पोखरा: पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न छैटौं संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि जित्यो । पुरुषतर्फ उपाधि जितेको एपिएफले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख प्राप्त गर्याे । यसैगरि उपविजेता बनेको मामा भान्जा क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्रदान गरेको क्लबा सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार महिलातर्फको विजेता एसियन सुजले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्याे । भने द्धित्तिय भएको अर्चलबोट भलिबल क्लबले २५ हजार शिल्ड मेडल प्रमाणपत्र हात पार्याे । पुरुषतर्फ विजय र महिलातर्फ सरु सर्वाेत्कृष्ट गत २२ गतेदेखि पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको खेलमैदानमा भएको उक्त प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार उक्त प्र्रतियोगिताबाट पुरुषतर्फ एपिएफका विजय थापा सर्वाेत्कृष्ट खेलाडीका रुपमा घोषित भए । यसैगरि उत्कृष्ट स्पाइकरका रुपमा मामा भान्जा क्लबका सञ्जु विक्रम शाह, उत्कृष्ट डिफेण्डरका रुपमा सोही टिमकै इश्वर गुरुङ र उत्कृष्ट सर्भरका रुपमा सोही टोलीकै राजेश कुँवर घोषित भए । उत्कृष्ट सेटरका रुपमा एफिएफका मिलन राना, उत्कृष्ट ब्लकरमा सोही टिमकै सुनिल सुनार र उदीयमान खेलाडीका रुपमा एपिएफकै उमेश सेन्चुरी पुरस्कृत भए । त्यसैगरि महिलातर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा एसियन सुज लामाचौरकी सरु नेपाली घोषित भइन् । उत्कृष्ट सेटरकी रुपमा सोही टिमकै निरु पुन, उत्कृष्ट डिफेण्डरकी रुपमा सोही क्लबकै लक्ष्मी राना र उदीयमान खेलाडीका रुपमा सस्मीता पुन घोषित भइन् । यसैगरी अर्चलबोटकी मनिषा तिलिजा उत्कृष्ट स्पाइकर र सोही टिमकै डिमा पुन उत्कृष्ट सर्भरकी रुपमा घोषित भइन् । विधागत तर्फ उपाधि जितेका पुरुष तथा महिला खेलाडीहरुलाई आकर्षक ट्रफीद्वारा पुरस्कृत गरिएको क्लबका अध्यक्ष कुल प्रसाद (कुशल) छन्त्यालले बताए । उनका अनुसार विजेता तथा उपविजेता टोलीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक तथा राष्ट्रिय रेफ्री राम पुन, लामा अमृत फाउण्डेशन घान्दु्रकका संस्थापक तथा युवा व्यवसायी अमृत लामा गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पदम श्रेष्ठ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगिताबाट संकलित रकममध्ये केही रकम ब्लड क्यान्सरबाट ग्रसित बिरामीलाई सहयोग गर्ने बताइएको छ । यसअघि सम्पन्न गरको पाँचौ संस्करणको प्रतियोगिताबाट संकलित रकममध्ये २ लाख रुपैया मृगौला पीडित सुरज गुरुङलाई सहयोग गरिएको थियो ।
पोखरा : पोखराको नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबलको प्रतियोगिताको फाइनलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटन र मामा भान्जा क्लबबीच हुने भएको छ । मामा भान्जाले गलकोटलाई २६–२४, २५–२३ र २५–२०को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । आइतबार बिहान सम्पन्न मामा भान्जा क्लब र बागलुङको गलकोट क्लबबीच भएको खेलमा गलकोटलाई सोझो सेटमा पराजित गर्दै मामा भान्जाले फाइलनमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । पुरुष तर्फको पहिलो सेमिफाइनलमा खेलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनले जिएम समाज कावासोतीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै क्लबस्तरीय महिला भलिबलको फाइनल खेलमा अहिले अर्चलबोट क्लब र एसियन सुज फाइनल भइरहेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए । महिलाको भलिबलको फाइनल खेल पछि पुरुष तर्फको फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टोली पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । छन्त्याल समाजको खेल मैदानमा आज (शनिबार) भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । अब एपिएफले उपाधिका लागि मामा भान्जा क्लब र गलकोट क्लबबीचको विजेता टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अनुसार बाँकी रहेको मामा भान्जा क्लब र गलकोट क्लबबीचको सेमिफाइनल खेल आइतबार बिहान ८ बजे सञ्चालन हुनेछ । यसैगरि महिलातर्फ अर्चलबोट क्लब र एसियन सुज फाइनल प्रवेश गरेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए । उनका अनुसार अर्चलबोटले लामाचौर समाजलाई १८–२५, २५–१८, २५–१७ र २५–२१ को सोटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । त्यसैगरि एसियन सुजले हैदागा तनहुँलाई २५–१६, २५–१० र २५–१९ को सोझो सेटमा हराउँदै फाइनलमा अर्चलबोटसँगको भेट पक्का गर्याे । आइतबार बिहान ११ बजे महिला तर्फको फाइनल खेल सञ्चालन गरिने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार पुरुष तर्फको फाइनल खेल दिउँसो १ बजे हुनेछ । प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय महिला भलिबलको अन्तिम चारमा अर्चलबोट क्लब, लामाचौर पुन समाज, हैदागा तनहुँ र एसियन सुज प्रवेश गरको छ । छन्त्याल समाजको खेल मैदानमा आज (शुक्रबार) भएको खेलमा अर्चलबोटले ठाडाखानीलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको मुख्य रेफ्री राम पुनले जानकारी दिए । उनका अुनसार अर्काे खेलमा एसियन सुजले गुरुकुल स्कुललाई २५–४ र २५–१० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्याै । शान्ता भलिबल प्रशिक्षण केन्द्रको अनुपस्थितिमा हैदागा तनहुँ वाकओभरमार्फत जीत्दै सेमिफाइनलको यात्रा तय गर्याे । शनिबार पहिलो सेमिफाइनल खेल हैदागा तनहुँ र एसियन सुजबीच हुनेछ भने अर्काे सेमिफाइनल खेल अर्चलबोट र लामाचौबीच हुने कार्यक्रम संयोजक मजोज खड्काले बताए । उनका अनुसार आज भएको पुरुषतर्फको पहिलो खेलमा माछापुच्छ्रै गाउँपालिकालाई जिएम समाज कावासोतीले २५–१३ र २५–१६ को सोझो सेटमा पराजित गर्याे । त्यसैगरि अर्काे खेलमा सशत्र प्रहरी बल मालेपाटनले आयोजक निलोलाई २८–२६ र २५ १८ को सोझो सेटमा हरायो । अन्तिम खेलमा छन्त्याल युवा क्लबलाई गलकोट क्लबले २८–२६, २५–१५ र २५–१५ को सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अुनसार शनिबार महिला तर्फको सेमिफाइनल खेल र पुरुष तर्फका २ प्रिक्वाटरखेलसँगै सेमिफाइनल खेल सञ्चालन गरिनेछ । महिला तथा पुरुषको फाइनल खेल आइतबार सम्पन्न गरिने आयोजकले जनाएको छ ।
काठमाडौं : बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछाने सिपीएल छोडेर नेपाल फर्कने भएका छन् । आफू क्यारेबियन प्रिमियर लिग ९सीपीएल० छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् । उनले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने भन्दै निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् । हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि उनले क्यानलाई कानुनी सहायताका लागि आग्रह गरेका थिए ।
पोखरा: बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कमा विजयादशमीको अवसरमा खुल्ला वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुुने भएको छ । माझखर्कमा सक्रिय रहदैं आएको शिव लेकाली जिवन ज्योति युवा क्लबले २१ औं वार्षिकोत्सव तथा बडादशैंको अवसरमा खुुल्ला वडा स्तरीय महिला पुुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । आगामी असोज १२ देखि १६ गतेसम्म सञ्चालन हुने मेलामा महिला पुुरुष भलिबलसँगै धनुुषबाण, खुुल्ला सामुुहिक नृत्य र घैटोफोड प्रतियोगिता समावेश गरिएको क्लबका अध्यक्ष