समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवश्यक: वडाध्यक्ष तिमिल्सिना
पाेखरा | भदौ ६, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर २५ ले हेमजामा रहेका विभिन्न यूवा क्लबहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
युवाहरुलाई वडाको वार्षिक गतिविधिहरुको जानकारी दिनुका साथै चालु आ.व लक्षित आर्थिक, सामाजिक र भौतिक विकासात्मक छलफललाई जोड दिन कार्यक्रमको आयोजन गरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित युवाहरुले हेमजामा नगर बस सेवा संचालन प्रभावकारी नभएको , मध्यपहाडी लोकमार्ग अन्तर्गत हरिचोक देखि यम्दी सम्मको सडक निर्माणमा ढिलाइका कारण वर्षायाम संगै हिलाम्मे सडकले आवतजावतमा हैरानी, डिजिटल पुस्तकालय अर्यात इ–लाइब्रेरीको अवस्यकता ,युवा उद्यमी सम्बन्धि सिफारिस निशुल्क गर्न आग्रह ,दुर्धटना न्युनिकरणका लागि स्कुल स्कुलका ट्राफिक जनचेतना कार्यक्रम गर्नुपर्ने,वडा तहका विभिन्न समिति गठनमा युवा प्रतिनिधित्व हुनुपर्ने, विनाधितो सहुलियत दरमा व्यवसायिक ऋण, एकीकृत कर प्रणाली लागु गर्नुपर्ने लगायतका समस्या राखेका थिए ।
महानगर प्रवक्ता एवं वडाध्यक्ष तिमिल्सिनाले वडाबाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवस्थक सहेको बताउनुभयो ।
महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारीले साना व्यवसायीका लागी वित्तीय योजना तथा सहुलियतपुर्ण कर्जा सम्बन्धि जानकारी गराउनु भएको थियो ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

