पोखरा: मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकमा पोखरेली विष्णु गुरुङ नियुक्त भएका छन् । गुरुङ हाल जारीसहित दुई सिजनका लागि क्लबको प्रशिक्षकमा बिहीबार अनुबन्धित भएका हुन् । हिजो (बिहीबार) क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङले औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरे । सहिद स्मारक ए डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि यसअघिका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका थिए । अब मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेका गुरुङ अन्य विभिन्न ए डिभिजन क्लबहरुमासमेत प्रशिक्षणको काम गरिसकेका छन् । मनाङको नयाँ प्रशिक्षकका रुपमा नियुक्त भएपछि खेल सुध्रर्ने आशा गरिएको क्लबले जनाएको छ । जारी लिगको १३ राउन्डको खेल सकिदा मनाङ पछिल्ला ६ खेलमा पराजित भएको थियो । लिगमा मनाङको यो अहिलेसम्मकै खराब प्रदर्शन हो । लिगको सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ लगातार ६ खेलमा पराजित हुने क्रममा चर्च ब्वाइज, नेपाल पुलिस, खुमलटार, त्रिभुवन आर्मी, जावलाखेल र सातदोबाटोसँग पराजित भएको थियो ।
पोखरा: बागलुङ जिल्ला खेलाडीहरुको उर्वर भुमिका रुपमा परिचित छ । जुन जिल्लाका विभिन्न दुरदराजमा व्यक्ति भुईमान्छेका रुपमा जन्मिन्छ । त्यहि साधारण जीवन लिएर जन्मिएको भुईमान्छे कालान्तरमा एक सर्वप्रतिष्ठित र देशकै गहनाको रुपमा स्थापित हुन्छ,त्यहि नाम हो क्रिकेटका करण केसि,भलिवलकी सोफिया पुन, रवी केसी, दिल सुनार, राजु वि.क,सुनिल घर्ती, दुर्गा बहादुर सुनार लगायत दर्जनौँ खेलाडीहरु । त्यसगरि खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ खेलकुदमै लागिपरेका अर्का खेलाडीको नाम हो सुस्मिता थापामगर । उनी आईटिएफ तेक्वान्दोका खेलाडी हुन् । वि.स. २०६० सालमा बागलुङको बडिगा्ड गाउँपालिका वडा नं १० निगलपनीको दुर्गम ठाउँमा साधारण परिवारमा जन्मिएका थापामगर बच्चैदेखि आम बालबालिका भन्दा पृथक लक्ष्यका साथ बाल्यकाल व्यतित गरिन् । उनको त्यो लक्ष्य हो खेलाडी बनेर परिवार,गाउँ र राष्ट्रकै एक प्रेरणादायी व्यक्ति बन्ने । सपनालाई पछ्याउदै छोटो समयमै खेलकुदमा छलङ मार्न सफल बन्दै गरेकी थापामगर खेल करियर सुरुवातमा भने पढाई र परिवारको असहमतिका कारण निकै दुख पाएको बताईन् । “घरमा सानो टिभी थियो, खेलप्रतिको रुचिका कारण टिभीमा आउने प्रत्येक समाचारको अन्त्यमा आउने खेल समाचार निकै प्रर्खाइमा हुन्थे म, उत्साहका साथ हेर्थे,खेलाडी बनेर टिभीमा आउने सपना बनाउथे”,उनले भने, “सुरुमा घरपरिवारबाट अनुमति नपाउदा धेरै दुख लागेको थियो, मेरो सपनाको जिद्दिको अगाडी परिवारको केहि लागेन्, अन्त्यमा खेल्ने अनुमति पाए,गेम सिके अहिले यहाँ छु ।” खेलकुदमा रुचि थियो तर गाउँमा सिक्ने अवसर थिएन उनको कक्षा ६ मा पढ्दा भलिवल खेल्दै थिईन् विद्यालय स्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक लिन्थिन् । सोहि समयमा २०७४ कार्तिकमा उनी पढ्दै गरेको श्री भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आईटीएफ टेक्वान्दो दोजाङ सञ्चालन गरे । त्यो निकै सुनौलो अवसर थियो थापामगरका लागि निकै खुसी पनि भईन् तर पढाईमा अव्वल उनको पढाई विग्रिने कारण देखाउदै घरपरिवारले गेम सिक्न अनुमति दिएन् । भाईबहिनीलाई भने गेम सिक्न पठाउने गरिएको थियो । “घरपरिवारलाई मनाउन हार मानेको भने थिएन, दैनिक विद्यालयबाट घर जान्थे, अनि खाजा खाएर आफ्नो गृहकार्य सकेर भाईबहिनीलगाएतले सिक्दै गरेको तेक्वान्दो खेल टाढा बसेर नियाल्थे र रविन्द्र गुरुले जसरी सिकाउनुहुन्छ हेर्दै यता मैले एक्लै अभ्यास गर्थे, यसरी नै परिवारको अनुमति विना दैनिक