पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा:   पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगितामा सबिन मेमोरियल सेमिफाइनलमा प्रवेश गरेको छ ।     राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।      सबिनको जितमा अविनाश तामाङले निर्णायक गोल गरे भने, एक गोल फाइटरको तर्फबाट आत्मघाती गोल भएको थियो । यता फ्रिडम फाइटरका लागि नविन लामाले सान्त्वना गोल फर्काए ।       प्रिक्वाटरका ५ खेल सम्पन्न    आज (आइतबार) सम्पन्न प्रिक्वाटरफाइनलका ५ खेलबाट मेन्टेन एफसी, फ्रिडम फाइटर काठमाडौं, एडी युनाइटेड पोखरा, क्वाटरफाइनलमा प्रवेश गरे ।    पहिलो खेलमा मेन्टेन एफसीले बेलिज एफसीलाई ५–३ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे । मेन्टेनको जितमा विशाल सारुमगरले २ गोलको योगदान दिए यस्तै सन्तलाल तामाङ, सुवास श्रेष्ठ र जेनेश प्रजापतिले समान १÷१ गोलको योगदान दिए । यता बेलिजका लागि संगम दर्जी, नविन तामाङ र विनय तामाङले समान १/१ गोल फर्काए ।    यस्तै दोस्रो खेलमा फ्रिडम फाइटरले जनएकता एफसी चाउथेलाई ७–१ गोलको फराकिलो पराजित गर्याै । फ्रिडमको जितमा मणिकुमार लामाले ४ गोलको योगदान दिए । यस्तै नविन लामा, अनिल खड्का र सुशान्त श्रेष्ठले समान १÷१ गोलको गरे भने जनएकता चाउथेका लागि रोशन नेपालीले सान्त्वना १ गोल फर्काए ।    यस्तै तेस्रो खेलमा एडी युनाटेडले राजन एण्ड ब्रदर्श टिम ‘ए’ माथि ८–४ गोलको फराकिलो गोल अन्तरले जित निकाल्यो । एडी युनाटेडको जितमा अर्जुन मगरले ह्याट्रिक पूरा गरे । रोशन मगरले ४ र विकास परियारले १ गोल गरे ।  यता राजन एण्ड ब्रदर्श टिम ‘ए’ का लागि जीवन गुरुङले २, सन्दिप गुरुङ र विकास परियाले समान १÷१ गोल फर्काए ।    आज भएको प्रिक्वाटरको अन्तिम खेलमा दीप युनाटेडले आरआईसी एफसीलाई ३–२ गोलले पराजित गरेको छ । दीपको जीतमा आशिष छन्त्याल, फोनश कार्की र निकेश गुरुङले गोल गरे । यता आरआईसीका लागि सुमन गुरुङ र आयुष थापाले समान १/१ गोल फर्काए ।    प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए  ।   उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।    आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।  

पोखरा:   पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ ।    राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा  आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो ।    उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले सत्य युवा क्लब बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।   सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १/१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए ।     यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई ६–३ गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।   शिशुवा भद्रकालीको जितमा युनिक तामाङले ह्याट्रिक पुरा गरे भने प्रनिश गुरुङ, प्रविन गुरुङ  र मनिल गुरुङले समान १/१ गोल गरे ।   यता ड्रिमर्सको तर्फबाट प्रज्वल शाही (लक्ष्मण), सुरज गुरुङ र धिरज मगरले १/१ गोल फर्काए ।    यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटसलको विकासमा यस प्रतियोगिताले टेवा पुर्याउने धारणा व्यक्त गरे ।   उनले आगामी प्रतियोगितालाई व्यवसायिक बनाउनका लागि ठुला कम्पनीहरुलाई  जोड्नुपर्नै बताउदै आफुले पनि सहकार्य गर्न तयार रहेको बताए । सो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न टेवा पुर्याउने बताउदै निरन्तरता दिनुपर्ने बताए ।    उनले आफ्नो कार्यकालमा नेपालमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको स्मरण गर्दै वर्तमान नेतृत्वको सरकारले पनि निरन्तरता दिनुपर्ने उल्लेख गरे ।    ‘मेरो नेतृत्वमा पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय लिग सम्पन्न गरेका थियौं, उनले भने, ‘अहिलेको सरकारले पनि यस्तो खालको प्रतियोगितालाई सहजीकरण र व्यवस्थापन गर्न जरुरी छ । र राष्ट्रिय लिगलाई पनि निरन्तरदा दिन आवश्यक छ ।’   प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए  । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ ।   यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।  आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।  

