बलेवा : कोरोना महामारीपछि बागलुङको भकुण्डेमा रहेको सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् । बुधबार वल्र्ड भिजन अर्गनाइजेसनले विश्व भेगन समूहका नौ सदस्यलाई बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास पु¥याएको हो । समूहमा तीन बेलायती, छ अमेरिकी र तीन नेपाली नागरिक रहेका छन् । लामो समयपछि घरबासमा विदेशी पर्यटक आएपछि घरबास सञ्चालक उत्साहित भएका छन् । कोरोना महामारीको समयमा तीन वर्षयता घरबास कहिले सञ्चालन हुने र कहिले बन्द हुँदै आएको थियो । आन्तरिक पर्यटकको प्रायः भीड लाग्ने यहाँको घरबासमा तीन वर्षपछि विदेशी पर्यटक आएको घरबास सञ्चालक इन्द्रा थापाले बताउनुभयो । ‘‘हामी घरबास सञ्चालन गरेर पाहुनाकै पर्खाइमा हुन्थ्यौैँ, स्वदेशी वा विदेशी जोकोही आउँदा पनि खुसी लाग्छ’’ उहाँले भन्नुभयो–‘‘हाम्रो व्यवसाय नै घरबास हो, यहीँको आम्दानीले जीवन धान्नुपर्छ ।’’ भकुण्डे पुगेका विदेशी पर्यटकलाई घरबास सञ्चालकले सामूहिकरुपमा स्वागत गरेका थिए । कोरोना महामारीअघि २०७६ सालको कात्तिक १४ गते भकुण्डेका घरबास बस्न पुगेको उक्त समूह तीन वर्षपछि कात्तिक १६ गते सोही घरबासमा पुगेको हो । ‘‘हामीले हरेक वर्ष समूहका सदस्यलाई पालैपालो बागलुङ बजार र यहाँका घरबासमा ल्याउने योजना बनाएका थियौँ’’ वल्र्ड भिजन अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेश शर्माले भन्नुभयो ‘‘उहाँहरु यहाँको प्रकृतिसँग रमाउनुहुन्छ, स्वच्छ स्थानीय खानपान हुने भएकाले त्यसको प्रबद्र्धनसमेत हुने गरेको छ ।’’ नगरपालिकाले तीन वर्ष पहिले विदेशी पर्यटक भित्र्याउन पहल थालेकामा उक्त समूहले साथ दिएको थियो । बागलुङका विभिन्न पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटक यहाँको प्रकृतिसँग रमाउने गरेको उहाँले बताउनुभयो । ‘‘उहाँहरु दुई दिन घरबासमा र एक दिन बजारमा बस्नुहुन्छ, बीचमा यहाँको कला र संस्कृति अवलोकन, प्राकृतिक सम्पदासँग रमाउनु भएको छ’’ अध्यक्ष शर्माले भन्नुभयो ‘‘यो निरन्तर प्रक्रिया हुनेछ ।’’ विदेशी पर्यटक घरबासमा पुगेपछि यहाँको प्रचारप्रसार र उत्पादनको उपयोगमा सहयोग पुग्ने उहाँले बताउनुभयो । भकुण्डेमा रहेको भ्यू टावरबाट सूर्योदय हेर्ने, यहाँबाट देखिने हिमशृङ्खलाले उनीहरुलाई लोभाउने गरेको छ । भकुण्डेमा कोदोको ढिँढो, गुन्द्रुक, स्थानीय जातको आलुलगायत उत्पादन उनीहरुले प्रयोग गर्ने गरेका छन् ।
गलकोट : बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो । बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ । बेलढुङ्गा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताउनुभयो । “समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो”, उहाँले भन्नुभयो । ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ । यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ । प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ । “पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौँ”, बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालकसमेत रहनुभएका श्रीसले भन्नुभयो, “अहिले शुक्रबार र शनिबार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।” दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन, बेलढुङ्गालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ । गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि रु २० लाख र चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो । करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारी बताउनुहुन्छ । भत्किएको बेलढुङ्गा काठेखोला गाउँपालिकाको रु दुई लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो । ओख्लेको देउरालीसम्म सडक पुगेको छ । त्यहाँबाट दुई सय ६० मिटर पदमार्ग प्रयोग गरेर बेलढुङ्गा पुग्न सकिन्छ । दृश्यावलोकनसँगै सूर्योदय पनि यहाँबाट हेर्न सकिन्छ । अधिकांश पर्यटक घरबासमा बास बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् ।
