पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र लामागाउँ गुम्बा एफसी भिड्ने भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा एट टु नाइन एफसीले एलसी ब्रदर्शलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एट टु नाइन एफसी र एलसी ब्रदर्शबीच भएको पहिलो सेमिफाइनल खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसी ३–२ गोलले विजयी बन्यो । पेनाल्टी सुटआउटमा एट टु नाइनका धुव्र घिमिरे, किरण मगर र जीवन गुरुङले गोल गरे । यस्तै एलसी ब्रदर्शका विशाल गुरुङ र अजित गुरुङले गोल गर्दा धिरज मगरको पेनाल्टी एट टु नाइनका गोल किपर राज गुरुङले विफल पारिदिए । दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले रामघाट रामघाट एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसी र रामघाट रामघाट एफसीबीच भएको खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा लामागाउँ गुम्बा एफसी ३–२ गोलले विजयी बन्यो । पेनाल्टी सुटआउटमा लामागाउँ एफसीका मनिष क्षेत्री, सनिम थापा र युनिक तामाङले गोल गरे । भने यस्तै रामघाट एफसीका अमृत कुँवरले गोल गर्दा लामागाउँका गोल किपर अञ्जन क्षेत्रीले राहुल गुरुङको पेनाल्टी विफल पारी दिए । सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र बीच भोलि (बिहीबार) प्रतिस्पर्धा हुने खेल संयोजक रामकाजी गुरुङले बताए । उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध लगातार दोस्रोमा २ विकेटले पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको पराजित भएको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले पराजित भएको हो । १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित हार पार्यो । नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए । यस्तै माइकल भ्यान लिङ्गेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाए । नेपालले नियमित अन्तरालमा विकेट निकालेपनि अन्त्यमा नेपालको योगफल निकै कम साबित हुन पुग्यो । नेपालले नामिबियाका ओपनर द्वय जेपी कोट्जे र निकोलास डेभिनलाई क्रमस ३ र ८ रनमा आउट गरेको थियो । त्यसपछि तीन र चार नम्बरमा ब्याटिङ गर्न आएका भ्यान लिङ्गेन र इरासमसले खेल नेपालको हातबाट केहि टाढा लगेका थिए । तर ६९ रनमा कुशल मल्लले भ्यान लिङ्गेनलाई आउट गर्दै नेपालका लागि विकेट निकालेका थिए । ज्यान फ्राईलिंक पनि ४ रन मात्र बनाएर दिपेन्द्र सिंह ऐरिको बलमा आउट भए । ज्यान निकोल लोफ़्टि–इटन र जेन ग्रिन क्रमशः ५ र ६ रन बनाएर कुशल भुर्तेल र ललित राजबंशीको बलमा आउट भए । ५ रन बाँकी रहँदा नामिबियाको आठौँ विकेट खस्यो । रुबेन ट्रम्पलम्यानलाई कुशल भुर्तेलले १२ बलमा १६ रन बनाएको अवस्थामा लंग–अफमा देव खनालको हातबाट क्याच आउट गराए । १४२–७ को अवस्थाबाट नामिबियाले कुनै विकेट गुमाएन । जेजे स्मिट ६६ बलमा १ चौका र २ छक्कासहित ३४ रन बनाउँदै नटआउट रहेर खेललाई नेपालको हातबाट छिने । यस्तै बेर्नार्ड स्कोल्ज ५ बलमा ८ रन बनाएर अविजित रहे । नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरि, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले समान १÷१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन ब्याटर कुनै रन नबनाई पेभेलियन फर्किएका थिए । राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग(बिफोर(विकेट आउट भएका थिए । यस्तै सोहि ओभरको चौथो बलमा अनिल शाह शुन्यमा आउट हुन पुगे । अनिल नामिबियाका कप्तान जेरार्ड इरासमसद्वारा क्याच आउट भएका थिए । अर्का ब्याटर देव खनाललाई ज्याक ब्रासेलले आउट गरे । आठौ ओभरको अन्तिम बलमा उनी विकेटकिपर जेन ग्रिनद्वारा क्याच आउट भए । त्यसपछि आसिफ र कुशल मल्ल मिलेर चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । सो साझेदारी २०औ ओभरमा आसिफको विकेटपछि तोडियो । उनी स्कोल्जकै बलमा लेग(बिफोर(विकेट आउट भएका थिए । त्यसलगत्तै ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि २४औ ओभरमा शुन्यमा ज्यान निकोल लोफ़्टि(इटनको बलमा आउट हुन पुगे । त्यसपछि पेभेलियन फर्किने कुशल मल्ल थिए । उनी २७औ ओभरमा जेरार्ड इरासमसको बलमा ५३ बल खेलेर १ चौका र ३ छक्का ३६ रन बनाएर सर्ट फाइन(लेगमा ब्रासेलद्वारा क्याच आउट भए । दिपेन्द्र सिंह ऐरि पनि धेरै समय क्रिजमा रहन सकेनन् । उनी १८ बल ६ रन बनाएर लोफ़्टि(इटनको बलमा ग्रिनद्वारा स्टम्प आउट भए । सोमपाल कामी पनि ४ रन बनाएर लोफ़्टि(इटनकै बलमा पेभेलियनको बाटो लागे । अर्को ओभरमा भिम शार्की स्कोल्जको बलमा ३६ बल खेल्दै २६ रन बनाएर बोल्ड आउट भए । अन्तिममा करण केसी १२ रन बनाएर लोफ़्टि(इटनको बलमा लंग(अफमा क्याच आउट भएपछि नेपालको इनिङ समाप्त हुन पुग्यो । नामिबियाका लागि लोफ़्टि(इटन र स्कोल्जले समान ४÷४ विकेट लिए । स्कोल्जले १० ओभरमा २ मेडन सहित ३१ रन दिएर ४ विकेट लिएका हुन् भने लोफ़्टि(इटनले ६.१ ओभरमा ४ विकेट लिने क्रममा ३४ रन दिए । यस्तै इरासमस र ब्रासेलले १÷१ विकेट लिए । सिरिजको अर्को खेलमा शुक्रवार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ भने आइतवार सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्स र नेपाल भिड्ने छन् । त्यसपछि यी ३ टोलीले टी–२० त्रिकोणात्मक सिरिज समेत खेल्ने छन् ।
पोखरा: कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसमा प्रथम पालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबलसँगै विविध कार्यक्रम गरेर मनाउने भएको छ । गाउँपालिकाले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गर्दै स्थापना दिवस फागुन २७ देखि २९ गतेसम्म मादी–३ याङ्जाकोटमा कार्यक्रम गरी मनाउने जानकारी दिएको हो । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गण्डकी प्रदेशस्तरीय पालिका अध्यक्ष कप भलिबलसँगै विविध कार्यक्रम गरेर गाउँपालिका स्थापना दिवस मनाउन लागेको बताए । ‘हामीले गाउँपालिका स्थापना दिवस फागुन २७ देखि २९ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छौं’, अध्यक्ष गुरुङले, ‘स्थापना दिवसमा भलिबल प्रतियोगिता देखि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न विविध कार्यक्रम आयोजना गरेको छौं ।’ उनका अनुसार फागुन २७ देखि सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने पालिकाले ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पालिकाले स्थापना दिवसको अवसरमा पालिका भित्र कार्यरत शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । हाजिरी जवाफ प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पालिकाले स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, स्वास्थ्य स्वयमसेविका, उपभोक्ता समिति, टोलसुधार समिति, सहकारी र जेष्ठ नागरिकहरु मध्येबाट ग्राम पिता र मातालाई सम्मान गर्ने जनाएको छ ।
काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । नेपालका तीन ब्याटर कुनै रन नबनाई पेभेलियन फर्किएका थिए । राम्रो सुरुवात गर्दै छैठौ ओभरको समाप्तिमा कुनै विकेट नगुमाएको नेपालले आठौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको थियो । नेपालको पहिलो दुई विकेट सातौ ओभरमा बर्नार्ड स्कोल्जले खसालेका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेल १८ रन बनाएर पहिलो विकेटको रुपमा पेभेलियन फर्किएका हुन् । उनी सो ओभरको दोस्रो बलमा लेग–बिफोर–विकेट आउट भएका थिए । यस्तै सोहि ओभरको चौथो बलमा अनिल शाह शुन्यमा आउट हुन पुगे । अनिल नामिबियाका कप्तान जेरार्ड इरासमसद्वारा क्याच आउट भएका थिए । अर्का ब्याटर देव खनाललाई ज्याक ब्रासेलले आउट गरे । आठौ ओभरको अन्तिम बलमा उनी विकेटकिपर जेन ग्रिनद्वारा क्याच आउट भए । त्यसपछि आसिफ र कुशल मल्ल मिलेर चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । सो साझेदारी २०औ ओभरमा आसिफको विकेटपछि तोडियो । उनी स्कोल्जकै बलमा लेग–बिफोर–विकेट आउट भएका