पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।  पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको ल...

पोखरा:    अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा जेठ पहिलो साता लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० हुने भएको छ ।  पोखरा रंगशालाको क्रिकेट मैदानमा जेठ १ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिने पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।   क्रिकेट खेलको विकाससँगै प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको क्लब अध्यक्ष कमल थापाले जानकारी दिए ।  प्रतियोगितामा आयोजक सहित पोखरास्थित माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब, काठमाडौंका क्रिकेट एक्सिलेन्स सेन्टर र किङ्स क्रिकेट क्लबले भाग लिने छन् ।  लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि-२० आधारमा हुनेछ । ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक २ खेल हुने छन् । विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय पाउने छन् । प्रतियोगिता प्रायोजन गरेको लुम्बिनी विकास बैंकका तर्फबाट लामाचौर शाखा म्यानेजर नवीन तझ्याले सामाजिक उत्तरदायित्व अन्तर्गत अरण्यज्योतिसँग जोडिएको बताए ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले कर्पोरेट हाउसले कम्तीमा एउटा प्रतियोगितामा जोडिए खेलकुदसँगै नयाँ नयाँ प्रतिभा जन्मिने र खेलकुद पत्रकारिताको पनि विकास हुने विचार व्यक्त गरे । प्रतियोगितामा बजगाइज् सोसाइटी, स्तुपा एजुकेस्नल कन्सल्ट्न्सी, अन्नपूर्ण केबल कार, कास्की क्रिकेट एसोसिएसन लगायतले सहयोग गरेको क्लब सचिव विधान श्रेष्ठले बताए ।   

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा भएको माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब च्याम्पियन भएको छ । भिडाबारीस्थित बराह माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा ह्याप्पी ब्रदर्श लाहाचोकलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो । आयोजकको जीतमा अनुप लामिछाने, सुजन मगर र मनिष ठकुरीले समान १\१ गोलको योगदान दिए । च्याम्पियन बनेको खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब (पहेलो) ले ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको ह्याप्पी ब्रदर्शले १५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे भने सान्त्वना स्थान हाँसिल गरेको ग्रीनहिल क्लब ल्वाङलाई ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए ।  उनका अनुसार प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडीका रुपमा आयोजककै सुनिल विक पुरस्कृत भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकै मनिष ठकुरी, उत्कृष्ट स्ट्राइकरका रुपमा सोही टिमकै अनुप लामिछाने, उत्कृष्ट डिफेन्डरका रुपमा आयोजककै सुजन मगर घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै पारसमान गुरुङ र उत्कृष्ट मिल्डफिल्डरका रुपमा ह्याप्पी ब्रदर्शका मनोज नेपाली आकर्षक पुरस्कृत भएका थिए । सो प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिकाका कुल ३४ टिमको सहभागिता रहेको थियो ।  

