पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

काठमाडौं:     नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा युएईलाई उपाधि जित्न १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका उनले अर्धशतक प्रहार गरेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए । आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू-१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे । तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भए । रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए । १३ औं ओभर युएई खेलमा फर्किने टर्निङ प्वान्ट बनेको थियो । नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । थप २४ बलमा नेपालले दीपेन्द्र र रोहितको विकेट गुमाउँदा मात्रै १९ रन जोडेको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमायो । जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे । तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन । युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए ।

काठमाडौं:    नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो । नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो । दुबै टोलीको समान २ अंक थियो । उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ । युएई नेपाललाई फाइनलमा हराउने सोचमा हुनेछ । आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ ९क्यान० ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो । नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएको छ ।

काठमाडौ:    एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । टोली आज स्वदेश फर्किएको हो । टोलीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मलेसियामा भएको खेलमा नेपालले यूएईलाई हराउँदै उपाधि जितेको थियो । उपाधि विजेता नेपाल, उपविजेता यूएई र तेस्रो भएको जापान एसिया कपमा छनोट भएका छन् । एसिया कप आउँदो डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।  

कञ्चनपुर:    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ बर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन्। बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरू गरेर पूरा गरिदिए। स्कूलमा कवड्डी खेल्न थालेको तीन वर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पुर्‍याइन्। शिक्षकको सहयोगको भरमा कवड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कवड्डी टोलीको महत्वपूर्ण खेलाडी थिइन्। उक्त प्रतियोगितामा काष्य पदक बिजेता महिला कवड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए। उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आवद्ध रहे पनि कलावती भने सुदूरपश्चिमबाटै छनौट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्। ‘विभागीय टोलीमा रहेका खेलाडीहरूले नियमित प्रशिक्षणदेखि हरेक कुरामा ध्यान दिएका हुन्छन्,’ उनी भन्छिन्, ‘हामी कलेज पढ्दै र घरको पनि काम गर्दै छनौटमा पर्नु सामान्य कुरो होइन्।’ स्कूलस्तरमा हुने कवड्डी प्रतियोगितामा कलावतीले धर्मजनता माविबाट टोलीकोको कप्तानी गरिन्। त्यहाँ हुने प्रायः प्रतियोगितामा उनको टोली सधै प्रथम भयो। केही वर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले सुदूरपश्चिमको टोलीबाट पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको बताइन्। हाल स्नातक तह अध्ययनको तयारीमा रहेकी कलावतीले आफू पनि विभागीय टोलीमा आबद्ध भएर जागिर खाँदै खेलमा अघि बढ्ने चाहना व्यक्त गरिन्। ‘यसपालि सुदूरपश्चिमका सात जनामध्ये म मात्रै बिनाबिभागीय खेलाडी थिए,’ कलावतीले भनिन्, ‘राज्यले लगानी र नियमित प्रशिक्षणमा ध्यान दिए खेलमा अझ बढी माथि पुग्न सकिन्छ भन्ने चीनको एसियाली कपले सिकायो।’   नवौं राष्ट्रिय प्रतियोगिता हुनुअघि सुदूरपश्चिमको टोलीमा परेकी उनी सो प्रतियोगिताको पूर्वसन्ध्यामा महेन्द्रनगरस्थित कवड्डी प्रशिक्षण केन्द्रमा तीन महिना बन्द प्रशिक्षणमा बसेको बताइन्। सामान्य परिवारमा हुर्किएकी कलावतीको पारिवारिक खर्च बुवा विक्रम पन्तले भारतमा मजदुरी गरेर टार्दै आएका छन्। ‘बुबाले भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गरेर हामीलाई यहाँसम्म पु¥याउनुभयो,’ उनले भनिन्, ‘अब खेलसँगै परिवारमा खुसी थप्ने जिम्मा हाम्रो पनि काँधमा आएको छ।’ तीन बहिनी र दुई भाईमध्ये बहिनीबाट कान्छी हुन् कलावती। उनले राज्यका लागि एसियालीमा पदक ल्याउँदा काठमाडौंमा प्रोत्साहन र सम्मान मिलेपनि गृहप्रदेश र जिल्लामा भने कुनै वास्ता नभएको गुनासो गरिन्। ‘विभागीय टोलीमा रहेका प्रायः सबै खेलाडीहरू पदक जितेर र राम्रो प्रर्दशन गरेर आएपछि सम्मानित र पुरस्कृत भएका फोटोहरू सामाजिक सञ्जालमा धेरै नियालें,’ कलावतीले भनिन्, ‘सायद विभागीय टोलीमा भएको भए म पनि सम्मानको भागेदार हुन्थे होला।’ गृहनगर शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा आफूलाई स्वागत गर्न धनगढीस्थित गेटा विमानस्थल पुगेको उनले जानकारी दिइन्।  ‘हामी खेलाडीले सम्मान मागेको होइन् त्यो गुनासो पनि छैन,’ कलावती भन्छिन्,‘स्थानीय स्तरमा पाइने प्रोत्साहनले थप हौसला मिल्छ भन्ने हो तर त्यो यहाँ भएको छैन्।’ त्यसैगरी कवड्डी प्रशिक्षक विश्णुदत्त भट्ट पनि कलावती अनुशासित र मेहनती खेलाडी भएको बताउँछन्। ‘उनी स्कूलस्तरको खेलबाट यहाँसम्मआएकी हुन्,’ उनी भन्छिन्, ‘त्यसपछि महेन्द्रनगर प्रशिक्षणमा बसियो र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै एसियालीसम्म पुग्नु उनको ठूलो सफलता नै हो।’