थिए । त्यसलगत्तै ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि २४औ ओभरमा शुन्यमा ज्यान निकोल लोफ़्टि–इटनको बलमा आउट हुन पुगे । त्यसपछि पेभेलियन फर्किने कुशल मल्ल थिए । उनी २७औ ओभरमा जेरार्ड इरासमसको बलमा ५३ बल खेलेर १ चौका र ३ छक्का ३६ रन बनाएर सर्ट फाइन–लेगमा ब्रासेलद्वारा क्याच आउट भए । दिपेन्द्र सिंह ऐरि पनि धेरै समय क्रिजमा रहन सकेनन् । उनी १८ बल ६ रन बनाएर लोफ़्टि-इटनको बलमा ग्रिनद्वारा स्टम्प आउट भए । सोमपाल कामी पनि ४ रन बनाएर लोफ़्टि–इटनकै बलमा पेभेलियनको बाटो लागे । अर्को ओभरमा भिम शार्की स्कोल्जको बलमा ३६ बल खेल्दै २६ रन बनाएर बोल्ड आउट भए । अन्तिममा करण केसी १२ रन बनाएर लोफ़्टि–इटनको बलमा लंग–अफमा क्याच आउट भएपछि नेपालको इनिङ समाप्त हुन पुग्यो । नामिबियाका लागि लोफ़्टि–इटन र स्कोल्जले समान ४/४ विकेट लिए । स्कोल्जले १० ओभरमा २ मेडन सहित ३१ रन दिएर ४ विकेट लिएका हुन् भने लोफ़्टिइटनले ६.१ ओभरमा ४ विकेट लिने क्रममा ३४ रन दिए । यस्तै इरासमस र ब्रासेलले १/१ विकेट लिए । पहिलो तीन खेलमा खेलाइएको पिच प्रयोग नगरी आज अर्को पिचमा खेल खेलाइएको छ । नेपालले आज प्लेइङ–११ मा १ परिवर्तन गरेको छ । करण केसीले गुलशन झाको स्थान लिएका छन् ।
काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज (बुधबार) नेपालले नामिवियासँग खेल्दैछ । खेल बिहान ९ः३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल यसअघि ३ फागुनमा भएको पहिलो खेलमा नामिवियासँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमै अल आउट भएको थियो । तर दोस्रो खेलमा एसोसिएटको बादशाह नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै नेपालले शानदार पुनरागमन गरेको थियो । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५।२ ओभरमा पूरा गरेको थियो । उच्च मनोबलसँगै घरेलु मैदा र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँग हारको बदला लिन चाहन्छ । उता नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा हुनेछ । त्रिवि मैदानमा नै सोमबार भएको खेलमा नामिविया नेदरल्यान्ड्ससँग १२३ रनमा अल आउट हुँदै ७ विकेटले पराजित भएको थियो ।
काठमाडौं: उत्कृष्ट पहिलो हाफको मद्दतले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलको नेपालले सिरिया माथि जित हात पारेको छ । साउदी अरेबियाको राजधानी रियाद स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरिया माथि ४–१ को जित निकाल्न सफल भएको हो । नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक एक गोल गरेका हुन् । खेलको सुरुवातदेखि नै नेपाल खेलमा हावी भएको थियो । सुरुवाती समयमा साम्बातिर केन्द्रित भएको नेपाली अग्रपंक्तिले लगातार आक्रमण बुनिरहेको थियो । मिडफिल्डमा प्रिती राई उच्च लयमा देखिरहेकी छन् । नेपालले लगातार सिरियन टोलीबाट गल्तीहरू गराइरहेको थियो । दोस्रो मिनेटमा पूजा रानाको लामो पास सिरिया गोलरक्षक रनिम लतिफले फुस्काएपनि त्यहाँ कुनै खतरा रहन सकेन । सातौं मिनेटमा प्रिती राईको लङ रेन्ज प्रहार पोस्टको दिशामा रहन सकेन । अर्को मिनेटमा गीता रानाको लामो बलले पनि साम्बालाई भेटाउन सकेन । सोही मिनेटमा प्रिती राईको क्रससम्म पनि साम्बा पुग्न सकिनन् । १०औं मिनेटमा नेपालले खेलमा अग्रता लिन सफल भयो । डिफेन्डर मयर अलुशले बल सिधै प्रिती राईको खुट्टामा दिएपछि उनको प्रहार ब्लक हुन पुग्यो । तर बल बक्स भित्र खाली रहेकी अमिषा कार्कीको खुट्टामा पुगेपछि उनले शक्तिशाली प्रहार गर्दै खेलमा नेपाललाई अग्रता दिलाइन् । त्यसपछि पनि नेपालले लगातार आक्रमण बनिरह्यो । १२औं मिनेटमा प्रितीको अर्को लङ रेन्ज प्रहार लतिफले बचाइन् । सोही कर्नर किकमा नेपालले दोस्रो गोल गर्न सफल भयो । अनिता बस्नेतले प्रहार गरेको कर्नर किक सिधै गोलमा परिणत भएको थियो । १९औं मिनेटमा नेपालले खेलको तेस्रो गोल गर्यो । प्रितीले आफ्नै हाफबाट खेलेको