गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका र नृत्य तर्फ करिना लाई
काठमाडाैं | असोज २८, २०८०

पोखरा: गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका बि.घिमिरे जितेकि छन् भने नृत्य तर्फको उपाधि करिना गहतराजले जितेकी हुन् । उपाधि सगै दुबैले नगद २० ÷२० हजार र ट्रफि प्राप्त गरे ।
नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिवार पोखरामा भएको अन्तिम प्रतिस्प्रधामा दुबै तर्फ ४ ÷४ जना सहभागिलाई पछि पार्दै उपाधि जित्न सफल भएको कार्यक्रम ब्यवस्थापक रोहन गुरुङले जानकारी दिए । उपाधि हात पार्ने कृषिका पोखराको सगरमाथा निकेतन कक्षा ९ अध्ययनरन हुने भने, करिन पोखराको बिन्दाबासिनी मा.बिमा अध्ययनरत रहेकी छन् ।
यस्तै गायन तर्फ रोहित बि.क दोस्रो, महिमा खड्का तेस्रो दिपक परियार चौथो र कृपा गुरुङ पाचौ भए भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए । नृत्य तर्फ समिर बिश्वकर्मा दोस्रो,रितु क्षेत्री तेस्रो,सिमा सुनार चौथो र पूजा बस्तोला पाचौँ भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए ।
प्रतियोगिताको वेष्ट प्रफमर दिपक परियार भए भने भिवर च्वाइसमा कृपा गुरुङले स्थान बनाइन् । गायन तर्फको निर्णयकमा बिनोद बानिया,आरजु बिष्ट सल्यानी,र सबिना सुनाम रहेका थिए । त्यस्तै नृत्य तर्फको निर्णायकमा महेश गोदार,मिलन नेपाली,रोशनी छिनाल थिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदश्य श्यामराजा महतले बालबालिकाको प्रतिभा देखेर आफु प्रफुलित भएको बताए । यस्ता कार्यक्रमले बालबालिकाको लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने उनको भनाई थियो। कार्यक्रममा होटल शाराका प्रबन्धक सि.पि सुवेदीले कार्यक्रमले लोप हुन लागेको संस्कृतीलाई जोगाउन सफल बताए । कार्यक्रम निर्देशक देबेन्द्र शाहीले बालबालिकाको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।
नन्द इन्टरटेन्मेन्ट हाउसले यस अगाडि डान्स गण्डकी डान्स,पोखरा चाईल्ड स्टार ,सोसल अवार्ड जस्ता कार्यक्रमहरु गदै आइरहेको छ ।
सुर्खेत: सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आ...
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...