पोखरा:  पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोग...

काठमाडौं:    चीनमा जारी १९ औं एसियाली खेलकुद ९एसियाड०अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ।  हाङ्गचौं‌को जिआओसान गुआली स्पोर्ट्स सेन्टरकोमा भएको सेमिफाइनलमा भारतसँग ६१/१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा‌ बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै नेपालको कास्य पदक पक्का भएको थियो। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने प्रावधान छ। पहिलो सहभागितामा‌ नै महिला कबड्डी टोली पदक जित्न सफल भएको छ ।

पोखरा:  “युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए । प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो  खेलमा माछापुच्छ«े त्रिशक्ति युनाइटेडले मिलनटोल एफसीलाई २–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।  प्रतियोगिताको पहिलो दिन कुल ६ खेल सम्पन्न भए । प्रतियोगिताको पहिलो खेलमा भुजुङ एफसिले आयोजक एट टु नाइनलाई ४–० गोल अन्तरले पाखा लगायो । दोस्रो खेलमा कमलपोखरीले मालेपाटनलाई ४–० गोलले हरायो । तेस्रो खेलमा ए सेभेन ब्रदर्सले कटपा एफसीलाई ५–१ गोल अन्तरले पाखा लगायो । पाचौ खेलमा एनवाईसी यएरपोर्टले वाकओभर पायो । कुमागाने एफसीले सहभागिता नजनाएपछी वाक ओभर पाएको हो ।  पहिलो दिनको अत्यन्तै प्रतिस्पर्धात्मक बनेको अन्तिम खेलमा पसगाउले रबै एफसिलाई टाइब्रेकरमा ३–२ गोलले हराउन सफल भयो । निर्धारित २०–२० मिनेटको खेल १–१ गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका वडा १३ का वडा अध्यक्ष किरण बरालले प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडा १३ मा एक मात्र  माछापोखरी खेलमैदान रहेको र यसलाई संरक्षण गर्न स्थानीय युवा तथा क्लबहरु लागिपरेको बताउदै खेल प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे । एट टु नाइनका उपाध्यक्ष तथा प्रतियोगिताका व्यवस्थापक धनराज तामाङले फुटसल खेल्दै जमघट भएको समुहले फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पोखरा:  काठमाडौमा भोलिदेखि असोज २१ गतेसम्म सञ्चालन हुने बिरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने भएको छ ।    नेपाल गणतान्त्रिक खेलकुद महासंघले असोज १८ देखि २१ गतेसम्म सञ्चालन गर्ने बिरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता गण्डकीले खोमप्रसाद पाण्डे हरीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।    गण्डकी प्रदेश पुरुष भलिबलको टोली बाहिर रहेका ओपन स्पाइकर नवलपुरका घनश्याम चौधरीले टोलीमा पूनरागमन गरेका छन् ।    टोलीको कप्तानीमा खोमप्रसाद पाण्डे हरि, घनश्याम चौधरी, सुजन चोखाल, विवश आले मगर, हिमाल सुनारी मगर, रवि केसी, जीवन सुनार, इन्द वि.क, सरोज बर्देवा, सन्तोष रानामगर र टिम लिब्रोमा कुञ्जन शाही ठकुरी रहेका छन् ।    ढोरपाटन स्पोर्टस क्लब काठमाडौको खेलमैदानमा हुने प्रतियोगितामा गण्डकी प्रदेशसँगै दुई विभागीय क्लब नेपाल पुलिस क्लब, एपिएफ क्लब, नेपाल गणातान्त्रिक खेलकुद महासंघ, किङ्स क्लब काठमाडौं, न्युटन चिल्ड्रेन एकेडेमी, गलकोट स्पोर्टस क्लब र त्रिभुवन विश्वविद्यालयले सहभागिता जनाएका छन् ।    प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।   सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरले समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।  

स्याङ्जा:   बडा दशैंको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारमा ‘प्रथम खुल्ला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।   ‘समाजका लागि युवा, युवाका लागि खेलकुद’ भन्ने मुल नारासहित माछापुच्छ्रे युवा क्लबले खुल्ला भलिबल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।   उनका अनुसार प्रतियोगिता आगामी कार्तिक १ गतेदेखि ३ गतेसम्म संञ्चालन हुने छ । भलिबल प्रतियोगितातर्फ प्रथम हुने टोलीलाई रु ५० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   त्यसैगरी, दोस्रो हुने टोलीले रु ३० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीलाई रु ३ हजारले पुरस्कृत गरिने उनले बताए ।   यस्तै छेलोतर्फ प्रथम हुनेलाई ५ हजार सहित मेडल तथा प्रमाणपत्र र द्वितियलाई ३ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।   खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्न र खेलकुद विकासको लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।  

चीन:  १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ ।    समूह ‘बी’ अन्तर्गत हाङझाउस्थित साओशन गुआली स्पोर्ट्स सेन्टरमा बुधबार इरानले बङ्गलादेशलाई ५४–१६ ले हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।   सेमिफाइनलमा प्रवेश गर्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ ।    महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराएको थियो ।   दोस्रो खेलमा भने मङ्गलबार नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो । लगातार दुई जितसँगै इरान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेश बाहिरिएको छ ।    नेपालले महिला कबड्डीलाई पहिलो पटक एसियाडमा सहभागी गराएको हो । जारी एसियाडमा अन्य खेलमा पदकको सम्भावना क्षिण बन्दै जाँदा महिला कबड्डीले नेपालको पदक खडेरीलाई टारेको छ । सेमिफाइन र फाइनलमा समेत राम्रो गर्न सके नेपालले महिला कबड्डीबाट कांस्यभन्दा माथिको पदक समेत हात पार्नेछ ।   सात टोली सहभागी एसियाड महिला कबड्डीमा समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेइ र थाइल्यान्डले प्रतिस्पर्धा गरेका थिए ।    एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेलहरु तेक्वान्दो, कराते, उशु, जुडो लगायतका खेलाडी पदकविहीन बनेको छ ।    नेपालले पदक आशा गरेको पुरुष क्रिकेटको सम्भवना पनि भारतसँग क्वार्टरफाइनलमा पराजित भएसँगै सकिएको छ । नेपालले अब कराते, डान्सिङ र कुस्तीका खेल खेल्न बाँकी छ ।    यि हुन् नेपाली महिला कबड्डी टोली    मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडु, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनीता थापा, नितु गुरुङ र मनमती विष्ट ।

