लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा कविता वाचन

पाेखरा | पुस ३, २०८०

लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा कविता वाचन

पोखरा:    महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको पुुर्वसन्ध्यामा कविता वाचन गरिएको छ ।


सोमबार संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरुद्धारा कवि लेखनाथ पौड्यालका कविताहरुको सान्र्दभिकता र महत्व विषयमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए भने विभिन्न कविताहर समेत वाचन गरिएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महांसंघ नेपालका केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले अहिलेको परिवेशमा कवि लेखनाथ पौड्यालद्धारा रचित कविताहरुको अति महत्व रहेको वताउँदै कतिपय कुराहरुलाई व्यवहारमा लागु गर्न सके जिवन सार्थक हुने बताएका थिए ।


कार्यक्रममा प्राज्ञ हरिदेवी कोईराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा संस्कृत क्याम्पसका प्रमुख प्रा.डा. जगन्नाथ रेग्मी, साहित्यकार तारानाथ पराजुली, ह्रषिकेश बराल, लगायतले कविता वाचन गर्नुका साथै विश्लेषणात्मक विचार प्रस्तुत गरेका थिए भने सहभागीहरुमध्येबाट  रमा गौतम, ईश्वर भण्डारी लगायतले विभिन्न फुटकर कविताहरु वाचन गरेका थिए । 


संघका निर्वतमान अध्यक्ष छत्रधर आत्रेयले महोत्सवको अवसरमा कवि लेखनाथको सम्मानमा हरेक वर्ष साहित्य विशेष कार्यक्रमहरु गर्ने गरिएको र यसबाट साहित्यकार एवं साहित्य अनुरागी सबैलाई साहित्य क्षेत्रको श्रीवृद्धिमा लाग्न अझै प्रेरीत गराउन विश्वास व्यक्त गरेका थिए ।   


उक्त अवसरमा लामो समय वित्तिय क्षेत्रमा क्रियाशिल रहँदै साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका साहित्यकार जिवनमित्र पण्डीतलाई सम्मान समेत गरिएको थियो । 


लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महोत्सव अन्र्तगतको साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुंगानाले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन ।
 

काभ्रेपलाञ्चोक:  यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ।   जिल्ला प्र...

थप पढ्नुहोस्

भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।  यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा ताल...

थप पढ्नुहोस्

धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...

थप पढ्नुहोस्