पोखराः मनाङको थोरङला पास पदमार्गमा एक महिला पदयात्री मृतावस्थामा भेटिएकी छिन् । उक्त पदमार्गमा रहेका पदयात्रीले महिला मृत अवस्थामा भेटेपछि हुम्दे प्रहरीलाई खबर गरेका थिए । पोखरामा रहेको नर्थ नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनका सञ्चालक माेहन भण्डारीले पाेखराबाट गएका पथप्रदर्शकहरुले बिहान ८ बजे देखेकाे र उक्त जानकारी प्रहरीलाई दिएकाे सुनगाभा न्यूजलाइ बताए । पथप्रदर्शकहरुले उनको हाइ अल्टिट्युडकाकारण मृत्यु भएको अनुमान गरेका छन् । जानकारी पाएपछि घटनास्थल पुगेको मनाङ प्रहरीले उनी मृत अवस्ठामा रहेकाे पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले उक्त महिला कोरियन नागरिक रहेको र अन्दाजी ४५ वर्षीया रहेको जनाएका छन् । उनको शव करिब ५४ सय उचाईमा रहेको थोङफेदीमा भेटिएको हो । उनी पथप्रदर्शबिना पदयाात्रामा निस्किएको हुनसक्ने जनाइएको छ । हाल उनको शव मनाङमा रहेको र काठमाण्डौं पठाउन समन्वय भइरहेको श्रेष्ठले जानकारी दिए । त्यस्तै, सोही पदमार्गमा विदेशीका अन्य २ शवसमेत भेटिएको र एकमुष्ट पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । (नोटः यसअघि प्रयोग भएको मृतकको तस्बिर कोरियन दूतावासको अनुरोधमा हटाइएको छ । –सम्पादकं)
पोखरा: पोखराको अमरसिंह चौरमा आजदेखि एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लबको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरे । महोत्सवको उद्घाटन पछि बोल्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने बताए । ‘मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुगेका छ ।’ मुख्यमन्त्री अधिकारीले भने । उनले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको बताउदै मेला महोत्सवमा हुने ब्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिन समेत आग्रह गरे । युवाहरुलाई स्वदेशमै रोक्नका लागी पनि स्वदेशी उत्पादनका सामाग्रीहरुको उत्पान आवश्यक रहेको उनको भनाइ रहेको थियो । त्यसैगरी मेला महोत्सवहरुले स्थानिय भाषा, संस्कृतिको उत्थान समेत गर्ने उनले बताए । गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम)ले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको बताउदै युनाइटेडले लिएको उद्देश्य अनुसारको गतिविधीमा सहयोग र साथ दिने बताए । गण्डकी प्रदेशमा आर्थिक गतिविधी बढाउन र पर्यटकीय गतिविधी बढाउनका लागी पोखरा महोत्सवले उल्लेख्य भुमिका खेलेको उनको भनाइ रहेको थियो । गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सव महोत्सवको पनि महोत्सव भएकाले सम्पूर्णले सहयोग र साथ दिदै सामाजिक सेवामा सहभागी हुन आग्रह गरे । महोत्सवकै आयोजना गरी सामाजिक काम संगै पर्यटकीय गन्तब्य निर्माणका लागि समेत अगाडि वढ्नु आफैमा चुनौती रहेको बताउदै यसका लागी सम्पूर्ण पोखरेलीले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उद्देश्य सबैले लिएपनि पुरागर्न गाह्रो हुने बताउदै युनाइटेड क्लबले आफ्नो उद्देश्यप्रति कटिवद्ध रहेको एकमात्र क्लब रहेको बताए । पोखराको जिल्ला प्रशासन कार्यालय कास्कीमा धेरै संस्गाहरु दर्ता र नविकरणकै बिच हराइरहदा युनाइटेड क्लव एकमात्र गण्डकी पैदेश सरकारलाई नै ध्यान केन्द्रीत बनाउने क्लब बनेको वताउदै पोखरा ताल र हिमाल हेर्ने शहर मात्र नभइ सेती नदीको बारेमा कोही कसैले चासो नदिइरहदा क्लबले पहलकदमी गरेर सेती खोंचलाई शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा अगाडि वढिरहेकाले त्यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको समेत बताए । राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्व वहादुर गुरुङले युनाइटेड क्लब संग आफुले स्थापना कालदेखीनै सहकार्य गर्दै आइरहेको र युनाईटेड क्लबले छोटो समयमानै आफुलाई स्थापित बनाउन सफल भएको बताउदै आगामी दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । सम्पूर्ण