काठमाडौं:    त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालमा यूएईलाई ७ विकेटले पराजित गरेको हो । यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ मा ३ विकेट गुमाएर भेटाएको थियो ।  नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । बलिङतर्फ यूएईका निलन्श केसवानी र अली नसीरले १/१ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १÷१ विकेट लिए । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालले दोस्रो खेल भोलि बिहीवार हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।

काठमाडौं:    नेपालले त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत आज युएईसँग खेल्दैछ । खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । योसँगै मुलपानी मैदान टि-२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बन्नेछ । नेपालले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्लो समयको उच्च लय, एसिया कप र १९ औं एसियाली खेलकुदमा भारतविरुद्धको प्रदर्शनले नेपाली टोलीको मनोबल झनै उच्च छ । नेपाल त्यहिँ लय र प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । नेपाल घरेलु मैदान र दर्शकको पनि फाइदा उठाउनेछ । उता युएईले दुई महिना अघि टि-२० आई सिरिजमा न्युजिल्यान्डलाई हराएको थियो । टि-२० क्रिकेटमा युएईले पनि सानदार प्रदर्शन गर्दै आएको छ । मोहम्मद वासिम र आसिफ खानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी दुई युएईका ब्याटर टि-२० विशेष खेलाडी हुन् । नेपालले एसियाडमा भारतविरुद्ध खेलबाट टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । उनी नहुँदा एक स्पिनरलाई मौका दिने देखिन्छ । स्पिनरमा ललितनारायण राजवंशी, सूर्य तामाङ, सागर ढकाल र मौसम ढकाल छन् । सागर र मौसम मध्य एकले मौका पाउनेछन् । मौसमले खेलेको खण्डमा नेपाली टोलीमा डेब्यू गर्नेछन् । नेपालको ब्याटिङ मुख्य हतियार हो । कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा र करण केसी विष्फोटक ब्याटिङ गर्न सक्छन् । दुई कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । डेथ ओभर बलिङ नेपालको कमजोरीको रुपमा छ । अभिनाश बोहराको आगमनले उक्त समस्या अन्त्य हुने अनुमान गरिएको छ । सोमपाल कामी र करण केसी नयाँ बलका साथ बलिङ गर्नेछन् । दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक पूरा गरेका थिए । ब्याटिङसँगै स्पिन आक्रामण उनीबाट निकै महत्वपूर्ण हुनेछ ।   उता मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान युएईका प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा आउट गर्न सके नेपाल खेलमा हाबी बन्न सक्छन् । स्पिनर आयन खान यस सिरिजमा छैनन् । उनी यू१९ टोलीको कप्तान हुन् । युएईको तीव्र गतिको बलिङ आक्रामण मजबुतछ । जहुर खान, मोहम्मद जवादुल्लाह र जुनैद सिद्दिकछन् । पछिल्लो समय नेपालले टि-२० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यहिँ खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन । पछिल्ला पाँच टि-२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ । हेड टु हेड: नेपाल र युएईबीच पाँच टि-२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।

