पोखरा: गण्डकी प्रदेश भलिबल संघले किङ्स कप भलिबल प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ । उक्त प्रतियोगिताका लागि गण्डकी प्रदेश भलिबल संघले खुम प्रसाद पाण्डे (हरि)को कप्तानीमा १२ सदस्यिय टोलीको घोषणा गरेको हो । टोलीमा नवलपुरबाट र बागलुङबाट ४–४, तनहुँ, कास्की, स्याङजा र म्याग्दीबाट १–१ जना खेलाडी समावेश छन् । टोलीमा धन बहादुर चौधरी (नवलपुर), किरण गुरौ (नवलपुर), सन्तोष राना (नवलपुर), हिमाल सुनारी मगर (नवलपुर), रवि केसी (बागलुङ), इन्द्र बहादुर विक (बागलुङ), कुन्जन शाही ठकुरी (लिवेरो) (बागलुङ), जिवन सुनार (बागलुङ), विवश आले मगर (तनहुँ), सुजन चोखाल (म्याग्दी) र विजय परियार (कास्की) रहेका छन् । टोलीको प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा जिवन भण्डारी र व्यवस्थापकमा जिवन रायमाझी रहेका छन् । किङ्स क्लव काठमाण्डौको आयोजनामा उक्त प्रतियोगिता यहि साउन २२ देखि २७ गते सम्म सञ्चालन हुँदैछ । प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ । तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।
काठमाडौँ: ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । ‘क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ होला । त्यसैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु’, पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति पढ्दै मल्लले भनेका छन् । उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको पनि उनको भनाई छ ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीको कास्कीका निर्वाचन क्षेत्र समितिको संयुक्त आयोजनामा पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ । प्ले फर फेलोसिप अन्तर क्षेत्र हुन लागेको फुटसल प्रतियोगिता आगामी (साउन) २० गते शनिबार मुस्ताङचोक फुटसल जोनमा हुनेछ । हालसम्म प्रतियोगितामा ६ टिमको दर्ता भइसकोको प्रतियोगिताका मिडिया संयोजक श्रीकृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार प्रतियोगितमा सहभागी हुने टिमले कास्की क्षेत्र नम्बर १ मा सुजन बस्ताकोटी, क्षेत्र नम्बर २ मा संयोजक पोखरेल र क्षेत्र नम्बर ३ मा सहसंयोजक अधिकारीसँग समन्वय गर्नुपर्ने छ । यस्तै, महानगरबाट प्रतिनिधित्व गर्ने टिमले नारायण आचार्य र प्रदेशको टिमले नवीन त्रिपाठीसँग समन्वय गर्नुपर्ने गरी जिम्मेवारी तोकिएको प्रतियोगिताका मिडिया संयोजक न्यौपानले बताए । प्रतियोगितमा सहभागी हुनका दर्ता शुल्क २ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले विभिन्न कार्यक्रमसहित स्थापना दिवस मनाउने भएको छ । २४ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम, मैत्रीपूर्ण फुटसल प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम गरी भव्यताकासाथ स्थापना दिवस मनाउने तयारीमा रहेको फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले जानकारी दिए । उनका अनुसार आगामी २३ गते आदिवासी जनजाति संगठनका अगुवाहरुको उपस्थितिमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । यस्तै २५ गते शुक्रबार पोखरामा क्रियाशिल पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिने प्रतियोगिता संयोजक प्रविण थापामगरले बताए । ‘आपसी भाइचारा मजबुद बनाउने उद्देश्यसहित २४ औं स्थापना दिवसको अवसरमा पोखरामा क्रियाशिल पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसलको आयोजना गरेका छौं, उनले भने, ‘आयोजक फोनिजको पुरुष र महिला, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पुरुष टिम र नेपाल पत्रकार महासंघ कास्कीको महिला टिम गरी ४ टिमको सहभागिता रहनेछ ।’ संयोजक थापामगरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै २७ गते पोखरा २५ स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा स्थापना दिवसको अवसरमा ‘कञ्चन पत्रकारिता पुरस्कार –२०८०’ अर्पण गरिनेछ । यस वर्षको उक्त पत्रकारिता पुरस्कार कास्कीबाट हुम बहादुर तमु र मुस्ताङका सुन्दर कुमार थकालीलाई अर्पण गरिनेछ । फोनिज गण्डकीले सञ्चालन गर्दै आएको सो पुरस्कार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