बागलुङ : फुर्सद झिकेर घुमघाममा निस्केका ३० जना पोखरेलीले बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । सुरुमा प्रसिद्ध कालिका भगवतीको दर्शन गरे । दोस्रो रोजाइमा भने ‘गण्डकी गोल्डेन ब्रिज’लाई पारे । पाँच सय ६७ मिटर लामो उक्त झोलुङ्गे पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । पछिल्लो समय बागलुङ भित्रने जो–कोहीलाई सो पुलले लोभ्याउने गर्छ । मानिसहरू रुचिपूर्वक पुल हेर्न पुग्छन् । धेरैले तरेरै रमाइलो लिन्छन् । नसक्नेले चाहिँ हेरेरै चित्त बुझाउँछन् । पुल तर्दा हलुका डर लागे पनि रोमाञ्चक अनुभव भएको यात्रामा सहभागी रेश्मा ढुङ्गाना बरालले बताउनुभयो । पुल छेउछाउको दृश्यले पनि आकर्षित गरेको उहाँको भनाइ छ । पवित्र कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । ‘सिङ्गल स्पाम’तर्फ देशकै लामो सो झोलुङ्गे पुल एक सय ६५ मिटर अग्लो छ । पर्वतको फलेबासदेखि आएका किशोरीहरू पनि मध्याह्नपख पुलमा रमाइरहेका देखिन्थे । तस्वीर लिन र ‘टिकटिक’ बनाउन तँछाडमछाड थियो । नाम बताउन नचाहने पनि उनीहरूले यति लामो झोलुङ्गे पुल पहिलोपटक तरेको सुनाए । चाडबाडको बिदा पारेर घुम्न निस्केको उनीहरूको भनाइ थियो । बागलुङ–१ का वडाध्यक्ष जयबहादुर केसीले बिदा पर्दा पुलमा दैनिक सयौँ पर्यटकको भीड लाग्ने गरेको बताउनुभयो । “कालिका भगवतीको दर्शन गर्न आउने अधिकांश पुल पनि हेर्न आइपुग्छन्, पोखरालगायत ठूला सहर र बाहिरी जिल्लाबाट पनि पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “पुल आसपासमा सौन्दर्यीकरण गर्ने र अरु पूर्वाधार थप्न सके अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।” छेउमै रहेको सहिद उद्यानले केही मात्रामा भए पनि पुलको आकर्षण बढाएको उहाँको भनाइ छ । पुल बनेपछि सर्वसाधारणको आउजाउ सहज हुनुका साथै पर्यटकीय गतिविधि बढेको हो । स–साना रेष्टुराँ, खाजाघर खोलेर स्थानीयवासी आयआर्जनमा जोडिएका छन् । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पुल बनेपछि बागलुङले नयाँ गन्तव्यस्थल पाएको बताउनुभयो । “लामो पुलले नयाँ पर्यटकीय आकर्षण थपेको छ, बाहिरबाट पर्यटक पनि आइरहेका छन्”, उहाँले भन्नुभयो, “पहिले रातिको समयमा पुलमा झिलीमिली बत्ती बल्थ्यो, अहिले त्यो नहुँदा सौन्दर्य केही घटेजस्तो भएको छ ।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा उक्त पुल बनेको हो । अध्यक्ष चोखालले आन्तरिक पर्यटक बागलुङ आउने दिनभर घुम्ने र साँझ फर्कने गरेको स्थितिलाई फेर्नुपर्ने धारणा राख्नुभयो । “बागलुङ पनि एउटा पर्यटकीय गन्तव्य हो भन्ने विस्तारै स्थापित त हुँदैछ तर पर्यटकलाई एक–दुई रात बास बसाउने गरी घुमघामको प्याकेज दिन आवश्यक छ”, अध्यक्ष चोखालले भन्नुभयो, “पर्यटन व्यवसायीलगायत सरोकारवाला बसेर पर्यटन प्रवद्र्धनको योजना बनाउनुपर्छ, पर्यटनमा हाम्रो भविष्य छ ।” उहाँले पर्यटक भित्र्याउन सजिलो नभएको भन्दै पूर्वाधार र प्रवद्र्धनको कमी रहेको उल्लेख गर्नुभयो । अहिलेसम्म बागलुङको पर्यटन गुरुयोजनासमेत बन्न सकेको छैन । छोटो समय लिएर बागलुङ आउने पर्यटकले कालिका भगवती मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय आदि घुमेर यात्रालाई बिट मार्छन् ।
फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै हुनुहुन्थो । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गर्नुभएको हो । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताउनुभयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो । कोभिड–१९ का कारण पर्यटक आगमन शून्य भएपछि पेसा परिवर्तन गर्ने सोचमा रहेका होटल सञ्चालक पेमा शेर्पा पर्यटक आगमनसँगै होटल व्यवसाय नछाड्ने सोचमा पुग्नुभएको छ । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । अन्य होटल रु ८० लाखदेखि बढीको लगानीमा सञ्चालनमा छन् । लामो समय कोरोनाका कारण बन्द होटल अहिले भरिभराउ छन् । विस्तारै मौसम खुल्दै गएसँगै कञ्चनजङ्घा हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जैविक विविधताको अवलोकन तथा चाँदीजस्तै टल्किने कञ्चनजङ्घा हिमालको नजिकैबाट दृश्यावलोकनले छुट्टै आनन्द मिल्ने गरेको पाँचथरबाट घुम्न आउनुभएका सन्दीप नेम्वाङले बताउनुभयो । कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदर्माग प्रयोग हँुदै आएको छ । पाँचथरको गणेशचोक हँुदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग ९साउथ रुट०मा पर्दछ । गत सातामात्र साउथ रुट हुँदै फ्रान्सका सात, बेलायतका दुई र भारतका एक पर्यटक कञ्चनजङ्घा हिमाल क्षेत्र प्रवेश गरेको व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताउनुभयो । उहाँले भन्नुभयो, “आज पनि १६ जनाको समुह आउँदै छ । चेक पोष्टमा आइपुगेर मात्र कुन–कुन देशको हो थाहा हुन्छ ।” साउथ रुट हुँदै आन्तरिक पर्यटक पनि कञ्चनजङ्घा हिमाल क्षेत्रको अवलोकनमा जाने क्रम जारी रहेको राईले बताउनुभयो । प्रदेश नं १ को राजधानी विराटनगर, धरान, दमक तथा सङ्घीय राजधनी काठमाडौँदेखि आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएका छन् । काठमाडौँदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट)मा पर्दछ । नर्थ रुट हँुदै गत सातामात्र ६० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा प्रवेश गरेको व्यवस्थापन परिषद्को तापेथोक कार्यालयका पर्यटन सहायक कल्पना ताम्मादेनले बताउनुभयो । कञ्चनजङ्घा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ । यातायातका साधन प्रयोग गर्ने पर्यटकको विवरण घुन्सा चेकपोष्टले राख्दै आएको छ । घुन्सा चेकपोष्टका पर्यटन साहयक टासी तेन्जिङका अनुसार गत साता विभिन्न देशका एक सय २० बाह्य पर्यटक घुन्सा प्रवेश गरेका छन् । स्पेन, फ्रान्स, अष्टे«लिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, भारतलगायत बाह्य पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर प्रवेश गरेको घुन्सा चेकपोष्टले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा तीन सय ५९ पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२ विदेशी, ६३ सार्क देशका र ७४ स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो । गएको आव २०७७÷७८ मा भने कोरोनाका कारण ६३ जनामात्र पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रमा आउने पर्यटक ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा र कञ्चनजङ्घा हिमालको अध्ययन अवलोकन गर्न पुग्ने गरेका छन् । गत असोज १५ गतेदेखि कात्तिक र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बू)ले बताउनुभयो ।
