बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव

पाेखरा | असोज ८, २०८०

बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव

पोखरा:   मणिपाल शिक्षण अस्पतालमा उपचारत सुकमाया दुराको मृत्युपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । 


अस्पतालमा हिजो (आइतबार) उपचारका लागि पुगेका ५७ वर्षीय सुकमाया दुरा गुरुङको उपचारको क्रममा आज बिहान मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । 


बिरामीका आफन्तका अनुसार हिजो ढाड दुख्ने समस्या र पेसर लो भएर मणिपाल अस्पताल पुगेका बिरामीको आज बिहान मृत्यु भएको हो । 


उनले सामान्य अवस्थामा अस्पतालमा भर्ना गरिएका बिरामीको कसरी मृत्यु भएको हो भनेर डाक्टरहरुसँग सोधपुछ गर्ने क्रममा डाक्टरले हात हालेपछि तनाव उत्पन्न भएको बिरामीका आफन्तले बताएका छन् ।

गुल्मी: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।  कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा...

थप पढ्नुहोस्

झापा:  झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खड्काका अनुसार...

थप पढ्नुहोस्

काठमाडौं:  जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन ।  नेपाली सेनाले आन्तरिक सहमत...

थप पढ्नुहोस्