पोखराको आइएसएमटी कलेजले थप्यो 'बिएचएम' कार्यक्रम
पाेखरा | असोज १७, २०८०
पोखरा: बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन तथा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त आइएसएमटी कलेज पोखराले यस वर्षदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
पोखरा महानगरपालिका १५ अन्नपूर्णमार्गस्थित सञ्चालनमा रहेको आइएसएमटी कलेजले हस्पिटालिटीको क्षेत्रमा दक्षा जनशक्तिको माग बढिरहेको अवस्थालाई मध्यजजर गर्दै बिएचएमको कार्यक्रम थपेको हो ।
सन् २०१८ सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको आइएसएमटी ग्रुप अन्तरगतको आइएसएमटी कलेजले यसअघि बिएससी आइटी र बिबिए अध्यापन गर्दै आएको छ ।
परिवर्तित समय र पोखरामा हस्पिटालिटीको क्षेत्रमा कामदारको मागलाई मध्यनजर गर्दै दक्ष जनशत्ति उत्पादन गर्ने उद्देश्यले बिएचएम कार्यक्रम थपेको कलेजका एशोसियट अप्रेसन म्यानेजर शिव पौडेलले जानकारी दिए ।
कलेजका अनुसार आइएसएमटीमा अध्ययन गरेपछि विद्यार्थीहरु होटल, पर्यटन क्षेत्र, एयरलाइन्स लगायतका विभिन्न हस्पिटालिटी र कर्पोरेट क्षेत्रमा काम गर्नसक्ने गरी दक्ष भएर निस्कने छन् ।
आइएसएमटी ग्रुप अन्तरगत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा आइएसएमटी कलेजहरु सञ्चालनमा रहेका छन् ।
हालसम्म यस ग्रुपको कलेजबाट सयौंको सँख्यामा बिएससी आइटी र बिबिएमा दक्ष विद्यार्थीहरु उत्तीर्ण भइसकेका छन् ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

