पोखरामा मादी ६ को घुम्ती सेवा

पाेखरा | साउन २०, २०८०

पोखरामा मादी ६ को घुम्ती सेवा

पोखरा:   कास्कीको मादी गाउँपालिका वडा नम्वर ६ वडा कार्यालयले पोखरामा तीन दिन घुम्ती सेवा प्रवाह गरेको छ ।  


मादी गाउँपालिका वडा नम्वर ६ का वडाका केही स्थानीयहरु पोखराको विभिन्न स्थानमा अस्थायी रुपमा बस्दै आएकाले वडाबाट उपलब्ध हुने सेवाहरु घुम्ती सेवा मार्फत प्रवाह गरेको वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए । 


‘मादी वडा नम्वर ६ घर भएका स्थानीयहरु विगत केही वर्षयता पोखरा लगायत विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘अस्थायी रुपमा पोखरा लगायत अन्य क्षेत्रमा बसोबास गर्दै आएका मादी ६ का स्थानीयहरुलाई घुम्ती सेवा मार्फत सेवा प्रवाह गरेका हौं ।’


मादी गाउँपालिका वडा नम्वर ६ ले पोखरा महानगरपालिका १३ जुरे भुमे तप्रे समाजबाट साउन १८ गतेदेखि २० गतेसम्म घुम्ती सेवा प्रवाह गरेको थियो । घुम्ती सेवा प्रवाहमा २ सय ८४ जनाले सेवा लिएका छन् । जसमा सम्पत्ती कर भुक्तानी ४१, घटना दर्तातर्फ जन्मदर्ता ४ विवाह दर्ता २, सामाजिक सुरक्षा भत्ता नविकरण २ सय २६ र विविध सिफारिसतर्फ ११ जनाल सेवा लिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । 


 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्