वडाहरुको प्रतिनिधीत्व गर्दै पोखरा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले महोत्सव मार्फत आर्थिक चलायामान संगै कला संस्कृतिको जगेर्ना हुने वताउदै युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम अगाडि वढाइरहदा आगामी दिनमा आफ्नो वडा संगै महानरबाट समेत सहयोगका लागि पहल गर्ने बताए । त्यस्तै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी शान्ति सुरक्षाको दृष्टीले कुनैपनि कसर बांकी नराखी सुरक्षा निगरानीलाई चुस्त दुस्त वनाउने बताए । त्यस्तै अमरसिंह माविका प्रध्यानाध्यापक तेजस्वी बरालले युनाईटेड क्लवले अमरसिंहमा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि वढाइरहदा अमरसिंह माविको समेत सामाजिक काममा अप्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै युनाइटेड क्लबको हरेक गतिविधीमा सहकार्य गरेर अगाडि वढ्ने बताए । त्यस्तै कोलपाटन आमा समुको अध्यक्ष सावित्री पौडेलले पोखरा महोत्सवले संघ संस्थाहरुलाई सहभागी बनाइ आफुहरुलाई पनि सामाजिक भावमा सहकार्य गराउन सफल भएको बताइन । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब ले एघारौं संस्करण सम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको र एघारौ महोत्सवदेखी पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई एक शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीहरुका लागि आवाशिय ब्यवस्था सहितको शिक्षालय निर्माण गर्न तर्फ लाग्ने उनले बताए । शिक्षा, स्वास्थ्य खेलकुदका गतिविधीलाई भने निरन्तरता दिने उनको भनाइ रहेको थियो । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । यसैगरी महोत्सव पूर्व पोखरा रंगशालादेखी महोत्सव स्थल सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो । उक्त झांकी तथा र्यालीमा झांकी तर्फ नेपाल मगर संघ रामबजार इकाइले प्रथम स्थान हासिल गरेको छ । भुरुँदी स्यो बौद्ध अर्घौ तमु समाज द्धितीय, डढुवा दुर्छा लम्जुङ तमु समाज तृतिय र थारु समाज कास्कीले सान्त्वना स्थान हासिल गर्न सफल भयो भने ¥याली तर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समुह पोखरा १० द्धितीय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतिय र नागवेली शिर्जनशील आमा समुहले सान्तवना स्थान हासिल गर्न सफल भयो ।
पोखराः पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भनेजस्तै साँच्चिकै प्रकृतिको बरदान हो पोखरा । प्राकृतिक सौन्दर्यताका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य पोखरा यतिखेर पर्यटकका कारण खचाखच भरिएको छ । देशका विभिन्न स्थानसँगै विभिन्न विदेशी राष्ट्रबाट पर्यटकहरू आएका कारण होटलहरू क्षमताको झन्डै ७० प्रतिशतभन्दा बढी भरिभराउ छन् । प्रायः सबै याममा पर्यटकहरूको आगमन हुने पोखरामा अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, दसँै तथा तिहारको समयमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गर्दछन् । पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षका कारण अहिले पोखरामा पर्यटकको राम्रै चहलपहल रहेको बताउँदै उहाँले राम्रा होटेलहरूमा क्षमताको झन्डै ८० देखि ८५ प्रतिशतसम्म भरिभराउ रहेको जानकारी दिनुभयो । “क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहपहल बढिरहेको छ”, उहाँले भन्नुभयो, “अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी रेष्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेवान० पोखराले सञ्चालन गरेको सडक महोत्सवका कारण ठाउँठाउँबाट पर्यटकहरू पोखरामा आएका छन् ।” पोखराका सामान्य होटेलमा पनि क्षमताको ५० प्रतिशतभन्दा बढी पर्यटकहरू भरिएको उहाँले जानकारी दिनुभयो । विगतका वर्षमा कोरोनाबाट प्रभावित भएको पोखराको पर्यटन पछिल्ला समयमा पर्यटकको आगमनले आशा जगाएको पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष एवम् होटेल इलेगेन्टका सञ्चालक बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो । प्रत्येक अङ्ग्रेजी नयाँ वर्षमा क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहलपहल बढ्ने र डिसेम्बर ३०, ३१ र जनवरी १ का दिनमा यहाँका होटेलहरू भरिभराउ हुने गरेको उहाँका व्यवसायीको अनुभव छ । पछिल्ला वर्षमा अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरू पोखरा भित्रने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एन्ड बार एसोसिएसन ९रेवान० द्वारा गर्दै आएको सडक महोत्सव पोखराको राम्रै आकर्षण बन्ने गरेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म हुने महोत्सव यहाँको विशिष्ट पहिचान बन्ने गरेको छ । महोत्सवका अवसरमा सडकमै खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिने र त्यहाँ पर्यटकहरूले राम्रैसँग मनोरञ्जन लिने गरेका छन् । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २४ वर्षअघि अङ्ग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ । सन् २०२३ को जनवरी १ देखि (भोलिदेखि) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै गर्दा यसको पूर्वसन्ध्यामा अङ्ग्रेजी नयाँ वर्षको आगमनलाई लक्षित गरी देखिएको पर्यटकको आकर्षणले पोखराको पर्यटनमा उत्साह थपेको पर्यटन व्यवसायीहरू बताउँछन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुुन्छ । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु यहाँको पर्यटकीय विकासका लागि ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो, “विमानस्थलले आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने् र यहाँबाट हुने हवाई यातायात सेवा सहज एवम् प्रभावकारी बन्ने देखिन्छ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुभारम्भको भव्य तयारी यस्तै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भोलि हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको औपचारिक शुभारम्भका लागि पोखरामा भव्य तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष समारोहबीच विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने जनाइएको छ । उद्घाटनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटनसम्बद्ध सङ्घसंस्था क्रियाशील बनेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घाटनका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । विमानस्थल उद्घाटनकै तयारीस्वरुप पुस १३ गते लेक साइडदेखि पृथ्वी राजमार्गको लामेआहालसम्म बृहत् सरसफाइ गरिएको थियो । अङ्ग्रेजी नयाँ वर्षले पोखराको चहलपहल बढिरहेका अवस्थामा हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेवा शुभारम्भलाई अत्यन्त महत्वका साथ हेरिएको पर्यटन व्यवसायी एवम् टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । “पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय सहर बनाउन विमानस्थल कोसेढुङ्गा साबित हुनेछ”, उहाँले भन्नुभयो, “विमानस्थलसँगै प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा जोडिने सडक लगायतका पूर्वाधार निर्माणतर्फ राज्य गम्भीर बन्नु आवश्यक छ ।”
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ घान्द्रुकमा गुरुङ जातिको मौलिक चाड ल्होछार पर्वको अवसरमा ल्होछार कार्यक्रम आयोजना गरिएको छ । २५ औं ल्होछार रजत जयन्तीको अवसरमा ङग्युुर दोर्जे साङाग छयोएलिङ्ग गुम्बा ल्होछार पर्वको कार्यक्रम आयोजना गरिएको हो । २५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुकमा पुस ११ गते धर्म गुरुहरुको उपस्थितिमा जगे(किलखोर) स्थापना भएको छ, भने पुष १२ देखि १४ गतेसम्म हयुमपाठ वाचन तथा पुजा भइरहेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले जानकारी दिए । ‘पुस १५ गते बिहान ७ः३० देखि ८ बजेसम्म पितृ पुजा, ९ देखि ११ बजेसम्म कङग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा गर्दछौं, गुरुङले भने, ‘१२ बजेदेखि १ सम्म गुरु ढकर रिन्पोछे बाहुल्यबाट आयु छेवाङ ( अभिषेक) दिने र दिउँसो २५ औं ल्होछार जयन्तीको अवसरमा शुभकामना तथा सास्कृतिक कार्यक्रम आयोजना गर्दै छौं ।’ २५ औं ल्होछार रजत जयन्तीको अवसरमा बाघ वर्गको विदाई र विरालो वर्गको आमगनको अवसरमा घान्द्रुक गुम्बा परिसरमा ल्होछारको सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