काठमाडौं: काठमाडौंमा आजोजना हुने दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । किंग्स क्लब काठमाडौंले आगामी साउन २३ देखि २७ गतेसम्म ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा आयोजना हुने ‘दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको’ तयारी तिब्र पारिएको संस्थाका अध्यक्ष अञ्चल शाहीले जानकारी दिए । उनका अनुसार घान्द्रुक दुर्घटनामा ज्यान गुमाएका क्लबका सक्रिय सदस्य बिनय पन्तको स्मृतिमा सो प्रतियोगिता सञ्चालन हुदै आएको छ । उनले सो प्रतियोगिताको विजेता टिमलाई नगद रु २ लाख २ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टोलील १ लाख १ हजार तथा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने समुहले ५० हजार ५ सय रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै चौथो हुने समुहलाई पनि हौसला प्रदान गर्दै २० हजार २ सय रुपैयाँले पुरस्कृत गरिनेछ । अध्यक्ष शाहीले विधातर्फ सर्वोकृष्ट खेलाडीलाई ८ हजार, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकउत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक जनही ३÷३ हजार प्रदान गरिने बताए । उनका अनुसार सो प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ क्लब, आर्मीको जगदल गण, गण्डकी प्रदेश, जिएम समाज नवलपुर, खोटाङ हलेसी पूर्व, किंग्स क्लब काठमाडौं, न्युटन स्कुल लगायतका टिमहरुले सहभागीता आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गर्नुभएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन टोली हो । प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि मद्दत पुग्नेछ । यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।
काठमाडौं: वुमेन्स वर्ल्डकप २०२३ काे नतिजा समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई २–२ को रोमाञ्चक बराबरीमा रोक्दै खेलमा फर्किएको छ । अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने लिन्डा माटिहालो र थेम्बी केगाटलानाले गोल गरेका थिए । संयोगले महिला विश्वकपमा दक्षिण अफ्रिकाले जितेको यो पहिलो अंक हो, तर स्पष्ट जित हात पार्न नसकेकोमा उसाई पछुताउ भने रहनेछ । यो नतिजापछि दुवै टिम समान एक एक अंकमा समूह ‘जी’ को पुछारमा रहेकाे छ ।
काठमाडौं: चीनको हान्झोउमा सेप्टेम्बर अन्त्यबाट सुरु हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली महिला फुटबल टोली प्रशिक्षणमा छ । यतिबेला २२ सदस्यीय महिला टोलीले प्रशिक्षण गरिरहेको छ । टोलीलाई बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहेका छन् । उनीसँगै राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्यले पनि सहजीकरण गरिरहेका छन् । यी हुन् प्रशिक्षणमा रहेका खेलाडीहरु:- फरवार्ड (६ जना)- सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल मिडफिल्डर (६ जना )- रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही डिफेन्डर (७ जना)- अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे गोलरक्षक (३ जना)- अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ एसियाली खेलकुदको महिला फुटबल प्रतिस्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । ५ समूहका शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् । समूह विभाजन यसप्रकार छ:- समूह ए – चीन, उज्बेकिस्तान, मंगोलिया समूह बी – चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत समूह सी – उत्तर कोरिया, सिंगापुर, कम्बोडिया समूह डी – जापान, भिएतनाम, नेपाल, बंगलादेश समूह ई – दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार
काठमाडौं: एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ । ब्लूमफिल्ड टोलीमा श्रीलंकाबाट खेलिसकेका खेलाडी पनि छन् । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ । नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ मा मुल्तानमा हुनेछ । त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौं १८ मा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।