टाढैबाट एक्लै गरेको अभ्यास साँझ घरमा गएर भाईबहिनीलाई आज तिमीहरुले यस्तो सिक्यौ हैन भन्दै सोध्थे र मैले टाढैबाट हेरेर सिकेको पोजिसनहरु देखाउँथे”,उनले भने,दृढ संकल्पले मान्छेलाई पछाडी फर्कनै दिदैन भनेझै घरमा हजुरआमालाई गेम सिक्न अनुमतिका लागि फकाईरहेकी थिए, तर परिवारको असहमति र गुरुबाट औपचारिक सिकाइ बिना नै टाढैबाट सिक्नेहरुलाई नियाल्ने अनि एक्लै अभ्यास जारी राखे ।” उनको खेलप्रतिको यो असाधारण रुचिले अन्त्यमा परिवारले तेक्वान्दो सिक्न अनुमति दिए । थापामगरका लागि त्यो पल संसार जितेको आभाष थियो । २०७४ मंसिर १६ गते देखि उनले औपचारिक रुपमा गुरुबाट आईटीएफ तेक्वान्दो सिक्न सुरु गरिन्,जुनबेला उनी कक्षा ८ मा पढ्थिन् । छोटो समयमै निगलापनी आईटीएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बन्न हुदै ३÷३ महिना को अंतरालमा हुने वेल्टटेस्ट प्रतियोगिताहरुमै आफ्नो क्षमतालाई उजागर गर्दै गईन् । पढाईमा पनि प्रथम स्थान कब्जा गरेका उनलाई गाउँको आधाभुत शिक्षा पछि ९÷१० को पढाईको गुल्मीको मालिक गाउँपालिका ३ महावीर स्थित श्री देवीस्थान माध्यमिक विद्यालय भर्ना भईन् । घरदेखि २र३ घण्टा हिडेर विद्यालय जानुपर्ने र आठौ राषर््िट्रय खेल को लागि छनोटका लागि तयारी गर्नुपर्ने चुनौति थपियो उनलाई । “नयाँ विद्यालय सुरु गरेको पढाईलाई पनि विगार्नु थिएन,छनोट खेलको लागि तयारी गर्नु दुवै एकचोटी चुनौति थपियो, तर हार मानेन् , बिहान १ घण्टा गेमको ट्रेनिङ्ग गरेर घर फर्किन्थे, हजुरआमाले बनाएको खाना खाएर विद्यालयको लागि निस्किन्थेँ, साझा स्कुल छुट्टी हुने बित्तिकै कुदेर घर फर्किन्थे र खेलमैदानमा गईहाल्थे, यसरी नै खेल र पढाई लाई निरन्तरता दिए”,उनले भने ।” निरन्तरको कर्मले उनलाई पढाई र खेल दुवैमा थप सफल्ताका सिंढीहरु चढाउदै गयो । खेलकुदबाट प्राप्त गरेका उत्कृष्ट पदकहरुले परिवारमा खुसि र आफन्तबाट आएका हौसलाका शब्दहरु सपनाले दो¥याएका कठोर संघर्षका उपब्धिहरु ठान्छन् उनी । एसईई पनि सकिएपछि उनी सदरमुकाम स्थित विद्यामन्दिर माविमा साईन्स लिएर प्लसटु पढाई सुरु गरिन् । पढाईसंगै उनले दोजाङ सञ्चालन गरि प्रशिक्षकको भुमिकामा उभिईन् । अन्त्यमा प्लस टुको पढाईपनि सकियो । त्यसपछिको पढाईको यात्राको शिलशिलामा उनी अहिले गण्डकी युनिभर्सिटीमा विएसएम ९दबअजभयिच ष्ल कउयचतक mबलबनझभलत० विषय अध्ययनरत छिन् । बालापनमा खेलाडी भएर चर्चामा आउने,सबैले माया गरुन भन्ने उद्धेश्यले खेल करियरमा होमिएका उनी अहिले भने उनको लक्ष्य अलिकति परिपक्व बन्दै गएको छ । अव खेलकुदको दिगो विकास र व्यवस्थापन नीति परिवर्तन गर्ने उनको लक्ष्य छ । “मैले खेलाडी भएर भोगेका अनेक समस्याहरु छन्,”उनले भने “अव यो समस्याको समाधान गर्ने निकायसम्म पुग्ने मेरो लक्ष्य छ ।” खेल पर्यटन मार्फत देशलाई आर्थिक रुपमा शसक्त बनाउने सक्ने वातावण राज्यबाट उनको अपेक्षा छ । नवौं राष्ट्रिय प्रतियोगिता यो खेलमा गण्डकीलाई २ वटा पदक दिलाउने लक्ष्यका साथ निकै मेहनत गरिन् । तयारी अनुसार नै खेल प्रदर्शन गर्दै उनले पहिलो चरणमा बागमती,दोस्रोमा आर्मी र तेर्सो चरणमा लुम्बिनी र फाइनलमा खेलमा प्रदेश १ लाई पराजित गर्दै ४५-५० केजी तौल समूहमा स्वर्ण हात पारिन् । अर्काे विधा मा भने पहिलो चरणमा शसत्र प्रहरी,दोस्रो चरणमा कर्णाली प्रदेशलाई पराजित गर्दै फाइनलमा आर्मी सँग पराजित भएपछि रजत पदकमै चित्त बुझाईन् । आठौ राष्ट्रिय खेलकुद आईटिएफ तेक्वान्दो प्रतियोगिताबाट जिल्ला हुदै प्रदेशबाट पनि छनोट हुदै आठौ राष्ट्रिय खेलकुदमा भाग लिने सफल भईन् । प्रतियोगिताको पहिलो चरणमै आर्मीका अव्वल खेलाडी रुबिका खड्कासँग ४५–५० केजि समुहमा प्रतिस्पर्धा गरिन् । सातौं राष्ट्रिय खेलका