पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।  पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको ल...

पोखरा:  यू–१६ राष्ट्रिय फुटबल टोलीका लागि गण्डकी प्रदेशबाट ४५ जना छनौट भएका छन् ।   एन्फा गण्डकी प्रदेशका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट मनाङ र पर्वतबाट २÷२ जना, गोरखाबाट ८, कास्कीबाट ९, नवलपुरबाट १० जना, स्याङ्जाबाट ४, लम्जुङबाट ४, बागलुङबाट १ र तनहुँबाट ५ जना गरी कुल ४५ जना छनौट भएका हुन् ।   एन्फा गण्डकीले आइतबार र सोमबार गरी दुई दिन सञ्चालन गरेको छनौट प्रतियोगिताबाट कुल ४५ जना छनौट गरिएको गुरुङले बताए ।    छनौट प्रतियोगिताको निर्णायकमा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङ रहेका थिए ।   एन्फा गण्डकी वरिष्ठ उपाध्यक्ष एवं छनौट कार्यक्रमका संयोजक मिलन गुरुङका अनुसार छनौट प्रतियोगिताका लागि ९ जिल्लाबाट २ सय १८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।   गण्डकीबाट छनौट भएका खेलाडीहरुले यहि साउन १६ देखि २० सम्म काठमाण्डौमा हुने अन्तिम छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।  

पोखरा:   लमजुङको जिताकोटमा सम्पन्न विष्णु बहादुर गुरुङ एण्ड मन्जाबहादुर गुरुङ रनिङ शिल्डको उपाधि पोखराको गन्नी एफसीले जितको छ ।   जिताकोट गोल्डेन फ्युचर युवा क्लबद्वारा साउने संक्रान्तिको अवसरमा आयोजित फाइनल खेलमा सुन्दरबजार एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै गन्नी एफसीले उपाधि जितेको हो ।   उपाधिसँगै गन्नीले (१ सय तोला बराबरको चाँदीको) रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख १५ हजार प्राप्त गर्याे ।     यस्तै उपाविजेता बनेको सुन्दरबजारले मेडल र प्रमाणपत्रसहित नगद रु ७० हजार प्राप्त गर्याे ।   सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नीका अनुज भण्डारी घोषित भए ।   यस्तै सर्वाधिक गोलकर्ताका रुपमा १० गोल गरेका रोशन क्षेत्री पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आकाश रानाभाट घोषित भए ।   कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा  फेयर प्लेको ट्रफी १० हजारसहित केवाइसी खमारीबोटले जितेको थियो ।    विजेता तथा उपविजेता टोलीलाई मध्यनेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा:  पोखरामा गण्डकी प्रदेशस्तरिय यू–१६ फुटबल छनौट प्रतियोगिता सुरु भएको छ ।    गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशाला आज (आइतबार) बाट सुरु भएको हो ।   एन्फा गण्डकीका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट अन्तिम नामावली भोलि (सोमबार) सार्वजनिक हुनेछ । ‘यति जना भन्ने छैन जे होस् राम्रो खेलाडीहरु छानिएर माथि जान्छन्,’ गुरुङले भने ।   एन्फा गण्डकीका वरिष्ठ उपाध्यक्ष एवं छनौट प्रतियोगिताका संयोजक मिलन गुरुङले छनौट प्रतियोगितामा मनाङ, पर्वत, तनहुँ, स्याङजा, म्याग्दी, गोरखा, नवलपुर, बाग्लुङ र लम्जुङका गरी करिब २ सय खेलाडीहरुको सहभागिता रहेको बताए ।   ‘लगभग सबै जिल्लाको खेलाडीहरुको सहभागिता छ, भोलि पनि गेम हुन्छ त्यसपछि अन्तिम नामावली सार्वजनिक गर्छाै, उनले भने, ‘फाइनल सेलेक्सन काठमाडौंमै हुन्छ ।’   उनका अनुसार छनौट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङको सिफारिसमा खेलाडी छनौट हुनेछन् ।   प्रदेशबाट छनौट भएका खेलाडी काठमाडौंमा साउन १६ देखि २० गतेसम्म हुने अन्तिम छनौटमा सहभागि हुनेछन् ।  

काठमाडौं:   आईएसएफ वर्ल्स स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुन १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली शुक्रबार मोरोक्को प्रस्थान गरेको छ।   प्रतियोगिता जुलाइ २२ देखि ३१ तारिखसम्म मोरोक्कोको राबाटमा हुनेछ।   खेलाडीमा सक्षम भट्टराई, देवराज जर्घा मगर, अधिराज कार्की, श्रेयश शर्मा, आर्गेन तुलाधर, जेसिस कार्की, पर्वत चौलागाईं, कर्तब्य तामाङ, कृष्णबहादुर आले, किशोरकुमार दनुवार, एकराज विश्वकर्मा, येशराज विश्वकर्मा, स्वर्णिम श्रेष्ठ, दिलन लिम्बू, अनिश थापा मगर, निशान राणा र स्वयं थापा मगर रहेका छन्।   रमेशबहादुर कटुवालको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा आशिषमान सिंह, प्रशिक्षकमा राजेश श्रेष्ठ र अफिसियलमा विवेक कटुवाल छन्।   टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे।   सो अवसरमा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट महासंघका सदस्य समेत रहेका विद्यालय खेलकुद संघ नेपालका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो।  