ढोरपाटन : चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै फेरिएको छ । उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ । काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा घरबास (होम–स्टे) सञ्चालन गरे । घरबास सञ्चालनपछि यहाँका महिला स्वरोजगार बन्नाका साथै दैनिकी र जनजीवनसमेत परिवर्तन भएको छ । सुरुमा घरबास सञ्चालन गर्न समस्या भयो तर पछि जान्दै, बुझ्दै र सिक्दै गएपछि उनीहरुमा निकै परिवर्तन आयो । नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरुले नेतृत्व विकास गरेर घरबासमा आउने पाहुनाको व्यवस्थापन उनीहरु आफैँ गर्छन् । खाना, बस्न र नाचगान गरेर मनोरञ्जन दिने कामसमेत हुँदै आएको छ । घरबास सञ्चालक माया पुन घर्ती भन्नुहुन्छ, “होम–स्टे सञ्चालनमा आएपछि गाउँका आमा, दिदीबहिनीको चालचलन, बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ, पहिले चुलोचौकोमै सीमित हुने हामीहरु गाउँ समाजमा आफ्ना कुराहरु राख्न सक्दैनथ्यौँ, अहिले बोल्न सक्ने भएका छौँ, सुरु–सुरुमा त गाह्रो भयो, पाहुनाले भने जस्तो खानपान बनाउन सकिएन कि भन्ने हुन्थ्यो, अहिले धेरैले राम्रो भएको छ भन्दा खुसी लाग्छ, अझै सिक्ने क्रममा छौँ, जति सक्दो पाहुनालाई खुसी बनाउने प्रयास गरेका छौँ ।” उहाँले घरबासलाई व्यावसायिक रुपमा विकास गरिरहेको भन्दै व्यवस्थापनलाई थप व्यवस्थित गरिरहेको बताउनुभयो । घरबास आफूहरुको आयस्रोतको माध्यम बन्नाका साथै गाउँको प्रचारप्रसारसमेत भइरहेको उहाँको भनाइ छ । पर्यटकीय हिसाबले धम्जा ओखले गाउँले निकै सम्भावना बोके पनि ओझेलमा परेको हुँदा यसको विकास गर्न आफूहरु जुटिरहेको घर्ती बताउनुहुन्छ । “होम–स्टे सञ्चालन भएपछि हाम्रो गाउँको प्रचारप्रसार भइरहेको छ, पर्यटकीय सम्भावना बोकेको हाम्रो गाउँलाई विकास गर्नुपर्छ भन्ने लक्ष्य राखेर काम गरेका छौँ, गाउँका महिला दिदीबहिनी एकताबद्ध भएर लागेका छौँ, बिस्तारै व्यावसायिक बन्दै पनि छौँ”, घर्तीले भन्नुभयो, “होम–स्टेले गाउँलेलाई एकताबद्ध बनाउनाका साथै सामाजिक कार्यमा लाग्न प्रेरित गरेको छ ।” स्थानीय पुस्पा छन्त्यालले घरबासले महिलाको दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याएको बताउनुभयो । उहाँले गाउँ घरबास सञ्चालन गर्नुपूर्व आफूहरुले घाँसदाउरा गर्ने, पशुचौपाया पाल्ने र मेलापात गरेर जीविका निर्वाह गरेको स्मरण गर्नुभयो । घरबास महिलाको आयआर्जनको स्रोत बनिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिले हाम्रो दैनिकी घाँसदाउरा र मेलापात गर्दैमा बित्ने गथ्र्यो, अहिले मेलापातमा मात्रै सीमित हुन परेको छैन, घरमा पाहुनालाई परिकार बनाएर खुवाउने, हाम्रो कलासंस्कृति देखाउने गरेर बित्छ, यसबाट आम्दानी राम्रो भएको छ ।” छन्त्यालले घरबास सञ्चालनमा आएको छोटो समयमै धेरै पर्यटक भित्र्याउन सफल भएको र आफ्ना गतिविधि र चालचलनमा परिवर्तन भएको बताउनुभयो । उहाँले धेरैभन्दा धेरै पाहुना भित्र्याउने र उनीहरुलाई सन्तुष्ट बनाउने तथा स्थानीय गीतसङ्गीत र नाचले मनोरञ्जन दिन आफूहरु निरन्तर लागिपरेको बताउनुभयो । “हाम्रा लागि होम–स्टे सञ्चालन गर्नु बिल्कुलै नयाँ काम हो, नयाँ अनुभव हो, हामीले गर्नुपर्ने र सिक्नुपर्ने काम धेरै छन्, केही कमीकमजोरी पाहुनाहरुले पनि औँल्याइदिनुहुन्छ, सुधार गरिरहेका छौँ”, छन्त्यालले भन्नुभयो, “पाहुनाले हामीबाट केही नयाँ कुरा सिक्नुहुन्छ भने हामीहरुले पनि उहाँहरुबाट नयाँ कुराहरु सिकिरहेका छौँ, यसले यहाँ धेरै परिवर्तन हुँदै गएको छ ।” गाउँलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्षपहिले ‘बेलढुङ्गा सामुदायिक होम–स्टे’ स्थापना गरेको अध्यक्ष गोपाल श्रीसले बताउनुभयो । पर्यटकीय क्षेत्र बेलढुङ्गाको काखमा रहेको धम्जा ओखले गाउँ सम्भावना बोकेको ठाउँ हुँदा आफूहरु सक्रिय रुपमा लागेको श्रीसले बताउनुभयो । “हाम्रो उद्देश्य गाउँलाई पर्यटकीय क्षेत्र बनाउने र महिला दिदीबहिनीको नेतृत्व विकास गरी व्यावसायिक बनाउने थियो, चार वर्षमा दिदीबहिनीमा निकै परिवर्तन आएको छ, होम–स्टे राम्रै चलेको छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “पहिले उहाँहरु राम्रोसँग बोल्न सक्नु हुँदैनथ्यो, नेतृत्व विकास भएको थिएन, अहिले निकै ‘फर्वाड’ हुनुभएको छ ।” गाउँको १२ घरमा घरबास सञ्चालनमा रहेको छ । हामेस्टे सञ्चालन गर्न हालसम्म १८ लाख अनुदान प्राप्त भएको छ । गण्डकी प्रदेश सरकारले सहयोग गरेको उक्त रकमबाट भान्साकोठा, शौचालय, सभा हल निर्माण गरिएको छ । “पाहुनाहरुको आगमन राम्रो छ, बर्खामा अलिकति समस्या भयो, गाउँ आउने बाटो कच्ची हुँदा बर्खाभरि गाडी चल्दैनन्, त्यसले गर्दा पाहुना भित्र्याउन सकिएन, यस वर्षको बर्खामा दुईजना विदेशी पर्यटकलाई १० दिन राखियो, अरू बाटोका कारण आउन सक्नु भएन”, उहाँले भन्नुभयो, “बाटो राम्रो भएको बाह्रै महिना यहाँ पाहुना आउन सक्नुहुन्थ्यो ।” उहाँले घरबासमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापर र आलुबाट बनाइएका परिकार तथा स्थानीय कुखुरा, खसी बोका, गुन्द्रुक लगायतका स्वादिष्ट परिकार खुवाउने गरेको बताउनुहुन्छ । होमस्टे सञ्चालकले पाहुनालाई मनोरञ्जन दिन मौलिक सालैजो, ठाडो भाका लगायतका विभिन्न संस्कृतिको नाचसमेत देखाउने गरेको अध्यक्ष श्रीसको भनाइ छ । होमस्टे नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा रहेको हुँदा यहाँ घुम्न आउने पर्यटकले एक रात यहाँ बिताउने गरेको उहाँको भनाइ छ ।
मनाङ : हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप०का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो । हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटक गरी हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो । गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । बङ्गालको खाडीबाट विकसित हुँदै नेपाल प्रवेश गरेको मनसुनले गर्दा पर्यटक आवागमनको उपयुक्त समयमा पनि सडकमार्गको उपयोग गर्न समस्या भएको छ । सडकमार्गमार्फत यात्रा गर्न समस्या हुँदा मनाङमा पहिलोपटक एकै दिनमा एक सय २० पटक हेलिकोप्टर अवतरण गरी पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा एक सय २० पटक अवतरण गरी नयाँ रेकर्ड कायम गरेको हो । मनाङलगायत गोरखा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पर्यटक पुगेका थिए । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण ती पर्यटक बीचबाटोमै अलपत्र परेका र सम्पर्कमा आएका पर्यटकलाई उद्धार गरिएको छ । मनाङको अन्नपूर्ण, गोरखाको मनास्लु, मुस्ताङको धवलागिरि क्षेत्रमा पर्यटक पुगेका थिए ।
तनहुँ : मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरुलगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । यहाँ अहिले स्वदेशीदेखि विदेशीसम्मको भ्रमण गन्तव्य बन्दै गएको छ । पृथ्वी राजमार्गको डुम्रेदेखि करिब आठ किलोमिटर दूरीमा पर्छ । “बन्दीपुरमा पर्यटकको चाप बढेको यिनै कलात्मक झ्यालढोकासहितका घरले गर्दा हो”, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ घर देखाउँदै भन्नुहुन्छ, “यी घरहरु हुन्थेनन् त बन्दीपुर हुने थिएन । पर्यटक हुने थिएनन् ।’’ पृथ्वीनारायण शाहले १७७८ सालतिर काठमाडौं उपत्यका आक्रमण गरेपछि भक्तपुरबाट भागेर आएका प्रधान, जोशी, पिया, श्रेष्ठ र मल्लहरुले बसालेको बस्ती हो बन्दीपुर । उत्तरतर्फ देखिने लहरै हिमाली दृश्य, कलात्मक घर र ढुङ्गाले ओछ्याइएका गोरोटो बाटोको सुन्दरताले बन्दीपुरलाई पहाडको रानीसमेत भनेर चिनिन्छ । बाह्रै महिना पर्यटक आउने गरे पनि पुस, माघ र नयाँ वर्षको छेकोमा विदेशी पर्यटकको चाप बढ्ने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउनुहुन्छ । “जाडो याम सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चाप बढ्न थालेको छ”, प्रधानले भन्नुभयो, “अब बन्दीपुरका होटल भरिभराउ हुने समय सुरु भयो ।” कोभिड सङ्क्रमण पहिले बन्दीपुरमा दैनिक ३० देखि तीन सयसम्म विदेशी पर्यटक आउने गर्थे । हाल