माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग एक सय शुल्क लिने, सुरक्षाको जिम्मा लिने

पाेखरा | कात्तिक १०, २०८०

माछापुच्छ्रे  गाउँपालिकाले पर्यटकसँग एक सय शुल्क लिने, सुरक्षाको जिम्मा लिने

पोखरा:  कास्कीको माछापुच्छ्रे  गाउँपालिकाले गाउँपालिका भित्रका पर्यटकीय पदमार्गहरु भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको छ । 


गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै पर्यटकीय पदमार्गहरुको भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट रु १ सय र ५ सय शुल्क उठाउने निर्णय गरेको हो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाका सुन्दर पर्यटकीय पदमार्गहरु भ्रमणमा पाल्नुहुने पदमार्गमा स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैया शुल्क उठाउने निर्णय गाउँ कार्यपालिकाको बैठकले निर्णय भएको छ ।’

 


गाउँपालिकाले पर्यटकबाट उठाएको शुल्कबाट पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने, सूचना केन्द्र स्थापना गर्ने, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगाएतका काम गर्न शुल्क लिन लागेको विज्ञप्तीमा उल्लेख गरेको छ । 

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्