पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।  पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको ल...

काठमाडौं:     नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपाल लिमिटेडले २५ लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ । युनिलिभरले नेपालमा महिला फुटबल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रायोजन गरेको हो ।  प्रायोजनसम्बन्धी सम्झौता पत्रमा मङ्गलबार युनिलिभर नेपालका कार्यकारी निर्देशक आमलाल मुखर्जी र एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि गरिएको हो । सम्झौता अनुसार युनिलिभरले एन्फामार्फ महिला फुटबल टोलीलाई आर्थिक सहयोग प्रदान गर्ने र एन्फाले युनिलिभरको बजार प्रवर्द्धनमा सहयोग गर्नेछ ।  दुई पक्षबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री लिम्बूले युनिलिभरले महिला फुटबलमा गरेको सहयोगको लागि उच्च सम्मान रहेको बताए ।    ‘‘महिला खेलाडीले सीमित स्रोत साधनबीच देशको नाम उच्च बनाउन कडा मिहेनत गरेका छन् । सरकारले खेलाडीलाई पर्याप्त सहयोग गर्न सकिरहेको अवस्था छैन । खेलकुदको विकासका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहयोगको आवश्यकता छ । युनिलिभर जस्तै निजी क्षेत्रको सहयोगले खेलकुद माथि जाने हो । खेलकुदको सुधार र विकासका लागि सरकारले खेलाडीको बीमा, भौतिक संरचना निर्माण र चुस्त व्यवस्थापन जस्ता कार्यमा विशेष ध्यान दिनेछ,’’ मन्त्री लिम्बूले भने ।    यस्तै राष्ट्रिय टोलीकी कप्तान एञ्जीला तुम्बापो सुब्बाले युनिलिभरको सहयोगले महिला फुटबल खेलाडीमा उत्साह थपेको बताए । उनले यस्तो सहयोगले महिला सशक्तीकरण र भविष्यमा फुटबल खेल्न चाहने नयाँ महिला खेलाडीलाई पनि प्रेरणा मिल्ने बताईन् ।    एन्फाका अध्यक्ष नेम्बाङले युनिलिभरको सहयोग नेपाली महिला फुटबलका लागि ऐतिहासिक क्षण भएको बताए । उनले महिला विश्वकप अगाडि गरिएको सहयोगले महिला टोलीमा नयाँ जोस थपेको बताए । उनले भने , ‘‘ एन्फाले नेपाली महिला फुटबलले सकेसम्म सन् २०२७ को विश्वकप र नसके २०३१ को विश्वकप खेल्ने गरी योजना बनाएको छ । यस सहयोगले महिला टोलीले विश्वकप खेल्ने लक्ष्यमा सहयोग गर्नेछ ।’’  युनिलिभरका कार्यकारी निर्देशक मुखर्जीले नेपाली महिला फुटबल टोलीसँग जोडिन पाउनु खुसीको क्षण भएको बताए । उनले यस सहयोगले महिला टोलीको प्रदर्शनमा सुधार आउने विश्वास समेत गरे।  नेपालले सन् १९८० मा पहिलो पटक महिला टोली तयार गरेको थियो । सन् १९८६ मा हङकङसँग पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको नेपाली टोली अहिले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेको छ ।  एसियाड तयारीकै लागि महिला टोलीले हालैमात्र बङ्गलादेशसँग दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेर स्वदेश फर्किएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो । 

काठमाडौं:    नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल भलिबल सङ्घले विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी श्रेष्ठलाई राष्ट्रिय टोलीको नयाँ कप्तानका रुपमा नियुक्त गरेको हो । गएको महिना नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाएर श्रेष्ठलाई नियुक्त गरिएको हो । सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासनको पालना नगरेको आरोपमा थापालाई कप्तानबाट हटाइएको थियो । एसियन गेम्समा श्रेष्ठको कप्तानीमा नेपालले प्रतियोगिता खेल्नेछ । सन् २०१८ मा इन्डोनेसियामा खेल्दा श्रेष्ठ टोलीका सदस्य थिए । सन् २०१५ मा बङ्लादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका उनी त्यसयता निरन्तर टोलीमा रहेका छन् ।  

काठमाडौं:     एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ सँगको खेलमा टस जितेको छ । श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।  प्रतियोगितामा नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएईको ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । त्यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

काठमाडौं:    एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा हुनेछ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै, भारतले यूएई ‘ए’ लाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा यूएई, पाकिस्तान र भारतको ‘ए’ टोली छन् । त्यस्तै, समूह ‘ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