काठमाडौं:   नेपाल एसियाली खेलकुद (एसियाड)को पहिलो क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए । दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए । नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दबाबमा राखेको थियो । नेपाललाई जितको लागि १९ बलमा ४७ रन चाहिँएको थियो । १७ औं ओभरको अन्तिम बलमा सोमपाल कामी ठूलो सटको धुनमा साई किशोरबाट समातिन पुगे । उनले ५ बलमा १ छक्का प्रहार गरे । लगत्तै अर्शदीप सिंहको १८ औं ओभरको पहिलो बलमा गुलशन झा लङअनमा जैसवालबाट क्याच आउट भए । नेपाली ब्याटरले छोटो तर आक्रामक प्रदर्शनका साथ खेललाई रोमान्चक बनाएका थिए । नेपालले ११ औं ओभरमा दुई प्रमुख विकेट गुमाउनु नेपाललाई अर्को भारी पर्यो । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । ठूलो सट खेलेका कुशलको बल राहुल त्रिपाठीले लङअफमा सानदार क्याच लिँदै रवि विश्रोईलाई समात्न दिएका थिए । कुशलले २२ बलमा २ चौका र २ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भएका थिए । कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । डेब्यू खेलेका स्पिनर साई किशोरको नवौं ओभरको पाँचौं बलमा बलमा स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आवेश खानबाट क्याच आउट भएका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर आवेश खानको सर्ट बलमा आसिफ आउट साइड एज लागेर विकेटकिपर जितेश शर्माबाट १० रनमा क्याच आउट भए । आसिफले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा दीपेन्द्रले शिवम दुबेलाई लगातार तीन छक्का हानेका थिए । तर अर्को ओभरमा उनी रवि विश्रोईको बलमा साई किशोरबाट क्याच आउट भए । सन्दीप जोराले १६ औं ओभरमा अर्शदीप सिंहलाई दुई उत्कृष्ट छक्का हानेका थिए । तर चौथो बलमा ठूलो सट खेल्ने धुनमा लङअफमा यशस्वी जैसवालबाट क्याच आउट भए । करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे । भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । साई किशोरले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतको जितमा यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । अन्तिम ओभरमा रिंकु सिंहले तीव्र गतिका बलर अभिनाश बोहरालाई दुई चौका र दुई छक्कासहित कुल २५ रन प्रहार गरेका थिए । रिंकु १५ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा नटआउट रहे । शिबम दुबे १९ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्रिजमा रहे । पहिलो विकेटका लागि जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । पहिलो विकेटको साझेदारी नेपाललाई भारी पर्यो । गायकवाडले २३ बलमा ४ चौकासहित २५ रन बनाए । तिलक बर्मालाई १० बलमा २ रनमा आउट भए । उनी सोमपालको बलमा बोल्ड आउट भए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।

काठमाडौं:   नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाडअ) न्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालले टि२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको । नेपाल टि२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो । त्यस्तै भारत २००७ को टि २० विश्वकप विजेता हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक नम्बर वान टि२० आई वरियता टोली र विश्वकप विजेतासँग खेल्न लागेको हो । ओडिआईमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो । त्यो समय पाकिस्तान वरियतामा शीर्षस्थानमा थियो । त्यस्तै भारत, पाकिस्तान र वेस्टइन्डिजगरि तीन विश्वकप टोलीसँग ओडिआईमा खेलि सकेको छ । भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । भारतको यस टोलीलाई २०२४ को विश्वकप खेल्ने खेलाडीको रुपमा हेरिएको छ । नेपालको प्लेइङ–११   आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा । भारतको प्लेइङ–११  ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

काठमाडौं:      चीनमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल भोलि हुनेछ । क्वाटरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बङ्लादेशले मलेसियासँग, श्रीलङ्काले अफगानिस्तानसँग खेल्नेछ । नेपालले अन्तिम ८ मा भारतलाई हराए पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ । नेपालले समूह चरणमा मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।

काठमाडौं:   नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो । माल्दिभ्सका घानी अब्दुलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए । फरिद शिउस २१ बलमा २ चोकासहित १० रनमा आउट भए । उनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा बलमा कुशल भुर्तेलबाट समातिन पुगेका थिए । अभिनाशले नै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे । अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरे । सातौं ओभरको पहिलो बलमा गुलशन झाले ओपनर अली इस्माइललाई ३ रनमा क्याच गराउँदै सहज जितको आधार तय गरेका थिए । नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलो पटक पाँच विकेट लिएका हुन् । उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी शतक हानेका युवा बायाँ हाते अलराउन्डर कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । कुशललाई नेपालले आज सातौं नम्बरमा खेलाएको थियो । नेपालले आज अन्य खेलाडीलाई मौका दिएको थियो । दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए । ओपनर आसिफ शेख ६ रनमै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भएका थिए । एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका थिए । पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नाजवानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नेपालले पहिलो खेलमा मंगोसियालाई २सय ७३ रनले हराएको थियो । नेपाल समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएको थिए । समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ । क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।