पोखरा:   पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ ।    ‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा आज (मंगलबार) भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो ।    मेन्टेनेको जितमा रफि महर्जन, बिशाल सारुमगर र सुवास श्रेष्ठले समान १/१  गोल गरे ।    च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो ।    यस्तै प्रतियोगितामा उपविजेता बनेको काठमाडौंको ढुकु फुटसल हबले नगद रु ३ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र हात पार्यो ।    देशभरबाट कुल १४ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित भए । उनले नगद रु ५० हजारसहित ट्रफी प्राप्त गरे ।     यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा मेन्टेन एफसीका आशिष डंगोल, सर्वाधिक गोलकर्ताका रुपमा एडि युनाटेड भण्डारढिकका रोशन मगर, र उदीयमान खेलाडीका रुपमा दीप युनाटेडका निकेश गुरुङ घोषित हुदैं जनही नगद रु २५ हजार र ट्रफिसहित पुरस्कृत भए ।   यस्तै प्रतियोगिताको अनुशासित टिमको शिल्ड बि –१३ ले प्राप्त गर्यो  । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य तथा गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, सहयोगी दाताहरु तथा आयोजक संस्थाका संस्थापक राजन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।    सो अवसरमा बोल्दै गण्डकीका मुख्यमन्त्री तथा सांसद पृथ्वी सुब्बा गुरुङले खेलकुदको क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्ने धारणा राखे ।   उनले निजि क्षेत्रको लगानीबाटमात्र खेलकुदको विकास पर्याप्त हुन नसक्ने बताउदै सम्बन्धित संस्था र तीन वटै सरकारले चाँसो दिनुपर्ने बताए । उनले सो प्रतियोगिताले फुटसलको विकासमा सघाउने पुग्ने विश्वास व्यक्त गरेका थिए ।   यस्तै समापन समारोहमा गण्डकी प्रदेश सभा सदस्य भीम कार्की र सरस्वती गुरुङ लगायतले बोलेका थिए । गत असोज २७ गतेदेखि सञ्चालनमा रहेको फुटसल प्रतियोगितामा देशभरका कुल १४ वटा टिमको सहभागिता रहेको थियो ।   

पोखरा:   पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र काठमाडौंको ढुकु हब फाइनल प्रवेश गरेका छन् ।    नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र ढुकु एफसीले फाइनलमा भेट पक्का गरेका हुन् । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेन्टेन एफसीले आयोजक राजन एण्ड द ब्रदर्श टीम ‘बि’लाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  निकै प्रतिस्पर्धात्मक भएको खेलमा मेन्टेनको जितमा जेनिश प्रजापतिले निर्णायक गोल गरेका थिए ।  यस्तै दोस्रो सेमिफाइनलमा खेलमा काठमाडौंको ढुकु फुटसल हबले सविन मेमोरियललाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  ढुकुको जितमा अमित लामा, अभय राणा र बिक्रान्त लामाले समान १/१ गोल गरे । भने सबिन मेमोरियल लागि विजय श्रेष्ठले सान्त्वना गोल गरे । मेन्टेन एफसी र काठमाडौंको ढुकु फुटसल हबले पोखरा रंगशालाको कभर्ड हलमा बिहान ११ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए  । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।  आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।  

काठमाडौं:   घरेलु टोली नेपालले बुधबार देखी मुलपानी र टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने टोली घोषणा गरेको छ ।   नेपालको टोलीमा लोकेश बम र ललित नारायण राजवंशी टोलीमा फर्किएका छन् । लोकेश गतवर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध टि-२० आई खेलपछि पहिलो पटक परेका हुन् ।   ललित अघिल्लो महिना १९ औं एसियाली खेलकुदको लागि अभ्यासको क्रममा घाइते भएका छन् । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ब्यक्तिगत कारण नाम फिर्ता लिएको हुँदा उनी त्रिकोणात्मक सिरिजमा छैनन् । सन्दीप नहुँदा श्याम ढकाललाई टोलीमा मौका दिएको छ ।    नेपालले आफ्नो पहिलो खेल कार्तिक १ ९अक्टोबर १८० मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ ।कार्तिक ६९अक्टोबर २३० मा नेपालले युएईसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् । पहिलो खेल दिउँसो १ बजे हुँदा अन्य खेल विहान ११ बजे सुरु हुनेछ ।   शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल भने कार्तिक १० (अक्टोबर २७) मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज आयोजना गरेको हो ।​आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।