पोखराः रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा हुने सडक महोत्सवको तयारी अन्तिम पूरा भएको छ । अंग्रजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आयोजना गरिएको सडक महोत्सवको तयारी पूरा भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । कार्यक्रमका संयोजक तथा रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले ‘सडकमै खाऔं, सडकमा रमाऔं’ भन्ने मुख्य नारासहित आयोजना हुने २४ औं सडक महोत्सवको सम्पूर्ण तयारी भएको बताए । उनका अनसार महोत्सव आगामी १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको प्रतियोगिता अन्तरगत चिल्ली बारमा (डिसेम्बर २९) पुष १४ गते वेटर÷वेट्रेस प्रतियोगिता, (३० तारिख) १५ गते फेवातालमा डुङ्गा दौड प्रतियोगिता, र (डिसेम्बर ३१) १६ गते गौरीघाटमा टग अफ वार प्रतियोगिता आयोजना गरिने संयोजक भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार महोत्सवमा अनुप्रस्था, , सविन राई, आशिष रानामगर (लाहुरे) र लोकल व्याण्डको लाइभ कन्र्सट हुनेछ । यस्तै महोत्सवमा दिउँसो प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, खेम सेन्चुरी, शंकर विरही गुरुङ, निश्चल दवाडी, बद्री पंगेनी, प्रेम राजा महत, बविता बानिया जेरी, कुमार पुन, राजन कार्की, शान्ति श्री परियार, पुरुषोत्तम न्यौपाने, तारापती सुवेदी, सम्झना भण्डारी, श्याम रानामगर, कृष्ण अखेली र पार्वती जिसीको साँगीतिक प्रस्तुती रहनेछ भने हास्य व्यङ्ग्यतर्फ दिपक थापामगर, राजा राजेन्द्र, हास्य तर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली लगायतको प्रस्तुती रहनेछ ।
कास्की: अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा २१ औं सेञ्चुरी ल्होछार मेला सुरु भएको छ । सेञ्चुरी युवा क्लबको आयोजनामा आगामी १४ गतेसम्म सञ्चालन हुने मेला आइतबारदेखि सुरु भएको हो । सो मेलाको उद्घाटन गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (संघीय सांसद) दामोदर पौडेल बैरागीले भव्य सफलताको शुभकामना व्यक्त गरे । उनले ल्होछारको शुभकामना व्यक्त गर्दै सो मेलाले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने धारणा राखे । सांसद बैरागीले केन्द्रीय विद्युत प्रशारणको लाइन अन्नपूर्ण आधार शिविरसम्म पुर्याउने प्रतिबद्धता जनाए । ‘म तपाइहरुको योगदान प्रति आभारी छु, उनले भने, ‘मैले मेरो कार्यकालमा विद्युतको केन्द्रीय प्रशारण लाइन र ‘फोर जि’ लाई एबिसीसम्म पुर्याउन पहल गर्ने प्रतिबद्धता गर्दछु ।’ यस्तै गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले पहारीले हरेक वर्ष आयोजना हुने मेलाको गरिमा फरक रहेको बताउदै निरन्तरता दिन आग्रह गरे । छोम्रोङबासीले यसपटकपनि अमुल्य मत दिएको भन्दै धन्यवाद प्रकट गरे । ‘यहाँहरुले मलाई यसपटकपनि अमुल्य मत दिनुभयो, यद्यपी रिजल्ट मेरो पक्षमा आएन । तैपनि म तपाइहरुको अमुल्य मतप्रति एकदमै आभारी छु । आगामी दिनमा तपाइहरुसँगै रहने पनि बाँचा गर्दछु ।’ उनले भने । यस्तै अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिम बहादुर गुरुङले ल्होछार मेलाले पर्यटन प्रवद्र्धन मात्र नभई सँस्कृतिको संरक्षण गर्ने बताए । ‘यो मेलाले पर्यटनको मात्रै प्रवद्र्धन गर्दैन । यसले हामी तमुहरुको कला तथा सँस्कृतिको पनि जगेर्ना गर्छ ।’ वडाध्यक्ष गुरुङले भने । कार्यक्रममा पोखरा सम्पन्न फिस्टेल म्याराथनमा द्वित्तिय स्थान हाँसिल गरेका अन्नपूर्ण गाउँपालिका ११ का सचिन गुरुङलाई गाउँपालिका र क्लबको तर्फबाट सम्मान गरिएको थियो । क्लबका अध्यक्ष मिकास गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेला संयोजक राजकुमार गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । मंगलबारदेखि खेलकुद प्रतियोगिता छोम्रोङका जारी मेलामा अन्य कार्यक्रम भइरहेपनि खेलकुद प्रतियोगिता भने मंगलबारदेखि सुरु हुने मेला संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार साँस्कृतिक जगर्नेसहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित जारी मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, भोलि (मंगलबार) देखि सञ्चालन हुनेछ । ‘आजसम्म टिम दर्ता भइरहेको छ । सबै प्रतियोगिताहरु भोलिदेखि सुरु हुदैछ । अहिले साँस्कृतिक कार्यक्रमहरु भइरहेको छ ।’ संयोजक गुरुङले भने । उनका अनुसार पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए । गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलतर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । ।
पोखराः १८ औं संस्करणको लेखनाथ महोत्सवको आईतबार मात्रै ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । बिदाको दिन परेका कारण अघिल्ला दिनहरुको तुलनामा कारोबार पनि राम्रो भएको छ । आईतबार १ करोड २० लाख बढीको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन । महोत्सवको तेस्रो दिन आईतबार इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिसमस डे को सार्वजनिक बिदा परेकाले पनि दर्शकहरुको उपस्थिति राम्रो भएको आयोजकको अनुमान छ । महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् । आईतबार भएको लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु कुलेन्द्र बिक, राजन कार्की, प्रेमराज अधिकारी, नारायण सुवाल गायिकाहरु आयुशा गौतम, बन्धना पाण्डे, कमला गैह्रे, बिनु लामाको प्रस्तुति रहेको थियो । त्यस्तै हाँस्यव्यंग्यतर्फ बेगम नेपाली उर्फ ‘भटभटे’, मनराज श्रेष्ठ उर्फ ‘भगवान’को आर्कषक प्रस्तुति रहेको थियो भने लाइभ कन्सर्टतर्फ ¥यापर दिमृती र संजिव सिंह रानाले महोत्सवको माहोल तताएका थिए । भोलि महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु प्रजापती पराजुली, शंकर विरही गुरुङ्ग, तारापती सुवेदी, टेक क्षेत्री र वसन्त लम्साल गायिकाहरु पुर्णकला बिसी, दिलु मगर, वसन्ती थापा लगायतको आर्कषक प्रस्तुति रहने भएको छ भने लाइभ कन्सर्टतर्फ मिलन नेवार, ¥यापर आको बुम र ओम गुरुङ्गको बेजोड प्रस्तुती रहने भएको छ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सव पोखरा महानगरपालिकाको तालचोक डाँडाको नाकमा जारी छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानले स्टल राखेका छन् । ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले सम्पूर्णमा आग्रह गरेका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
पोखराः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) ले ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत टोली चितवन पुगेर विभिन्न गतिविधि गरी पोखरा फर्केको छ । पर्यटन क्षेत्रमा टेवा पु¥याउनका लागि पोखराका पर्यटन व्यवसायी र विभिन्न पेसा व्यावसायमा आवद्ध उद्यमीहरु चितवन पुगेका थिए । सो कार्यक्रम शुक्रबार शनिबार भएको थियो । कार्यक्रम अन्र्तगत शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको २ दिनसम्म हुने नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए । उक्त फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा कसरी टेवा पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । ‘हामीले पहिलो दिन चितवन दासढुंगामा भेला भएका उद्यमीहरुसँग कसरी पयर्टन क्षेत्रमा जोडिन सकिन्छ भनेर सल्लाह गरेका छौं,’ उनले भने, ‘हामीसँग नाट्टाको प्रदेश अध्यक्षहरुसहित विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीहरु सहभागी हुनुहुन्छ ।’ कार्यक्रमको दोस्रो दिन शनिबार तनहुँ र चितवनमा रहेको देवघाटधाम भ्रमण गरेको थियो । नाट्टा छिट्टै पर्यटन क्षेत्रको विकासका लागि उद्यमी सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । संस्थामा सदस्य एवम् कार्यक्रम संयोजक गणेश पोखरेलले आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार नै छिमेकी प्रदेशका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए । यस कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउन र कसरी पर्यटनलाई अरु क्षेत्रसँग जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाउन सघाउने उनले बताए । कार्यक्रममा सहभागी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जुनसुकै क्षेत्र पर्यटनसँग जोडिने भएका कारण सबै क्षेत्रका उद्यमीहरु बिच सहकार्य हुनुपर्ने बताउँछन् । नाट्टाले सबै क्षेत्रका उद्यमीहरु भेला गरी फेलोसिप गराएर सह्रानीय काम गरेको उनले बताए । ‘हामी उद्यमीहरु कुनै न कुनै माध्यमबाट पर्यटनसँग जोडिएका हुन्छौं,’ उनले भने, ‘हामी हामी बिच चिनजान र सहकार्य हुनु आवश्यक थियो । नाट्टाले जुन काम गरेको छ त्यो सह्रानीय छ ।’ टोलीमा संस्थाका सदस्य, विभिन्न व्यावसायमा आवद्ध उद्यमीसहित ३० जनाको सहभागिता थियो । नाट्टाले पोखरा र नेपालको पर्यटन प्रवद्र्धनलाई मूर्त रुप दिन सन् २००८ देखि प्रमोशनल टुर पनि गर्दै आएको छ ।
पोखराः पोखरा महानगरपालिका वडा नं –१५ ले ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको छ । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष तोरण बहादुर बानियाँले बताए । बानियाँले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय पोखराबाट बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप एक दिने भ्रमणमा लैजान लागिएको जानकारी दिए । उनका अनुसार भ्रमण टोलीलाई बागलुङको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरको दर्शन गराई पर्वतको कुस्मा स्थित विभिन्न झोलुङ्गे पुल र बन्जी जम्पको अवलोकन गराइने छ । भ्रमण टोलीलाई न्यानो गलबन्दी लगाएर बिदाइ पश्चात् आफ्नो भनाई राख्दै पोखरा महानगरका मेयर धनराज आचार्यले निर्वाचित भएर आइसकेपछि पोखरालाई साँच्चैको महानगर बनाउनका लागि यहाँका न्यूनतम आवश्यकताहरूलाई पूरा गर्न योजनाबद्ध रूपमा अगाडी बढिरहेको बताए । उनले औपचारिक विद्यालयको शिक्षासँगै आफूले जीवनमा भोगेका भोगाई र शिक्षा ज्येष्ठ नागरिकबाट पनि सिक्नुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताए । अहिले महानगरले सबै ज्येष्ठ नागरिकका लागि सम्मान स्वरूप विभिन्न योजना बनाएर कार्यक्रम अगाडी बढाइरहेको हुँदा आगामी दिनमा अन्य वडामा पनि यस प्रकारको कार्यक्रमहरू ल्याउने बताए । उनले ज्येष्ठ नागरिकहरूमा वृद्ध भत्ता सम्बन्धी केही अस्पष्टता रहेको भन्दै महानगरबाट दुई सय रुपैयाँ थप दिँदै आइएकोमा नेपाल सरकारबाट त्यसरी दिन नमिल्ने भन्दै बेरुजु बनाइएपछि अहिले पोषण कार्यक्रमका रूपमा दुई वटा शीर्षकमा खातामा रकम पठाइरहेकाले सबैलाई स्पष्ट हुन आग्रह गरे । उनले भ्रमण टोलीलाई सफल यात्राको शुभकामना दिँदै बागलुङ कालिका प्रसिद्ध धार्मिक स्थल भएको र झोलुङ्गे पुल, पुल मात्र नभएर संसारले हेर्न आउने अग्लो स्थानको पुल भएकाले आनन्द पूर्वक अवलोकन गर्न आग्रह गरे । यस्तै, भ्रमणमा सहभागी मध्ये ज्येष्ठ नागरिक श्याम प्रसाद सुवेदीले पछिल्लो समय वृद्ध वृद्धाहरूलाई उचित सम्मान नगरिरहेको अवस्थामा पहिलो पटक यसरी वडाले सम्झिएर भ्रमणमा लैजान लागेकोमा खुसी व्यक्त गरे। उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भन्दै यस्ता कार्यलाई निरन्तरता दिन पनि आग्रह गरे । भ्रमणको नेतृत्व वडा सदस्य बलराम पौडेल गरेका छन् । भने, ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक जना नर्ससहित तीन जना स्वास्थ्य स्वयंसेविकाको टोली र रेखदेखका लागि वडाका तीन जना कर्मचारीलाई खटाइएको छ ।