निशुल्क सैलुन तालिममा २० युवाको सहभागिता

पाेखरा | मंसिर २७, २०८०

निशुल्क सैलुन तालिममा २० युवाको सहभागिता

पोखरा:  पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवम् शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना आजदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम आजदेखि शुरु भएको छ ।


तालिममा महानगरपालिकाका बिभिन्न वडाका दुईजना महिला सहित २० जना युवाको सहभागिता रहेको छ । स्वदेशमै पेशा व्यवसाय गर्ने र सिपका आधारमा विदेश जाने सहभागिको सामुहिक भनाई रहेको छ । 


पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै सिकेको ज्ञान र सिपको भरपुर उपयोग गरि व्यवसायि एवम् स्वरोजगार बन्न सहभागिलाई आग्रह गर्नुभयो ।


स्वदेश होस वा विदेशमा  दक्ष जनशक्ति वेरोजगार वस्नु नपर्ने हुँदा महानगरले सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले तालिममा प्रत्येक घण्टाको महत्व हुने हँुदा त्यसमा सहभागि र प्रशिक्षक सचेत रहनु पर्ने आवश्यकता औल्याउनुभयो ।


पोखरा महानगरपालिका आर्थिक महाशाखा व्यापार प्रवद्र्धन केन्द्र प्रमुख नवराज अधिकारीले सिप प्रमाणपत्रका आधारमा महानगरले दुई देखि पाँच लाखसम्म विनाधितो ऋण प्रदान गर्दै आएको जानकारी दिनुभयो ।


२०७९ पुस महिनादेखि कार्यविधि निर्माण गरेर शुरु गरेको व्यवसायिक एवम् रोजगार कार्यक्रम अन्तर्गत महानगरले ३०७ जनालाई तालिम प्रदान गरि विनाधितो साता करोड ५० लाख लागनी गरेको उहाँको भनाई छ । 


 उहाँका अनुसार तालिम प्राप्त युवाहरुले विशेष गरि कफिसप, कृषि, टिसुपेपर, आइटी ,नौमती बाजा, बालबालिका सहजकर्ता, सैलुन सञ्चालन, मोटरसाईकल, ट्याक्टर मर्मत लगायत बिभिन्न १३ विधामा तालीम सञ्चालन गरि ऋण लगानी गर्ने योजना रहेको छ ।  


पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार कृषकका लागि सरकारी स्तरबाट अनुदानमा वितरण गरिएका हाते ट्याक्टर मर्मत एवम् सञ्चालन गरेर प्रवद्र्धन केन्द्रबाट उत्पादिन जनशक्ति स्वरोजगार भई कृषि पेशामा लाग्न समेत प्रेरित गर्दै आएको बताउनुभयो ।


 राइट फर चिल्ड्रेन कार्यक्रम संयोजक पशुपति चौधरीले तालिमको महत्व माथि प्रकाश पार्नुभएको कार्यक्रममा व्यूटी सैलुनका प्रोपाईटर विजेन क्षेत्री र शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ का शिशिर गोदार कपाल काट्ने, फेवास, थ्रेडिङ, फिसिल लगायत विभिन्न विधामा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको महानगर प्रवद्र्धन केन्द्रका सिर्जना वस्ताकोटीले जानकारी दिनुभयो । 

 
 
 

पोखरा:   पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  पारस्परिक लाभ, समानता, पारद...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने जानकारी दिनुभएको छ । सामा...

थप पढ्नुहोस्

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । ...

थप पढ्नुहोस्