पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
पाेखरा | मंसिर २४, २०८०
पोखरा: पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२६ सुन्दरीबजार स्थित पृथ्वीराजमार्ग पोखराबाट तालचोकतर्फ आउँदै गरेको BAA 0041 नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।
कारले स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका पोखरा महानगरपालिका–२५ बस्ने २३ वर्षीय अनिशा खड्का र पोखरा महानगर–२५ बस्ने २४ वर्षीय भावना बरालको उपचारको क्रममा चरक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ। आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गरा...
मनाङ: यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । ...
म्याग्दी: मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धु...