काठमाडौं:  क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमबाट आगामी दिनका प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् ।   गए राति सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।    उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै आफूलाई पुनर्जागृत गर्न आवश्यक रहेको र त्यसका लागि केही समय परिवारसँगै बस्न चाहेको उल्लेख गरेका छन् ।    सन्दीप यतिबेला नाबालिग बलात्कारको अभियोग खेपिरहेका छन् । उनीविरुद्ध दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।    सन्दीपले लेखेका छन्, -'भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुनर्जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद । अर्को भेट नभएसम्म।।।’,

काठमाडौं:    नेपालले यू-१९ प्रिमियर कपमा इरानलाई २ सय ७४ रनले पराजित गरेको हो । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अल आउट भयो । इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए । साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे । अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले दुई दुई विकेट लिए । त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो । नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । देव नेपालबाट यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । ओपनर दीपक बोहरा ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । नेपालको सुरुवात भने राम्रो थिएन । सुरुवाती १० रनमै दुई ब्याटर गुमाएको थियो । तर तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए । विकेटकिपर दीपक प्रसाद डुम्रे ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए । दीपेश कंडेल २२ बलमा ३ चौका र१ छक्कासहित २९, दीपक बोहरा १ र मिलन बोहरा डक आउट भए । तीव्र गतिका बलर आकाश चन्द ११ बलमा ३ चौकासहित १९ रनमा आउट भए । हेमन्त धामी १९ बलमा २ चौका र १ छक्कासहित २३ र सुवास भण्डारी १८ रन बनाए । इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन्

काठमाडौं:    नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधवार शृङ्खलाको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार समूह चरणका खेल मूलापानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ । शृङ्खलाको पहिलो खेल दिउँसो १ बजे र अन्य खेल बिहान ११ बजे शुरु हुने तालिका छ ।   

पोखरा:   पोखरामा सम्पन्न प्रथम खुल्ला सेभेन साइड फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा च्याम्पियन बनेको छ ।   एट टु नाइन गाइजद्वारा आयोजित पहिलो संस्करणको सेभेन एसाइड फुटबल प्रतियोगिताको फाइनलमा रामघाट एफसीलाई हराउँदै लामागाउँले उपाधि जितेको हो ।   १/१ गोलको बराबारीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा रामघाटलाई लामागाँउले ३/२ गोल अन्तरले पराजित गर्याे ।   लामागाउँका गोलरक्षक अन्जन क्षेत्रीले बललाई रोक्दै टिमलाई च्याम्पियन बनाए । साथै सो खेलबाट क्षेत्री नै म्यान अफ द म्याच घोषित भए ।   प्रतियोगिता च्याम्पियन बनेको लामागाउँले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख हात पार्याे । यस्तै उपविजेता बनेको रामघाटले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार रुपैयाँ प्राप्त गर्याे ।    प्रतियोगिताबाट विशन गुरुङ सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।   यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा लामागाउँका अन्जन क्षेत्री, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमका अनजुज भण्डारी पुरस्कृत बने भने अनुशासित टिमको रुपमा माछापुच्छ्रे  त्रिशक्ति युनाइटेड घोषित भयो ।    कुल ३९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता समूहका खेलाडीलाई सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।  

पोखरा:  कास्की क्रिकेट क्लबले पोखरा पोखरामहानगरस्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लबलाई ५७ रनले पराजित गर्दै कास्की क्लबले उपाधि चुमेको हो ।  टस जितेर व्याटिङ गरेको कास्कीले पुरा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे । साँग्रिलाका बलर आदर्श झाले ३ तथा विपिन खत्री र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए । जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको साँग्रिलाले १७ औं ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मात्रै जोड्न सक्यो । साँग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक २८ तथा सिब्रिन श्रेष्ठले १२ रन बनाए । कास्की क्रिकेटका नितेश गिरीले ४ विकेट लिए । प्रतियोगिताभर १ सय ४० रन जोड्दै ५ विकेट समेत लिएका साँग्रिलाका सिब्रिन श्रेष्ठ म्यान अफ द सिरिज भए । त्यस्तै प्रतियोगिताभर कूल १० विकेट लिंदै कास्की क्रिकेटका नितेश गिरी उत्कृष्ट बलर तथा कूल १३३ रन बनाएका साँग्रिलाका अरुण अधिकारी उत्कृष्ट ब्याट्स्यान घोषित भए ।

