पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:   २५ औं ल्होछार घलेल महोत्सवमा आयोजितमा घोडा दौडको उपाधि छोम्रोङका दिपेन्द्र गुरुङले जितेका छन् । बौद्ध सृजना युवा क्लबले तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा  आयोजना गरेको घोडा दौडमा छोम्रोङका दिपेन्द्र गुरुङ प्रथम, उल्लेरीका सुमित पुन द्धितिय र छोम्रोङका अमित गुरुङ तृतीय भए । घोडा दौडमा प्रथममा भएका गुरुङले ४० हजार र द्धितीय भएका पुनले २० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।    कास्कीको माछापुच्छ«े गाउँपालिका ८/९ घलेलमा पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार घलेल महोत्सव भएको थियो । ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला  कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ ।  

काठमाडौं:    आईसीसी पुरुष यू-१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे । क्यानले दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ सम्म चल्नेछ । नेपाली टोलीः  देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुभाष भण्डारी, दिपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द ।

म्याग्दी:    म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मंगला(५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिए । ‘चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा नआउँदा झाडीले भरिएको थियो’, उनले भने, ‘पुस १ देखि १२ गतेसम्म सञ्चालन भएको श्रमदान अभियानमार्फत स्तरोन्नति गरिएको थियो ।’ उनका अनुसार उक्त खेलमैदानमा पुस १५ देखि १७ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ । खेलमैदानमा झाडी फाँड्ने, रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न एक हजार पाँच सयले श्रमदान गरेका वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार ससाना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाइएको छ । बाबियाचौर, पीपलबोट, रणवाङका युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जनाका दरले स्थानीयवासी श्रमदान अभियानमा सहभागी भएका पीपलबोटका युवा श्यामसुन्दर कँडेलले बताए । बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका थिए । गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गर्नुका साथै स्टेज बनाएको छ । जमिन सम्याउन डोजर भाडा र स्टेज बनाउन रु पाँच लाख बराबरको खर्च भएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले जानकारी दिए । ‘झाडीले भरिएको कैलाशफाँट अहिले व्यवस्थित बनेको छ । खेलमैदानले स्वरुप लिएको छ’, उनले भने । गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख बजेटबाट विसं २०७६ मा १२० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो ।  खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० थान ग्याबियन पर्खाल निर्माण गरिएको थियो । गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायकपर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ ।व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडीले खेल अभ्यास गर्न समस्या थियो । गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए । कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना रहेको उनको भनाइ थियो ।

पोखरा:   पोखरा महानगरपालिका– वडा १ को खेलकुद विकास समितिले यही (२१ गते) शनिबारदेखि व्यायाम अभियान सुरु गर्ने भएको छ ।    वडाका सम्पूर्ण नागरिकहरुलाई स्वस्थ्य राख्न, शारीरिक व्यायाममा जागरुक बनाउने उद्देश्यसहित ‘आऔं, खेलौं, स्वस्थ्य बनौं’ भन्ने नारासहित पोखरा–१ मा सामूहिक व्यायाम सुरु गरिने खेलकुद विकास समितिका अध्यक्ष विष्णुकुमार गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।    उनका अनुसार सो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म राष्ट्रिय माविको प्राङ्गणमा सञ्चालन हुने छ ।   ‘विश्वव्यापी विकवित प्रविधि, सामाजिक परिवर्तन र संस्कृतिमा भएको परिवर्तनले मानिसहरुको दैनिकीलाई व्यस्त बनाएको छ’, अध्यक्ष गुरुङले भने, ‘मानव स्वास्थ्यमा दिनानुदिन थपिदै गएको चुनौतीहरुलाई मध्यनजर गर्दै पोखरा–१ मा साप्ताहिक रुपमा शारीरिक व्यायाम सञ्चालन गर्दैछौं ।’   उनले वडावासीलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउने बताउदै हरेक शनिबार बिहान २ घण्टा शारीरिक व्यायाम कार्यक्रम सञ्चालन गर्न लागेको दोहोर्याए ।   उनका अनुसार उक्त २ घण्टाको समयावधिमा जुम्बा,  योगा र ध्यान हुनेछ ।   ‘हामीहरुले पोखरा–१ का नागरिकहरुलाई शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैल्याउन पनि प्रत्येक शनिबार शारीरिक व्यायाममा जोड्न लागेका हौं’, उनले भने, ‘हामीले शनिबार करिब २ घण्टा जुम्बा विज्ञ र योगा प्रशिक्षकबाट व्यायाम गराउने छौं ।’   अध्यक्ष गुरुङका अनुसार जुम्बाका लागि प्रशिक्षक तमन्ना गुरुङ  र योगातर्फ भगवती सुवेदीले नेतृत्व गर्नेछिन् ।    पोखरा–१ को खेलकुद विकास समितिले आयोजना गर्ने सो कार्यक्रममा वडाको बजेट नभई विभिन्न व्यवसायीहरुको सहयोगमा खर्च जुटाइएको वडाध्यक्ष साहारा प्रधानले बताए ।   उनले वडाका नागरिकहरुलाई स्वस्थ्य बनाउनका लागि अभियान नै सञ्चालन गरेको जानकारी दिए ।   कम्तिमा  ६ महिनामा २४ दिन चल्ने सो कार्यक्रममा करिब ३ सय देखि ५ सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।  

