पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतीको मृत्यु
पाेखरा | मंसिर ४, २०८०

पोखरा: पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२९ पट्नेरी स्थित खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनका श्रीमती ४६ वर्षीय सावित्री सुनार रहेको कास्की प्रहरीले जनाएको छ ।
करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ४ बजेको समयमा सुनार दम्पती घाइतेको भएको सूचनापछि उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा ५ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ...
पोखरा: पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न ...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवह...