पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।  पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको ल...

पोखरा:   नेपाल स्क्वास एन्ड र्‍याकेट्स  संघको नेतृत्व ध्रुबबहादुर गुरुङले पाएका छन्    संघको पाँचौ अधिवेशनमा मनोजबहादुर श्रेष्ठलाई हराउदै गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।   अब गुरुङले आगामी ४ वर्षे कार्यकालका लागि नेतृत्व सम्हाल्ने छन् ।   गुरुङ नेतृत्व समितिको उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन भए ।    यस्तै महासचिवमा लोकेन्द्रमान सिं भण्डारी, सहसचिवमा महेन्द्र महर्जन र कोषाध्यक्षामा शैलेश अमात्य चुनिए ।   कार्यसमिति सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार रहेका छन् ।   सो समारोहमाबीच होङजोउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका ६ खेलाडी अरहान्त केशर सिंह, अमृत थापामगर, अमिर ब्लोन तामाङ, कृष्णा थापामगर, विपना ब्लोन तामाङ र स्वस्थानी श्रेष्ठलाई सम्मान अर्पण गरेको थियो ।  

काठमाडौं:     आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डविरुद्ध घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले आसिफ खानलाई ओपनिङ पठाएको थियो । मध्यक्रमका ब्याटर आसिफ नेपालविरुद्ध पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट भए । उनी तीव्र गतिका बलर करण केसीको बलमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच हुन पुगेका थिए । ओपनरलाई दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै उक्त साझेदारी तोडेका थिए । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे । सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै दबाब बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पाँचौं विकेटका लागि रोहन मुस्तफा र बासिल हामिदले ५८ रनको साझेदारी गरेका थिए । एक समय युएई ३९.२ ओभरमा १५५-४ को अवस्थामा थियो । करण केसीको बाउन्सर बलमा रोहन मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगे । मुस्तफाले ५६ बलमा ३ चौकासहित ३५ रन बनाए । बासिल हामिद दीपेन्द्रको बलमा करणबाट २९ रनमा समातिन पुगे । हामिदले ३५ बलमा २ चौका प्रहार गरे । रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा अल आउट गरेपछि नेपाल खेलमा पुरै हाबी बनेका थिए । सन्दीपले सन्चित शर्मालाई १२ रनमा क्याच गराए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि।सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरे ।   नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि।सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल यस खेलमा विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड्सँग खेल्नेछ । यदि पराजित भएमा नेपालले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।