डेङ्गु सङ्क्रमणको चर्चाले विदेशी पर्यटकको आगमनमा केही असर गर्लाकी भन्ने चिन्तामा हुनुहुन्छ, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालकसमेत रहनुभएका प्रधान । बन्दीपुर भ्रमणलाई प्रोत्साहन गर्न बन्दीपुर गाउँपालिकाले आवश्यक प्रचारप्रसारको र पूर्वाधार विकासमा सहयोग गर्नुपर्ने प्रधानले बताउनुभयो । बन्दीपुरमा असोजदेखि माघसम्म स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्ने विकास समितिले जनाएको छ । कोभिड सङ्क्रमण पहिले बन्दीपुरमा चीनबाट आउने पर्यटक बढी हुने गरेपनि अहिले बेलायत र फ्रान्सका पर्यटकको चाप बढी रहेको छ । बन्दीपुर विकासका लागि सबै क्षेत्रबाट सकारात्मक पहलको आवश्यकता रहेको तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइले जनाएको छ । पोखरा र सौराहा जस्तै पर्यटकको चाप बढाउन बन्दीपुरमा नयाँ सोंच र योजना हुन आवश्यक रहेको एकाइ सभापति वैंश गुरुङ बताउनुहुन्छ । “बन्दीपुर जान केवलकारको काम धमाधम भइरहेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “कृत्रिम ताल बनाउने योजना पनि अब छलफल गरी अघि बढाउने योजनामा छौँ ।” बन्दीपुरको दीर्घकालीन विकासको लागि स्थानीय तहबाट आफूहरुले सकारात्मक सहयोग खोजेको भए पनि त्यो प्रयास पर्याप्त नभएको उहाँले बताउनुभयो । बन्दीपुरमा हाल साना ठूला गरेर करिब ७७ वटा होटल सञ्चालनमा छन् । बन्दीपुर गाँउपालिकाको कार्यालयले समेत बन्दीपुरमा दोहोरिएर आउने पर्यटक बढाउने गरी दीर्घकालीन योजना बनाउने गरी आफूहरु जुटिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । बन्दीपुर आउने पर्यटक बढाउन गाउँपालिकाले ‘मिनी ग्रेटवाल’ बनाइरहेको उहाँले जानकारी दिनुभयो । “दोहोरिएर आउने पर्यटक चाप बढाउने गरी योजना बनाउन आवश्यक देखेका छौँ”, बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो, “त्यसका लागि पर्यटकलाई लोभ्याउने योजना बनाउने गरी जुटिरहेका छौँ ।” यसै आर्थिक वर्षमा सूचना केन्द्र स्थापनाका लागि गाउँपालिकाको कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको बन्दीपुर गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिकाका ११ वडामध्ये बन्दीपुर बजार २ र ३ वडामा फैलिएको छ । तनहुँसुर तनहुँसुरले पनि पर्यटकीय गन्तव्यका रुपमा पछिल्लो समय पहिचान बनाउँदै गएको छ । व्यास नगरपालिका–११ मा पर्ने तनहुँसुरमा तोप, दरबार र मन्दिरको भग्नावशेष हेर्न मानिस आउने गर्छन् । यहाँबाट महाभारत पर्वत शृङ्खला, चुँदी र कलेस्तीफाँटको दृश्य मनमोहक देखिन्छ । राजाले नियम र निर्णय सुनाउन बस्ने गरेका गद्धि चौतारा अझै पनि छ । पर्यटकलाई बसाइ व्यवस्थापन सहज बनाउन तनहुँसुर सामुदायिक होमस्टे ९घरवास० पनि सञ्चालन गरिएको छ । तनहुँसुर आउने पर्यटकलाई यही होमस्टेमा वासको प्रवन्ध गरिन्छ । एकैपटकमा ३०/३५ जनालाई सजिलै व्यवस्थापन गर्न सकिने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । पाल्पाका राजा मणिमुकुन्द सेनले जेठा छोरा भृङ्गी सेनलाई सन् १६१० मा राज्य गर्न तनहुँसुर पठाएको किंवदन्ती छ । २३० बर्षसम्म तनहुँसुरमा आठ सेन वंशी राजाले राज गरेको इतिहास छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन हुन् । विसं २०२५ तिर पृथ्वी राजमार्ग खनिएसँगै यहाँका नेवारहरु व्यापारका लागि दमौली झरेपछि यो बस्ती खण्डहर जस्तै हुन पुग्यो । तनहुँसुरमा अहिले नेवार, मगर र दलितका गरी ६४ घर छन् । तनहुँसुरमा आन्तरिक पर्यटककै चाप बढी हुने गर्दछ । यहाँ तनहुँसुर र तनहुँसुर देवस्थल गरी दुईवटा होमस्टे सञ्चालनमा छ । “तनहुँसुरमा आउने मुख्य पर्यटक भनेकै स्वदेशी हुन्”, तनहुँसुर होमस्टेका अध्यक्ष केवि थापाले भन्नुभयो, “एक पटक आउने अर्को पटक परिवारका