पोखरा:   पोखरामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ । बगर भाइ खलकको आयोजनामा पोखरा टुँडिखेलको खेलमैदानमा १३ औं संस्करणको बगर भाइ खलक तथा दोस्रो हिमालयन ब्रअरी अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुन लागेको हो ।  प्रतियोगिताको मुख्य संयोजकमा इश्वर गुरुङ रहेका छन् । प्रतियोगिताका तयारीका लागि विभिन्न १३ वटा उपसमितिहरु बनाइएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिएका छन् ।  उनका अनुसार तीन वटा उमेर समुह ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि खेलाडीहरु बिच प्रतियोगिता हुनेछ । ४० वर्षमाथि उमेर समुहको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एकलाई रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड्फिल्डर, फरवार्ड र प्रशिक्षकले समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।    ५० वर्षमाथि उमेर समुहको विजेताले नगद एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६० वर्ष माथि उमेर समुहका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ प्रप्त गर्नेछन् ।  प्रतियोगिताको मुख्य प्रायोजकमा हिमालयन ब्रुअरी रहेको छ भने सह–प्रायोजकमा प्रदेष खेलकुद परिषद गण्डकी, बगर भाइखलक युके र पोखरा महानगरपालिका रहेको छ ।  विशेष सहयोगी संस्थामा सहारा युके, पोमनपा वडा न १ को कार्यालय, कृषि बिकास बैंक र सफल दुध रहेका छन् ।  माघ २१ देखि माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा युके, देहरादुन, कलकत्ता, काठ्मान्डौ, ललितपुर, हेटौडा , नवलपरासी, बुटवल, सिमरा, वीरगंज, चितवन, पोखरा लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि करिब ३० टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ।

काठमाडौं:     सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।  एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो।  कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ६२ रन जोडिन्। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको स्थितिमा रुबिना पहिलो बलमै आउट भएकी थिइन्। उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्।  यस्तै काजल श्रेष्ठले २२ रन जोड्दा कोशीका अरु ब्याटर चल्न सकेनन्।  बलिङमा एपिएफका करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिए।  एपिएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो। समूह चरणका ६ खेल जितेको एपिएफले क्वालिफायर र फाइनलमा पनि उत्कृष्ट खेल देखाउन सफल भयो। यता प्रतियोगितामा राम्रो लयमा देखिएको कोशीले एपिएफविरुद्ध भने जित निकाल्न सकेन। कोशीले एपिएफविरुद्ध समूह चरण, क्वालिफायर र फाइनल गरी तीन खेलमा हार बेहोर्‍यो। यीबाहेक कोशीले अरु सबै खेलमा जित निकाल्यो।