पोखरा:  पोखरामा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दी च्याम्पियन भएको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको फाइनल खेलमा जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।  म्याग्दीले पहिलो सेट २५–१५ ले सहजै जितेपनि दोस्रो तेस्रो सेट गुमाएको थियो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै म्याग्दीले पर्वतलाई पराजित गरेको हो । म्याग्दीले २५–१५, २३–२५, १७–२५, २५–१५ र १५–१० ले पर्वतलाई फाइनलमा पराजित गरेको हो ।  यस्तै गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ तेस्रो भएको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।  जिल्ला भबिलल संघ बागलुङले पहिलो सेट १९–२५ ले गुमाएको थियो । पहिलो सेट गुमाएको बागलुङले उत्कृृष्ट पूनरागमनसहित २५–१२, २५–२३ र २५–१५ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।    प्रतियोगितामा च्याम्पियन भएको म्याग्दीले १ लाख, उपविजेता पर्वतले ७०हजार र तेस्रो भएको बागलुङले ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५/५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ तेस्रो भएको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।  जिल्ला भबिलल संघ बागलुङले पहिलो सेट १९–२५ ले गुमाएको थियो । पहिलो सेट गुमाएको बागलुङले उत्कृृष्ट पूनरागमनसहित २५–१२, २५–२३ र २५–१५ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।  तेस्रो भएको बागलुङले नगद  ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  यस्तै उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वतबीच खेल भइरहेको छ ।  जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ र पर्वत र स्याङ्जालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वत भिड्ने भएका छन् ।  उपाधि दावेदार मानिएका म्याग्दीले बागलुङ र पर्वतले स्याङ्जालाई सेमिफाइनलमा पराजित गर्दै उपाधिका लागि भिड्ने भएका हुन् ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको दोस्रो सेमिफाइनल खेलमा पर्वतले स्याङ्जालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो ।  पर्वतले २५-१९, २५-१६ र २५-१६ले स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  यस्तै जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।   म्याग्दीले पहिलो सेट २७-२५, दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो । फाइनल केही समय पछि सुरु हुने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ ।  सेमिफाइनलमा पराजित जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:   जिल्ला भलिबल संघ म्याग्दी पोखरामा जारी गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  प्रतिस्पर्धात्मक भएको पहिलो सेटमा म्याग्दीले सुरुवाती अग्रता लिएपनि बागलुङले २०-२० बराबरी गर्दै खेलमा फर्कने प्रयास गरेपनि म्याग्दीले २७-२५ ले पहिलो सेट जितेको थियो । म्याग्दीले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो ।  अब उपाधिका लागि म्याग्दीले दोस्रो सेमिफाइनलको विजेता जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीचको विजेता टोलि संघ प्रतिस्पर्धा गर्ने छ ।  पराजित टोलीले बागलुङसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । अहिले दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल आज नै हुने प्रदेश खेलकुद विकास समितिले जनाएको छ ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:    पोखरामा बिहीबार देखि सुरु भएको गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।  पोखरा रंगशालाको बहुउदेश्यिय कभर्डहलमा जारी प्रतियोगितामा सेमिफाइलनमा बागलुङ र म्याग्दी, स्याङ्जा र पर्वतले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।  पहिलो क्वाटरफाइनल खेलमा समूह ‘ए’को विजेता जिल्ला भलिबल संघ म्याग्दीले समूह ‘सी’को उपविजेता मनाङलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  म्याग्दीले २५–२ र २५–१८ ले मनाङलाई सोझो सेटमा पराजित गरेको हो ।  यस्तै दोस्रो क्वाटरफाइनल खेलमा समूह ‘डी’को उपविजेता जिल्ला भलिबल संघ बागलुङले समूह ‘ए’को विजेता गोरखालाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।  यस्तै तेस्रो क्वाटरफाइनल खेलमा समूह ‘सी’को विजेता जिल्ला भलिबल संघ स्याङ्जाले समूह ‘ए’को उपविजेता कास्कीलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  स्याङजाले २५–२१ र २५–१९ ले कास्कीलाई पराजित गरेको हो ।    क्वाटरफाइनलको चौथो खेलमा समूह ‘डी’को विजेता जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।  पर्वतले २५–१३ र २५–१२ ले नवलपुरलाई पराजित गरेको हो ।  शनिबार बिहान हुने पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ बागलुङ र म्याग्दी दोस्रो सेमिफाइलनमा खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतको बिचमा प्रतिस्पर्धा हुनेछ ।  शुक्रबार लिग चरणका तीन खेल र क्वाटरफाइनलका चार खेल सम्पन्न भएको थियो ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको छ । 

पोखरा:   नेपाल पहिलो पटक मुवाथार्ई खेलको डोजो क्लबस्तरीय च्याम्पियनसीप पोखरामा असार १६गते आयोजना हुने भएको छ ।  मुवाथाई खेलको विकास एवं प्रवर्द्धन तथा व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था स्ट्रोङ्गेष्ट मुवाथाई नेपालले जनाएको हो । उक्त प्रतियोगिता यहि असार १६ गते शनिबार पोखरा रंगशालास्थित बक्सिङ प्रशिक्षण केन्द्रमा आयोजना गरिने स्ट्रोङ्गेष्ट मुवाथाईका डाइरेक्टर रुपक नेपालीले जनाएका छन् । प्रतियोगितामा कूल ३० जना खेलाडीहरुको सहभागिता रहने छ जस मध्ये २ जना काठमाडौं र ५ जना स्याङजा जिल्लाबाट सहभागिता हुने डाइरेक्टर नेपालीले जनाए । प्रतियोगितामा कुल ३० प्रतिस्पर्धा (फाइट) हुने छ । विजेता खेलाडीहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता नेपाल राष्ट्रिय मुवाँथाई र नेपाल मुवाथाई अर्गनाइजेशनको विशेष सहयोगमा हुने नेपाल मुवाथाई अर्गनाइजेशनका अध्यक्ष खगेन्द्र क्षेत्रीले जनाएका छन् । “यो प्रतियोगिताले नेपालमा मुवाथाई खेलको विकास एवं प्रवर्द्धनका लागि ठूलो सहयोग पुग्नेछ” अध्यक्ष क्षेत्रीले भने–“यसले मुवाथाइको ‘फाइट कल्चर’ स्थापित गर्न समेत उत्तिकै महत्वपूर्ण भूमिका खेल्नेछ ।”