सदस्यलाई लिएरसमेत आउनुहुन्छ ।” तनहुँसुरमा अझै पनि नेवारका हटिया र ऐतिहासिक मन्दिर जीर्ण अवस्थामा रहेकाले तिनीहरुको आवश्यक संरक्षण गर्ने गरी आफूहरुले गण्डकी प्रदेश सरकारसमक्ष २० करोड ४५ लाख रुपैयाँको विस्तृत गुरुयोजना पेश गरेको तनहुँसुरका अगुवा ध्रुव पण्डित बताउनुहुन्छ । “तनहुँसुरको महिमालाई अझै उचाइमा पु¥याउन संरक्षणका विभिन्न कार्यक्रम बनाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि राज्यको साथ र सहयोग आवश्यक छ ।” पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । “तनहुँसुरलाई पर्यटकीय गन्तव्यको नयाँ गन्तव्य बनाउने गरी अग्रसर भएका छौँ”, व्यास नगर प्रमुख न्यौपानेले भन्नुभयो, “त्यसका लागि पूर्वाधार विकासमा जोड दिइरहेका छौँ ।” तनहुँसुर जाने सडक कालोपत्र गर्ने कार्यलाई व्यास नगरपालिकाको कार्यालयले प्राथमिकतामा राखेको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । दमौलीबाट १५ किलोमिटरको दूरीमा पर्छ तनहुँसुर । पूर्वाधार विकास र ऐतिहासिक सम्पदाको संरक्षण गरी पर्याप्त प्रचारप्रसार गर्नसके बन्दीपुर जस्तै स्वदेशी र विदेशी पर्यटकको तनहुँसुर गन्तव्य बन्ने पक्का छ । दगाम, भुजिकोट तनहुँको अर्को घुम्ने गन्तव्यमा पर्छ शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने दगाम र भुजिकोट गाउँ । दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । दगाम र भुजिकोटबाट शुक्लागण्डकी क्षेत्रको अलावा पोखराको फेवातालसम्मको दृश्य रोचक देखिन्छ । उत्तरतर्फ देखिने अन्नपूर्ण र माछापुच्छ«े हिमालको तरेलीले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । दगाममा करिब २५ घर र भुजिकोटमा करिब २० घर छन् । घुमफिरका लागि आन्तरिक पर्यटक आउन थालेपछि आफूहरुले होमस्टे समेत सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष नन्दु थापा बताउनुहुन्छ । होमस्टेमा आउनेहरुबाट सकारात्मक प्रतिक्रियाले उत्साहित बनाउने गरेको उहाँको भनाइ छ । कोदो, मकैको परिवारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने दगामका अगुवा तथा दगाम सामुदायिक होमस्टेका सहजकर्ता नन्दु थापा बताउनुहुन्छ । “पाहुनालाई हामी भटमास, मस्याङ गुन्द्रुक, ढिडोंलगायतका स्थानीय परिकार नै खुवाउने गर्छांै”, सहजकर्ता थापाले भन्नुभयो, “स्थानीय उत्पादन नै होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।” दगाम र भुजिकोटमा चार वटा होमस्टे सञ्चालनमा छ । कुस्मावती, दगाम, इमान्दार र भुजिकोट होमस्टेमा तिहारपछि फागुन पहिलोसातासम्म स्वदेशी पयर्टकको चाप बढ्ने गर्छ । पाहुनाहरुमा अधिकांश शुक्लागण्डकी र पोखराका हुने गर्छन् । दगाम र भुजिकोटमा होमस्टेका पाहुना फर्किदा स्थानीय मह कोशेलीका रुपमा लैजान मन पराउने दगाम होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिनुभयो । गाउँसम्म पुग्न पक्की बाटो भए शुक्लागण्डकी र पोखराका पर्यटकलाई समेत आकर्षित गर्न सकिने सोच दगाम र भुजिकोटवासीको छ । मिर्छुलुङ भिमाद नगरपालिका–५ मा पर्ने मिर्छुलुङ पनि होमस्टेका पाहुनाको रोजाइमा पर्दै गएको छ । मगर बाहुल्यता रहेको यस होमस्टेमा निहुरो, कर्कलो, मकैको आँटो, स्थानीय जातका कुखुरा र सुँगुरको मासुको परिकार चाख्न पाइन्छ । यहाँ आउने पर्यटकलाई कौराहा र झ्याउनेमा नाचेर रमाइलो गरिन्छ । पर्यटक पनि नाच्ने र गाउने गरेर रमाइलो गर्छन् । मिर्छुलुङ होमस्टेमा ३० घर रहेका छन् । गाउँको शिरानमा भ्युटावर (दृश्यावलोकन स्तम्भ)समेत छ । टावरबाट हिमालका दृश्य, भिमाद बजार र सेतीको नागबेली रोचक देखिन्छ । मन बहलाउन र थकान मेट्न आउने आन्तरिक पर्यटकको चाप बढ्दै गएको होमस्टेका सदस्य मनसरा थापाले बताउनुभयो । “साथी र परिवारका सदस्यहरु