पोखरामा बसका चालक र सह-चालक लागूऔषधसहित प्रकाउ
पाेखरा | कात्तिक १, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित बसका चालक र सह–चालकसहित चार जनालाई प्रकाउ गरेको छ ।
पोखराबाट भैरहवा जान लागेको प्रदेश १–०१००१ ख ३४३९ बस चेकजाँच गर्ने क्रममा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई राखेको अबस्थामा लागूऔषध फेला परेपछि बस चालकसहित तीन सहचालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ पर्नेमा बस चालक गोरखाको शहीद लखन गाउँपालिका ३ घर भई पोखरा १५ रामबहार बस्ने ३५ वर्षीय हिराबहादुर नेपाली, सहचालक स्याङ्जा घर भएका ३८ वर्षीय विशाल कार्की ,४५ वर्षीय टिकाराम पौडेल र म्याग्दी घर भएका ३७ वर्षीय दीपक परियारलाई बससहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले बस चेकजाँच गर्ने क्रममा ड्राईभरको सिट अगाडी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध एमफेटामाईन (आईस) जस्तो देखिने ३७.५० ग्राम लागूऔषध फेला पारेपछि बससहित चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
लागूऔषधसहित प्रकाउ परेका चार जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