पोखरा:  प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितमा समूह ‘डी’ तर्फको विजेता र उपविजेता बन्दै पर्वत र बागलुङ क्वाटरफाइलन प्रवेश गरेको छन् ।  गण्डकी प्रदेशको ११ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा ११ जिल्लालाई चार समूहमा विभाजन गरिएको छ । चारसमूह मध्ये समूह ‘डि’ तर्फको खेलमा जिल्ला भलिबल संघ पर्वतले बागलुङलाई २–० सोझो सेटमा पराजित गर्दै पर्वत समूह विजेता बन्दै क्वाटरफाइनल स्थान पक्का गरेको हो । पर्वतसँग पराजित भएको बागलुङ समूह उपविजेता बन्दै क्वाटरफाइलन प्रवेश गरेको छ ।  पर्वतले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१५ को सेटमा बागलुङलाई पराजित गरेको हो ।  समूह ‘ए’ को पहिलो खेलमा जिल्ला भलिबल संघ म्याग्दीले कास्कीलाई सोझो सेटमा पराजित गरेको छ । म्याग्दीले पहिलो सेट २५–०६ र दोस्रो सेट २५–१० ले जिल्ला भलिबल संघ कास्कीलाई पराजित गरेको हो ।  यस्तै समूह ‘बी’को पहिलो खेलमा जिल्ला भलिबल गोरखाले तनहुँलाई २–० को सोझो सेटमा पराजित गरेको छ । गोरखाले पहिलो सेट २५–१९ ले तनहुँलाई पराजित गरेको थियो । दोस्रो सेटमा १५–२० ले पछाडि परेको गोरखाले उत्कृष्ट पूनरागमन गर्दै २५–२१ ले तनहुँलाई पराजित गरेको थियो ।  समूह ‘सी’ तर्फको पहिलो खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले मुस्ताङलाई २–० को सोझो सेटमा पराजित गरेको छ । स्याङ्जाले पहिलो सेट २५–०४ र दोस्रो सेट २५–१४ ले मुस्ताङलाई पराजित गरेको हो ।  यस्तै समूह ‘ए’ तर्फको दोस्रो खेलमा जिल्ला भलिबल कास्कीले लमजुङलाई २–० को सोझो सेटमा पराजित गरेको छ । कास्कीले पहिलो र दोस्रो सेट क्रमशः २५–१९, २५–१९ ले पराजित गरेको हो । पहिलो खेलमा म्याग्दीसँग २–० को सोझो सेटमा पराजित भएको कास्कीले दोस्रो सेटमा लमजुङलाई पराजित गर्दै क्वाटरफाइलनमा पुग्ने सम्भावना कायमै राखेको छ ।  यस्तै समूह ‘बी’ तर्फको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुरले गोरखालाई २–१ को सेटमा पराजित गरेको छ । नवलपुरले पहिलो सेट ०९–२५ ले गुमाएको नवलपुरले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२२ र तेस्रो सेट २५–१६ले गोरखालाई पराजित गरेको हो ।  यस्तै समूह ‘सी’ तर्फको दोस्रो खेलमा जिल्ला भलिबल मनाङले मुस्ताङलाई २–० सेटमा पराजित गरेको छ । प्रतिस्पर्धात्मक रुपमा भएको पहिलो सेट मनाङले २६–२४  दोस्रो सेट २५–२० ले जितेको हो । समूह चरणको दुवै खेलमा पराजित भएको मुस्ताङ खेलबाट बाहिरिएको छ । समूह ‘सी’ बाट समूह विजेता र उपविजेता बन्दै क्वाटरफाइलन प्रवेशका लागि जिल्ला भलिबल संघ स्याङ्जा र मनाङबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।  ११ जिल्लालाई चार समूहमा विभाजन गराएर सञ्चालन भएको प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भएको छ । शुक्रबार लिग चरणका तीन खेल र क्वाटरफाइनलका खेल सञ्चालन हुनेछ । लिग चरणतर्फ समूह ‘ए’ तर्फ जिल्ला भलिबल संघ म्याग्दी र लमजुङ, समूह ‘बी’ तर्फ जिल्ला भलिबल तनहुुँ र नवलपुर र तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र मनाङबीच प्रतिस्पर्धा हुनेछ ।  प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता असार १६ गते सम्म सञ्चालन हुने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।  प्रतियोगितामा पहिलो हुने समूहले नगद १ लाख, दोस्रो हुने समूहले ७० हजार र  तेस्रो हुने समूहले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५÷५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।