पौडेलले समान ३ विकेट लिए । ३ आभेर बलिङ गरेका भण्डारीले ३ रन र पौडेलले १० रन खर्चिए । छोरेपाटनका उत्सव त्रिपाठीले सर्वाधिक १२ रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ दि म्याच रजत पौडेल घोषित भए । फागुन १६ गतेसम्म चल्ने प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल, उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको विकास गर्न मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।
काठमाडौं: नेपाल ‘ए’ ले क्यानडा–११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिहान ९:३० बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ । यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा–११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १/१ को बराबरी गरेको छ । आजको खेल जित्ने टोलीले यो शृङ्खला २/१ ले जित्नेछ । नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो । नेपाली टोलीमा विनोद भण्डारी, सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि।सी। रहेका छन् । यसमध्ये हेमन्त धामी, सुजन थपलिया र आशुतोष घिरैयाले प्लेइङ-११ मा अवसर पाएका छैनन् । अरु सबैले खेलिसकेका छन् । धामीले यसअघि क्यानडाँसँगको ओडीआई शृङ्खला भने खेलेका थिए ।
पोखरा: गण्डकी प्रदेशले छैटौँ राइनो संरक्षण गोल्डकपको उपाधि जितेको छ। राइनो रंगशालामा बुधबार सम्पन्न फाइनलमा सेन्टर कलेज अठ्ठाइस बिघा कावासोतीलाई २–१ गोल अन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो। उपाधिसँगै गण्डकीले नगद आठ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ। प्रतियोगिताको उपविजेता सेन्टर कलेज अठ्ठाइस बिघाले चार लाख हात पारेको छ। प्रतियोगितामा विभागीय टिम प्रदेशस्तरको टिमसहित १२ टिमको सहभागिता थियो। विश्वकै दुर्लभ एकसिँगे गैँडा संरक्षणको उद्देश्य राखेर विगत २० वर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता हुँदै आएको छ।