पोखरा: पोखरा १६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा बडादशैंको अवसर पारी यही असोज २६ गते देखि २८ गतेसम्म स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको साथै विविध कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष मिन वहादुर गुरुङले जानकारी दिनुभयो ।   तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १६, १९,२० र १ नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी टिमले सहभागिता जनाउन सक्ने र २४ गतेभित्र टिम दर्ताका लागि खुल्ला गरिएको संस्थाका प्रकास वस्नेतले वताउनु भयो ।“स्वास्थ्यका लागि खेलकुद” भन्ने अभियानका साथ प्रतियोगितालाई निरन्तरता दिईएको संस्थाले जनाएको छ । कार्यक्रममा भलिवल सहित रस्साकस्सी प्रतियोगिता, घैंटो फुटाउने, ठेलो हान्ने लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक गुरुङले वताउनु भयो । प्रतियोगितामा विजेतालाई च्यांङ्ग्रा, मेडल र ट्रफी तथा उपविजेतालाई भेडा, मेडल र ट्रफी प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने वताईएको छ ।   प्रतियोगितामा एउटा वडावाट २ वटासम्म टिमले सहभागिता जनाउन सक्ने र चार वटा वडाका  करिव दश वटा टिमले सहभागिता जनाउने भलिवल प्रतियोगिता उपसमितिका संयोजक विशाल खड्काले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने र सो रकम विभिन्न संघ, संस्था तथा सहयोगीवाट संकलन गरिने आर्थिक उपसमितिका संयोजक केशव थापाले वताउनु भयो । कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिन वहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मुल समिति र  विभिन्न १२ वटा उपसमितिका साथै  सल्लाहकार समिति समेत गठन गरिएको छ ।   कार्यक्रममा आर्कषणको रुपमा लिङ्गेपिङ्ग समेत राखिने संस्थाले जनाएको छ । उक्त संस्थाले अघिल्लो वर्ष पनि बडा दशैंको अवसरमा भेट्रान्स कप भलिवल तथा विविध कार्यक्रम आयोजना गरेको थियो ।

पोखरा:    पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लब र अरण्यज्योती क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लबलाई ७ विकेटले पराजित ग¥यो । टस जितेर व्याटिङ्ग गरेको राइजिङ्गले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङ्गका अनिल गुरुङ्गले १८ रन जोेडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको लक्ष्य कास्कीले १३.२ ओभरमै भेट्यायो । कास्कीका विष्णु शर्माले १९ तथा शाहिल कुँवरले १३ रन बनाए । बलिङतर्फ ३ विकेट लिएका कास्कीका आदित्य थापा म्यान अफ द म्याच भए । उनलाई आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पुरस्कृत गरे ।   अर्को खेलमा अरण्यज्योतीले पोखरा क्रिकेट क्लबलाई २ विकेटले पराजित ग¥यो । पहिला ब्याटिङ्ग गरेको पिसिसीले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पिसिसीको तर्पmबाट मुस्कान थापाले ६० तथा अर्जुन बुढाथोकीले ३५ रन बनाए । अरण्यज्योतीका बलरहरु इर्साद आलमले ३ तथा सन्तोष सर्माले २ विकेट लिए । अरण्यज्योतीले १७.३ओभरमा ८ विकेट गुमाएर जित हाँसिल ग¥यो । अरण्यज्योतीको व्याटिङ्गमा म्यान अफ द म्याच अषेश न्यौपानेले ५१, दिवस गिरीले २२ तथा सन्तोष सर्माले १७ रन जोडे । पिसिसीका विजय रावतले ह्याट्रिक सहित ३ विकेट लिए । प्रमोद बास्तोलाले २ विकेट लिएका थिए ।