पोखरा:  पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोग...

काठमाडौं:     चार देश सम्मिलित टी-२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको छ ।  नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् । यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।   शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं:   नेपाली महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टी-२० शृङ्खलामा हङकङलाई ६ विकेटले पराजित गरेको छ ।    मलेसियामा मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।  जितको लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रन, पुजा महतोले १६, रुविना क्षेत्रीले १०, इन्दु बर्माले नौ र सीता रानामगरले अविजित तीन रन बनाईन् ।  बलिङमा हङकङका इक्रा सहर, मारिको हिल, बिबी मर्याम र का यिंग चानले एक एक विकेट लिईन् । यसअघि बायोमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १९.१ ओभरमा सवै विकेटको क्षतिमा ८४ रन बनाएको थियो । हङकङको लागि का यिंग चानले सर्वाधिक ३४ रन बनाईन् । अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  बलिङमा नेपालका सीता रानामगरले पाँच विकेट लिईन् । इन्दु बर्माले दुई तथा कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले एक एक विकेट लिईन् । नेपालले दोस्रो खेल बुधबार कुवेतसँग र तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुई टोलीबिच शनिबार फाइनल खेल्नेछ ।  आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपालले मलेसिया, हङकङ र कुवेत सम्मिलित सिरिज खेलेको हो । नेपालले आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरव इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेको छ ।  नेपालले पहिलो खेल ३१ अगष्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् । 

पोखरा:   गण्डकी विश्वविद्यालयको आयोजनामा ५ कि मि सडक दौड प्रतियोगिता हुने भएको छ । कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यालयहरुलाई लक्षित गर्दै विश्वविद्यालयले भदौं ९ गते सडक दौड प्रतियोगिता आयोजना गरेको हो ।  विश्वविद्यालयले आइतबार पत्रकार सम्मलेन गर्दैसमग्र खेलकुदको विकास, सम्वद्र्धन, प्रवद्र्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पु‍¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।  विद्यार्थीहरूलाई खेलकुदका कार्यक्रमहरूको योजना तर्जुमा गर्ने, कार्यक्रमहरू आयोजना गर्ने तथा त्यस्ता कार्यक्रमहरूलाई व्यवस्थापन गर्न सक्षम बनाउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक डा मधुसुदन सुवेदीले जानकारी दिए ।  प्रतियोगिता भदौं ९ गते बिहान ७ बजे सञ्चालन हुनेछ । सहभागी हुनका लागि भदौं ७ गते बेलुका ४ बजेसम्मको समय छुट्टाइएको डा सुवेदीले बताइन् । २०८० सालको कक्षा १२ को परीक्षा दिई बसेका र हाला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले दौडमा सहभागी हुन पाउनेछन् । दर्ता शुल्क २० रुपैयाँ तोकिएको छ । एकै विद्यालयबाट २५ जनाभन्दा बढी सहभागी भएमा सबैको नाम निशु्ल्क दर्ता गराइने विश्वविद्यालयले जनाएको छ ।  दौडमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीहरूले क्रमशः १० हजार, ७ हजार,५ हजार र २ हजार नगदसहित मेडल र प्रमाण पत्रको प्राप्त गर्नेछन् । निर्धारित दुरी पूरा गर्ने पहिलो १० खेलाडीलाई प्रोत्साहन गर्न मेडलको व्यवस्था गरिएको आयोजनाले जनाएको छ । । यस प्रतियोगितालाई प्राविधिक सहयोग कास्की जिल्ला एथ्लेटिक्स संघले गरको छ ।  यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक सुवेदीले बताए । २०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।  

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ १६ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा  सञ्चालन गर्ने क्लबका कोषाध्यक्ष जनक गाहामगरले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ५०  हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ ।   उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए ।   सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, गाहामगरले भने ।    यस्तै क्लबका अध्यक्ष आशिष झेडींमगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको बताउदै २०३८ सालदेखि नै खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।    सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (१ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८४७०९९१९८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ ।   

पोखरा:   तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आयोजनामा हुन लागेको प्रथम अन्तर तमु समाज सिक्स ए साइड फुटसल प्रतियोगिताको तयारी तिब्र पारिएको छ  ।   ‘स्वास्थ्य नै जिवन हो, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित स्व. विमला गुरुङको स्मृतिमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र पारिएको प्रतियोगिता संयोजक मनोज कुमार गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रथम विमला स्मृति अन्तर समाज सिक्स ए साइड फुटसल प्रतियोगिता आगामी भदौ ६ र ७ गते हस्पिटलचोकस्थित  पैयुम फुटसल मैदान सञ्चालन हुनेछ ।   सो प्रतियोगिता गुरुङ सममाजबीचको सद्भाव कायम गर्ने उद्देश्यसहित स्वं विमला गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए ।   उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३५ हजार हात पार्नेछ ।    यस्तै प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई जनही नगद रु २ हजार ५ सयसहित ट्रफि प्रदान गरिने अनुपम गुरुङले बताए ।   उनका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि  दर्ता शुल्क  नगद रु ५ हजार निर्धारण गरिएको छ । 