पोखरा:   तमु जातिको महान पर्व, नयाँबर्ष मप्ह«ी  ल्हो तमु ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेका तीनदिने कार्यक्रम विविध कार्यक्रम गरी भव्यताको साथ सम्पन्न भएको छ ।  हि ल्होको विदाई र मुप्ह«ी ल्हो तमु ल्होछार कार्यक्रम अन्र्तगत आयोजित परम्परागत छेलो खेल प्रतियोगितामा पैयुखोला तमु समाजका युवराज गुरुङले उपाधि जिेतेका छन् । यस्तै गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता घोषित भएका छन् । उनीहरुले क्रमशः २५ हजार र १० हजार नगद पुरस्कार पाए ।  कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री, गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङ श्यामले तमुहरुको मौलिक सँस्कृति एवम पहिचान बोकेको छेलो खेल संरक्षणका लागि राज्य, तमु समुदाय र छेलो खेलाडीहरुको भुमिका आवश्यक रहेको बताए ।  छेलो खेलको संरक्षणका लागि आफ्नो बुबाको स्मृतिमा पहिलो पुरस्कार प्रायोजन गरेको गुरुङले छेलो संरक्षणको लागि आफ्नो तर्फबाट सहयोग रहिरहने भन्दै छेलो खेल विद्यार्थीहरुसम्म पु¥याउने बताए । 

पोखरा:   रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सव अन्र्तगत रस्साकसी प्रतियोगितामा पुरुषतर्फ गौरीघाट ‘ए’ प्रथम भएको छ । गौरीघाटकै ‘बी’ टिमलाई पराजित गर्दै गौरीघाट ‘ए’ ले प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा डेमसाइड फिटनेश हबले पावरहाउस टिमलाई पराजित गर्दै तेश्रो स्थान हाँसिल ग¥यो । प्रथम हुने टिमले खसी, दोश्रोले बोका र तेश्रो हुने टिमले दुईवटा कुखुराको भाले पुरस्कार पाए । महिलातर्फ फिटनेश हब डेमसाइड प्रथम र त्रिपुरा महिला नारी समुह दोश्रो भए । उनीहरुले क्रमश: नगद १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । नाट्टा गण्डकीको संयोजनमा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, टान गण्डकीका अध्यक्ष धर्म पन्थी, आयोजक रेवानमा महासचिव विकास भट्टराई, रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महिला खेलका सह–संयोजक कृष्ण आचार्य, ट्याक्सी व्यवसायी समितिका अध्यक्ष शोभाकान्त पौडेल, टानका सचिव तीर्थराज सुवेदी, नाट्टाका सचिव चेतन कार्की, पिटिसीका पूर्व कोषाध्यक्ष कृष्ण काफ्ले लगायतले पुरस्कार प्रदान गरेका थिए । महोत्सव अन्र्तगत खेलकुद कार्यक्रम संयोजक सूर्यबहादुर भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए । यसैविच पाँच दिने पोखरा सडक महोत्सव सोमबार रातिदेखि अनौपचारिक रुपमा सम्पन्न भएको छ । त्यसअघि आइतबार मध्यरातमा बसुन्धरा पार्कमा भव्य आतिसबाजी गर्दै अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको थियो । नयाँ वर्षको स्वागतका लागि हजारौं पर्यटकहरु लेकसाइडको सडकमा पुगेका थिए । महोत्सव सफल पार्न सहयोग गर्ने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रायोजक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्थानिय आमा समुह, युवा समुह लगायतलाई रेवान पोखराले कृतज्ञता जाहेर गरेको छ । ‘सबैको सहयोगमा यो महोत्सव सफल भएको छ, उहाँहरु सबैजना धन्यवादका पात्र हुनुहुन्छ’–आयोजक संस्थाका महासचिव विकास भट्टराईले भने । 

पोखरा:   २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो । विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने दोस्रो भएको टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमलाई ७७ हजार सात सय ७७ रुपैया नगद सहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो । सो अवसरमा बेस्ट प्लेयर लाई १० हजार, बेस्ट सेटर ३ हजार, बेस्ट डिफेन्डरलाई ३ हजार, बेस्ट सर्भर ३ हजार र बेस्ट ब्लकरलाइ ३ हजार नगद, कप र प्रमाणपत्र प्रदान गरिएको संघका कोषाध्यक्ष तथा सहप्रायोजक सुविन गुरुङले बताए । प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल माबी, सिद्धार्थ लभडेल माबी, टफ गोर्खा सहभागी भएका थिए ।