पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।  पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको ल...

पोखरा:    जुम्लाका धावक धिराबहादुर बुढा र गणना भण्डारीले तेश्रो अन्नपूर्ण म्याराथनको उपाधि जितेका छन् ।  शनिबार सम्पन्न भएको अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्र्तगत म्याराथन प्रतियोगितामा पुरुषतर्फ जुम्लाका धिरा बहादुर बुढाले जितेका हुन् ।  जुम्लाका धावक धिरा बहादुर बुढाले ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै उपाधि जितेका हुन् । यस्तै नेपाल आर्मीका धावक होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भएका छन् भने, आर्मीका धावक नै बेद बहादुर सुनुवारले ४ घण्टा १६मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका छन् ।  यस्तै महिलातर्फको म्याराथन प्रतियोगितामा पनि जुम्लाका धावक गणना भण्डारीले उपाधि जितेका छन् । उनले ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका हुन् । यस्तै धादिङकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भईन् भने, ओखलदुङ्गाकी चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भईन् ।  म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाएका छन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न भएको थियो ।   सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन आज अन्नपूर्ण आरोहण दिवसको अवसरमा सम्पन्न भएको हो ।   

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको ठकुरी समाज बाबियोडाँडाले जितेको छ ।  शनिबार सम्पन्न भएको फाइनल खेलमा ठकुरी समाज तनहुँले घान्द्रुक क्ल्यूलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । ठकुरी समाज तनहुँले क्ल्यूलाई २५–१८, २३–२५, २५–१६,२१–२५ र निर्णायक तथा पाँचौ सेट १५–११ ले जित्दै उपाधि जितेको हो ।    उपविजेता घान्द्रुक क्ल्यू  उपाधि विजेता ठकुरी समाज तनहुँले नगद ८० हजार पुरस्कार प्राप्त ग¥यो भने, उपविजेता घान्द्रुक क्ल्यूले ५० हजार पुरस्कार प्राप्त गरेको छ । गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको थियो ।  सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथन तथा महोत्सव सञ्चालन गर्दै आएको छ ।   

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा क्ल्यू गाउँ फाइनल प्रवेश गरेको छ ।  शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा क्ल्यूले विन्देश्वरी ठाँटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलनमा स्थान पक्का गरेको हो ।  दोस्रो सेमिफाइनल खेल भने वर्षाका कारण स्थगित भएको छ । तनहुँको ठकुरी समाज बाबियोडाँडा र घान्द्रुक किम्चेबीचको सेमिफाइलन खेल वर्षाको कारण स्थगित भएको हो । दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ ।  यस्तै महोत्सवमा आयोजित खुल्ला बास्केटबल प्रतियोगितामा मार्दीखोला (सुन्तला) फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा मार्दीखोला(सुन्तला) ले स्याउलीबजारलाई ४०–३५ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मार्दीखोलाका राज गुरुङ म्यान अफ दि म्याच घोषित भए ।  दोस्रो सेमिफाइलन खेल भने वर्षाको कारण स्थगित भएको छ । मार्दीखोला (निलो) र सेन्चुरी युवा क्लबबीचको दोस्रो सेमिफाइनल खेल वर्षाको कारण स्थगित भएको हो । दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुनेछ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सञ्चालन भइरहेको छ ।   गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।  ११ समूहको सहभागिता रहेको बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन भोलि जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ । भोलि जेठ २० गते सञ्चालन हुने म्याराथन प्रतियोगितामा ५६ धावकले भाग लिएका छन् ।  म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ ।   

पोखरा:  पोखरामा गण्डकी प्रदेशस्तरीइ तीन दिने खेल पत्रकारिता तालिम सम्पन्न भएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत १७  देखि सुरु गरेको तालिम आज (शुक्रबार) सकिएको हो ।   सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सत्य र तथ्यमा आधार रहेर समाचार संप्रेषण गर्नुपर्ने जोड दिए ।   उनले पत्रकारिता जिम्मेवार पेशा रहेको बताउदै नागरिकलाई भ्रम सिर्जना हुने खालको सूचना बाहिर ल्याउन नहुने धारणा राखेका थिए ।    यस्तै मुख्य प्रशिक्षक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) तालिममा सिकेका सकरात्मक पक्षलाई व्यवहारमा उतार्नुपर्ने बताए ।   सुवेदीले फरक प्रसंगमा बोल्दै आयोजक संस्था र केन्द्रीय समिति नेपाल खेलकुद पत्रकार मञ्च बीचको सम्बन्ध छिटै जोडिने स्पष्ट पारे ।   तीन दिन सञ्चालन भएको खेल पत्रकारिता तालिममा टेनिस, भलिबल, क्रिकेट र फुटबलको विषयमा तालिम प्रदान गरिएको थियो । सो तालिममा गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत लगायतको जिल्लाका क्रियाशिल ८० पत्रकारको सहभागिता रहेको थियो ।  