काठमाडौं:     राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गण्डकी प्रदेशको पोखरा लगायत आठ जिल्लामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को आय–ब्यय सार्वजनिक गरेको छ । नवौं आयोजनाको क्रममा ब्यवस्थापकीय र आर्थिक दृष्टिले आलोचित बनेको राखेपले प्रतियोगिता सकिएको १० महिनापछि बुधबार खर्च विवरण सार्वजनिक गरेको हो । प्राविधिक र प्रक्रियागत कारणले खर्च सार्वजनिक गर्न केही समय ढिला भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । ‘‘प्रतियोगिता दशैं र तिहारको बीचमा भयो । लगत्यै मंसिरमा भएको निर्वाचनमा राखेप कर्मचारी खटिनुपर्ने अवस्था आयो । विभिन्न शीर्षकको रकम रकमान्तरको प्रक्रिया पूरा गर्न २०८० को असार मसान्तको पहिलो सातासम्म लाग्यो । त्यसपछि खर्चको एकिन विवरण सार्वजनिक गर्न सकिएको हो,’’ सदस्य सचिव घिसिङले भन्नुभयो ।  घिसिङले नवौं प्रतियोगिता आठौंभन्दा भिन्न हिसावले भएको र कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता थप ब्यवस्थित र संघीयताको मर्मअनुसार आयोजना गरिने दावी पनि गर्नुभयो । ‘‘१०औं को मोडालिटी पूर्ण परिवर्तन हुनेछ । पूर्वाधार निर्माण, खेलाडीको खेल पोशाक, किट्स, बसोबास, खेल स्थलको ब्यवस्थापन जस्ता विषयलाई प्रदेशकै जिम्मा लगाईने छ । यसको विषयमा राखेपले थप अध्ययन गर्नेछ,’’ घिसिङले भन्नुभयो ।   नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि नेपाल सरकारले ६० करोड १० लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो । त्यससँगै राखेपले प्रायोजक, टिकट विक्री र बीमा संस्थानबाट ५१ लाख ५२ हजार सात सय रुपियाँ प्राप्त गरेको थियो । सरकार र प्रायोजक लगायतबाट कूल ६० करोड ६१ लाख ५२ हजार ७०० रुपियाँ प्राप्त गरेको राखेपले प्रतियोगिता सम्पन्न गर्न ५३ करोड ७९ लाख ४ हजार २३९ रुपियाँ खर्च गरेको उल्लेख गरेको छ ।  ६ करोड ८२ लाख बचत  प्रतियोगिता आयोजना खर्च कटाएर ६ करोड ८२ लाख ४८ हजार ४६० रुपियाँ बचत गरेको पनि राखेपले जनाएको छ । राखेपले नवौंमा सहभागी खेलाडीले पाउने रकम सम्बिन्धित खेलाडीको खातामा पठाएको जानकारी पनि सदस्य सचिव घिसिङले दिनुभयो ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन हजार ४१४ पुरुष र दुई हजार ७१३ महिला गरी कूल ६ हजार १२७ खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कांस्यसहित कूल एक हजार ३४७ पदका प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सात प्रदेश, विभागीय तीन र एनआरएनए गरी ११ टिमले भाग लिएका थिए । जसमा विभागीय टोली त्रिभुवन आर्मी टिम च्याम्पियन बनेको थियो । राखेपले पहिलो पटक टिम च्याम्पियन टोलीलाई १० लाख रुपियाँको छुट्टै च्याम्पियन ट्रफी पुरस्कारको समेत ब्यवस्था गरेको थियो । 