काठमाडौं:  अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ ।   अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण हो ।   पहिलो पटक ३२ टिम सहभागी यस विश्वकप पहिलो पटक दुई देशले आयोजना गर्दैछन् ।   साविक विजेता समेत रहेको अमेरिका प्रतियोगिताको उपाधि दाबेदारको रुपमा छ र लगातार तीन पटक उपाधि जित्दै उपाधि संख्या ५ पुर्‍याउने योजनामा छ ।   अमेरिकाले सर्वाधिक चार पटक उपाधि जित्दा जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक उपाधि जितेका छन् ।   पछिल्लो पटक २०११ मा एसियन राष्ट्र जापान च्याम्पियन बनेको थियो त्यसपछि २०१५ र २०२१ मा अमेरिकाले विश्वकप उपाधि जितेको थियो ।   पहिलो दिन दुई खेल महिला विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् । जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन खेल हुनेछ ।   यस खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समयअ नुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।   यस्तै अर्को खेल समूह बी मा आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच हुनेछ ।   यो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।   महिला विश्वकप अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ गरी कूल १० स्टेडियममा खेलाइनेछ । फाइनल खेल आगामी अगष्ट २० मा सिड्नीमा हुनेछ ।

काठमाडौं:  अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपको उद्घाटन खेलको केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ ।   अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।   घटना बिहीबार न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको हो ।   फिफाले घटनाको बाबजुद पनि न्युजिल्याण्ड र नर्वेको खेल पूर्वनिर्धारित तालिका अनुसार नै हुने जनाएको छ ।

काठमाडौं:   एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ ।   यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रामक पारीसहित अलराउन्ड प्रदर्शन गरेका हुन् । ओपनर ब्याटर अर्जुन साउद डक आउट भएपछि तेस्रो क्रममा आएका देव खनालसँग कुशलले आक्रामक अर्धशतक सहित ९७ रनको साझेदारी बनाए । पावर प्लेमा १ विकेट गुमाएर ७३ रन बनाएको नेपाललाई कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।   उनी पहाद नवाजको बलमा १२.६ ओभरमा बाउन्ड्री लाइनमा मोहम्मद फराजुद्धिनको हातबाट क्याच आउट भएका हुन् ।   १३ ओभरमा ९–२ को अवस्थामा रहेको नेपालले १०३ मा देव खनाललाई तेस्रो विकेटको रुपमा गुमायो । देवले ३ बलमा ४ चौका सहित २४ रन बनाउँदै मोहम्मद फराजुद्धिनको बलमा एलबीडब्ल्यु भए । चौथो ब्याटरको रुपमा क्रिजमा आएका सन्दीप जोरा २४ रनमा क्याच आउट भए ।   पाँचौं विकेटको रुपमा गुल्सन झा ११ रन बनाएर मोहम्मद फराजुद्धिनको बलमा विकेटकिपर आर्यन्स शर्माबाट स्टम्पिङ भए । सिमसिम पानी पर्दै गरेको मौसममा ९ रन चाहिने अवस्थामा नेपालका कप्तान रोहित पौडेल ९ रनमा क्याच आउट भए । पवन सरार्फ मोहम्मद फराजुद्धिनको बलमा बोलड भए । कुशल मल्ल र प्रतिश जिशी क्रमशः २ र ८ रनमा अविजित रहे ।   यूएई एका लागि मोहम्मद फराजुद्धिनले ५ विकेट लिए । उनले ६ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ५ विकेट लिए । मोहम्मद जवादुल्लाहले २ विकेट लिए ।   यसअघि, श्रीलंकाको पी सारा ओभलमा मा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।   नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए । उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् ।   खेलमा पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले १३ रन बनाएका आयन्स शर्मालाई पवन सराफको हातबाट क्याच आउट गराए ।दोस्रो विकेट भने सराफको नाममा रह्यो । उनले अन्स टन्डनलाई ३ रनमा एलबीडब्लुको धरापमा पारे ।   तेस्रोदेखि आठौं विकेट कुशल भुर्तेलले लिए । उनले एथन डिसुजालाई व्यक्तिगत १८ रनमा एलबीडब्लू आउट गरे । जुन उनको पहिलो तथा नेपालको तेस्रो विकेट थिए । त्यसपछि उनले ओपनर लवप्रित सिंह ५२ रन, फहत नवाज ४ रन, कप्तान अली नासिर १ रन तथा यशवन्त भल्थापा १६ रनमा आउट गरे ।   उनले ३५.२ ओभरमा ४ रन बनाएका मोहमद फराजुद्दिनलाई सन्दीप जोराको हातबाट क्याट आउट गराउँदै ६ विकेट पूरा गरेका थिए । ४४ औं ओभरका दोस्रो र अन्तिम बलमा मौसम ढकालले २ विकेट हात पारे ।

काठमाडौं:   नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएईविरुद्ध सानदार ब्याटिङ गरेको छ ।   नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङका साथ सानदार सुरुवात दिलाएका हुन् । नेपालले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।   कुशल भुर्तेल ३३ बलमा ८ चौका र २ छक्कासहित ५१ रनमा क्रिजमा छन् । उनलाई देव खनालले २६ बलमा ४ चौकासहित १८ रनमा साथ दिएका छन् । ओपनर अर्जुन साउद भने पहिलो बलमै एलबीडब्लू आउट भएका थिए ।   त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । युएईका ओपनर लवप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।   अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएई ए लाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए ।

काठमाडौं:  कुशल भुर्तेलले ६ विकेट लिएपछि नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ए लाई १ सय ५७ रनमा अलआउट गरेको छ ।    पि सारा ओभल कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भयो ।   युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए ।    नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिदै आफ्नो किर्तिमान राखेका छन् ।   राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो ।    समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।    नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।    युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । युएईले दोस्रो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ ।    यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।   हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।    सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।