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०-११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा गाउँस्तरीय पुरुष भलिबल र खुल्ला बास्केटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।      गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा घान्द्रुक रातो र उरी बीच भएको खेलमा उरी विजयी भएको छ । उरीले घान्द्रुक रातोलाई २५–२० र २५–२२ ले पराजित गरेको छ । दोस्रो खेलमा किम्चे रातोले किम्चे निलोलाई सोझो सेटमा पराजित गरेको । किम्चे रातोले किम्चे निलोलाई २५–१८ र २५–२३ ले पराजित गरेको हो ।  तेस्रो खेलमा क्ल्युले घान्द्रुक निलोलाई सोझो सेटमा नै पराजित गरेको छ । क्ल्युले पहिलो सेट २५– र २५–१६ मा घान्द्रुक निलोलाई पराजित गरेको हो ।   चौथो खेलमा बाबियोडाँडाले भुका गाउँलाई सोझो सेटमा पराजित गरेको छ ।  बाबियोडाँडाले भुका गाउँलाई २५–२२ र २५–२२ ले पराजित गरेको हो ।  पाँचौ खेलमा ठाँटीले उरीलाई सोझो सेटमा नै पराजित गरेको छ । ठाँटीले उरालाई २५–१६ र २५–२१ ले पराजित गरेको हो ।    खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।    बास्केटबलतर्फ क्वाटरफाइलनको खेल जारी अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आयोजित खुल्ला बास्केटबल प्रतियोगिता क्वाटरफाइनलको खेल सुरु भएको छ ।  पहिलो क्वाटरफाइनल खेलमा स्याउलीबजारले भेन्ट्रास घान्द्रुकलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । स्याउली बजारले ४६–२२ को अङ्कमा भेन्ट्रास घान्द्रुकलाई पराजित गर्दै सेमिफाइलनमा स्थान पक्का बनाएको हो ।  दोस्रो क्वाटरफाइनल खेलमा  मार्दी खोला (सुन्तला)ले घान्द्रुक रातोलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । मार्दी खोलाले घान्द्रुक रातोलाई ५५–३० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलको तेस्रो खेल चितवन र सेन्चुरी युवा क्लब र चौथो क्वाटरफाइनल खेल घान्द्रुक सेतो र मार्दी खोला निलोबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।   ११ समूहको सहभागिता रहेको बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ ।  जेठ २० गते म्याराथन प्रतियोगितामा सञ्चालन हुनेछ । म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ ।   

