पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:     राष्ट्रिय फुटसल टोलीको क्लोज क्यापमा पोखरेली सुमित श्रेष्ठसँगै २५ खेलाडी बोलाइएका छन्  ।  राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक गौरव बस्नेतले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटका लागि पोखरेली सुमित सहित २५ जनालाई प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । एन्फा फुटसलले भदौ २७ गते चन्द्रागिरिस्थित मत्स्य मनोरञ्जन केन्द्रमा आयोजना गरेको विभिन्न चरणको छनोटपछि टोली आएको हो । टोलीको गोलकिपरमा सुमित आले, सागर गुरुङ, आशिष दंगल, सनम शेर्पा छन्  यस्तै फिक्सोमा सुरज गुरुङ, विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान, रुपेश क्षेत्री, अलामा   रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, हेमन्त गुरुङ, अमित लामा, दिपेश घले, रोशन अधिकारी, सुमन कार्की, सुजित बुढाथोकी, अशोक दरलामी, किरण चौधरी, पिभोटमा मणि लामा, रिवास मास्के, उज्वोल शाही, मनिस सेढाई रहेका छन् ।

पोखरा:   पोखराको प्रतिष्ठित सहारा क्लबले गत वर्षको पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको छ ।   पत्रकार सम्मेलन गर्दै आज (मंगलबार) गत वर्ष सम्पन्न २२ औं आहा ! रारा पोखरा गोल्डकप २०७९, फूटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।   क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले सो प्रतियोगिताबाट कुल ३ लाख १८ हजार ६ सय ५७ रुपैयाँ बचत भएको बताए ।    उनका अनुसार प्रतियोगितामा प्रवेश शुल्क (टिकट) बाट १७ लाख ८६ हजार ९ सय ३० रुपैयाँसहित कुल आम्दानी ९४ लाख ६५ हजार ६ सय २६ रुपैयाँ भएको थियो भने खर्च ९१ लाख ४६ हजार ९ सय ६९ भएको थियो ।   कुल १० टिमको प्रतिस्पर्धा रहेको सो प्रतियोगिताको उपाधि संकटा क्लब काठमाण्डौंले जितेको थियो ।   सहारा क्लबले ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने नारासहित क्लबद्वारा सञ्चालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई सहयोग गर्दै आएको छ ।  

