पोखरा: गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेको छ । यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ । अवार्ड अन्तरगतका चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबैजना आफ्नो क्षेत्रमा अब्बल भएकोले प्रतिष्पर्धा पेचिलो बनेको छ । यो विधामा आर्चरीका किशोर कुमार गुरुङ्ग केके, टेनिसका निरज थापा र आइटीएफ तेक्वान्दोका सुरज सुनार रहेका छन् । किशोर कुमार गुरुङ्ग केके-आर्चरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीले गण्डकी प्रदेशलाई अत्याधिक १३ पदक जिताउँदा किशोर कुमार गुरुङ्गले टोलि प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनकै प्रशिक्षणमा रहेको आर्चरी टिमले गण्डकीलाई ७ स्वर्ण, ४ रजत तथा २ कास्य सहित १३ पदक दिलाएको हो । नेपाल आर्चरी संघका केन्द्रिय सदस्य समेत रहेका गुरुङ्गले नेपालमै आर्चरी खेल भित्राएका आर्चरी संघ गण्डकीका अध्यक्ष बसन्त थकालीको भनाई छ । ६५ वर्षिया गुरुङ्ग सिंगापुर पुलिस फोर्समा रहँदा उनले त्यहाँ पनि यो खेल सिकाए । सन् १९९८ तिर सिंगापुरमै रहँदा भारतीय प्रशिक्षक लक्ष्मणबाट उनले यो खेल सिकेका हुन् । सिंगापुरबाट नेपाल आएपछि सन् २००४ मा उनले नेपालमा यो खेल सिकाउन सुरु गरे । उनको प्रशिक्षणमा नेपालले थुप्र्रै आर्चरी प्रतिभाहरु जन्माइसकेको छ । त्यसो त उनले आर्चरी भन्दा पहिला सुटिङ शुरु गरेका थिए । तर माओवादी द्वन्दका बेला यो खेललाई निरन्तता दिन नसकेपछि उनी सुटिङबाट आर्चरीतर्फ लागे । स्याँग्जा–१, आँधिखोलमा पिता स्व.लोकबहादुर गुरुङ्ग र माता स्व.सिजा गुरुङ्गको कोखबाट जन्मिएका किशोर हाल पोखरा–१५ लक्ष्मीटोलमा बसोबास गर्दै आएका छन् । निरज थापा-टेनिस झण्डै २ दशक अघि काठमाण्डौबाट पोखरा आएका निरज थापाले अन्ततः पोखरालाईनै घर बनाए । केहि समयका लागि भन्दै आएका उनले यहिं घरजम गरे । अहिले उनी आफ्ना दुई छोरा र अन्य थुप्र्रै शिष्य सहित पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा टेनिस सिकाइरहेको देखिन्छन् । निरजलाई पोखरेली टेनिस खेलाडीहरु ‘रसियन गुरु भन्ने गर्दछन् । २०५९ सालमा नदीपुरको रत्नश्री जिम टेनिस कोर्टमा उनले टेनिस सिकाउँदा पोखराका अग्रज टेनिस खेलाडीहरु समिर शेरचन, बुद्धि हिराचन, राजु श्रेष्ठ, अनिल गुरुङ्ग, बिनोद कायस्थ, दोर्जे लामा लगायत दश पन्ध्र जना त्यो कोर्टमा देखिन्थे । अल्लि समयपछि कुमार अधिकारी, महेश्वर तिवारी लगायतका केहि युवा खेलाडीहरु त्यहि कोर्टमा आए । अहिले कास्कीमा टेनिस प्रशिक्षकका रुपमा चिनिने अनिल शाहि, शक्ति शर्मा लगायतले निरजसंग ¥याकेट समात्न सिके । लगातार ४ वर्षदेखि नेपालको शिर्ष वरियता प्राप्त प्रदीप खड्का उनै निरजका चेला हुन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले ३ स्वर्ण, २ कास्य जित्दा निरज यो प्रदेशको प्रशिक्षक थिए । उनको प्रशिक्षणमा रहेका प्रदीपले यहि वर्ष पोखरामा सम्पन्न माछापुच्छ्र्रे बैंक राष्ट्रिय टेनिस, सिटिजन कप राष्ट्रिय ओपन तथा बुटवलको मेयर कप गरि ५ स्वर्ण पदक हाता पारे । थापाले छैठौं संस्करणको पोखरा स्पार्टस अवार्डमा उत्कृष्ट प्रशिक्षकको उपाधि जित्न सफल भएका थिए । सुरज सुनार-आइटीएफ तेक्वान्दो ४ डान प्राप्त तेक्वान्दो प्रशिक्षक सुरज सुनारको प्रशिक्षणमा रहेको गण्डकी प्रदेशका आइटीएफ तेक्वान्दो खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १४ वटा पदक दिलाउँदा यो प्रदेशलाई सर्वाधिक मेडल दिलाउने खेल आइटीएफ तेक्वान्दो बन्यो । आइटीएफ तेक्वान्दोले यो प्रदेशलाई ५ स्वर्ण, ७ रजत तथा २ कास्य पदक दिलाएको हो । २०४५ सालमा बुवा तेजबहादुर सुनार र आमा भिमकुमारी सुनारको तीन भाई छोरा मध्ये कान्छा छोराका जन्मिएका सुरजमा सानै देखि यो खेलको भोक थियो । पोखरा–२९, पट्न्यारीका सुनारले २०६० सालबाट खेलाडीका रुपमा यो खेल शुरु गरेका हुन् । भण्डारढीकास्थित सैनिक आइटीएफ दोजाङमा प्रकाश थापा मगरलाई गुरु मानेर ‘गी’ लगाएका उनले ०६४ सालदेखि त्यहि दोजाङमा प्रशिक्षकका रुपमा आफुलाई उभ्याए । त्यहिबेला उनले भरतपोखरी तेक्वान्दो दोजाङमा पनि सयौं विद्यार्थी जन्माएका थिए । अहिले पनि उनीसंग सयौं खेलाडीहरु नियमित प्रशिक्षणमा आउने गर्दछन् । यसअघि उनले आइटीएफ जुनियरतर्फ राष्ट्रिय प्रशिक्षक, तथा आइटीएफ अन्र्तराष्ट्रिय रेफ्रीको भूमिंका पनि निर्वाह गरिसकेका छन् । खेलाडीका रुपमा पनि उनले थुप्रै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिइसकेका छन् । अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षक सहित वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, , वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाए । अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, हाम्रो पोखरा सोफा होम लगायतले समेत सघाउने तय भैसकेको मञ्चले जनाएको छ । कार्यक्रमको थप आर्कषणमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत रहने मञ्चले जनाएको छ ।
पोखरा: खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले आगामी वैशाख २२ र २३ गते माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए । उनका अनुसार माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीको बराह माविको खेल मैदानमा दुई दिन प्रतियोगिता सञ्चालन हुनेछ । सो प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेता टिमले १५ हजार र सान्त्वना स्थान हाँसिल गर्ने समूहले ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिल्डफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाल र युएई काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो । त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनस् रोकिएको थियो । कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएका कारण कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो । उता युएईले भने डीएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्यो । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।