पोखरा:  तनुहँको चुँदेर युवा क्लबद्वारा आयोजित प्रथम चुँदेर कप साबिक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब शुक्लागण्डकी २ कोत्रेले जितेको छ ।   व्यास नगरपालिका ५ मा चुँदेर खेल मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा सिद्धबाबा युवा क्लब व्यास १३ लाई २५–२१ र २५–२२ को सोझो सेटमा हराउदै अन्नपूर्णले उपाधि जितेको हो ।   उपाधिसँगै अन्नपूर्ण क्लबले शिल्ड,  मेडल तथा प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्याे । यसैगरी उपविजेता बनेको सिद्धबाबा क्लबलाई शिल्ड,  मेडल तथा प्रमाणपत्रसहित नगद रु २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष सुक बहादुर थापामगरले जानकारी दिए ।     उनका अनुसार सान्त्वना स्थान हासिल गरेको त्रिवेणी युवा क्लबले शिल्ड,  मेडल तथा प्रमाणपत्रसहित नगद रु ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे ।    प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा अन्नपूर्ण युवा क्लबका रवि गुरुङ घोषित हुदै पुरस्कृत भएको खेल संयोजक कुशल थापाले बताए  । उनका अनुसार उत्कृष्ट स्पाइकरका रुपमा त्रिवेणी युवा क्लबका विवेक कुमाल र उत्कृष्ट लिफ्टरका रुपमा सिद्धबाबा क्लबका नवीन आले पुरस्कृत भए ।    प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई व्यास नगरपालिका ५ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ तथा पुरस्कार प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए  ।   सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष श्रेष्ठले स्थानीय स्तरको खेलाडी उत्पादन गराउनका लागि वडास्तरीय प्रतियोगिताको आवश्यकता रहने धारणा राखे ।   उनले आगामी दिनमासमेत सो प्रकारका प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताए । उनले प्रतियोगिताले प्रतिभावान खेलाडीलाई अवसर मिल्ने बताउदै प्रोत्सहान गर्न अपरिहार्य रहेको उल्लेख गरेका थिए ।      सो प्रतियोतिको प्रथम पुरस्कार बेलायती सेना विजय सुनारले, द्वित्तिय पुरस्कार पोखरा इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक इन्जिनियर यम बहादुर थापामगरले र तृतीय पुरस्कार पुष्पराज ओझाले प्रायोजन गरेका थिए ।    क्लबका अध्यक्ष सुक बहादुर थापामगरको सभापतित्वमा भएको पुरस्कार वितरण तथा समापन समारोहको सञ्चालन विकास थापामगरले गरेका थिए ।   

पोखरा:   पोखरामा मोहन भूगोल ब्याडमिन्टन फाउण्डेशनको आयोजनामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसन र पोखरा महानगर खेलकुद विकास समितिको सयुक्त आयोजनामा बैशाख २७ देखि ३० गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने पोखरामा पत्रकार सम्मेलन गरेर फाउण्डेशनले जानकारी दिएको छ ।   ९ विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा निम्न माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स, माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स विधामा राष्ट्रियस्तरको प्रतिस्पर्धा हुने मोहन भुगोल ब्याडमिन्टन फाउण्डेशनका महासचिव वरदान लामाले बताए ।    कास्की जिल्ला वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्ससँगै ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्समा खुला प्रतिस्पर्धा हुनेछ ।  निम्न माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स प्रतिस्पर्धाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स, कास्की जिल्लाको वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्सका उपाधि विजेताले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तस्रो हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँको साथमा मेडल प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्समा उत्कृष्ट एक जना खेलाडीले माउन्टेन बाइक पाउने आयोजकले जानकारी दिएको छ । ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्स खुलामा विजेता, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँको साथमा मेडल हात पार्नेछन् । देशभर फैलिएका उदीयमान प्रतिभालाई एकिकृत गर्दै राष्ट्रका लागि अनुशासित खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने भुगोल ब्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले बताए ।  प्रतियोगिता सञ्चालन गर्न १४ लाख ४५ हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ३ सय भन्दा बढी खेलाडीहरु सहभागी हुने प्रतियोगितामा १२ वर्ष मुनिका खेलाडीदेखी ५५ वर्ष माथिका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।   

पोखरा:    राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारीलाई पोखरा स्पोट्र्स अवार्ड प्रदान गरिएको छ ।  लमजुङका भण्डारी राष्ट्रिय टिमबाट खेलिरहेका छन् । राष्ट्रिय फुटबल टोलीकी फरवार्ड भण्डारीलार्ई इलेक्ट्रिक स्कुटर सहित ट्रफि प्रदान गरिएको हो । भण्डारी अहिले भारतमा लिग खेलिरहेकी छिन् ।  उनले आर्चरीकी रोजिना थापामगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर पछि पार्दै उपाधि हासिल गरेकी हुन् । गत वर्ष भारतमा भएको मैत्रीपूर्ण खेलमा सावित्राले दुई गोलले पछि परेको स्थितिको अन्तिम समयमा दुुई गोल गर्दै बराबरी गरेकी थिइन् ।  