स्वर्ण विजेता रूबिका खड्कासँग पहिलो खेलमै सामना गर्दा डरका बाबजुत मैदानमा उत्रिएको उनले अनुभव सुनाईन् । “औपचारिक प्रतियोगिता त्यो पनि पहिलो खेल नै स्वर्ण पदक जितिसकेको खेलाडीसंग पर्दा निकै डर लागेको थियो,” उनले भनिन् “डरका बाबजुत मेरो आत्मविश्वासलाई दरिलो बनाएर मैदान छिरे, खड्कालाई सोझै पराजित गर्दै गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो टिमको अनुहारमा रौनक ल्याउन सफल भए,सबैको ध्यान मैतिर सोझियो ।” स्वर्णधारीलाई नै पछारेपछि त्यसपछिका प्रतिस्पर्धामा भने उनलाई पछाडी फर्कन परेन् । फाइनलमा बागमती प्रदेशकी नीलिमा सुनारलाई पराजित गर्दै उनले गण्डकीलाई स्वर्ण पदक दिलाईन् भने बाँकी दुई बिधामा पनि दुई रजत पदक हात पारिन् । पहिलो पटक औपचारिक प्रतियोगितामा आर्मीका सिनियर खेलाडी तथा स्वर्णधारी खड्कालाई पराजित गरे पछि थापामगरको चर्चा चुलियो । आठौ राष्ट्रिय प्रतियोगितामा आईटीएफ तेक्वान्दोमा स्वर्ण पदक ल्याउने उनी एक मात्र खेलाडी हुन् । उनले १ स्वर्ण र २ रजत पदक जितेकी थिईन् । उनी छोटो समयमै राम्रो खेल प्रदर्शन गर्दै प्रदेश लाई स्वर्ण पदक दिलाउन सफल भएकाले उनी चौथो स्पोर्ट अवार्डमा उदयमान खेलाडीमा मनोनयनमा पर्न परेकी थिईन् । सोहि समय राष्ट्रिय खेलकुदमा स्वर्ण र कक्षा ९ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुदाको सफल्ता उनी शब्दमा व्यक्त गर्न सक्दैनन् । बाँकी उपाधिहरु -बुर्तिवाङमा सम्पन्न ‘प्रथम ढोरपाटन मेयर कप’ -२ स्वर्ण संगै उत्कृष्ट खेलाडी घोषित । -रामेछापमा सम्पन्न ‘२० औँ सिनियर राष्ट्रिय च्याम्पियनसिप’-३ रजत । -पहिलो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिता-२ स्वर्ण संगै उत्कृष्ट खेलाडी घोषित । उनी यहि २३ गते शनिवार नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने सातौ पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट महिला वर्ष खेलाडीको मनोनयनमा परेकी छिन् । उनलाई टक्कर दिन फुटवलकी सावित्रा भण्डारी र आर्चरीकी रोजिना थापामगर पनि प्रतिस्पर्धामा छन् । यी तिन जना मध्ये एकजनाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड पाउनेछन् । यस्ता खालका कार्यक्रमहरुले खेलाडीहरुमा हौसला प्रदान गनुका साथै अझै मेहनत गर्न प्रोत्साहन मिल्ने उनले प्रतिक्रिया दिईन् ।
पोखरा: सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहीवार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक गरेको हो । अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, छेटौं संस्करणको पोखरा स्पोटर््स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गणेश बहादुर भट्टराई र पश्चिमाञ्चल खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सीनाले संयुक्त रुपमा सार्वजनिक गरेंका थिए । यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुने अवार्ड कार्यक्रमको तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । यसपाली स्पोर्ट्स अवार्डमा कुल ७ वटा विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड घोषणा हुन बाँकी छ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए । लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् । अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९, १२ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी कर्मचार्य ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, अटोवेज प्रालि, एसके साउण्ड एण्ड म्युजिक पोखरा, युनाइटेड क्लब, यति एयरलाइन्स, आँगन स्विट न्युरोड, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगायतले समेत सघाउने तय भैसकेको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र खेलप्रेमीलाई मञ्चले अनुरोध गरेको छ । मञ्चका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव पौडेल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव पौडेल लगायतले बोलेका थिए । मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