तनहुँ: तनहुँको व्यास नगरपालिका ५ चुँदेरमा प्रथम चुँदेर कप साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सामाजिक कामः चुँदेर युवा क्लबको अर्को नाम’ भन्ने मुल नारासहित तनहुँको व्यासनगरपालिका ५ स्थित चुँदेर युवा क्लबले प्रथम चुँदेर कप साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबका अध्यक्ष सुकबहादुर थापाले आपसी भाइचारको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । ‘नयाँवर्षको आगमनसँगै भलिबल प्रतियोगिता आयोजना गर्न लागेका छौं, अध्यक्ष थापामगरले भने,‘यस प्रतियोगिताले साबिक वडाका दाजुभाईहरुको सम्बन्धलौई सुमधुर बनाउने विश्वास लिएका छौ ।’ अध्यक्ष थापामगरका अनुसार ‘आगामी वैशाख २२ देखि २४ सम्म सञ्चालन हुने साविक वडा स्तरीय पुरुष भलिबलको प्रतियोगिता आयोजना गरिने जानकारी दिए । सो प्रतियोगिताको विजेताले ट्रफी, प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो हुने समूहले ट्रफी, प्रमाणपत्रसहित नगद २२ हजार २ सय २२ र तेस्रो हुने समूहले ११ हजार १ सय ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक कुशल थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन ३ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरले जर्सी र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
काठमाडौं: एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ। वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो। नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४/४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी गरे। भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए। करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे। बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३/३ विकेट लिए। अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ। प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।
काठमाडौं: वर्षाका कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको हो। नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन्। ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके।
पोखरा: सुपर मादी हाइड्रो पावर लिमिटेडले सातौं पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ । कास्कीको मादी गाउँपालिकामा रहेको सुपर मादीले लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सहयोग सम्बन्धमा सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र मञ्चका अध्यक्ष दीननाथ बरालबिच शुक्रबार मौखिक सहमती भएको उनले खुलाए । वर्षायाममा ४४ मेगावाट क्षमताको सुपरमादीले अहिले १५ मेगावाट उत्पादन गरिरहेको प्रशासकिय अधिकृत सम्झना थापा क्षेत्रीले जनाइन् । आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९ किलोमिटर दूरीमा रहेको माथिल्लो मादी विद्युतगृह नजिकैको सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले बनाएको हो । मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भौगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ । यही वैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, लगायतले समेत सघाउने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाए ।
काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’को अन्तिम खेलमा बिहीबार नेपालले कतारलाई र समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई हराएपछि सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स ९युएई०ले समूह ‘ए’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले कतारलाई ६८ रनले हराउँदै समूह विजेता बनेको हो । मुलपानी मैदानमा बिहीबारनै भएको समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले हरायो । जितका लागि दुई सय ७३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन मात्र बनाउन सक्यो । यसअघि कुवेतले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७२ रन बनाएको थियो । जितसँगै कुवेतले चारखेलबाट ६ अङ्क बनायो । उपविजेता युएईले ६ अङ्क जोडेको छ । कुवेतसँग हारेसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ । पाँच अङ्क बनाएको हङकङका लागि अन्तिम खेल दुःखद् बन्यो । समूह ‘बी’ बाट बहराइन र सिंगापुर बाहिरिसकेका छन् । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।
काठमाडौं: स्पिनर सन्दिप लामिछानेको अलराउन्ड प्रदर्शनमा एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमा अलआउट भयो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन जोडेको थियो । नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए । उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने । कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कमी र आरिफ शेखले ११÷११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेका थिएनन् । कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाएका थिए ।