काठमाडौं:    भुटानको लिग च्याम्पियन पारो एफसीमाथि कठिन जित निकाल्दै नेपालको मच्छिन्द्र क्लब एएफसी कप-२०२३ को दोस्रो चरणमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको प्रारम्भिक चरणको खेलमा मच्छिन्द्रले पारो एफसीलाई ३-२ गोलले हरायो । मच्छिन्द्रले सुरुवातमा पछि परेको अवस्थालाई उल्टाएर पुनरागमन जित निकालेको हो । खेलको अन्तिम १५ मिनेट उत्कृष्ट प्रदर्शन गरेको पारोको बराबरी गोल फर्काउने प्रयास सफल भएन । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको मच्छिन्द्रले दोस्रो हाफमा लय गुमाएको थियो ।  मच्छिन्द्रको जितम विमल घर्तीमगर, आयुष घलान र अ‍ोलावाले अफिजले गोल गरे । पारोका लागि काजुअ‍ो होमा र इभनास असान्तेले गोल गरे । पारोले सातौं मिनेटमै अग्रता  काजुओले मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको कमजोरीमा पोस्ट् नजिकबाट गोल गरेका थिए ।    तर पारोको अग्रता लामो समय टिकेन । १२औं मिनेटमा वीमल घर्तीमगरले उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा ल्र्या । तीन मिनेट लगत्तै आयुश घलानले  विमलको पासमा गोल गर्दै मच्छिन्द्रको  अग्रता दोब्बर बनाए । त्यसपछि ओलावाले अफिजले ३८औं मिनेटमा उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई ३–१ अग्रता दिलाए । पारोका इभनासले ७०औं मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्दै टोलीलाई पुनः खेलमा फर्काउने प्रयास गरे ।   चार हजार दर्शकको साथ पाएको मच्छिन्द्र अन्तिममा अग्रता जोगाउन अत्तालिएको थियो । अन्तिममा मच्छिन्द्रको पोस्ट्मा लगातार प्रहार गरेपनि पारोको बराबरी गोल र्फाउने प्रयास सफल भएन । मच्छिन्द्रले शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेताको रुपमा एएफसी कप खेलेको हो । नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन बनेपनि चर्च ब्वाइज युनाइटेडको एएफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले मौका पाएको हो । मच्छिन्द्रले गतवर्ष पनि प्रारम्भिक चरणमा श्रीलङ्काको क्लब ब्लु स्टारसँग घरेलु मैदानमै एएफसी खेलेको थियो । तर मच्छिन्द्रको यात्रा दशरथ रङ्गशालाबाट अगाडि बढ्न सकेको थिएन । मच्छिन्द्रले अब दोस्रो चरणमा भारतको सुपर लिग टोली मोहन बगानसँग अगष्ट १६ तारिख खेल्नेछ ।

पोखरा:   गण्डकी प्रदेशको राजधानी पोखराबाट १ सय ५ जना खेलाडी यू–१९ फुटबलका लागि छनौट भएका छन् ।   मुख्य प्रशिक्षक किरण श्रेष्ठको टोलिले पोखराको रङ्गशालामा भएको २ दिने छनौट चरणबाट १ सय ५ जना चुनेका हुन् ।   गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङका अनुसार छनौट हुनेमा कास्कीबाट २६ जना, नवलपुरबाट १६, बागलुङबाट ३, लमजुङबाट १०, तनहुँबाट १७, स्याङजाबाट ११, गोरखाबाट ९, पर्वतबाट १ र म्याग्दीबाट ७ जना  छनौट भए ।    गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाट खेलाडी छनौटमा नपरेको गुरुङले जानकारी दिए । यद्यपी पाल्पा, सुनकोशी, डोल्पाबाट १/१ जना परेका छन् भने नवलपरासीबाट २ जना चुनिएका छन् ।   ‘हामीले केन्द्रसँग समन्यव गरेर नै काम गरेका छौं, खेलाडीलाई जहाँ पायक पर्छ त्यही छनौट गर्न पाउने व्यवस्था मिलाएका कारण पोखराबाट अन्य प्रदेशका ५ जना खेलाडी भाइहरु पनि छनौट हुनुभाछ,’ गुरुङले भने ।   अब उनीहरु अन्तिम छनौटका लागि काठमाडौं जानेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)  का अनुसार अन्तिम छनौट आगामी अगष्ट ११ देखि १५ तारिखसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।   नेपालका लागि अन्तिम छनौट भएपछि आगामी सेप्टेम्बर २१–३० सम्म आयोजना हुने एएफसी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।   गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङका अनुसार छनौट प्रतियोगितामा  २ सय ७२ बढी खेलाडी सहभागि थिए ।  

पोखरा:   गण्डकी प्रदेश भलिबल संघले किङ्स कप भलिबल प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ ।   उक्त प्रतियोगिताका लागि गण्डकी प्रदेश भलिबल संघले खुम प्रसाद पाण्डे (हरि)को कप्तानीमा १२ सदस्यिय टोलीको घोषणा गरेको हो ।   टोलीमा नवलपुरबाट र बागलुङबाट ४–४, तनहुँ, कास्की, स्याङजा र म्याग्दीबाट १–१ जना खेलाडी समावेश छन् ।   टोलीमा धन बहादुर चौधरी (नवलपुर), किरण गुरौ (नवलपुर), सन्तोष राना (नवलपुर), हिमाल सुनारी मगर (नवलपुर), रवि केसी (बागलुङ), इन्द्र बहादुर विक (बागलुङ), कुन्जन शाही ठकुरी (लिवेरो) (बागलुङ), जिवन सुनार (बागलुङ), विवश आले मगर (तनहुँ), सुजन चोखाल (म्याग्दी) र विजय परियार (कास्की) रहेका छन् ।   टोलीको प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा जिवन भण्डारी र व्यवस्थापकमा जिवन रायमाझी रहेका छन् ।   किङ्स क्लव काठमाण्डौको आयोजनामा उक्त प्रतियोगिता यहि साउन २२ देखि २७ गते सम्म सञ्चालन हुँदैछ ।   प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।   तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।