कास्की प्रशासनले भन्यो- खाना पकाउने ग्यास रू १६६० मा विक्री गर्नु
पाेखरा | साउन ३१, २०८०

पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास १६६० रुपैयाँमा विक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।
कास्की प्रशासनले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगाएतका एलपी ग्यासहरुको खुद्रा मुल्य १६६० मा विक्रि वितरण गर्न भनेको छ ।
जिल्ला प्रशासन कास्कीले जारी गरेको सूचनामा डिलरबाट विक्री मुल्य प्रति सिलिण्डर १६१६ रुपैया र खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न भनिएको छ ।
तोकिएको मुल्य भन्दा बढी लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्रि वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...