पोखराका होटलमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने
पाेखरा | मंसिर २७, २०८०
सांकेतिक तस्वीर
पोखरा: पोखराका होटलहरुमा अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।
वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसाय समितिको लगायतको उपस्थितिमा भएको बैठकले पोखराका होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने निर्णय गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवम् डिएसपी राजेन्द्र श्रेष्ठले पोखराको होटल क्षेत्रको सुरक्षा र होटलमा हुन सक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्ने लगायतका विषयमा निर्णय भएको बताए ।
उनले होटल व्यवसायीसँगको छलफलमा होटलको कम्पाण्डर र काउन्टर (भित्रिने र बाहिरिने बाटो) स्पष्ट देखिने गरी सिसी क्यामेरा जडानसँगै होटल संचालकहरुले आफ्नो होटलमा आउने ग्राहकहरुको अभिलेख कम्प्युटरमा राख्ने व्यवस्ता मिलाउन समेत आग्रह गरेको बताए ।
यस्तै होटलमा आउने ग्राहकको परिचय खुल्ने कागजपत्र राख्ने, होटल आउँदा र जाँदाको समयसहित विवरण राख्ने, होटलमा बालबालिहरुलाई कामदारको रुपमा काममा नलगाउने, र कर्मचारीहरुको तिनपुस्ते विवरणसहित अभिलेख राख्न समेत निर्देशन दिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
केही दिन अगाडी पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएको सुकु विकको मृत्युपछि अनुसन्धानको क्रममा होटलमा सुरक्षाको विधि अपनाएको नदेखेपछि प्रहरीले व्यवसायीसँग छलफल गरेर होटलमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिएको हो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