मुस्ताङ:   दोेश्रो गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा बागलुङ च्याम्पियन भएको छ ।  प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा मुस्ताङ थासाङ-३ लेतेमा बिहिबार सम्पन्न प्रतियोगितामा बागलुङले म्याग्दीलाई २ अंकले पछि पार्दै च्याम्पियन भएको हो । च्याम्पियन बागलुङले नगद ७५ हजार र शिल्ड प्राप्त गर्न सफल भएको छ ।  निकै प्रतिष्पर्धात्मक बनेको प्रतियोगितामा बागलुङले कुल ८३ अंक प्राप्त गर्दै च्याम्पियन हुँदा म्याग्दी जिल्ला २ अंकले पछि पर्दै ८१ अंकका साथ उपविजेता बनेको छ । उपविजेता भएको म्याग्दीले नगद ५० हजार हात पार्न सफल भयो ।  त्यस्तै प्रतियोगितामा मुस्ताङको ‘ए’ टिम भने तेश्रो भएको छ । मुस्ताङले कुल ७८ अंक प्राप्त गर्न सफल भयो । कास्की ७७ अंकका साथ चौथो भएको छ । तेश्रो भएको मुस्ताङले ३० हजार नगदका साथमा कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।  प्रतियोगितामा म्याग्दीको टिका बहादुर शेरपुञ्जा मगर सर्वश्रेष्ठ धर्नुधर भएका छन् । उनले व्यक्तिगत २० अंक प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगितामा विशिष्ट धर्नुधरको उपाधि बागलुङका सुनिल बुढा मगरले प्राप्त गर्न सफल भए । उनले २ खोल हानेका थिए । सवंश्रेष्ठ भएका प्रतियोगितामा कुल ५ जना खेलाडीले ‘खोल’ हानेका थिए ।  सर्वश्रेष्ठ धर्नुधर भएका टिकाले नगद रु ५ हजार र विशिष्ट धर्नुधर घोषित सुनिलले नगद रु ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारे ।  प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमका ३६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता थासाङ गाउँपालिका ३ लेतेस्थित गाउँसमाज भवनमा सम्पन्न भएको थियो । स्थानिय रुपमा निर्मल स्पोर्टिङ क्लबले प्रतियोगिताको सह–व्यवस्थापन गरेको थियो भने आमा सुमह लगायत स्थानिय व्यवसायी लगायतले सहयोग गरेका थिए ।  प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई थासाङ ३ का वडा अध्यक्ष हरिप्रसाद गौचन, लेते गाउँ मुखिया रविन्द्र तुलाचन, निर्मल स्पोर्टिङ क्लवका महेन्द्र गौचनलगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।  प्रदेख खेलकुद परिषद गण्डकीले गत वर्षबाट गण्डकी प्रदेशमा खेलिने विशेष परम्परागत खेलको संरक्षण र सम्वद्र्धनका लागि प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । गण्डकी प्रदेशका हिमाली जिल्लामा खेलिदैं आएको तारा खेल विशेष पर्वहरुमा आयोजना हुने गर्दछ ।  बाँसको विशेष प्रकारको धनुष काँण (आर्चरी) सहित परम्परागत भेष–भुषा र संस्कृतिमा आधारित तारा खेलको आफ्नै विशेष महत्व रहेको बताउँछन् प्रदेश खेलकुदका सदस्य योगेन्द्र शेरचन । उनले भने–“परिषदले नितिगत रुपमा नै यस्ता खेलहरुको संरक्षण र सम्वद्र्धनका लागि अघि बढेको छ । यो खेलको प्रचार–प्रसार गर्दैै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सके यसको महत्व अझै बढ्न सक्छ । गण्डकीमा यो खेलको क्रमिक रुपले अघि बढ्दैछ ।” यसै गरी परिषदकै आयोजनामा २० गते म्याग्दीको बेनीमा परम्परागत ठेलो खेल हुने भएको छ । प्रतियोगितामा लमजुङ, पर्वत, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता हुने भएको छ ।   

काठमाडौं:    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पाएको थियो । चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो । चेन्नईका डेभन कन्वे ४७ तथा ऋतुराज गायकवाड २६ रनमा आउट भए । शिवम् दुबे ३२ रनमा र रविन्द्र जडेजा १५ रनमा अविजित रहे । गुजरातका मोहित शर्माले ३ विकेट लिए । त्यस्तै, नुर अहमदले २ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले सर्वाधिक ९६ रन जोडे । ऋद्धिमान शाह ५४ रनमा तथा शुभमन गिल ३९ रनमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एकरएक विकेट लिए । महेन्द्रसिंह धोनीको टोली चेन्नई पाँचौँपल्ट च्याम्पियन बन्दा साविक विजेता गुजरात उपाधि रक्षा गर्न असफल भयो ।

काठमाडौं: काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो स्थानमा आएको छ ।   डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो । समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो ।  नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा पोखरा १४ च्याम्पियन भएको छ ।  । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४-० गोलान्तरले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो ।  आशिष कार्की, सिद्धान्त गुरुङ, प्रताप गुरुङ र यामबहादुर श्रेष्ठले गरेको गोलसँगै वडा नम्बर १४ ले उपाधि जितेको हो । यामबहादुर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।  विजेता वडा नम्बर १४ को टिमले एक लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता वडा नम्बर १५ को टिमले एक लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले १५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।  वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड बने । उत्कृष्ट खेलाडी र प्रशिक्षकले ५/५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।  पुरस्कार वितरणपछि बोल्दै महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताए । तल्लो तहमा हुने प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता थियो ।