थ्रु(पासमा गरेको पहिलो प्रहार लतिफले बचाएपनी बल उनकै खुट्टामा रह्यो । त्यसपछि उनले खेलेको पासमा साम्बाले सहजै गोल गर्न सफल भइन् । तेस्रो गोलपछि भने खेलमा नेपालको प्रभुत्व घट्दै गयो । तर नेपालका लागि खतरा भने बन्न सकेन । ३३औं मिनेटमा नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले सहज बल समात्न नसक्दा खतरा बनेको थियो । तर उनले दोस्रो पटकमा बल समात्न सफल भइन् । ३८औं मिनेटमा साम्बाको प्रहार लतिफले बचाउन सफल भइन् । अमिषाको पासमा उनले एक डिफेन्डर छक्याएर गरेको प्रहार लाइनभन्दा अगाडि आएकी लतिफले बचाइन् । ४३औं मिनेटमा गोलकिपर एन्जिलाको गल्तीमा नेपालले गोल खान पुग्यो । नोर मुस्ताफाको फ्रि(किक समात्ने क्रममा उनले बल नियन्त्रणमा लिन नसक्दा बल गिता रानालाई लागेर पोस्ट भित्र जान पुग्यो । ४८औं मिनेटमा मुस्ताफाको लङ रेन्ज प्रहार एन्जिलाले सहजै समातिन् । ६०औं मिनेटमा केही सेकेन्डको अन्तरालमा साम्बाले दुई अवसरको सदुपयोग गर्न सकिनन् । पहिलो प्रहार लतिफाले बचाएकी थिइन् भने दोस्रो प्रहार पोस्टको केही टाढाबाट बाहिरिएको हो । ६२औं मिनेटमा साम्बाले बक्स बाहिर बल खोसेर गरेको प्रहारमा पुनः लतिफा बाधक बनिन् । ६७औं मिनेटमा साम्बाले क्रसबारमा प्रहार गरिन् । पूजाको क्रसमा साम्बाको प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा उनको फ्रि(हेडर भने पोस्टमाथि जान पुग्यो । अर्को मिनेटमा नेपालले खेलको चौथो गोल गर्यो । साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गोल गर्दै नेपालको अग्रता पुनः तीन गोलको बनाइन् । ८९औं मिनेटमा अमिषाले पाँचौं गोल गर्ने अवसर खेरा फालिन् । बक्सको छेउमा खाली रहेको अवस्थामा गरेको प्रहार पोस्टको दिशामा रहन सकेन । इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाको प्रहार पुनः लतिफाले बचाइन् । नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । नेपालले दोस्रो खेलमा फागुन १० गते इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम चारमा लामागाउँ गुम्बा एफसी, रामघाट एफसी, एलसी ब्रदर्श र एट टु नाइन एफसी प्रवेश गरेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (मंगलबार) भएको पहिलो क्वाटरफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै लामागाउँ गुम्बा एफसी सेमिफाइनलमा प्रवेश गर्याे । लामागाउँको जीतमा सरोज तितुङ तामाङले २ गोल गरे । यस्तै अनुज भण्डारी र सन्तोष गुरुङले समान १ गोल गरे भने काठमाडौंको तर्फबाट करण खड्काले सान्त्वना १ गोल फर्काए । यस्तै दोस्रो खेलमा रामघाट एफसीले दिव्यज्योती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लामागाउँसँगको भेट पक्का गर्याे । रामघाटको जीतमा राजकुमार कुँवरले निर्णायक गोल गरे । अब रामघाटले लामागाउँविरुद्ध बुधबार दिउँसो १२ बजे प्रतिस्पर्धा गर्ने खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए । उनका अनुसार तेस्रो क्वाटरफाइनल खेलमा एलसी ब्रदर्श लामाचौरले एनटु क्याफे टुंडिखेलमाथि २–० गोल अन्तरले जीत निकाल्दै अन्तिम चारमा स्थान बनायो । एलसी ब्रदर्शको जीतमा धिरज मगरले २ गोलको योगदान दिए । यस्तै तारा एफसी र एट टु नाइन एफसीबीच भएको अन्तिम क्वाटरफाइनल खेल गोलरहित निर्धारित समयसकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले विजयी बन्यो । एट टु नाइन एफसीले अब सेमिफाइनलमा एलसी ब्रदर्शसँग भिड्नेछ । दुवै सेमिफाइनका खेल बुधबार हुनेछ भने फाइनल खेल बिहीबार सम्पन्न गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