मनबहादुर घर्तीमगरले जानकारी दिए । उनका अनुसार पुुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुुनेले क्रमश ५० हजार र ३० हजार ट्रफी प्रमाण प्राप्त गर्नछन् भने सेमिफाइनलमा प्रवेश गर्ने दुुई समूहलाई नगद ५/५ हजार प्रदान गरिने छ । खेलमा सहभागिता जनाउन ४ हजार प्रवेश शुुल्क निर्धारण गरिएको अध्यक्ष घर्तीमगरले बताए । उनले खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुने समुहलाई क्रमशः १५ हजार र १० हजारसहित ट्रफी मेडल प्रमाण प्रदान गर्ने बताउदै प्रवेश शुल्क १५ सय निर्धारण गरिएको जानकारी दिए । यस्तै खुल्ला वडास्तरीय धनुुषबाण प्रतियोगितामा प्रथम र द्धितिय हुने समुुहले नगद ३० हजार र २० हजार सहित ट्रफी मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन भने प्रतियोगितामा सहभागिता जनाउन ३५ सय शुल्क कायम तोकिएको छ । त्यस्तै खुुल्ला सामुुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुुने समुहले क्रमशः १०, ६ र ४ हजार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन १२ सय शुुल्क निर्धारण गरेको छ । वर्षेनी गर्दै आएको खुुल्ला महिला पुुरुष भलिबल अब प्रतियोगिता हरेका तीन वर्षको अन्तरालमा आयोजना गर्ने क्लबका अध्यक्ष घर्तिले बताए । क्लबले वर्षायामको समयमा सडक मर्मत, गोरेटो बाटो निर्माण लगायत प्रजातन्त्र विकास माविका विद्यार्थीहरुलाई प्रत्येक वर्ष विभिन्न विधामा पुुरस्कार वितरण समेत गर्दै आएको छ । खेलकदुको विकाससँगै सामाजिक क्रियाकलापमासमेत उक्त क्लब सक्रिय रहदैं आएको छ ।
पोखरा: पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबल प्रतियोगिता बिहिबार ६ खेल सम्पन्न भएका छन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बिहिबार) भएको पहिलो खेलमा ठाटीको अनुपस्थितिमा ससत्र प्रहरी बल मालेपाटनले वाकओभरमार्फत विजयी बनेको क्लबका अध्यक्ष कुशल प्रसाद छन्त्यालले जानकारी दिए । उनका अनुसार दोस्रो खेलमा गलकोट बाग्लुङले गुरुकुल नयाँबजारलाई २५–१५ र २५–१६ को अंकसहित सोझा सेटमा पराजित गर्याे । तेस्रो खेलमा अन्नपूर्ण गाउँपालिकाले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रलाई २५–१७ र २५–२० को अंकसहित सोझा सेटमा हरायो । चौथो खेलमा माछापुच्छ्रे गाउँपालिका भलिबल संघले धवलागिरीलाई २५–२२ र २५–२१ को अंकसहित सोझा सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो । पाँचौ खेलमा मामा भान्जा टिमले हेडजा भलिबल क्लब तनहुँलाई २५–१८ र २५–१५ को अंकसहित सोझा सेटमा हरायो । त्यसैगरि अन्तिम खेलमा छन्त्याल युवा संघ कास्कीले भूपु गाइजलाई २५–२३, २४– २६ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गरेको थियो । महिला तर्फ लामाचौर पुन समाज र प्रदेश प्रहरी तालिम केन्द्र पोखराबीच आज हुने भनिएको खेल अविरल वर्षाका कारण स्थगित भएको थियो । उक्त खेल शुक्रबार बिहानै ८ बजे सञ्चालन गरिने अध्यक्ष छन्त्यालले बताए । कार्यक्रम संयोजक मजोज खड्काका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार शुक्रबार पनि प्रवेश शुल्क १ सय नै निर्धारण गरिएको छ । यसभन्दा अघिल्लो संस्करणको प्रतियोगिताबाट संकलित प्रवेश शुल्क मध्येबाट १ लाख मृगौला पीडितलाई सहयोग गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ २२ टिमको सहभागिता रहेको छ भने महिला तर्फ १० टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