पोखरा:     खेलकुद विकास मञ्च पोखरा र खेलकुद पत्रकार मञ्च गण्डकीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार विहान मैत्रीपुर्ण प्रतियोगिता सम्पन्न भएको हो ।  प्रतियोगितामा खेलकुद विकास मञ्चले खेलकुद पत्रकार मञ्च गण्डकीलाई ६-३ गोलअन्तरले हराउँदै विजयी भयो ।  मैत्रीपुर्ण खेलको समापनमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले आफुहरुले जिल्लाको नेतृत्व गर्न पाएपनि अधिकार भने निकै सिमित रहेको बताए ।  उनले पछिल्लो समय कास्कीको फुटबल खेल सस्कदै गएको र युवा खेलाडीहरुले खेलकुदपत्रकारसँग मैत्रीपूर्ण खेल खेल्दै खेलकुदको विकास आवश्यक रहेको सन्देश दिएको बताए । ‘हिजो कास्कीको फुटबलको स्तर कहाँ थियो र आज कहाँ छ त्यो सबैलाई थाहा भएकै कुरा हो । हिजोका दिनसम्म राष्ट्रिय टिममा कास्कीको खेलाडी नपरेको समय नै हुनेथिएन तर आज कास्कीका खेलाडी राष्ट्रिय टिममा पर्नै छाडे यो फुटबलमा मात्र होइन अन्य खेलमा समेत समस्या छ’ उनले भने, ‘हामीले जिम्मेवारी त पाएका छौ तर अधिकार पाएका छैनौं । आज रंगशालाको उपभोग गर्न प¥यो भने राष्ट्रिय खेलकुद परिषदको अनुमति चाहिन्छ । हाम्रै आगनमा समेत हामीले केहि गर्न पाउँदैनौ खाली समिति बनाएर मात्रै खेलकुदको विकास हुँदैन ।’  उनका अनुसार गण्डकीको खेलकुदमा निकै अस्तव्यस्त रहेको छ । यस्तै गण्डकी प्रदेश फुटबल संघका उपाध्यक्ष मिलन गुरुङले फुटबल खेलका लागि गण्डकी प्रदेश फुटबल संघ सधैं साथ र सहयोग गर्न तयार रहेको बताए ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले मैत्रीपूर्ण खेलले दुई संस्थालाई जोड्ने काम गरेको सुनाए । उनले अरबौ रुपैयाँमा बनेको रंगशालाको उपयोग खासै नभएकोमा चिन्ता व्यक्त गरे । पोखरामा अन्तर्राष्ट्रिय स्तरको पुर्वाधार निर्माण भएपनि स्तरीय प्रतियोगिता भने खासे नभएको सुनाए । खेलकुद विकास मञ्चका अध्यक्ष विक्रम थापाले खेलकुदको विकासका लागि मञ्चको स्थापना भएको सुनाए । उनले हरेक वर्ष खेलकुद पत्रकारहरुसँग मैत्रीपुर्ण खेल खेल्दै दुई संस्थाबीच सम्बन्ध गास्ने सुनाए । फुटसल प्रतियोगिताको आयव्यय सार्वजनिक   यस्तै खेलकुद विकास मञ्चले असार २९ र ३० गते आयोजना गरेको स्व।याम (राम) बहादुर थापा स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिताको आयव्यय समेत सार्वजानिक गरेको छ । संस्थाकी उपाध्यक्ष अञ्जली भुषालले प्रतियोगिताबाट कुल एक लाख ४० हजार आम्दानी भएको छ भने दुई लाख रुपैयाँ खर्च भएको जानकारी दिइन् ।   प्रतियोगितामा टिम दर्तामार्फात ८० हजार, सहयोगमार्फत ६० हजार रुपैयाँ उठेको हो । प्रतियोगिताबाट ६० हजार रुपैयाँ घाटा भएको उनले बताइन् ।  

काठमाडौं:   चार देश सम्मिलित महिला टी– २० शृङ्खलाको खेलमा नेपाल मलेसियासँग पराजित भएपनि फाइनलमा पुगेको छ ।  आज शुक्रवार मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महतो र सीता राना मगरले १/१ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् । नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रह्यो । यस्तै हङकङ पनि उति नै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ । मलेसियाले पनि ४ अङ्क जोडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन । फाइनल खेल भोलि शनिवार हुनेछ । भोलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेको कुवेतबीच तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ ।

काठमाडौं:     चार देश सम्मिलित टी-२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको छ ।  नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् । यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।   शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं:   नेपाली महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टी-२० शृङ्खलामा हङकङलाई ६ विकेटले पराजित गरेको छ ।    मलेसियामा मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।  जितको लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रन, पुजा महतोले १६, रुविना क्षेत्रीले १०, इन्दु बर्माले नौ र सीता रानामगरले अविजित तीन रन बनाईन् ।  बलिङमा हङकङका इक्रा सहर, मारिको हिल, बिबी मर्याम र का यिंग चानले एक एक विकेट लिईन् । यसअघि बायोमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १९.१ ओभरमा सवै विकेटको क्षतिमा ८४ रन बनाएको थियो । हङकङको लागि का यिंग चानले सर्वाधिक ३४ रन बनाईन् । अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  बलिङमा नेपालका सीता रानामगरले पाँच विकेट लिईन् । इन्दु बर्माले दुई तथा कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले एक एक विकेट लिईन् । नेपालले दोस्रो खेल बुधबार कुवेतसँग र तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुई टोलीबिच शनिबार फाइनल खेल्नेछ ।  आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेत सम्मिलित सिरिज खेलेको हो । नेपालले आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरव इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेको छ ।  नेपालले पहिलो खेल ३१ अगष्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् । 

