संस्कृति जोगाउन 'भीमकाली साँझ'
पाेखरा | कात्तिक २९, २०८०
पोखरा: पोखरा महानगरपालिका १ बगरमा सक्रिय रहेको भीमकाली क्लबले संस्कृति जोगाउने उद्देश्यसहित देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
भाइटीकाको पूर्वसन्ध्यामा ट्याक्सीचोकमा विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गर्दै तेस्रो भीमकाली साँझ सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन पोखरा महागरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे ।
सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लब सक्रिय रहेको बताउदै अन्य क्लबले पनि अनुशरण गर्नुपर्ने धारणा राखे ।

उनले भीमकाली क्लबको कार्यले समाज रुपान्तरण गर्न भूमिका खेल्ने बताउदै आगामी दिनमा पनि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
यस्तै कार्यक्रम संयोजक अनिश गुरुङले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि संस्कृति संरक्षणको उद्देश्यसहित सांस्कृति साँझको आयोजना गरिएको बताए ।
उनका अनुसार गुरुङ, मगर, थकाली, तामाङ, राई लगायतका समुदायमा प्रचलित नृत्यहरु सो कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

‘हामीले हरेक वर्ष भीमकाली साँझ आयोजना गर्छाैं, उनले भने, ‘यसको उद्देश्य भनेको विभिन्न जाति तथा समुदायको नृत्यहरुलाई उजागर गर्ने हो । यस कार्यक्रमले धेरै थोरै भएपनि संस्कृति संरक्षण गर्न सघाउ पुग्ने विश्वास छ ।’
उनका अनुसार भीमकाली क्लब सांस्कृतिक क्षेत्रमा मात्रै नभएर खेलकुद र सामाजिक क्षेत्रमा समेत सक्रिय रहदैं आएको छ ।


पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