आएर रमाइलो गरेर जाने चलन बढ्दै गएको छ”, थापाले भन्नुभयो, “हाम्रो चुल्होमा पनि स्थानीय परिकार नै प्राथमिकतामा पर्छ ।” भिमाद बजारबाट पाँच किलोमिटर दक्षिणतर्फको यात्रापछि मिर्छुलुङ पुगिन्छ । भिमाद नगरपालिकाको कार्यालयले समेत मिर्छुलुङलाई प्राथमिकतामा राखेको छ । तनहुँमा विभिन्न गन्तव्यहरुमा बाहिरी तथा आन्तरिक पर्यटकको भ्रमणको तथ्यांक नभएपनि पछिल्लो समय साथी र आफन्तसँग घुम्ने संस्कारको विकास हुँदै गएको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ बताउनुहुन्छ । “पछिल्लो समय घुम्ने संस्कारको विकास हुँदै गएको छ”, गुरुङले भन्नुभयो, “प्रर्यटन प्रवर्धनका कार्यक्रमलाई राज्यले समेत प्राथमिकतामा राख्नुपर्छ ।” गण्डकी प्रदेश सरकारले प्रदेशका एक सय १० मुख्य गन्तव्यको सूचीमा तनहुँका १० प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरेको छ । प्रमुख गन्तव्यमा बन्दीपुर, व्यास पर्यटन क्षेत्र, मिर्लुङकोट, देवघाटधाम, ढोरवाराही, छाब्दी वाराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थल, आधिमुल बाराही र तनहुँसुर रहेका छन् । पूर्वाधार र आवश्यक विकास गरी ती गन्तव्यको पहिचान गराउने कार्यक्रम प्रदेश सरकारले राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराका सूचना अधिकारी विकास थापामगरले जानकारी दिनुभयो ।
पोखरा : पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको महानगरपालिकाका प्रमुख आचार्यले दिनुभयो । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताउनुभयो । फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् । फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो । बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताउनुभयो । कुनै समय फेवातालको पानी पिउन प्रयोग गरिन्थ्यो भने विगत केही वर्षयता यहाँको पानी दूषित भइरहेको भनाइ स्थानीयवासी तथा मानवअधिकारवादी नेता टेकनाथ बरालको छ । “फेवाताल सबैको हो, यसलाई बचाइ राख्नुपर्छ, ताल लोप हुने अवस्थामा पुग्न हुदैन”, बरालले भन्नुभयो, ” ताल बचाउने चिन्ता सबैमा हुनुप¥यो, ताल वरपरका घरहोटलले पनि तालमा लगेर ढल मिसाउन हुदैन । पोखराका ताल सफाइ गर्न पाँच वर्ष अघि पोखरा महानगरपालिकाले एक करोड बढी मूल्य तिरेर छुट्टै मेसिन खरिद गरेपनि उक्त मेसिन एक वर्ष पुग्न नपाउँदै काम नलाग्ने अवस्थामा पुगेको छ ।
मनाङ : मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताउनुभयो । “बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो । हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताउनुभयो । मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उहाँले जानकारी दिनुभयो । थोराङ्ला पास ९५,४१६ मिटर तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्पलगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान गरिएको छ । तिलिचो ताल ९४,९१९ मि.तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक रहेका छन् । “हिमपात र वर्षाका कारण पहिराको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोबास गरिएको छ । सोही स्थानमा सुरक्षित बस्न र यात्रा नगर्न आग्रह गरिएको छ,” प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भन्नुभयो । नार्पाभूमि गाउँपालिकाको मेता ९३,५६० मि. देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे ९३,३०० मि. देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उहाँले बताउनुभयो । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ । अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पु¥याएको छ । सडकमा पहिरो खसेपछि बुधबारदेखि नै यातायात अवरुद्ध छ ।