काठमाडौंः     वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै सिरिज पनि जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा नेपाल ४(२ ले विजयी भयो । यसअघि पहिलो खेल १(१ को बराबरीमा सकिएको थियो । दोस्रो मैत्रीपुर्ण खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा अन्जनाले दुई पेनाल्टी प्रहार बचाएकी थिइन् । उनी ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । नेपालका लागि टाइब्रेकरमा सावित्रा भण्डारी र हिरा भुजेलले सुरुवाती दुई प्रहारमा गोल गरिन् ।बंगलादेशका सम्सुन्नाहारले पहिलो प्रहार गोल गर्दा गोलरक्षक अन्जना राना मगरले शेउली अजीमको दोस्रो प्रहार विफल पारिन् । नेपालका लागि अन्जना रानामगरको तेस्रो प्रहार पोस्टमा लागेर गोल नहुँदा उनले मारिया मान्डाको प्रहार विफल पारिन् । दिपा शाहीले नेपालको लागि चौथो प्रहार गोल भएको थियो । बंगलादेशका लागि मोनिका चक्माले चौथो प्रहारमा गोल गरिन् । अनिता केसीले पाँचौ प्रहारमा गोल गर्दै नेपालको जित पक्का गरिन् । खेलमा बंगलादेशसँग केही दबाबमा रहेको नेपालले गोलका लागि उत्कृष्ट अवसर सृजना गर्न सकेन । खेलको चौथो मिनेटमा नै बंगलादेशकी मिडफिल्डर मोनिका चक्माको फ्रिकीकमा कप्तान सविना खातुनको प्रहार क्रसबारमा लाग्दै गोललाईनबाट गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले रोक्दा बंगलादेशका खेलाडीबीच तालमेल नमिल्दा डिफेन्डरले क्लीयर गरिन् । खेलको ४३ औं मिनेटमा सावित्रा भण्डारीको फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले सहजै बचाईन् । खेलको ४४ औं मिनेटमा साम्बाको प्रहर गोलरक्षकले बचाइन् । खेलको ८२ औं मिनेटमा सवित्रा भण्डारीको फ्रिकीक गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो । नेपाल र बंगलादेशले पहिलो मैत्रीपुर्ण खेलमा १–१ को बराबरी गरेका थिए । गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो।

पोखरा:     खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्टार कफीले जितेको छ ।  पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार राती सम्पन्न फाइनल खेलमा बाइलेज एफसी लेकसाइडलाई २–१ गोलअन्तरले हराउँदै स्टार कफिले उपाधि चुम्दै नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता बाइलेजले २५ हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।  बाइलेज एफसीका नकुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बाइलेजकै गोलरक्षक मुमिन तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । स्टार कफिका शन्दिप तामाङले सर्वाधिक गोलगर्दै उच्च गोलकर्ताको ट्रफि हात पारे । उनले कुल ८ गोल गरे । सनराइज एफसीका विरेन पुलामी मगर उदयीमान खेलाडी घोषित भए । उत्कृष्ट सबैले ट्रफि हात पारे । ३६ टिमको सहभागिता रहेको प्रतियोगितामा सनराइज एफसी काठमाडौं अनुसाशित टिम घोषित भयो । प्रतियोगिता दुई दिनसम्म संचालन भएको थियो ।

काठमाडौं:   नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट हटाएकाे छ ।   सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।   सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेपछि गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो ।   महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।   छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल संघलाई सुझाव दिएको छ ।   यस्तै विवादित  खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरेको छ ।    

काठमाडौं:    टिप टप हेल्प नेपाल र नेपाल पुलिस क्लबले सातौँ एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् (राखेप) कभर्डहल कोर्टमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा पुलिस च्याम्पियन बनेको हो ।  पुरुषको फाइनलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । हेल्प नेपालले २५–१९, ११–२५, २५–१८, २५–१८ को नजिता निकाल्न सफल भयो । उपाधिसँगै हेल्प नेपालले ६ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले तीन लाख रुपियाँमा चित्त बुझायो । तेस्रो भएको आर्मीले एक लाख ५० हजार र चौथो भएको एपिएफले ७५ हजार रुपियाँ पुरस्कार पायो । पुरुषतर्फ विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबसँगै, साबिक विजेता आर्मी, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप र दावाँली मिलन क्लब काठमाडौं गरी सात टोलीको सहभागिता रहेको थियो ।  यसैगरी महिलातर्फ पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो । पुलिसले २५–१२, २१–२५, २५–२३, २५–१९ को नतिजा निकालेको थियो । उपाधिसँगै पुलिसले ६ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता एपिएफले तीन लाख, तेस्रो भएको न्यू डायमन्डले एक लाख ५० हजार र चौथो भएको त्रिभुवन आर्मीले ७५ हजार रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिलातर्फ पुलिसकी पुनम चन्द र पुरुषतर्फ हेल्प नेपालका अईमल खान घोषित हुनुभयो । सर्वोत्कृष्ट दुवैलाई जनही ३५ हजार रुपियाँ प्रदान गरियो । यस्तै नेपाल पुलिसकी शान्तिकला तामाङ्ग उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाईकर, रुपेश बिष्ट उत्कृष्ट प्रशिक्षक र सुमित्रा रेग्मी उदिमान खेलाडी घोषित हुनुभयो । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित हुनुभयो ।  पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाईकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदियमान खेलाडीमा पुलिसका रविन चन्द चुनिनुभयो । विधागततर्फका उत्कृष्ट सबैले जनही १५ हजार र उदियमान खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।  लिगमा महिलातर्फ नेपाल पुलिस क्लब, होङ्गवाङ्गजी न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब  बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीले भाग लिएका थिए ।

काठमाडौं:  काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।   आज भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले एपिएफलाई २५–२२, २५–१३ र २५–१५ को सहज जीत निकाल्यो ।   हेल्प नेपाल ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ दोस्रो स्थानमा छ ।   त्रिभुवन आर्मी क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ । आर्मी र हेल्प नेपालबीच ५ बजे खेल हुनेछ । उक्त खेलमा हेल्प नेपाल विजयी भएमा स्वत फाइनलमा पुग्नेछ ।   आर्मी फाइनलमा पुग्न ३–१ को सेटको जित हात पार्नुपर्ने हुन्छ । महिलातर्फ पुलिस शीर्ष र एपिएफ दोस्रो स्थानमा हुँदै फाइनलमा पुगेका छन् । महिला र पुरुष दुबैतर्फको फाइनल शनिबार हुनेछ ।