मिरुवा तमु समाजको ३० औं साधारणसभा सम्पन्न

पाेखरा | भदौ २८, २०८०

मिरुवा तमु समाजको ३० औं साधारणसभा सम्पन्न

पोखरा:    तमु धिं नेपाल अन्र्तगत क्रियाशिल पोखरा–२ मिरुवास्थित मिरुवा तमु समाज पोखराको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था मिरुवा तमु समाजको साधारणसभाको प्रमुख अतिथि समाजसेवी पदमसुवा गुरुङले उद्घाटन गर्नुहुदै शुभकामनासहित आशिर्वाद प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा विशिष्ट अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको सामुहिकता, एकता, अधिकारका लागि तमुहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मिरुवा तमु समाजको आन्तरिक एकता उदाहरणीय भएको भन्दै तमु समाज भवनहरुलाई ज्ञान, सिप, नैतिकता, अधिकार बुझ्ने सिक्ने केन्द्रका साथै युवा तथा बालबालिकालाई आकर्षित गर्नुपर्ने उहाँको भनाई थियो । 


यसरी नै शुभकामना व्यक्त गर्नुहुदै सफल व्यवसायी प्रेमबहादुर गुरुङले तमुहरुको एकता, दुःख, सुखको आधार, व्यवसायिकतामा अघि बढ्नुपर्नेमा जोड दिनुहुदै प्रतिष्ठित व्यपारी भाट भटेनीका संचालक मिनबहादुर गुरुङ अन्यायमा परेको बताउनुभयो ।


यसरी नै कार्यक्रममा आमा समितिकी अध्यक्ष हाइसुवा गुरुङ, निवर्तमान अध्यक्ष सुवेदार राजबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


साधारणसभामा मिरुवा तमु समाजमाको वार्षिक प्रतिवेदन खेमबहादुर गुरुङ, आर्थिक प्रतिवेदन सुशीला गुरुङले प्रस्तुत गर्नुभएको थियो भने साधारण सभाले पारित गरेको थियो ।


समाजका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलबहादुर गुरुङले स्वागत, संचालन खेमबहादुर गुरुङ र सुशीला गुरुङले गर्नुभएको थियो ।

 

साधारणसभासँगै नजिकिदै गरेको तिजको आगमनको अवसरमा समाजले दिदिबहिनीहरुलाई दरखुवाउने, साँस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान दर खाने कार्यक्रम समेत गरिएको थियो ।

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्