३८ युनिट रगत संकलन
पाेखरा | भदौ १०, २०८०
पोखरा: लेकसाईड मदिरा व्यवसायी समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । ब्यवसायसंगै समाजिक सेवा प्रदान गर्ने उद्देश्यले लेकसाईडको ओरेगन मल्टि ट्रेडर्सको प्राङगणमा सम्पन्न रक्तदानमा ३८ जनाले रक्तदान गरेका हुन ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पहिलो रक्तदाता लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको कार्यक्रममा समितिमा आवद्ध र अन्य गरी ३८ जनाले रक्तदान गरेका हुन ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले व्यवसायीहरुले आफ्नो व्यवसायसंगै सामाजिक क्षेत्रमा समेत अगाडी बढ्नु आफैमा स्रहानिय काम भएको बताउदै आगामी दिनमा पनि यस्ता सामाजिक कामहरुलाई निरन्तरता दिन आग्रह गरे ।
सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले लेकसाईडमा रहेका मदिरा व्यवसायीहरुलाई संगठित गराइ समिति बनाएर सामाजिक काम गर्दै गर्दा अझैपनि केही ब्यापारीहरुले अनुमति नलिइकन मदिराजन्य पदार्थहरु बिक्री वितरण गरिरहेको र त्यसको अनुगमनका लागी सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताए ।
लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाले लेकसाईडमा रहेका मदिरा व्यवसाय गर्नेहरुलाई एकतृत गरेर समिति गठन गरेर आफ्नो समितिले रक्तदान कार्यक्रमबाट सामाजिक कामको शुरुवात गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । यसअघि फेवातालमा जलकुम्भी झार फाल्ने कार्यक्रम समेत सम्पन्न गरिसकेको उनले जानकारी दिए ।
लेकसाईड मदिरा व्यवसायी समितिका सचिव कृष्ण बरालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गा दत्त गौतमले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संयोजक राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