काठमाडौं: क्यानडा–११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले सिरिज बराबर गरेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडा–११ ले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा बसिर अहमदले नटआउट अर्धशतक प्रहार गरे । तल्लोक्रममा राशीद खानसँग महत्त्वपूर्ण साझेदारी गरेका उनले विजयी रन प्रहार गरेका थिए । बसिरले ७३ बलमा ५२ रन जोड्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरे । नेपालको जितसँगै ३ खेलको सिरिज १÷१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा क्यानडा–११ ले ४ विकेटको जित दर्ता गरेको थियो । अन्तिम तथा निर्णायक खेल विहीबार मुलपानी मैदानमै हुनेछ । नेपालले इनिङको पहिलो बलमा मयन यादवलाई गुमाएको थियो । नेपालमा पहिलो खेल खेलिरहेका अमर खालिदले उनलाई एलबीडब्लू धरापमा पारेका थिए । तेस्रो ओभरमा शेर मल्ल पनि आउट भए । उनी ११ बलमा १ चौकासहित ७ रन जोड्दै खालिदकै बलमा कट बिहाइन्ड भए । त्यसबेला नेपाल १३–२ को स्थितिमा थियो । त्यसपछि कप्तान सन्दीप जोरा र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए । अर्जुन २५ औं ओभरको पाँचौ बलमा क्याच आउट भएपछि साझेदारी तोडियो । उनले ६४ बलमा ३ चौकासहित ४० रन जोडे । अर्जुन आउट भएको २ बलपछि नै सन्दीप पनि पेभेलियन फर्किए । साद बिन जफरको बलमा अम्पायर कट बिहाइन्ड आउट दिएपछि उनी असन्तुष्ट व्यक्त गर्दै बाहिरिएका थिए । ७४ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गरे । उनि आउट हुँदा नेपाल ११७–४ को स्थितिमा पुग्यो । किरण ठगुन्ना १७ बलमा १३ रन जोड्दै हर्ष ठाकरको बलमा बोल्ड भए । त्यसपछि छैटौं विकेटका लागि राशीद खान र बसिर अहमदले ७७ रनको साझेदारी निर्माण गरे । राशीद ४६ औं ओभरमा आउट हुँदै लगातार दोस्रो खेलमा अर्धशतक बनाउनबाट चुके । साहिद अहमदजाईको बलमा क्याच आउट हुनुअघि उनले ५१ बलमा ३ चौका र २ छक्कासहित ४७ रनको योगदान दिए । यसअघि पहिलो खेलमा उनले ४० रन बनाएका थिए । अर्को ओभरमा चोट बोकेका विवेक यादव १ रनमै आउट भए । त्यसको २ बलपछि साहब आलम पनि गोल्डेन डक आउट हुँदा नेपाल संकटमा परेको थियो । त्यसअघि मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो । राम्रो सुरुवात गरेको क्यानडाले मध्यक्रममा स्पिनविरुद्ध रनको लागि संघर्ष गरेको थियो । श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए । मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २÷२ तथा सागर ढकाल र बसिर अहमंदले १÷१ विकेट लिए । पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए । विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् । उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे । उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए । हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए । त्यसबेला क्यानडा १०४(४ को स्थितिमा थियो । पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे । धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके । कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने । निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए । नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरे ।
काठमाडौं: पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा सहभागिता जनाउन साउदी अरेबियामा रहेको नेपाली महिला टोलीले आज समूह चरणको पहिलो खेलमा सिरियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ७:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुने छ । नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाली टोलीमा भारतीय लिग खेलिरहेका ६ जना सहित फ्रान्सको शीर्ष डिभिजन खेलिरहेकी सावित्रा भण्डारी समेत रहेकी छिन् । साम्बा हिजो साउदी अरेबिया पुगेकी हुन् । उमेर समुहमा खेलिसकेका फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाल पहिको पटक राष्ट्रिय महिला टोलीमा पर्न सफल भएका छन् । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् । हिजो भएका समूह ए का खेलमा लेबनानले गुआममाथि ४–३ को जित निकालेको थियो भने जोर्डनले घरेलु टोलीमा साउदी अरेबिया माथि ३–१ को जित निकालेको हो । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।