इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली

पाेखरा | मंसिर २३, २०८०

इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली

पोखरा:   भूगर्भविद् तथा फोटोग्राफर डा इरिका र उनकी छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा इर्मट्रडले अनुभव साटेकी छन् ।


‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक सत्रमा इर्मट्रडले आफ्नी आमा र आफूले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाएकी हुन् ।

 
सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक आफ्नो जीवनकालमा थुप्रै हिमाली क्षेत्रको अध्ययन गरेकी थिइन् । सोही क्रममा विभिन्न ठाउँमा फोटो खिचेकी थिइन् । उनको सन् २०१० मा मृत्यु भएको थियो ।


तर, आमाको बाटो पछ्याउँदै उनकी छोरी इर्मट्रड हुबाचेक पनि हिमाली फोटोग्राफीमा लागिन् । तस्वीरमा आमाछोरीले नै हिमाली किसानका जनजीवन, रहनसहन उतारेका थिए । विश्वभरका विभिन्न देशका हिमाली क्षेत्रका किसानको तस्वीर खिच्दै हिँडेका उनीहरुले जुन क्षेत्रमा भए पनि हिमाली रहनसहन मिल्दोजुल्दो भेट्टाएको छोरी इर्मट्रडले सुनाइन् ।


‘सबै ठाउँका महिलाहरुको समान जीवनशैली रहेछ । उनीहरु बिहानै घामको झुल्कोसँग उठ्छन् र नअस्ताउञ्जेल खेती किसानी गर्छन्,’ उनले भनिन्, ‘सबै हिमाली भेगमा संयुक्त परिवार हुन्छ । १४, १५ जनासम्म एकै परिवारमा बस्छन् । त्यसले कृषि काममा फाइदा हुन्छ ।’


आफू र आमाले खिचेका तस्वीर कथा सुनाउँदै उनले अगाडि भनिन्, ‘सबै ठाउँका हिमाली महिलाहरुले गर्ने संघर्षमात्रै होइन, उनीहरुले अपनाइरहेको संस्कृतिदेखि जीवनशैली पनि एकैएकै प्रकारको छ ।’
हुबाचेक आमाछोरीले लामो समय लगाएर फरकफरक मितिमा खिचेका फरकफरक भूगोलका ऐतिहासिक र दुर्लभ तस्वीर गत पर्यटन दिवसदेखि पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएको हो ।


आफूहरुले समयको फरक भन्दा पनि समान जीवनशैली देखाउन खोजेको उनले बताइन् । जीवनको लामो समय हिमाली भेगको जीवनशैली अध्ययनमै बिताएकी उनले पछिल्लो समय हिमाली जनजीवन फेरिँदै गएको बताइन् । उनले प्रविधिको उच्च पहुँचसँगै जनजीवन विस्तारै परिवर्तन हुँदै गएको अनुभव सुनाइन् ।


नेपाल पर्वतारोहण संघले बर्सेनि आयोजना गर्दैै आएको पर्वतीय महोत्सव बिहीबारबाट सुरु भएको हो । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् । 


उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको थियो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।
किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ५ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । आठौं संस्करणको पर्वतीय महोत्सवमा ‘टग अफ वार’ सँगै छेलो, जिपलाइन, आर्चरी पनि समावेश गरिएको छ ।

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्