पोखरा:   गण्डकी विश्वविद्यालयको आयोजनामा ५ कि मि सडक दौड प्रतियोगिता हुने भएको छ । कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यालयहरुलाई लक्षित गर्दै विश्वविद्यालयले भदौं ९ गते सडक दौड प्रतियोगिता आयोजना गरेको हो ।  विश्वविद्यालयले आइतबार पत्रकार सम्मलेन गर्दैसमग्र खेलकुदको विकास, सम्वद्र्धन, प्रवद्र्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पु‍¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।  विद्यार्थीहरूलाई खेलकुदका कार्यक्रमहरूको योजना तर्जुमा गर्ने, कार्यक्रमहरू आयोजना गर्ने तथा त्यस्ता कार्यक्रमहरूलाई व्यवस्थापन गर्न सक्षम बनाउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक डा मधुसुदन सुवेदीले जानकारी दिए ।  प्रतियोगिता भदौं ९ गते बिहान ७ बजे सञ्चालन हुनेछ । सहभागी हुनका लागि भदौं ७ गते बेलुका ४ बजेसम्मको समय छुट्टाइएको डा सुवेदीले बताइन् । २०८० सालको कक्षा १२ को परीक्षा दिई बसेका र हाला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले दौडमा सहभागी हुन पाउनेछन् । दर्ता शुल्क २० रुपैयाँ तोकिएको छ । एकै विद्यालयबाट २५ जनाभन्दा बढी सहभागी भएमा सबैको नाम निशु्ल्क दर्ता गराइने विश्वविद्यालयले जनाएको छ ।  दौडमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीहरूले क्रमशः १० हजार, ७ हजार,५ हजार र २ हजार नगदसहित मेडल र प्रमाण पत्रको प्राप्त गर्नेछन् । निर्धारित दुरी पूरा गर्ने पहिलो १० खेलाडीलाई प्रोत्साहन गर्न मेडलको व्यवस्था गरिएको आयोजनाले जनाएको छ । । यस प्रतियोगितालाई प्राविधिक सहयोग कास्की जिल्ला एथ्लेटिक्स संघले गरको छ ।  यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक सुवेदीले बताए । २०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।  

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ १६ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा  सञ्चालन गर्ने क्लबका कोषाध्यक्ष जनक गाहामगरले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ५०  हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ ।   उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए ।   सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, गाहामगरले भने ।    यस्तै क्लबका अध्यक्ष आशिष झेडींमगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको बताउदै २०३८ सालदेखि नै खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।    सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (१ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८४७०९९१९८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ ।   

पोखरा:   तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आयोजनामा हुन लागेको प्रथम अन्तर तमु समाज सिक्स ए साइड फुटसल प्रतियोगिताको तयारी तिब्र पारिएको छ  ।   ‘स्वास्थ्य नै जिवन हो, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित स्व. विमला गुरुङको स्मृतिमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र पारिएको प्रतियोगिता संयोजक मनोज कुमार गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रथम विमला स्मृति अन्तर समाज सिक्स ए साइड फुटसल प्रतियोगिता आगामी भदौ ६ र ७ गते हस्पिटलचोकस्थित  पैयुम फुटसल मैदान सञ्चालन हुनेछ ।   सो प्रतियोगिता गुरुङ सममाजबीचको सद्भाव कायम गर्ने उद्देश्यसहित स्वं विमला गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए ।   उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३५ हजार हात पार्नेछ ।    यस्तै प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई जनही नगद रु २ हजार ५ सयसहित ट्रफि प्रदान गरिने अनुपम गुरुङले बताए ।   उनका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि  दर्ता शुल्क  नगद रु ५ हजार निर्धारण गरिएको छ ।