पोखरा: हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण शनिबार पोखरामा हुने भएको छ । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ खेलाडी र उनीहरुको क्रु-मेम्वर सहित ६५ जना पोखरा आइपुगको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाएका छन् । प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायतका मुलुकहरुका ५ महिलासहित ३१ जना पुरुष गरी कुल ३६ खेलाडीहरु सहभागिता रहेको योन्जनले जानकारी दिए । “धेरै खेलाडीहरु पहिलो पटक पोखरा आएका छन्” उनले भने–“गत वर्ष तेश्रो स्थान हासिल गरेका एक मात्र खेलाडी दोश्रो पटक सहभागिताका लागि आएका छन् ।” गत वर्ष चेक रिपब्लिकका पिटर भाव्रोशोक तेश्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । बिहान साढे ३ बजे सहभागिहरु ३.८ किमि पौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट-पर्वतको कुस्मा-बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने रेस डाइरेक्टर योन्जनले जनाएका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ । पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले यो वर्ष प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको जनाए ।
पोखरा: सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । उनीहरु तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधा तर्फको अवार्ड कसले चुम्ला आ-आफ्नै अड्कलबाजी हुन थालेको छ । बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले जनाए । यस अगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का रहेको महासचिव पौडेलले खुलाए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति सहित विभिन्न १३ वटा उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको मञ्चले जनाएको छ । करण केसी-क्रिकेट नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसीको जन्म २०४८ साल असोज २४ गते बागलुङमा भएको हो । उनी क्रिकेटका अलराउण्डर खेलाडी हुन् । राट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेलमा खेलेका छन् उनले त्यस अवधिमा ३ सय १४ रन बनाए । यसैगरी टि-२०मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि-२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् । करणले नेपाललाई आइसिसी विश्वकप लिग-२ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चारवर्षसम्मलाई ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गरेका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले लिग-२ मा सानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए । उनले तीन पटक चार विकेट लिएका थिए । गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच–पाँच विकेट लिएका थिए । त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग–२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् । केसी भ्यालेन्टाइन ब्वाईका रुपमा समेत चर्चित छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए । करण ओडिआई क्रिकेटमा पाँच विकेट तीन पटक लिने नेपाली पहिलो खेलाडी हुन् । आफ्नो जन्मदिन भन्दापनि फेब्रुअरी १४ को दिन बढी खुशी लाग्ने गरेको उनी बताउँछन् । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्न सफल भए । यसका अलावा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए । ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए । गंगाबहादुर कुँवर-आर्चरी गंगाबहादुर कुँवर आर्चरीका खेलाडी हुन् । स्याङजा जिल्लामा जन्मेका उनको बसोबास तनहुँको भीमाद–६ मा रहेको छ । बाबु रेशम बहादुर कुँवर र आमा मनसुब्बा कुँवरका छोराका रुपमा २०३९ साल साउन २१ गते उनको जन्म भएको हो । भारतीय सेनामा कार्यरत उनले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन स्वर्ण पदक जित्न सफल भए । उनले व्यक्तिगत रिकर्भ, रिकर्भ पुरुष टोली र रिकर्भ मिक्स टीममा स्वर्ण पदक जित्न सफल भएका हुन् । आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको थियो । यसअगाडि उनले पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रिकर्भ व्यक्तिगत तर्फ कांस्य पदक र रिकर्भ पुरुष टोलीमा स्वर्ण पदक जितेका थिए । त्यसै गरी सुदूरपश्चिममाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत रिकर्भ रजत पदक, रिकर्भ मिक्स टीममा रजत पदक र रिकर्भ पुरुष टोली स्वर्ण पदक जितेका थिए । प्रदीप खड्का-टेनिस टेनिसमा नेपालका नम्बर-१ खेलाडी हुन्प्र-दीप खड्का । टेनिसमै १५ वर्षको करियर पूरा गरेका प्रदीपको खेल जीवन सुरुआत २०६५ सालदेखि भएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण पदक जिन्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । उनी ८ औं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगल र मिक्स डबलका विजेता खेलाडी समेत हुन् । दोस्रो बीर गणेशमान सिंह नेसनल ओपन प्रतियोगितामा मेन्स सिंगल तर्फको विजेता र मेन्स डबल तर्फ उपविजेता बन्न पुगे । उनले यो वर्ष १९ औं माछापुच्छे बैंक ओपन एण्ड भेटान्स टेनिस प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल तर्फ उपाधी जित्न सफल भए । भारतको सिल्गुडीमा भएको सिल्गुडी प्रतियोगिताको मेन्स सिंगलमा उपबिजेता र मेन्स डबलमा बिजेता बने । फागुनमा भएको ५ औं बुटबल ओपन एण्ड पहिलो मयुर कप टेनिस प्रतियोगितमा मेन्स सिंगलमा विजेता र मेन्स डबलमा उपविजेता बने । पोखरा ५, प्रस्याङमा जन्मेका खड्काले पोखराकै बाराही माविबाट २०७२ सालको एसएलसी पूरा गरेका हुन् । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जितेका थिए । त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पारेका थिए । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भएका थिए । कार्यक्रममा वर्ष खेलाडी पुरुष सहित वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कुल सातवटा विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहने समेत मञ्चले जनाएको छ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी, कर्मचारी ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ लगायतले समेत सघाउने तय भैसकेको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ । त्यसोत मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
वर्षाले बिथोलिएर दुई दिनसम्म सञ्चालन भएको एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा युनाइटेड अरब इमिरेट्सलाई ७ विकेटले हराएपछि अब नेपाल क्रिकेटका शक्ति राष्ट्र भारत र पाकिस्तानसँग आमनेसामने हुने भएको छ । जीतसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्नेछ। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो। गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए। त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए। कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे। ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे।
