चितवनमा ढुंगाले हानेर आफ्नै बुवाको हत्या, छोरा सुनिल पक्राउ

चितवन | मंसिर २७, २०८०

चितवनमा ढुंगाले हानेर आफ्नै बुवाको हत्या, छोरा सुनिल पक्राउ

चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारका २१ वर्षीय सुनिल चेपाङ रहेका छन् ।

 

उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो  ।

 

प्रहरीका अनुसार सुनिलले आफ्ना बुवा ४१ वर्षीय रामशरण चेपाङलाई ढुंगा प्रहार गरेका थिए । 

 

त्यसपछि गम्भीर घाइते भएका रामशरणको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको थियो । 

 

घरायसी सामान्य विवादको क्रममा आफ्नो बुवालाई ढुंगा प्रहार गरेको बताइएको छ ।

 

सो विषयमा अहिले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको  छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्