काठमाडौँ : नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित हुनुभएको हो । आज बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार अध्यक्षमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष चन्द यसअघि सङ्घको महासचिव हुनुहुन्थ्यो । यसैगरी महासचिवमा अध्यक्ष चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले ८५ तथा प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत प्राप्त गर्नुभयो । यस्तै कोषाध्यक्षमा चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले ७८ तथा प्रतिस्पर्धी रीता कोइरालाले ४६ मत प्राप्त गर्नुभयो । सङ्घको बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम लाछिवा ६४ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धि ज्योती केसीले ५९ मत प्राप्त गर्नुभयो । सङ्घको नयाँ नेतृत्वसहित सात उपाध्यक्ष, महासचिव, सात सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घमा दुई उपाध्यक्ष र १० सदस्य मनोनयनबाट आउने व्यवस्था छ । मतदान अघिनै छ उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा गण्डकी प्रदेशबाट याम गुरुङ, मधेस प्रदेशबाट उपेन्द्र यादव, सुदूरपश्चिम प्रदेशबाट हरकसिंह धामी, कर्णाली प्रदेशबाट भरतबहादुर शाह, प्रदेश १ बाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भीम ओली निर्विरोध निर्वाचित हुनुभयो । सचिवमा प्रदेश १ बाट विनोद श्रेष्ठ, लुम्बिनी प्रदेशबाट झकबहादुर मिदेन, कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेसबाट मोहम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमती प्रदेशबाट सुनकेशरी माली निर्विरोध निर्वाचित हुनुभयो । निर्वाचनमा एक सय २६ मतदाताले मतदान गर्नुभएको थियो । –––
पोखरा : पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा छैटौं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बुधबार) देखि क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलबाट आयोजक टोलीले घलेल युवा क्लबलाई पराजित गर्दे सुखद सुरुवात गरेको छ । आयोजकले घलेल युवा क्लबलाई २५–१३, १९– २५ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार अर्को खेलमा नेपाल प्रहरी प्रशिक्षण केन्द्र पोखराले भुक देउराली क्लब पर्वतलाई १७–२५, २५–२१ र २५–१७ को अंकसहित २–१ सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो । नवौं राष्ट्रिय खेलकुदको प्रर्वद्धनमा सघाउ पुर्याउछः राखेप सदस्य गुरुङ प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले नवौं राष्ट्रिय खेलकुदको प्रर्वद्धन गर्ने धारणा राखे । ‘आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा ३९ वर्षपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ, उनले भने, ‘त्यो प्रतियोगिताको लागि यस खेलले प्रर्वद्धन गर्न सघाउ पुर्याउनेछ ।’ उनले पछिल्लो समय भलिबल खेलको विकास भएको बताउदै स्थानीय स्तरको खेलाडी उत्पादन टेवा पुग्ने बताए । ‘यस्तो खालको प्रतियोगिताहरु भयो भने उदीयमान खेलाडीहरुले आफ्नो खेल कौशल देखाउन मौका पाउँछन् र माथिल्लो स्तरको प्रतियोगिता सम्म खेल्ने हैसियत बनाउँछन् त्यसैले प्रतियोगिताहरु भइरहन आवश्यक छ ।’ उनले भने । उनले आवश्यक परेको खण्डमा रंगशालमा निर्मित बहुउद्देश्य कभर्ड हल प्रयोग गर्न सक्नेसमेत बताए । ‘तपाइहरुले अरुबेला पनि केही खेलहरु आयोजना गर्नुहुन्छ भने । रंगशालामा कभर्ड हल बनेको छ, गुरुङले भने, ‘घामपानी केहीको पनि पिरलो हुँदैन । त्यसको प्रयोग गर्न चाहनुभयो भने हामीलाई सम्पर्क गनुस् । सहजै उपलब्ध गराउनेछौं ।’ उनले आयोजक संस्थालाई आगामी दिनमासमेत सहयोग गर्ने बताउदै उक्त प्रतियोगिताका लागि ३० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । क्लबका अध्यक्षका कुशल प्रसाद छन्त्यालका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष छन्त्यालले जानकारी दिए । उक्त प्रतियोगितामा पुरुषतर्फ कुल २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

