पोखरा ट्रेड मलको स्थापना दिवसमा वक्तृत्कला प्रतियोगिता
पाेखरा | साउन २२, २०८०
पोखरा: पोखरा चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ्ग प्रा.लिले ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्कला प्रतियोगिता आयोजना गरेको छ ।
आगामी साउन २४ गते ११ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा ट्रेड मलका अध्यक्ष मिनराज काफ्ले बताए ।
‘पोखरा ट्रेड मलमा साउन २४ गतेदेखि व्यवसायीक यात्रा सुरु भएको हो, ०७२ देखि साउन २४ लाई ट्रेड मलको स्थापना दिवसको रुपमा मनाउँदै आएका छौं’, काफ्लले भने, ‘स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिकाका विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै छौं ।’
पोखरा महानगरभित्रका ७२ वटा सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेपनि २९ विद्यालयले मात्र प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको अध्यक्ष काफ्ले बताए ।
‘पर्यटन र सम्भावना विषयकमा हुने वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्र ७२ वटा विद्यालयलाई पत्राचार गरेका छौं’, उनले भने, ‘पत्राचार गरेका ७२ मध्ये २९ विद्यालयले सहभागिता जनाउने जानकारी दिएका छन्, भोलिसम्म नाम दर्ता गर्ने समय थप गरेका छौ ।’
उनका अनुसार प्रतियोगितामा पहिलो विजेताले रु १० हजार, दोस्रोले रु ७ हजार, तेस्रोले रु ४ हजार र सान्त्वना हुनेले रु १ हजार ५ सय प्राप्त गर्ने छन् ।
पोखरा पर्यटकिय नगरी भएको र यस सम्बन्धमा यस क्षेत्रका बालबालिकाको धारणा बुझ्न र समग्र पोखराको आर्थिक सम्भावनाको बारेमा आम जनातालाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष घिमिरेले जानकारी दिए ।
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...
पोखरा: जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण ...
पोखरा: त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो...