पोखरा:   राष्ट्रिय क्रीकेट खेलाडी करण केसीलाई पोखरा स्पोट्र्स अवार्ड प्रदान गरिएको छ ।  बागलुुङका केसी कास्कीमा क्रीकेट सुरु गर्दै राष्ट्रिय टिमबाट खेलिरहेका छन् । अलराउन्डर केसीलाई इलेक्ट्रिक स्कुटर सहित ट्रफि प्रदान गरिएको हो । हालै नेपालमै सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दा उनलको मूमिका पनि महत्वपूर्ण रह्यो । नेपालले विश्वकप छनोटमा सोझै स्थान बनाएको छ । 

पोखरा:  यू-१९ क्रीकेटका राष्ट्रिय खेलाडी सुवास भण्डारी  सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत उदीयमान खेलाडीबाट सम्मानित भएका छन् ।    उदियमान खेलाडीको मनोनयनमा पर्न सफल सुवास भण्डारीलाई आज नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज (शनिबार) एक कार्यक्रमकाबीच प्रदान गरिएको हो ।   उदियमान खेलाडीतर्फ क्रिकेटका भण्डारीले भलिवलबाट बागलुङका रवि केसी, फुटवलबाट कास्कीका सुमित श्रेष्ठलाई पछाडि पार्दै उपाधि चुम्न सफल भए । ।    उदियमान खेलाडीबाट सम्मानित भण्डारीले ३५ हजार रुपैयाँको साथमा ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छन् । यस्तै मनोनयमा पर्न सफल भलिबलका रवि केसी र फुटवलका सुमित श्रेष्ठले मनोनयन ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।   

पोखरा:    सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन्  । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफ एम, एभिन्युज टेलिभिजन, सेतोपाटी डट कम, गन्थन डट लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् । यस अगाडि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारेका थिए ।  शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रम कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ ।  जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।  उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।  यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए ।  अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् । लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ ।  अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९, १२ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी कर्मचार्य ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, अटोवेज प्रालि, एसके साउण्ड एण्ड म्युजिक पोखरा, युनाइटेड क्लब, यति एयरलाइन्स, आँगन स्विट न्युरोड, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगायतले समेत सघाउने तय भैसकेको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र  खेलप्रेमीलाई मञ्चले अनुरोध गरेको छ ।  

पोखरा:   पोखरामा देश्ना चन्द स्मृति तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता  २०८० जेठ तेस्रो साताबाट सुरु हुने भएको छ ।    पोखरा महानगरपालिका १ स्थित नयाँ गल्ली युवा क्लबको आयोजनामा जेठ २० देखि २७ गतेसम्म तेस्रो संस्करणको देश्ना चन्द स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने आर्थिक संयोजक हिटलर घलेले जानकारी दिए ।   उनले फुटबलको विकास गर्ने उद्देश्यले खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘हामीले खेलकुद सँगै सामाजिक क्षेत्रमा पनि काम गर्दै आएका छौ, उनले भने, ‘फुटबल लभर नानी देश्नको स्मृतिमा यसपटक खुल्ला सेभेन ए साइड फुटबल आयोजना गर्न लागेका छौ यसले खेलकुदको विकासमा केही टेवा पुग्ने विश्वास लिएका छौ ।’   घलेका अनुसार पोखरा पुरानो टुँडिखेल मैदानमा एक साता सञ्चालन हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।    सो प्रतियोगितामा उत्कृष्ट विधागततर्फ नगद राशीले पुरस्कृत गर्ने क्लबका अध्यक्ष शुशिल श्रेष्ठले बताए ।   श्रेष्ठका अनुसार उत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले जनही ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।    प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ७ हजार निर्धारण गरिएको खेल संयोजक अञ्जन देवकोटाले जानकारी दिए ।  उनका अनुसार टिम दर्ता फोन (९८०६६०७२७८) बाटैपनि गर्न सकिनेछ ।