काठमाडौं: एसिसी प्रिमियर कपको फाइनलमा खेल आज नहुने भएको छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि दुबै टोलीका खेलाडी डग आउटबाट झोला बोकेर फर्किएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । लगातार वर्षा भएपछि आज खेल हुन सक्ने सम्भावना छैन । त्यसैले खेलाडी झोला बोकेर डग आउटबाट लागेका छन् । आज खेल नहुने आधिकारीक रुपमा पुष्टि भएको छ । मंगलबार युएईले बिहान ९ बजे १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन नसकेन भने नेपाल एसिया कपमा पुग्नेछ । सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् । नेपालका स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक नजिक थिए । युएईका आसिफ खान सर्वाधिक ४६ रनमा आउट भए । उनी स्पिनर ललित नारायण राजवंशीको २८ औं दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट भएका थिए । उनले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा जहुर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा भने पानी परेपछि पिच कभरले ढाक्न बोलाएका थिए ।
काठमाडौं: एसिसी प्रिमियर कपको उपाधिका लागि घरेलु टिम नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको हो। अब आज खेल हुने सम्भावना भएमा ओभर घटाइनेछ। दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल हुन सक्ने स्थितिमा आजै खेल हुनेछ। यद्यपि त्रिवि मैदानको आउट फिल्डमा पानी जम्दा मैदान हिलो भएको छ। त्यसैले आज खेल हुने सम्भावना न्यून छ। आज खेल हुन नसकेको अवस्थामा खेल भोलि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ। भोलिका लागि खेल स्थगित भए आजकै स्थितिबाट खेल सुरू हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईले (१०६/९- २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ। भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओपर हुनेछ। सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थमा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ ।
पाेखरा: कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले विजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ विजयी भएको हो । आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन पुनले जानकारी दिए । आईतबारको खेलमा कास्की ‘बी’ की कप्तान श्रृष्टी जैसीले नटआउट ५१ रनको योगदान गरेकी थिईन् भने बलिङतर्फपनि १ विकेट लिईन् । आईतबारको खेलमापनि अलराउण्ड प्रदर्शन गरेकी श्रृष्टी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले बताए । यसअघि शनिबार भएको पहिलो खेलमापनि कास्की ‘बी’ बिजयी भएको थियो । सो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्की ‘बी’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कास्की ‘ए’ ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै बिजयी भएको सचिव पुनले जानकारी दिए । २८ बलमा ४० रन बनाएकी श्रृष्टी जैसी शनिबारको खेलमा उमन अफ दी म्याच घोषित भएकी पुनले बताए । पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतीराज तिमिल्सिनाले शनिबार उद्घाटन गरेका थिए । उनले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्लेटफर्म प्रदान गरेको र यसले कास्कीको क्रिकेट उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रम कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो । यसैबीच, प्रतियोगिताको उपाधि भिडन्त भोलि सोमबार हुने भएको छ । कास्की ‘ए’ र कास्की ‘बी’ गरेर दुई टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने सचिव पुनले जानकारी दिए । प्रतियोगितामा बिजेता र उपबिजेता दुबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव पुनले बताए ।